उत्तम खजुम
संगीतकार डि आर “अटु” र सुनिता थेगिमको नयाँ गीत ‘मेरो प्यारा’ सार्वजनिक
संगीतकार डि आर अटुको नयाँ गीत ‘मेरो प्यारा’ सार्वजनिक भएको छ । उक्त गीतमा सुमधुर स्वरकी धनी गायिका सुनिता थेगिमले आवाज भरेकी छिन्। संगीतकार अटुको शब्द तथा सङ्गीत रहेको गीतलाई राजु कार्कीले एरेञ्ज गरेका छन्। गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक गरिएको छ। मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाईको आशिक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन्। भिडियो हेर्नु तलको लिङ्क क्लिक गर्नुहोला
पाँचथर सांगीतिक सौगात कार्यक्रमको हल परिवर्तन, तयारी अन्तिम चरणमा
पाँचथर सेवा समाजद्वारा आयोजित पाँचथर सांगीतिक सौगात भाग १ कार्यक्रमको हल परिवर्तन भएको छ। यस अघि तय गरिएको हल विविध कारण बस कार्यक्रम गर्न असमर्थ भएकोले स्थान परिवर्तन गरिएको आयोजकले जनाएको छ। साथै कार्यक्रमको तैयारीपनि अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ। परिवर्तन भएको हलको ठेगाना 컨벤션 센터 ,하림각 종로구 “자하문로 225(부합동) 하림각 रहेको छ। हलसम्म जान ३ नं लाइनको 경복궁역 गेट ३ बाट निस्केर 7018वा7022बस चढि 하림각 ओर्लेर नजिकै रहेको छ। यसैगरी हलसम्म जानको लागि दोङ्देमुन ३ नं. गेटबाट १० मिनेटको फरकमा निशुल्क ३ ओटा बसपनि लाग्नेछ। सकको दोश्रोफुर्सदमा
टीका थेगिमको शब्दमा गायिका अनु चौधरीको घुम्नलाई जाऊँ इलाम सार्वजनिक
कोरियामा कर्मथलो बनाई नेपाली गीत संगीतमा कलम चलाईरहेका गीतकार टीका थेगिमको नयाँ गीत “घुम्नलाई जाऊँ इलाम” सार्वजनिक भएको छ। गायिका अनु चौधरीको आवाज रहेको उक्त गीतमा उत्तमजङ लिम्बूले संगीत भरेका छन भने महाराज थापाको संगीत संयोजन रहेको छ। पर्यटन वर्ष २०२० लाई लक्षित गरि सिर्जना गरिएको गीतले पर्यटन प्रवर्द्धनमा सहयोग हुने अपेक्षा गरेको गीतकार थेगिमले बताए। छिन-छिनमा मौसम परिवर्तन भइरहने पूर्वको चर्चित रमणीय पर्यटकिय स्थल इलाममा छायांकन गरिएको भिडियोमा परिक्षा लिम्बूले डेब्यू गरेकी छिन् उनलाई सन्ध्या भण्डारि,विना माझि,यसोधा माझि र सल्मा माझिले साथ दिएकी छिन्। निशान सुब्बाको निर्देशन रहेको भिडियोमाफुर्सदमा
छुसकको पहिलो दिन धनकुटा साँस्कृतिक सौगातले कोरियामा तहल्का मच्चाउने, तैयारी तीब्र
धनकुटा सेवा समाज दक्षिण कोरिया दशौँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा छुसकमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ। सेवा समाजद्वारा सञ्चालित दिर्घकालिन सेल्टर ब्यवस्थापन सहयोगार्थ गर्न लागिएको कार्यक्रमको तैयारी तिब्र गतिमा अगाडि बढेरहेको अध्यक्ष परदेश राइले जानकारी गराएका छन्। धनकुटा सेवा समाजले लामो समयदेखि सेल्टर सञ्चालन गरि काम छाडेर बसेकाहरु, विरामीहरुलाई समेत सेवा दिँदै आइरहेको छ। सेप्टेम्बर १२ तारिखका दिन सउलमा नेपालबाट आमन्त्रण गरिएका कलाकारले भरपुर मनोरञ्जन दिलाउनेमा आयोजक विश्वस्त रहेको छ। सास्कृतिक कार्यक्रममा सुगम संगीतका चम्किला तारा अन्जु पन्त, विशेष आकर्षणमा रहेका लोकप्रिय गायक पुष्पन प्रधान, नेपाली पप संगीतमा एकछत्र राजफुर्सदमा
नेफेसो दक्षिण कोरिया सम्बद्ध किरात प्रदेशको संयोजकमा सन्तोष थुलुङ राई
तत्कालीन पार्टी संघीय समाजवादी फोरम नेपालको प्रवास शाखा नेपाली संघिय समाज (नेफेसो) दक्षिण कोरिया सम्बद्ध किरात प्रदेशको संयोजकमा सन्तोष थुलुङ राई चयन भएका छन्। राई नेफेसो कोरियाका केन्द्रिय सदस्य समेत हुन्। यसैगरी उपाध्यक्षमा बिजय राई र जीवन पुमा चयन भएका छन भने महासचिबमा बिशन थुलुङ राई चयन भएका छन्। सचिबमा युबन्द राई कोषाध्यक्षमा शेखर राई तथा सदस्यहरुमा प्रदिप राई, नेत्र खपाङ्गि, युगल हाङ्खिम राई र नबिन राई चयन भएका छन्। नबगठित कार्यसमितिलाई बधाई दिंदै किरात प्रदेश प्रबास संगठनले बर्तमान पार्टि नेफेसो लाई अझ एक स्थान माथि उकास्ने बिश्वास ब्यक्त गर्दैफुर्सदमा
स्व. टुकेन लिङ्दमको परिवारलाई चुम्लुङ कोरिया र इलामेली समाज कोरियाद्वारा आर्थिक सहयोग
कोरियामा उपचारका क्रममा निधन भएका स्व. टुकेन लिङ्दमको परिवारलाई किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया र इलामेली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ। कियाचू नेपालका उपाध्यक्ष कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, कियाचु कोरियाका निवर्तमान उपाध्यक्ष तथा इलामेली समाजका निवर्तमान अध्यक्ष मन्जु लावतीले संयुक्त रुपमा टुकेन्द्रकि श्रीमती सरस्वती नेम्बाङलाई ४ लाख ७६ हजार ३ सय ३ रुपैया हस्तान्तरण गरेका थिए। केही महिना अघि चुम्लुङ कोरिया र इलामेली समाजले आर्थिक सहयोग संकलन अभियान चलाएको थियो। उक्त अभियानबाट संकलित रकम संयोजक पवित्रा थेवेले चुम्लुङ कोरियाका अध्यक्ष मिराक लिम्बू र इलामेली समाजका अध्यक्ष दर्पणफुर्सदमा
२५ औँ विश्व आदिवासी दिवशमा चुम्लुङ कोरियाको केलाङ प्रस्तुत
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियादले २५ औँ विश्व आदिवासी दिवस मनाएको छ। “विश्वका आदिवासी एक हौँ” भन्ने मूल नाराका साथ अगस्ट १८ तारिख सौलको याक्सु स्थित एक हलमा कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको पनि उपस्थिति रहेको थियो। किरात याक्थुङ चुम्लुङ कोरियाका अध्यक्ष मिराक लिम्बू “अग्नि” ले याक्थुङ जातीको परिचय, जातिय पहिचान, मुन्धुम, संस्कार र संस्कृतिको बारेमा प्रष्ट पारेका थिए। यसैगरी चुम्लुङ कोरियाको तर्फबाट केलाङ (च्याब्रुङ नाच) समेत प्रस्तुत गरिएको थियो। विभिन्न क्षेत्रबाट आफ्नो जातिय पोषाक मेख्ली तागाबामा लिम्बू जातिको बाक्लो उपस्थिति रहेको थियो।फुर्सदमा
टीका थेगिमद्वारा एनआरएन कोरियाको यूवा संयोजकमा उम्मेद्वारी घोषणा
गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको यूवा संयोजक पदमा टीका थेगिमले उम्मेद्वारी दिने भएका छन्। किरात याक्थुङ चुम्लुङ कोरियाका सल्लाहकार तथा निवर्तमान कोषाध्यक्ष र इलामेली सेवा समाजका सल्लाहकार समेत रहेका थेगिमले आसन्न एनआरएन कोरियाको अधिवेशनका लागि यूवा संयोजकमा उम्मेद्बारी घोषणा गरेको जानकारी गराएका छन्। सन २०१० मा कोरिया प्रवेश गरेका थेगिमले फोनजसँग कुरा गर्दै केही प्रतिबद्धता समेत राखेका छन्। कोरिया कर्मथलो बनाएका नेपाली यूवाहरुमा एकता खोज्दै NRN मा युवाहरुको सकृय उपस्थिति र सामाजिक कामहरु गराउदै जाने साथै केही यूवाहरुको NRN होईनौ भन्ने एक किसिमको जिज्ञासालाई चिर्न NRN को परिमार्जन परिभाषा सबैफुर्सदमा
बुद्धको मूर्ती फोड्नेलाई, फाँसी होस् नत्र (गजल)
खुल्ला सिमा नराख, दुश्मनहरु पस्न सक्छ झुटो नागरिकता लिई, नेपाली भै बस्न सक्छ। कलियूग हो साथी, कस्को विश्वास गर्नु यहाँ धनको लागि छोरा, बालाई छूरी धस्न सक्छ। तिमीसँग जे जति छ, त्यसमै चित्त बुझाउनु टिप्न खोज्दा भूइँको, गोजिको नै खस्न सक्छ। असमान कोशी सम्झौता, खारेज गरिएन भने हरेक वर्ष यो देश, डुबानमा फस्न सक्छ। बुद्धको मूर्ती फोड्नेलाई, फाँसी होस् नत्र! लुम्बिनी र स्वयम्भू, यसैगरी डस्न सक्छ।
छुसकमा हुने तिनजुरे डाम्सपार्टिको पोष्टर सार्वजनिक
दोङ्देमुन स्थित निक-नेपाल ट्राभल्सको शभाहलमा एक कार्यक्रमबिच तिनजुरे डाम्सपार्टिको पोष्टर सार्वजनिक गरिएको छ। आपतकालीन राहत कोष स्थापनार्थ छुसकको दोश्रो दिन सेप्टेम्बर १३ मा हुन लागेको उक्त डान्सपार्टी ग्लोबल तेह्रथुम सेवा समाजले आयोजना गर्दैछ। डान्सपार्टिमा नेपालबाट आमन्त्रण गरिएकी चर्चित डिजे रेजिना र अर्का डिजे आर एक्सले गीत संगीतमा झुमाउनेछन् भने नायिका तथा मोडल माला लिम्बूको विशेष प्रस्तिती रहने आयोजकले जनाएको छ। कार्यक्रम स्थल दोङ्देमुन नजिकै सिन्दाङ स्टेसनमा रहेपनि दर्शकहरूको सुविधालाई मध्यनजर गर्दै हलसम्म बसको व्यवस्था गरिने सेवा समाजका अध्यक्ष शिव पयाङ्गुले जानकारी गराएका छन्। तिनजुरे डान्सपार्टी मिति: २०१९ सेप्टेम्बर १३ स्थान:फुर्सदमा