Advertisement
SKIP THIS

तपाईं अहिले देश सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सिन्धुपाल्चोक जिल्लाका तमुहरु (गुरुङ) द्वारा सामुहिक तमु (गुरुङ) ल्होसार यही पौष २९ गते भव्य रुपमा मनाउँदै

सिन्धुपाल्चोक जिल्लाका तमुहरुले (गुरुङ) सामुहिक तमु ल्होसार बाह्रबिसे नगरपालिका वडा नं.२ काभ्रे गुरुङ टोलमा भव्यरुपमा मनाउने भएको छ । उक्त तमु (गुरुङ) तो ल्होसार कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहुचर्चित अतिथि कलाकारहरु गायक गणेश गुरुङ,गायक पृथ्वी गुरुङ,गायिका सपना गुरुङ, गायक आइतराम गुरुङ र जादुगर शेर बहादुर गुरुङको प्रस्तुतिका साथ स्थानीय कलाकारहरुको बिजोड प्रस्तुति रहने भएको हो । कार्यक्रम बाह्रबिसे नगरपालिकाका प्रमुख निमोफुन्जु शेर्पाको प्रमुख आतिथ्यमा र तमु ह्युल छोंज धीँ गुरुङफुर्सदमा

तामाङ पर्यटन संजालको बृहत् भेला सम्पन्न

पर्यटन क्षेत्रमा संलग्न तामाङहरुको सामुहिक संस्था तामाङ रिमठिम पर्यटन सञ्जालले संस्थाको बिधिवत दर्तापछिको पहिलो बृहत् भेला हिजो(पौष १८ गते) सम्पन्न भएको छ । गोकर्ण हाउस रेस्टुरेन्ट ठमेलमा सम्पन्न भेलामा तामाङ समुदायका अग्रज पर्यटन व्यवसायी, पर्वतारोही र पथप्रदर्शकहरुको उल्लेख्य सहभागीता रहेको संस्थाका सचिव नरध्वज तामाङ (क्षितिज) ले बताएका हुन । कीर्तिमानी आरोही शम्भु तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको सभापतित्त्व संस्थाका अध्यक्ष अम्बर बम्जन, कार्यक्रम सञ्चालन महासचिव छेटुप तामाङ र स्वागत मन्तव्यफुर्सदमा

टुँडिखेलमा तमू ल्होसार(फोटोफिचर)

गाई बर्षलाई बिदाई गरेर बाग बर्षलाई स्वागत गर्दै गुरुङ समुदायले तमू ल्होसार २०७८ भव्यरुपमा मनाएको छ । पुस १५ गते काठमाडौको टुँडिखेलमा तमू ल्होसार मनाएको हो । हेरौं फोटोमा तमू ल्होसारको केही झलकहरू  

स्वर्गीय पिताको सम्झनामा छोराहरुले गरे समाजलाई जिन्सी सहयोग ।

बोम्जन गुरुङ ०२ असोज २०७८ बुटवल उपमहानगरपालिका वडा नं. १७ मोतीपुर स्थित एक परिवारका चार दाजुभाई छोराहरुले स्वर्गीय पिता ह. ना. सु. तोक बहादुर गुरुङको स्मृति र वार्षिक पुण्य तिथिको अवसर पारेर आफ्नो समाजलाई एक थान त्रिपाल सहित दश थान प्लाष्टिक टेबल सहयोग गरेका छन् । स्वर्गीय गुरुङकी धर्मपत्नी खिममाया गुरुङ, छोराहरु ढाल बहादुर गुरुङ (मुख्या सुभा) टेक बहादुर गुरुङ, दिनेश गुरुङ (कोले), कमल गुरुङले एक अनौपचारिक कार्यक्रमका विच उक्तफुर्सदमा

आफ्नो गाउँको भवन पुनर्निर्माणमा जागरुक हुँदै लमजुङ हिलेका बासिन्दा ।

लमजुङको गुरुङ गाउँ १२ थर हिलेमा समिति भवन पुनर्निर्माणको लागि एकताको अपिल । वि.सं. २०५२ सालमा श्री जन-कल्याण आमा समूह १२ थर हिलेको पहलमा समिति भवन निर्माण गरिएको थियो । सायदै १२ थर भेगकै पहिलो समिति भवन थियो जन कल्याण आमा समूह भवन । गाउँलेको आवश्यकता अनुसार बिस्तारै हरेक गाउँहरुमा समिति भवनहरु निर्माण हुँदै गए । उक्त भवनबाट गाउँलेहरुले धेरै लाभ उठाउन सफल भए तर परिवर्तनशिल समयको मागसँगै विभिन्न कारणहरुलेफुर्सदमा

इन्द्रेणीलाई तमु समाज मलेसियाद्धारा आर्थिक सहयोग ।

मनु कोन्मे गुरुङ, पोखरा तमु समाज मलेसियाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत तमु तथा गैर तमुहरुबाट रकम संकलन गरि इन्द्रेणी कार्यक्रमलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । विश्व भरि आक्रन्त रुपमा महामारी फैलिएको कोभिड – १९ को कारण नेपालमा लकडाउनका कारण अप्ठ्यारोमा परि खाना बस्न गाह्रो परेका गरिब दुखी पिडामा परेकाहरुका लागि इन्द्रणी कार्यक्रम मार्फत बितरण गर्नको लागि केही सहयोग रकम संकलन गरि तमु समाज मलेसियाले इन्द्रेणीलाई नेपाली ५५,०००/-फुर्सदमा

इञ्जाद्धारा तीन पत्रकार पुरस्कृत

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल ९इञ्जा०द्वारा स्थापित एक लाख रुपिंया राशीको सामुदायिक पत्रकारिता पुरस्कार ९२०२०० कान्तिपुर दैनिकका वझाङ सम्वाददाता वसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही समाचारदाता नीरा गौतम र नेपाल टेलिभिजनकी दोलखा सम्वाददाता मन्दिरा थापालाई प्रदान गरिने भएको छ । इन्जाको आह्वान अनुरुप प्राप्त निवेदनहरुमध्येवाट निर्णायक मण्डलले पत्रकारत्रय सिंह, गौतम र थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । अमेरिकाको भर्जिनिया निवासी पूर्वसञ्चारकर्मी तथा सामाजिक अभियन्ता सुनिता खत्रीले इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारकोफुर्सदमा

मनोज र खिमालाई तमू पत्रकार पुरस्कार प्रदान

पत्रकार मनोज घर्ती मगर र खिमा गुरुइ०लाई यस वर्षका तमू प्रत्रकारिता पुरस्कार प्रदान गरिएको छ । तमू संचारकर्मी संघले आइतबार काठमाण्डौमा विषेश कार्यक्रम गरी सो पुरस्कार प्रदान गरेको हो । मगर नागरिक खबर डट कमका प्रबन्ध सम्पादक हुन भने गुरुइ० रेडियो गोर्खालीका स्टेशन म्यनेजर हुन् । पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङद्धारा सो पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वतफुर्सदमा

स्याङ्जा परिवार किम्हे/बुसान शाखाद्वारा स्याङ्जा माझकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग ।

दक्षिण कोरिया / स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ३ मा रहेको स्वास्थ्य चौकीको स्तरोन्नती एवं स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन कोरियामा रहेको स्याङ्जा परिवार किम्हे/बुसान शाखाद्वारा प्रसूति गृह स्थापनाका लागि सुरक्षित मातृत्वमा अत्यावश्यक सामाग्रीहरु सहयोग स्वरुप प्रदान गरेको छ । कोरियन पर्व सलनाल २०१९ को अवसरमा गत ०३ फेब्रुअरी २०१९ मा स्याङ्जा परिवार किम्हे/बुसान शाखाद्वारा आयोजित जिल्लाको ग्रामीण स्वास्थ्य क्षेत्रमा सहयोगार्थ “किम्हे लाईभ लोक दोहोरी सांस्कृतिक कार्यक्रम” बाट वचत भएकोफुर्सदमा

केयर गिभरमा जापान जान कार्तिकमा भाषा परिक्षा, कसरी लिइन्छ परिक्षा ?

जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ। जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो। पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो। जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने छ। ‘स्पेसिफाइड स्किल्ड वर्कश’ अन्तर्गत जापानमा नर्सिङ केयर गिभरमा जान चाहनेले नर्सिङ केयर र जापानी भाषा परीक्षा उतीर्ण गर्नुपर्ने जापानको स्वास्थ्य,फुर्सदमा

ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...