Yam Shrees
झोर्ले सांगितीक सौगातका लागी थेगु ,गजे,मिर्याङ, छिर्वनवाट गाडीको व्यवस्था
नेपाल मगर संघ किम्हे बुसान शाखाले सलनालको पहिलो दिन अर्थात फेब्रुवरी १५ तारिक किम्हेमा आयोजना गर्न लागेको झोर्ले सांगितीक सौगात भाग १ मा जानका लागी काेरियाकाे बिभिन्न शहरहरूबाट बसको व्यबस्था गर्ने भएको छ। कार्यक्रमका लागी गजेदो,थेगु,मिर्याङ,छिर्वन र मासानबाट बसको व्यवस्था गरेकाे र अन्य शहरहरूबाट पनि बसको ब्यबस्था गरिदिन माग भए अवस्था हेरेर व्यबस्था गर्न सकिने कार्यक्रम संयोजक राजकुमार आलेले जानकारी दिएका छन्। त्यस्को लागी आयोजकलाई जानकारी गराउन सकिने छ । छिर्वन मासान किम्हेबाट नजिकै भएर पनि २/३ वटा बस परिवर्तन गर्नु पर्ने भएकोले दर्शकको सुविधालाई ध्यानमा राखी बसको व्यबस्था गरिएकोफुर्सदमा
कोरिया सरकारकाे स्थानिय प्रशासनद्वारा “राइज फर नेपाल कन्सर्ट २०१८” लाई कार्यक्रम गर्न अनुमति प्रदान
भरत शर्मा कोरिया सरकारकाे स्थानिय प्रशासनले “राइज फर नेपाल कन्सर्ट २०१८” लाई कार्यक्रम गर्नका लागी अनुमती प्रदान गरेकाेछ। कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा कोरियामा रहेर कोरिया तथा नेपालमा सामाजिक कार्यहरु गर्दै आइरहेको सामाजिक अभियन्ताहरुको समूह “बुद्ध ईन्टरटेन्मेनट”ले २०१८ फेब्रुअरी १६ मा ख्वाङ्नारु स्टेशननको YES 24 लाईभ हलमा आयोजना गर्न लागेको बिपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्डको बिशेष प्रस्तुति रहने “राइज फर नेपाल लाइभ कन्सर्ट २०१८” कार्यक्रमलाई कोरिया सरकारले कानुनी मान्यता प्रदान गरेको हाे। कोरियाको कानुन र मुल्य मान्यताको कदर गर्दै “राइज फर नेपाल कन्सर्ट २०१८ ” कार्यक्रमको लागी सम्पूर्ण मापदण्ड पुराफुर्सदमा
नेपाल तामाङ समाज ख्याङसाङ्नाम्दो, बुसान दक्षिण कोरियाको प्रथम भेला सम्पन्न।
नेपाल तामाङ समाज ख्याङसाङ्नाम्दो, बुसान दक्षिण कोरियाको प्रथम भेला २०१८/०१/२८ तारिख आइतबार दक्षिण कोरियाको किम्हे शहर स्थित नमस्ते रेस्टुरेन्टमा सम्पन्न भएको छ। तामाङहरुको संस्कृति ,पहिचान, भेषभुषा, धर्मको संरक्षण सम्बर्द्धन एवम् जगेर्ना तथा प्रवासमा रहेका तामाङहरुलाइ कसरी एकत्रित गर्न सकिन्छ भन्ने मुल नाराका साथ उक्त भेला ख्याङ्साङ्नाम्दो (जिन्जु,किम्हे,बुसान,मासान,याङ्सान,मिर्याड़,गजेदो)क्षेत्रलाई समेटिएर सम्पन्न गरिएकाे हाे । नेपाल आदिवासी जनजाती महासघं बुसान शाखाका अध्यक्ष तपस तामाङको सभापतित्वमा नेपाल तामाङ संघ दक्षिण कोरियाको केन्द्रिय अध्यक्ष उइना सिं वाइबाको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएकाे थियाे। उक्त कार्यक्रममा परदेशमा रहेका सम्पुर्ण तामाङहरुबीच आपासी भाइचारा एवं सद्भावनाको कामनाफुर्सदमा
एनसीसी र आदिवासी जनजाति महासंघ काेरिया विचको वार्ता सफल ।
केशर दर्लामी मगर नेपाली सम्पर्क समिती कोरिया र नेपाल आदिवासी जनजाति महासंघ कोरिया बिच सांस्कृतिक कार्यक्रम बाँडफाँडको विषयलाई लिएर सृजना भएको विवादकाे अन्त भएकाेछ। एनसीसीले हरेक कोरियाली महान पर्व तथा लामो विदाको अवसर पारी गरिने सांस्कृतिक कार्यक्रम बाँडफाँडको विषयलाई लिएर सृजना भएको विवादकाे अन्त भएकाेछ।यस्ताे बिबाद निरन्तर रुपमा रहदा नेपाली-नेपाली बिच संस्थागत र भावनात्मक रुपमा असहज परिस्थिति बढ्दै गएको र भोलिको दिनमा अझ यसले लिनसक्ने विकराल रुपले सामाजिक रुपमा ल्याउन सक्ने बिभाजन र फुटले परदेशी भुमिमा नेपाली बिचको एकता कमजोर बन्दै जाने भएकोले अविलम्ब यसको सामाधानको बाटो खोजिनु पर्ने आवस्यकताफुर्सदमा
कोरियामा रेसुंगा साँस्कृतिक झलक भाग -३ को बिसेष सौजन्य सहित आधिकारिक पोस्टर सार्बजनिक
कोरियामा रेसुंगा साँस्कृतिक झलक भाग -३ को बिसेष सौजन्य सहित आधिकारिक पोस्टर सार्बजनिक कोरियामा आउदो सलनालको लागि सर्वाधिक चर्चामा रहेको रेसुंगा सांस्कृतिक झलक भाग ३ को आधिकारिक पोस्टर सार्बजनिक भएको छ । कोरियामा रहेका विभिन्न ब्याबसायिक कम्पनि हरुको बिसेष सपोर्टमा गर्न लागिएको उक्त कार्यक्रममा सन् २०१७ मा बिसेष चर्चा बटुलेका कलाकार हरु कोरिया ल्याउने तयारीमा रहेको आयोजक कमिटि गुल्मी सम्पर्क समितिले जनाएको छ । कार्यक्रमलाइ हानापास रेमिट्यान्स ,जीएमइ रेमिट्यान्स ,दर्शन नमस्ते रेस्टुरेन्ट दोंग्देमुन , निक नेपाल ट्राभल्स दोंग्देमुन , हेप्पी कुक रेस्टुरेन्ट सुयु , कुमारी भान्छा घर दोंग्देमून तथा पूर्णिमाफुर्सदमा
उदयपुर सेवा समाज दक्षिण कोरियाले सलनालमा “साईला साईली” डान्स पार्टीको आयोजना गर्ने ।
उदयपुर सेवा समाज दक्षिण कोरियाले यहि आउदो सलनालमा डान्स पार्टी अायाेजना गर्ने भएकाेछ। २०१८ फेब्रुअरी १५ तारीख बेलुकी अायाेजना गर्ने डान्स पार्टीकाे नाम “साईला साईली डान्स पार्टी ” दिइएकोछ।उक्त पार्टीको विशेष आकर्षण भने चर्चित Dj हुने भएका छन। सौल दोङ्देमुन नजिकै जोङ्नो सामगा मा अवस्थित dream party palace काे हलमा हुने डान्स पार्टी बेलुका ८ बजे देखि बिहान ५ बजे सम्म सन्चालन हुने आयोजक सस्था उदयपुर सेवा समाजका अध्यक्ष मधुकर राई (M.k. chaamling)ले जानकारी दिए । उक्त कार्यक्रमबाट सङ्कलित रकम समाजले आपतकालीन राहत कोषको स्थापना गर्नेछ भने केही रकम योङ्गिनफुर्सदमा
काेरियामा मगर माघे संक्रान्ती कार्यक्रम भब्य रुपमा सम्पन्न
नेपाल मगर संघ दक्षिण कोरियाको आयोजना एवं थेगु शाखाको संयोजनमा यही जनवरी १४ तारिख आइतबार दक्षिण कोरियाको थेगु सहरमा माघे सक्रान्ती कार्यक्रम २०७४ भब्य रुपमा सम्पन्न भएको छ। हाम्राे पर्ब हाम्राे पहिचान,अाफ्नाे भाषा,भेषभुषा,धर्म संस्कार,संस्कृतिकाे संरक्षण तथा सम्बर्द्धन गराैं भन्ने मुल नारा सहित प्रवासमा रहेकाे मगर संघले मगर जातिकाे राष्ट्रिय पर्ब मनाएकाे हाे। नेपाल मगर संघ थेगु साखाका अध्यक्ष शालिकराम पूलामी मगरको सभापतित्व एवं नेपाल मगर संघ कोरियाका अध्यक्ष खड्क थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा परदेशमा रहेका सम्पुर्ण नेपालिहरु बिच आपसी भाईचारा एवं सद्भाबनाको कामना गर्दै थेगु साखाका उपाध्यक्ष विनीफुर्सदमा
“NPL GORKHEY GUYS” ले भब्य डान्स पार्टी “माया पिरती-२” को आयोजना गर्ने।
नया बर्षको आगमनसंगै, कोरियन पर्व सलनालको दोश्रो दिन अर्थात २०१८ फेब्रुअरी १६ तारिख बेलुका “NPL GORKHEY GUYS” ले भब्य डान्स पार्टी “माया पिरती-२” को आयोजना गर्ने भएको छ । Dj c-mon लाई लिएर गर्ने उक्त डान्स पार्टीमा कोरियामा रहेका युवा युवतीहरुलाई मनोरञ्जन दिईनेछ । आगामी दिनहरुमा उक्त ग्रुपले मनोरन्जनात्मक कार्यक्रम मात्र नभएर सामाजिक कार्यमा पनि सहभागिता जनाउने कुरा ग्रुपका अध्यक्ष रेशम थापा मगरले बताएका छन् । रोजगारीको सिलसिलामा ईपियस मार्फत कोरिया आएका नेपालका बिभिन्न ठाउका युवाहरुको सहभागितामा खोलिएको उक्त ग्रुपले यस भन्दा पहिले पनि बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु सञ्चालन गरि सकेकोफुर्सदमा
कोरियाको ख्वाङजुमा संयूक्त रूपमा ल्हाेसार तथा माघी पर्व मनाइने
च्वाइस किराती नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया ख्वांजू शाखाले यहि जनवरी २८ तारिख समस्त नेपालीहरूको राष्ट्रिय पर्वहरू तमू ,सोनाम् ,घ्याल्वो ल्हाेसार तथा माघी पर्व संयुक्त रूपमा आयोजना गर्ने भएकाे छ। “शास्त्र हराए संकार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संकृति हराए जाती हराउँछ” भन्ने मूल नाराका साथ गत वर्ष जस्तै गरि यस वर्ष पनि मनाउन लागिएको कार्यक्रमका प्रचार प्रसार विभाग प्रमुख मार्सल फागो लिम्बुले वताए। यसैगरी कार्यक्रम सम्योजक येना गूरूङ तथा सिता लामा तामाङले समाजीक एकता र आपसी भाईचारा विकास र समान सहअस्तित्वको लागि कार्यक्रम गर्न लगिएकोले सम्पूर्ण नेपाली दाजुभाईफुर्सदमा