Yam Shrees
आनन्द आफै भित्र छ- ( गजल )
आनन्द आफै भित्र छ भौतारिन्छ खोज्दै बाहिर। यो नि मेरै त्यो नि आफ्नै पाए जती रोज्दै बाहिर ।। भाको चिजमा सन्तुस्ट छैन उ गुनासो बाड्दै छ। अस्थिर मन छट्पटीमै नभाको सोच्दै बाहिर।। मनै बसमा नभए पछी दोस देख्छ अरुमा । गल्ती छ उसैको हिड्छ अरुलाई घोच्दै बाहिर ।। नराम्रो चिज फाल्ने सहासै छैन लोभको कुम्लो। बिकारले भर्दै मन खट्छ अझै कोच्दै बाहिर ।। आनन्दको रस्सस्वाद तीमी भित्रै छ चाखी हेर। भित्रै डुब्नु ,मील्दैन मीठास नीचोड्दै बाहीर।। __________________ आरडी. धनुश रानामगर (नवलपुर )
प्रथम कन्काई कप फुटबलको उपाधि लमजुङ एफ सीको पोल्टामा, उप विजेता धरान एफ सी
३१ जुलाइ २०१८, सिओल झापा मिलन समाज दक्षिण कोरिया र झापा एफ सीको आयोजनामा” प्रथम कन्काई कप २०१८” नामक फुट्बल प्रतियोगिताको उपाधि लमजुङ एफ सीले आफ्नो पोल्टामा पार्न सफल भएको छ। कुल २० टिमको सहभागिता सहित “खेलकुदको विकास,अनुशासन र गतिशीलता, प्रवासमा पनि हाम्रो योगदान र निरन्तरता” भन्ने मुल नारा सहित झापा एफ सी आपतकालीन राहत कोष स्थापनार्थ आईतबार जुलाइ २९ तारिक सिओलको सोयोसन फुटबल ग्राउण्डमा निर्धारित समयमा गोल रहित भएपछि ट्राईबेकरमा ५ का विरुद्ध ४ गोलको अन्तरले उपाधि हात पार्न सफल भएको थियो। उक्त प्रतियोगितामा आयोजक टिम झापा एफ सीफुर्सदमा
प्रथम नेपाल भलिबल कपकाे उपाधि फेरी पनि स्याङ्जा परिवारकाे पाेल्टामा।
यम श्रीस / लेसन गुरूङ- नेपाल कोरिया भलिबल संघको आयोजनामा जुलाई १९ तारिख सउलमा सम्पन्न भएकाे प्रथम नेपाल भलिबल कप २०१८ काे उपाधि स्याँङ्जा परिवारले जितेकाेछ। फाइनलमा स्याँङ्जाले साेझाे २ सेटमा माेना म्याग्दी काेरियालाइ हराउदै उपाधि जितेकाे हाे। यस संगै याे सिजनकाे ४ प्रतियाेगिता मध्ये ३ खेलमा स्याँजाले प्रथम उपाधि चुमेकाेछ। नेपाल कोरिया भलिबल संघद्वारा पहिलो पटक आयोजित प्रथम नेपाल भलिबल कप दक्षिण कोरियाको सौलमा अाइतबार सम्पन्न भएको छ। “हाम्रो प्रतिबद्दता,स्वास्थ्य र राष्ट्रका लागि खेलकुद प्रतियोगिता “भन्ने मुल नारा सहित खेल मैदानमै घाईते खेलाडीहरको उपचारको लागि सहयोग गर्ने उद्देश्यसहित “अक्षयफुर्सदमा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरियाको पहिलो अधिबेशन हुने।
सि.पी.मगर सौल- नेपाली गीत संगीतको सबैभन्दा अग्रणी संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शाखा दक्षिण कोरियाको पहिलो अधिबेशन यही आउदो छुसक पहिलो दिन(सेप्टेम्बर २३)तारिख राजधानी सौलमा हुने भएकाेछ। गत जुलाइ २९ तारिख कोरियामा रहने कलाकार र कला प्रेमीहरुको बृहत् भेलाले सो निर्णय गरेको हो।बिबिध सांस्कृतिक कार्यक्रम सहित अधिबेशन गरिने गायक तथा मोडेल सुरज के.सी.ले जानकारी दिएका छन्। भेलाले एक जना केन्द्रिय पदाधिकारीको आतिथ्यतामा भब्यताका साथ अधिबेशन गर्ने तयारी गरिरहेको छ।अधिबेशन भब्य र सभ्यताका साथ सफल पार्न गायक तथा सर्जक जितन भाइ श्रीसको संयोजकत्वमा कोरियामा रहनु हुने सम्पुर्ण कलाकारफुर्सदमा
नेपाल बौद्ध परिवार काेरियाद्वारा अायाेजित भ्रमण कार्यक्रम सम्पन्न ।
नेपाल बाैद्द परिवार दक्षिण काेरियाले अायाेजना गरेकाे भ्रमण कार्यक्रम सफलता पुर्बक सम्पन्न भएकाेछ। गत अाइतबार जुलाइ २२ तारिख २०१८ जुलाई २२ तारीखका दिन दोसंसा गुम्बा साैलको बिशेष सहयाेगमा दक्षिण कोरियाको पर्यटकिय तथा धार्मिक स्थल गाङ्वान-दो स्थित शिन हुङ्सा गुम्बा र नकसान फादा समुन्द्रको भ्रमण सफलता पूर्वक सम्पन्न गरेकाे नेपाल बाैद्द परिवारका अध्यक्ष पेम्बा दाेङ्बा ह्याेल्माेले बताए। उक्त भ्रमणको अवसरमा शिन हुङ्सा गुम्बामा दोसंसा गुम्बा बिदेश विभागका आनी र सउल नेपाल गुम्बाका प्रमुख लामा कुन्सांग दोर्जेले गुरु पद्मा संभवको खास दिन तिथि १० (छेवा च्यु ) परेको हुनाले विधिबत ढंगले पूजाफुर्सदमा
प्रथम कन्काई कप फुटबल प्रतियोगिताको टाईसिट सार्वजनिक नेपाल फुटबल महासंघ दक्षिण कोरिया र पुर्वाञ्चल ११ का भु.पु. खेलाडीहरूको मैत्रीपूर्ण खेल हुँदै।
झापा मिलन समाज दक्षिण कोरियाको आयोजना र झापा एफ सीको विशेष सहयोगमा” प्रथम कन्काई कप २०१८” नामक फुट्बल प्रतियोगिताको खेल समय तालिका अाइतबार सार्वजनिक गरेको छ। समाजका अध्यक्ष राजु सन्तोषी थापाको अध्यक्षतामा कुल २० टिमको सहभागिता सहित “खेलकुदको विकास,अनुशासन र गतिशीलता, प्रवासमा पनि हाम्रो योगदान र निरन्तरता” भन्ने मुल नारा सहित झापा एफ सी आपतकालीन राहत कोष स्थापनार्थ यहि जुलाइ २९ तारिक सिओलको सोयोसन फुटबल ग्राउन्ड र दोङदुछन फुटबल ग्राउण्डमा सम्पन्न गर्ने गरी टाईसिट कार्यक्रम सम्पन्न भएको छ । यसपाली अत्याधिक गर्मी मौसमको कारणले पहिलो राउण्डमा १ घण्टा २० मिनेटफुर्सदमा
नेपाल मगर संघ थेगु शाखाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा कुमार गर्बुजा।
– चिरन थापामगर, थेगु नेपाल मगर संघ गणतन्त्र काेरिया थेगु शाखाकाे प्रथम अधिबेशन अाइतबार थेगुमा सम्पन्न भएकाे छ। उक्त अधिवेशनले कुमार गर्बुजा मगरको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्ष– ज्ञानु श्रीस मगर, उपाध्यक्ष– स्वरूप कुमार थापा मगर, महासचिव–चिरन थापा मगर, सचिव– खडक घर्ती मगर, कोषाध्यक्ष– चन्द्र थापा मगर, सह–कोषाध्यक्ष– जीवन बुढ़ा मगर तथा संघमा आवद्ध सबै क्रियाशील सदस्य रहने गरी ४९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । नव गठित समितिको पहिलो बैठकबाट सल्लाहाकारहरू मनोनयन गर्ने र अन्य नयाँ सदस्यहरू थप्दै जाने गरी कार्यसमितिलाई खुला राखिएकोफुर्सदमा
काेरियामा मनाइने २४ अाैं बिश्व अादिवासी दिवसकाे स्थान परिबर्तन।
नेपाल अादिवासी जनजाति महासंघ काेरियाले यहि अागामी अगस्त ५ तारिख २४ अाैं अन्तराष्ट्रिय बिश्व अादिवासी दिवश मनाउने भएकाेछ। उक्त दिवस मनाउने हलकाे स्थान भने परिबर्तन भएकाे कुरा नेपाल अादिवासी जनजाति महासंघ काेरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकालीले बताइन्। नयां हल याक्सु यक स्थित प्राय जसाे नेपाली कार्यक्रम गर्ने हल सउल जाेङनाे गु छङ्साे न्यन् सुर्यन् ग्वानमा हुने भएकाेछ। अादिवासि जनजाति हरूले हरेक बर्षकाे अगस्त ९ तारिखलाइ बिश्व अादिवासी दिवशकाे रूपमा मनाउने गर्दछन्। काेरियामा रहेका नेपाली अादिबासी जनजातिहरूले पनि यहाँकाे समय र परिस्थितिलाइ मध्य नजर गर्दै यहि अाउदाे अगस्त ५ तारिख अाइतबारकाेफुर्सदमा
काेरियामा मनाइने नेपाल डे काे सम्पुर्ण तयारी पुरा।
नेपाल सरकारले घाेषणा गरेकाे पर्यटन बर्ष २०२० लाइ लक्षित गरि काेरियामा क्रियाशिल संस्था नेपाली बिध्यार्थी समाज साेनसिक र एन अार एन ए काेरियाकाे संयुक्त अायाेजना , सउल महानगर पालिकाकाे स्पाेन्सर तथा नेपाली दुताबास काेरिया र नेपाल टुरिजम बाेर्डकाे सपाेर्ट, नेपाली सम्पर्क समिति र नेपाल अादिवासी जनजाति महासंघ ,नेपाल पत्रकार महासंघ,वुमन फर वुमन लगायत सम्पुर्ण संघ संस्थाकाे बिशेष सहयाेगमा जुलाइ २२ तारिख साैलमा अायाेजना हुने नेपाल डे कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा भएकाे कुरा एन अाए एन ए काेरियाकी अध्यक्ष लक्ष्मी गुरूङले बताइन्। समृद्द नेपाल निर्माण गर्ने अभियानलाइ पर्यटन क्षेत्रले बिशेष सहयाेगफुर्सदमा
सानाे मिल्तीखाेला हाइड्राेपावरले हाल सम्मका प्रगति प्रतिबेदन दिन पत्रकार सम्मेलन गर्ने।
दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल सम्म गरेका प्रगतिकाे जानकारी दिन यहि जुलाइ २२ तारिख साैलमा पत्रकार सम्मेलनकाे अायाेजना गर्ने भएकाेछ। साैल तुन्देमुन स्थित लुम्बिनी रेष्टुरेण्टमा २ बजे देखि प्रेस मिटकाे अायाेजना गरिएकाे कुरा कम्पनिका प्रबन्ध संचालक कपिल न्याैपानेले बताएका छन्। उक्त कार्यक्रममा काेरियामा रहेका सक्रिय संघ संस्थाका प्रमुख प्रतिनिधि, समाजसेबी ,पत्रकार तथा पुराना शेयर सदस्य तथा नयाँ लगानी गर्न चाहाने नेपाली दाजुभाइ तथा दिदी बहिनी हरूलाइ अायाेजनाका अध्यक्ष सुरेश लिम्बुले हार्दिक निमन्त्रणा गरेका छन्। साेहिफुर्सदमा