Yam Shrees
गजल : किनकिन आज मलाई मर्न मन लाग्यो,
गजल किनकिन आज मलाई मर्न मन लाग्यो धर्ती बाट अन्तै बसाई सर्न मन लाग्यो। सुवास बिहिन फुल भै बगैचामा फुल्नु भन्दा त्यसै त्यसै ओइलिएर झर्न मन लाग्यो। सान्सारिक माया मोह बाचा बन्धन छोडि परलोकको क्षितिज पारी तर्न मन लाग्यो। बाच्ने अाशा रहरहरु छैन अब कतै पनि मृत्यु सग नै सम्झौता गर्न मन लाग्यो। कसलाई दोष दिने लेखा जोखा छैन आफ्नो प्राण आफैले हार्न मन लाग्यो। तर जिन्दगी हो गुमेपछी फिर्ता पाउन सकिन्न फेरि पनि जिउने संकल्प गर्न मन लाग्यो। शम्भुप्रसाद पुडासैनी बेल्कोटगडी ८ नुवाकोट हाल द.कोरिया
काेरियामा कार्यरत बाग्लुङे युवाहरूले जैमुनी नपा १० काे एक बिध्यालयमा ५ लाख हस्तान्तरण गरे।
बागलुङ जिल्ला जैमुनी नगरपालिका १० अन्तर्गत बिकट क्षेत्र मानिने श्री जनता उ,मा,बि राङखानी पाहीमा संचालित बिज्ञान संकायको लागी काेरियामा कार्यरत बाग्लुङ जैमुनी नगरपालिका १० का भुपु बिद्यार्थी युवाहरुको सकृयता र बागलुङ बासीहरुको सहयोगमा अक्षय कोष स्थापनार्थ ५ लाख नेपाली रुपैया एक कार्यक्रमका बीच प्रदान गरिएको छ । उक्त रकमबाट प्राप्त हुने ब्याजबाट आवाश्यक पर्ने शैक्षिक समाधानको लागी प्रयोग गरीने छ। जस्को माध्यमबाट गरीब जेहेन्दार बिद्यार्थीहरु लाभान्वित हुनेछन । यो अभियान १० लाख नेपाली रुपैया नपुग्दा सम्म निरन्तर चलिरहने यस अभियानको संयोजक धन बा थापाले बताए। साथै यस अभियानका अभियान्ताहरुले सम्पुर्णफुर्सदमा
छन्त्याल परिवार काेरियाले एेश्वर्य चलचित्र प्रदर्शन गर्दै।
छन्त्याल परिवार दक्षिण कोरियाले आपतकालिन अक्षयकोष निर्माण सहयोगार्थ नेपाली कला सस्कृतिको संरक्षण र सम्मान गरौ भन्ने नारा सहित नेपाली कथानक चलचित्र ऐश्वर्य प्रदर्शन गर्ने तयारी गरेकाेछ। उक्त चलचित्र यहि जनवरि १४ तारिखका दिन साेलमा प्रदर्शन गरिनेछ। दक्षिण काेरियामा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ उपस्थित भइ कार्यक्रमलाइ सफल बनाइदिनु हुन परिवारका अध्यक्ष अमर छन्त्यालले अनुराेध गरेकाछन्। “ तिमी रोएको पल तिमीलाई….” गीतका कारण साथै उच्च मेकिङका कारण पनि खुबै चर्चामा रहेको यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।अभिनेता रमेश उप्रेतीको अघिल्लो फिल्म ब्रासलेटले अपेक्षित सफलता नपाए पनि यो फिल्मलाईफुर्सदमा
कोरियाबाट पहिलो नेपाली महिला शान्तिले ल्याइन मौलिक सालैजो गीत “पर्ख नानी”
लामो समय देखि कोरियामा कार्यरत लोक दोहोरी गायिका शान्ति गुरुङले पहिलो साङगीतिक कोसेली स्वरुप अत्यन्तै कर्णप्रिय मौलिक सालैजो गीत “पर्ख नानी” दर्शक श्रोताहरु माझ पस्किएकी छिन्।कोरियामै रहेका कुशल सर्जक सि.पी.मगरको शब्द सृजना बहु चर्चित गायक रामजी खाणको लय स्वर र अभिनय पनि रहेको गीत शान्तिले कोरिया कै बबल गम स्टुडियोमा रेकर्ड गराएकी हुन्। स्याङ्जा जन्मिए पनि अधिकाङ्श परिवार पोखरा बस्ने हुनाले गीतको भिडियो भने पोखरा नया गाउँमा खिचिएको छ।मौसम हिमालीको निर्देशन दुर्गा पौडेलको छायांकन नवीन घर्ती मगरको सम्पादन रहेको गीतमा मुख्य अभिनय रामजी र मनिता गुरुङको रहेको छ।भिडियो खिच्नमा स्याङ्जाफुर्सदमा
मिर्याङ नेपाली समाजकाे तेस्राे साधारण सभाले सागर पाेख्रेललार्इ अध्यक्षमा चयन गर्याे।
मिर्याङ नेपाली समाज काेरियाकाे गत अाइतबार सम्पन्न भएकाे तेस्रो साधारणसभाले सागर पाेख्रेलकाे अध्यक्षतामा १५ सदस्य नयां कार्य समिति चयन गरेकाेछ। कार्यसमितिमा अध्यक्ष: सागर पोख्रेल ,उपाध्यक्ष:कृष्ण भट्टराई ,उपाध्यक्ष: पहिलो कार्यसमिति वैठकबाट चुनिने, सचिव: युवराज न्याैपाने ,स-सचिव: निर्मल लामा ,कोषाध्यक्ष: युवराज पोख्रेल, स-कोषाध्यक्ष:सुरज थापा ,सदस्यहरु: मोहन वुढाथोकी ,सन्तोषी तामाङ ,अप्सरा रार्इ ,संगिता उप्रेती ,देवराज ढुङ्गेल, हेम दंगाल ,कैलाश अधिकारी ,अमृता थापा वानिया सर्वसम्मत निर्वाचित भएकाछन्। मिर्याङ नेपाली समाजले स्थापनाकालदेखी हालसम्म सक्दाे सामाजिक कार्यहरू गर्दै अाएकाेछ।छेजुदो भ्रमण, दशै तिहार कार्यक्रम, भुकम्प पिडीतलाइ सहयोग, बाढी पिडीतलाई सहयोग लगायत अन्य थुप्रै सहयोगहरु गर्दै आईरहेको तथा आगामीफुर्सदमा
काेरियामा रेसुंगा साँस्कृतिक झलक भाग ३ लाइ सफल पार्न पत्रकार सम्मेलन सम्पन्न।
गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले अाउदाे सलनाल २०१८ फेब्रुअरी १६ तारिख अायाेजना गरेको रेसुंगा सांस्कृतिक झलक भाग तीन लाइ सफल बनाउन कोरियामा रहेका नेपाली संघ संस्थाहरुले तन ,मन र धनले सहयोग गर्ने प्रतिबद्वता जाहेर गरेका छन् ।आइताबार राजधानी सोल स्थित नेपाल हाउसमा आयोजित पत्रकार सम्मेलन तथा बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उपस्थित संस्थाका प्रतिनिधिहरुले सो प्रतिबद्वता जाहेर गरेका हुन् । कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले बोल्दै नितान्त परोपकारी उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएकोले कोरियामा रहनुहुने सम्पूर्ण नेपालीले सहयोग गर्नु पर्ने बिचार ब्यक्त गरे । अन्तरक्रिया कार्यक्रममा भाग लिदै नेपाल गोरखा परिवारका अध्यक्षफुर्सदमा
मकवानपुर सांगितिक धमाकामा प्रशान्त तामाङ लगाएतका कलाकार काेरिया अाउने
मकवानपुर सांगितिक धमाका भाग एकका लागि कलाकारहरू छनाैट भएका छन्। मकवानपुर काेरिया मञ्चले यहि अाउदाे सलनाल अर्थात २०१८ फेब्रुअरी १७ तारिखका दिन साैलमा अायाेजना गर्न लागेका सांगितिक धमाकाका लागि कलाकारहरू छनाैट भएका हुन्। उक्त धमकामा इन्डियन आइडल ३ बिजेता तथा चर्चित गायक प्रशान्त तामाङ, काले दार्इ /ठमेल बजार गीतका चर्चित प्ले ब्याक गायिका मीना निराैला, चर्चित पप गायक कमल खत्री, नेपाल अार्इडलका मस्ट ट्यालेन्टेड कन्टेस्टेन्ट र्चर्चित गायिका बिध्या तिवारी, र पछिल्लाे समय अति चर्चामा रहेका कमेडियन कलाकार दिनेश काफ्ले काेरिया अाउने भएकाे जानकारी मकवानपुर काेरिया मञ्चका अध्यक्ष सुरेश भलाेनले फाेनिज काेरियालार्इफुर्सदमा
गुल्मी सम्पर्क समिति कोरियाले पत्रकार सम्मेलन तथा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने
गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आगामी सलनालको दोस्रो दिन अर्थात फेब्रुरी १६ तारिखमा गर्न लागेको रेसुंगा सांस्कृतिक झलक भाग ३ लाइ सभ्य र भब्य रुपले सम्पन्न गर्न कोरियामा रहेका सम्पूर्ण नेपाली संघ संस्था बीच बृहत अन्तरक्रिया , पत्रकार सम्मेलन , नयां बर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रवासमा आपसी समजदारी र सहकार्य बिना कुनै पनि कार्यक्रम सफल हुन् नसक्ने भन्दै कार्यक्रमलाइ के कसरि सभ्य र भब्य रुपले सम्पन्न गर्न सकिन्छ भन्ने वारेमा बिभिन्न संघ संस्थाका प्रतिनिधि ,बुद्दिजीवी ,पत्रकार ,ब्याबसायी बर्ग ,तथा कोरियामा रहेका समस्त नेपालीफुर्सदमा
एनसीसी काेरियाद्वारा अायाेजित फ्रि मेडिकल क्याम्प भब्यरूपमा सम्पन्न।अध्यक्षद्वारा धन्यबाद ज्ञापन।
नेपाली सम्पर्क समिति कोरियाले १७ औ अन्तराष्ट्रिय आप्रबासी दिवसकाे अवसरमा अायाेजना गरेकाे फ्रि मेडिकल क्याम्प भब्य रूपमा सम्पन्न भएकाेछ। गत अाइतबार डिसेम्बर १७ तारिख साेलकाे जाेङगाक स्थित दुर्गा रेष्टुरेण्टकाे सभाहलमा अायाेजना गरेकाे उक्त क्याम्पमा करिब १५० जना मानिसले अाफ्नाे स्वास्थयकाे बारेमा चेकअप गराएका थिए। हरेक बर्षको डिसेम्बर १८ तारिखलाई संयुक्त रास्ट्रसंघले आप्रबासी दिवसकाे रूपमा मान्दै अाएकाेछ । कोरिया स्थित नेपाली आप्रबासीहरुको सामाजिक हित र अधिकारका लागि २४ बर्ष अगाडि कोरियाली भूमिमा गठन भएको NCC ले उक्त अाप्रबासी दिवसकाे अबसरमा काेरियन डाक्टरहरूकाे टाेलीलार्इ अामन्त्रण गरि फ्रि मेडिकल क्याम्पकाे अायाेजना गरिएकाे हाे।फुर्सदमा
डेउ नेपाली एकता समाजको दोस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा भरत सुवेदी
डेउ नेपाली एकता समाजको दोस्रो अधिवेशन सम्पन्न भएकाेछ।अधिबेशनले सर्ब सम्मत रूपमा भरत सुवेदीलाइ अध्यक्षमा चयन गरेकाेछ। अाइतबार सम्पन्न भएको डेउ नेपाली एकता समाजको दोस्रो अधिवेशनले भरत सुवेदीकाे नेतृत्वमा नया कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।नवनिर्वाचित अध्यक्ष सुवेदी निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन। यसैगरी उपाध्यक्षमा ,कमल मिश्र ,देब कुमार तिमिल्सिना ,प्रेम विश्वकर्मा ,ज्ञानेन्द्र चन्द ,सचीवमा दिपक पौडेल ,सह सचिवमा नारायण थापा, त्यस्तै कोषाध्यक्षमा महेश सिंह बुढाथोकी साथै अन्य सदस्यहरू सर्वसम्मत चयन भएका छन । नव निर्वाचित अध्यक्ष सुवेदीले आगामी दिनमा सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे। उक्त अधिवेशनमा निवर्तमान अध्यक्ष अंशुबर्मा लिम्बूलेफुर्सदमा