Yam Shrees
उत्तम खजुमको “अदम्य” एल्बम भित्रको “सिम सिम पानी…” बोलको गीत रिलिज।
उत्तम खजुमको “अदम्य” एल्बम भित्रको “सिम सिम पानी…” बोलको गीत बिहिबार स्टारलाइट युट्युब च्यानलबाट रिलिज गरिएको छ। गीतमा खजुमको शब्द र लोकप्रिय संगीतकार ताराप्रकाश लिम्बूको संगीत रहेको छ। सहास शाक्यले एरेञ्ज गरेको गीतलाई गायिका मेलिना राईले स्वर दिएकी छिन्। जोमसोम साथै मनाङ मुस्ताङ जस्तो रमणीय स्थलमा छायांकन गरिएको भिडियो उत्कृष्ट बनेको छ। भिडियोलाई सौरभ लामाले छायांकन गरेका छ्न् जसमा निराजन प्रधान र शृजना क्षेत्रीको अभिनय हेर्न सकिन्छ। भिडियोलाई निर्देशक सान थापाले निर्देशन गरेका छन्। यस अघि गीतकार खजुमको दुई गीत “भुल्न खोजेँ….” प्रमोद खरेलको आवाजमा र “म त हारेको मान्छे….”फुर्सदमा
कोरियाबासी नेपालीहरूसँग माघे संक्रान्ती मनाउन देवी घर्तिमगर काेरिया आउँदै
नेपाल मगर संघ गणतन्त्र कोरियाले बिगत बर्ष जस्तै राष्ट्रिय सांस्कृतिक चाड – माघे संक्रान्ती पर्वको अवसरमा माघे संक्रान्ती बिशेष कार्यक्रम २०७४ राष्ट्रिय चर्चित लोक गायीका देवी घर्तिमगरको साथमा आगामी आइतवार जनवरी १४ तारिख थेगुमा मनाउने भएकाेछ। थेगु मगरसंघ शाखाको संयोजनमा संचालन हुन लागेको कार्यक्रममा नेपालबाट चर्चित लोकदोहोरी गायिका देवी घर्तिमगरको विशेष प्रस्तुती रहने छ भने स्थानिय कलाकारहरु बाट कौडा सालैजो नाच समेत रहने छ । मगर जातीकाे संस्कार,भाषा संस्कृतिलार्इ प्रवासबाट समेत संरक्षण प्रबर्ढन गर्नकाे लागि हरेक बर्ष माघे संक्रान्ती मनाउदै अाएकाेछ। सम्पूर्ण कोरियाबासी मगर महानुभावहरु मगर माैलिक भेषभुसामा उपस्थित भैदिनुफुर्सदमा
सिरिजङ्गा साङ्गितिक सौगात भाग -४ कार्यक्रमकाे अाम्दानी खर्चकाे हिसाब प्रस्तुत।
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरमा सिरिजङ्गा साङ्गितिक सौगात भाग -४ कार्यक्रम २०१७ अक्टुबर ३ तारिखका दिन भब्यताका साथ सम्पन गरेको थियो। यस कार्यक्रमबाट हुन आएको आय ब्ययकाे हिसाव किताब सार्बजनिक गरेकाेछ। २०१७ डिसेम्बर ३१ तारिखका दिन सुवन स्थित चुम्लुङकाे कार्यालयमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष सुन्दरदीप अाङदेम्बेकाे अध्यक्षता बैठक बसी अार्थीक संयाेजकले अाय ब्याय प्रस्तुत गरेका थिए।बैठकमा चुम्लुङका पदाधिकारीहरु लगायत अन्य बुद्दीजिबिहरुको उपस्थिति रहेकाे थियाे।आर्थिक सम्योजकबाट प्रस्तुत आर्थिक प्रतिबेदन अनुसार सांस्कृतिक कार्यक्रममा कुल अाम्दानी ४,४६,६२,८८७ वाेन हुन आएको छ भने कार्यक्रम सम्पन्न गर्न ३,४५,५७,००० वोन खर्च भएकाेछ।कुलफुर्सदमा
काेरियामा तमु ल्हाेसार
तमुधि काेरियाद्वारा २०१८ जनवरि ७ तारिख साेलमा अायाेजित तमु ल्हाेसारका केही तस्बिरहरू श्राेतः तमुधिं द कारिया फेसबुकबाट
मकवानपुर सांगितिक धमाकाकाे तयारी तिब्र।
मकवानपुर काेरिया मञ्चले २०१८ फेब्रुअरी १७ तारिख सलनालकाे अवसरमा साेलकाे जाेङनाे अाे गा स्थित फेक जु न्यन गिन्यम ग्वानकाे हलमा अायाेजना गर्न गइरहेकाे मकवानपुर सांगितिक धमाकाकाे तयारी तिब्र पारेकाेछ। धमाकाकाे लागी कलाकारहरू छनाैट, हलकाे ब्यवस्था भइ सकेकाे मञ्चका अध्यक्ष सुरेस भलाेनले जनाएका छन्।गत अाइतबार तमुधिं काेरियाद्वारा अायाेजित ल्हाेसार कार्यक्रमकाे अवसरमा लाइभ धमाकाकाे जानकारी स्वरूप पाेस्टर प्रदर्शन गरिएकाेछ।काेरियाका लागी महामहिम राजदुत अर्जन जङ्ग बहादुर सिंह लगाएत काेरियामा क्रियाशिल संघ संस्थाका प्रमुखहरूले सामुहिक रूपमा पाेस्टर प्रदर्शन गरेका थिए। काेरियाबासी सम्पुर्ण नेपालीहरूलार्इ सामाजिक कार्यका लागि गरिएकाे सांगितिक कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल बनार्इदिनुफुर्सदमा
काेरियाबाट समिर बिष्णु खत्रीले ल्याए लाेक दाेहारी गित”नाता टुट्यो नङ र मासुको” (भिडियो सहित)
संगीत क्षेत्रमा निरन्तर लागी परेका युबा सर्जक तथा मोडल मोहन के सी ले अभिनय गरेको गीत बजारमा आएको छ ।रंगीन मिडियाले बजार ब्यबस्थापन गरेको गीतमा युबा सर्जक तथा गाएक समिर बिष्णु खत्रीको लय तथा गोबिन्द बी सी र समिर बिष्णु खत्रीको शब्द रहेको छ। देवी घर्ति मगर र समिर बिष्णु खत्रीको आवाज रहेको गीत लोक दोहोरि क्षेत्रमा छुट्टै पहिचान बोकेको गीत हो । चर्चित निर्देशक बिष्णु भट्टराईले निर्देशन ,छायांकन र सम्पादन गरेको म्युजिक भिडियोमा मोहन के सी ,सनया खड्का र नबिन मरासिनीको अभिनय रहेको छ । रोजगारीको सिल सिलामा नेपालफुर्सदमा
सानो मिल्ती खोला जलबिधुत परियोजनामा लगानीको लागी अन्तिम चरणको शेयर आबेदन खुल्ला।
दक्षिण कोरियामा कार्यरत नेपालीहरु द्वारा लगानी गरिएको सानो मिल्ती खोला जलबिधुत परियोजनाको लागि अन्तिम चरणको शेयर आबेदन खुलेकोछ। रामेछाप जिल्लामा ३ मेघा वाट क्षमताको जलबिधुत उत्पादन गर्ने लक्ष्यका साथ कामहरु अगाडी बढेका छन्। २०७५ मंसीर सम्म परियोजना सम्पन्न गर्ने योजना रहेको बताइएकोछ। परियोजनाको लागि अन्तिम चरणको शेयर आबेदन खुल्ला गरिएकोछ। परियोजनाका डाइरेक्टर सुरेश लिम्बुले बताए। दक्षिण कोरियामा रोजगार तथा ब्यवसाही गरेर बसेका नेपालीहरुलाई लगानी गर्न हुनको लागी पनि परियोजनाले आव्हान गरेकोछ। आबेदन दिने अन्तिम समयः २०१८ मार्च १० तारिख सम्म न्यूनतम लगानी: रु एक लाख लगानी रकम जम्मा गर्ने अन्तिमफुर्सदमा
कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?
दक्षिण कोरिया सरकारले दक्षिण तथा मध्य एसियाका सोह्र राष्ट्रका आप्रबासी कामदारका लागि सन् २०१८ को कोटा निर्धारण गरेको छ । सन् २०१८ को कुल ५६००० कोटालार्ई गत वर्षकै आधारमा नबढाई सरकारको नीति कार्यन्वयनको कार्यालय, न्याय मन्त्रालय, श्रम मन्त्रालय सहित बाह्र मन्त्रालय सम्मिलित समितिले गत वर्ष बिभिन्न क्षेत्रमा कामदार अभाबका कारण पर्न गएको असुबिधाको समिक्षा गदै यसबर्ष बिभिन्न क्षेत्रमा आप्र्रबासी कामदारको संङख्यालार्ई बाँडफाँड गरेको छ । कोरियाको आप्रबासी कामदार प्रबद्धन गर्ने समितिले कृर्षि क्षेत्रमा काम गर्ने आप्रबाशी कामदार प्रति रोजगारदाताले रहनसहन तथा कामकाजप्रति गरिने ब्यबहारलाई सुधार गर्नुपर्ने र नगरिएमा कृर्षि क्षेत्रकोफुर्सदमा
गजल : परदेशीले सारा बिदेश अघाउनु पर्छ अब
गजल परदेशीले सारा बिदेश अघाउनु पर्छ अब। देश बनाउनमा मिली सघाउनु पर्छ अब।। अर्काको मुलमा अमानबिय दुख भोग्छौ कति। आफ्नै बारिमा पसिना बगाउनु पर्छ अब ।। गरीबिले लखटिएका युवा हामी फर्की घर । पालो गरीबिलाई टाढा भगाउनु पर्छ अब।। गरे के हुदैन आफ्नै देशमा हुन्छ सबै उठौ। सुस्ताएका जागरहरु जगाउनु पर्छ अब।। PR पर्मानेन्ट रिणा हो लिन्छौ? देशले धिकार्ला। छोड शुन्दर मातृभुमी सजाउनु पर्छ अब ।। बिदेशमा छुट्ने पसिना आफ्नै माटोमा बगाइ। बाजो खेतमा कुलो पानी लगाउनु पर्छ अब ।। आर.डी.धनुश रानामगर (नवलपरासी)