उत्तम खजुम

 

चुम्लुङ कोरियाको सेल्टर अब नयाँ ठाउँमा

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्वारा सञ्चालित सेल्टर (आवास गृह) को स्थान परिवर्तन भएको छ। यस भन्दा अघि सुवनबाट अलि टाढा रहेकोले अहिले सुवन स्टेशन नजिकै पायक पर्ने ठाउँमा सारिएको जानकारी चुम्लुङका वरिष्ठ उपाध्यक्ष अग्नि पंग्धाकले जानकारी गराएका छन्। अहिलेको सेल्टर सुवन स्टेशनको गेट नं. ११ देखि हिँडेर पाँच मिनेटमा पुग्न सकिन्छ। चुम्लुङ कोरियाले डेढ दशकदेखी नै सेल्टर संञ्चालन गरि सेवा प्रदान गर्दै आइरहेको छ। यसैगरी चुम्लुङ बुसान शाखाले पनि किम्हेमा सेल्टर सञ्चालन गर्दै आइरहेको छ। सेल्टरमा काम छोडेर बसेकाहरु अलावा विरामीहरुले पनि सेवा सुविधा लिइरहेका छन्। नयाँ चुम्लुङ सेल्टर रहेकोफुर्सदमा


ओ! प्रीय राष्ट्रियता!

समयको ज्वारभाटाले छाती पोलेपछि आनन्दपूर्वक बाँच्न छोडेको छु अचेल, हरेक स्वप्नहरु दूर भन्दा दूर भागिरहेका छन्। गिदि दौडन खोज्छ सडकहरुमा, ओ! प्रीय राष्ट्रियता तिमी चाहिँ गुराँसको फुलमा झुन्डेको शितको वुँद भएर बसिरहेका छौ । चन्द्र र सूर्य कहिले झुल्केन यो पाटे बस्तिमा जसरी राष्ट्रिय झण्डामा झुल्किन्छन्, आनन्दको धून कहिले बजेन यो सुदूर गाउँमा जसरी बज्छ राष्ट्रिय गीतमा, वैशको सौर्न्दर्य लिएर फुलेन गुराँस यो अभेग भीर पहरामा जसरी शिरमा सिउरेर हिड्छन राष्ट्रवादिहरु ! कहिले न्याय पाएनन् अन्यायमा परेकाहरुले जसरी न्याय पाउँछन् राष्ट्रिय जनावरहरुले । ओ! प्रीय राष्ट्रियता, कसरी म गर्व गरुँफुर्सदमा


किरात याक्थुङ चुम्लुङ कोरियाको ११ औं महाधिवेशन जुलाईमा हुने

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया केन्द्रले ११ औं महाधिवेशन गर्ने भएको छ। चुम्लुङ कोरियाका अध्यक्ष शुन्दरदिप आङ्देम्बेले फोनिजसँग कुरा गर्दै अधिवेशन यहिँ जुलाई २१ तारीख आइतबारको दिन हुने निश्चित भएको बताएका हुन्। जुलाई २१ तारिख भन्दा अगाडि चुम्लुङ कोरियाका शाखाहरु, थेगु, बुसान र जेजुदोको अधिवेशन सम्पन्न गरिने र केन्द्रको महाधिवेशन हल भने केही दिनमा तय हुने कुरा संस्थाका वरिष्ठ उपाध्यक्ष अग्नि पंधाकले जानकारी गराए। सन् २००० मा स्थापित यस संस्थाले कोरिया साथै नेपालमा पनि विभिन्न सामाजिक सेवा, सांस्कृतिक कार्यहरु गर्दै आइरहेको छ। अधिवेशनको दिन कोरियामा रहेका सम्पूर्ण लिम्बू समुदायलाई उपस्थितिकोफुर्सदमा


समिर लिम्बू र मेलिना राईको तिमी र ममा दिनेश र एलिना (भिडियो सहित)

कोरियामा रहेर अभिनय क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाईसकेका दिनेश नाछिरिङ र एलिना थापा मगरको नयाँ म्युजिक भिडियो बजारमा आएको छ। गायिका मेलिना राई र गायक समीर लिम्बुको आवाजमा सजिएको ‘आँखा अघि राखे तिमीलाई’ गीतको भिडियो गायक लिम्बुको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गायक समीर लिम्बूको जन्मदिनको शुभ अवसर पारेर म्युजिक भिडियो रिलीज गरिएको हो। गीतमा सदोक मल्लको शब्द रचनामा कमल रसाईलीले संगीत भरेका छन भने आमोस तामाङले संगीत संयोजन गरेका हुन। म्युजिक भिडियोमा ह्याण्डसम गायक तथा मोडल दिनेश नाछिरीङ राई र एलिना थापा मगरलाई देख्न सकिन्छ । कोरियाकोफुर्सदमा


उत्तम खजुमको शब्दमा पूर्वेली लोकगीत सार्वजनिक (भिडियो सहित)

कोरियामा रहेर नेपाली गीतहरुमा कलम चलाइरहेका उत्तम खजुमको शब्दमा अर्को गीत “लाहुरे दाइको रेलिमाई” सार्वजनिक भएको छ। खजुमको शब्दमा गायक इन्द्र सुशील र जुनी खालिङले सुमधुर आवाज भरेका छन्। गायक तथा संगीतकार इन्द्र शुशिलको संगीत रहेको उक्त गीतमा बलाराम समालको संगीत संयोजन रहेको छ। सिमिकलुङ दर्पणको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको छ। भिडियोलाई जीवन मुकारुङको छायांकन र सम्पादनगरेका छन् भने मिना मादेनको निर्देशन रहेको छ। गीतको भिडियोमा सुम्निमा लिम्बू, इक्सा लिम्बू, रोजिना थेगिम र तृसणा नेम्बाङको अभिनय हेर्न सकिन्छ।


“मध्यरातको जून र सागरको गडगडावट”

हिजो,राती मैले समुन्द्र तड्बन्धन नजिक अनौठो दृश्य देखेर र नजिक तिर गएँ। सागर चिच्याइरहेको थियो, उफ्री उफ्री गड्गडैरहेको थियो । म ठिङ्ग उभिएँ जो देखेर सागरले मलाई भन्यो ए , मानब ! यो धर्तिमा म कती स्वच्छ भई बहनु खोज्दा पनि सबै मान्छेहरुले मेरो शरीरमा फोहोर फाली दिन्छ डुङ्गा, डल्फिनहरु मेरो छाती माथि,परेड खेल्छन् थाकेर मध्यरातमा निदाइरहेको बेला जून आई मलाई सम्भोग गर्छ, फोर प्ले गरी चरम उत्कर्षमा पुर्याइ दिन्छ त्यसैले म … भूगोलको पर – पर सम्म भागी रहेछु । म अवाक्क भएँ मैले भने जबाफमा तिमी सागर हौ,फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...