तपाईं अहिले नेपाल सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिमा नयाँ नेतृत्व, अध्यक्षमा टुकराज अर्याल
स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको चौथो विश्व सम्मेलन तथा सातौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । स्याङ्जाको वालिङमा सम्पन्न अधिवेशनले टुकराज अर्यालको नेतृत्वमा ३२ सदस्य कार्यसमिति चयन गरेको हो । “समृद्ध स्याङ्जाका लागि विश्व अभियान”भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनले सहमतिय प्रणालि मार्फत नयाँ टिम निर्माण भएको छ। सस्थाको वरिष्ठ उपाध्यक्षमा भोला पौडेल, उपाध्यक्ष हरु मध्यपूर्व क्षेत्रबाट हरि लुइटेल, एसिया प्यासेफिक क्षेत्र तर्फ नरेश बहादु जिसी र अमेरिकाफुर्सदमा
स्याङ्जामा हुने “प्रथम एलादी महोत्सव २०७८” को तयारी अन्तिम चरणमा
बोम्जन गुरुङ स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. ४ मा पर्ने एलादी गाउँमा प्रथम एलादी महोत्सव २०७८ हुने भएको छ । “धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण, सम्बर्द्धन, कृषि, हस्तकला साथै ग्रामीण पर्यटनको प्रबर्द्धन” भन्ने महोत्सवको मूल नारा लिएर संगम युवा क्लबको आयोजना तथा स्थानीय आमा समूह र बाबा समूहको विशेष सक्रियतामा यही मंसिर २४ गतेदेखि २८ गतेसम्म ५ दिने सो महोत्सव हुने भएको हो । ग्रामीण पर्यटनको प्रचुर सम्भावना बोकेकोफुर्सदमा
कोभिडले मृत्यु भएका परिवारलाई लायन्स क्लव अफ सृजना चौतारीद्धारा १ लाख १ हजार रुपैंया सहयोग
१७ असार २०७८, पोखरा लायन्स क्लव अफ सृजना चौतारी पोखराले कोभिडका कारण मृत्यु भएका मृतकको परिवारलाई १ लाख १ हजार रुपैयाँ नगद सहयोग गरेको छ । क्लवले आज पोखरामा आयोजना गरेको क्लवको सन् २०२१/२२ को नयाँ कार्यसमितिलाई पदस्थापन कार्यक्रमसँगै रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरि उक्त रकम सहयोग गरेको हो । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ घर भई हाल पोखरा महानगरपालिका ४ गैह्रापाटन बस्ने केशव सुवेदीको केहि समय अगाडी कोभिड संक्रमणकाफुर्सदमा
दुबै मृगौला फेल भएकी रञ्जना तामाङलाई आयो क्यानडाबाट आर्थिक सहयोग
काठमाडौ । दुबै मृगौला फेल भएकी तेमाल गा.पा. वडा नं. ९ पालुघाट निवासी कान्छामान तामाङको छोरी रञ्जना तामाङका लागि क्यानडामा संकलित आर्थिक रकम हस्तान्तरण गरेको छ । क्यानडामा बसोबास गर्दै आएका सोही गाउँका बिरवल लामाले त्यहीँ रहेका नेपाली साथीहरुबाट संकलन गरेको रकम रु १ लाख २७ हजार १ सय ३२ रुपियाँ हस्तान्तरण गरिएको हो । शनिबार (बैशाख ४) बिरवल लामाको बुवा सोनाम लामा र बहिनी बिना लामाको हातबाट बिरामी रञ्जनाफुर्सदमा
दिदीबहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङ एसोशिएशनको उत्कृष्ठ समाजसेवी पुरस्कारबाट सम्मानित
२९ चैत्र २०७७, पोखरा । अल नेपाल होमियोप्याथिक एसोशिएसनको १० औं केन्द्रीय महाधिवेशन गत चैत्र २७ गते पोखरामा सम्पन्न भएको छ । सोही कार्यक्रमको अवसरमा संजिवनी दिदीबहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङ एसोशिएशनको उत्कृष्ठ समाजसेवी पुरस्कारबाट सम्मानित भएकी छिन् । विभिन्न संघ संस्थामा आबद्ध रहेकी गुरुङ सामाजिक अभियन्ताको रुपमा परिचित गुरुङ पर्वत जिल्लाको महाशिला गाउँपालिका -५ लामे घर भई हाल उनी पोखरा निवासी हुन् । संजीवनी दिदीबहिनी केन्द्रका संस्थापक अध्यक्ष तथाफुर्सदमा
खाडी पुगेका नेपालीहरुको कथा बेथाको कृति “सनैया” सार्वजनिक
खाडी मुलुकमा पुगेका नेपालीहरूको कथा बेथालाई समेटिएर तयार पारिएको कृति ‘सनैया’ सार्वजनिक भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको सिद्धिचरण हलमा भएको एक कार्यक्रम बिच सार्वजनिक भएको उक्त किताबको कान्तिपुरकर्मी होम कार्कीद्वारा लेखिएको हो । उक्त पुस्तकमा वैदेशिक रोजगारीका क्रममा अरब पुगेका नेपालीहरुले मरुभूमिको तातो गाममा भोगेका कथा बेथालाई उनिएको छ । पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो । डेढ दशकदेखि परिवारबाट बिछोडिएका पात्रको कथा लेखक कार्कीले नै पत्रीकामा छपाएका थिए ।फुर्सदमा
दुई तामाङ सगरमाथा आरोहण गर्दै, तामाङ रिमठिम पर्यटन संजाल´ले गरे बिदाई तथा शुभकामना !
काठमाडौ । लामो समयदेखि पर्यटन व्यवसायमा आबद्ध हुँदै आएका दुईजना तामाङ युवाले जेष्ठको ५ देखि ९ गते भित्रमा बिश्वकै सर्बोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ । पर्यटन व्यवसायमा संलग्न काभ्रेका बसन्त स्याङ्तान तामाङ र सोलुखुम्बुका धन बहादुर बम्जन तामाङले पर्यटन पेशालाई अझै बृहत, ब्यापक र बलियो बनाउने मुख्य उदेश्य राखेर सगरमाथा आरोहण गर्न लागेको जनाएको छ । उनै दुईजना तामाङ युवालाई तामाङ पर्यटन व्यवसायीहरुको साझा संस्था `तामाङ रिमठिम पर्यटनफुर्सदमा