तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
मोना कोरियाले जुलाई २९ र ३० तारिक बनभोज कार्यक्रमका लागि जेबुदाे आइल्याण्ड लैजाने

कोरिया स्थित क्रियाशील क्षेत्रीय संस्था म्याग्दी प्रवासी संघ (मोना) कोरियाले आउँदो जुलाई २९ र ३० तारिक दुई दिने बृहत भेटघाट तथा बनभोज कार्यक्रम २०२३ आयोजना गर्ने भएको छ । कोरियामा रहेका म्याग्देलीहरुको एकता अझ मझबुत र प्रगाढ बनाउने उद्धेश्यले मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित जेबुदाे आइल्याण्डमा सो कार्यक्रम गरिने भएको हो । उक्त बनभोज कार्यक्रम मार्फत कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा रहेका म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरुफुर्सदमा
नेपाल गोरखा परिवारले जुलाई २२ र २३ तारिक दुईदिने बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित नेपाल गोरखा परिवारले आउँदो जुलाई २२ र २३ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । बृहत भेटघाट हुने अवसर जुटाउँदै मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित योङ्इन स्थित (용인 로드47 펜션) मा सो कार्यक्रम गरिने भएको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध गोरखाली दाजुभाई तथा दिदीबहिनीहरुविचको एकता र आत्मीयता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नवराजफुर्सदमा
२०२३ छुसकमा मनोरञ्जनको सांगीतिक फुल प्याकेज “आँधीखोला सांगीतिक सौगात-६”

स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर “आँधीखोला सांगीतिक सौगात-६” आयोजना गर्ने भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ आउँदो सेप्टेम्बर २९ तारिक (छुसकको दोश्रो दिन) मा सो कार्यक्रम गर्ने भएको हो । पछिल्लो पटक बसेको बृहत् बैठकले संस्थाका केन्द्रीय पूर्वाध्यक्ष तथा वर्तमान वरिष्ठ सल्लाहकार युवराज गुरुङ कार्यक्रम संयोजक रहने समिति गठन गरिएको छ । प्रारम्भिक चरणको बैठक सम्पन्नसँगै केही कलाकार आउनेफुर्सदमा
मुन्माक एफसीले रच्यो इतिहास, विजेता बन्दै पायो १३ लाख कोरियन वोन

कोरिया स्थित छुङ्छङ्बुक्दोमा लोटस फूटबल क्लबद्वारा आयोजित “6A साईड फूटसल प्रतियोगिता २०२३” को उपाधी मुन्माक फूटबल क्लबले आफ्नो पोल्टामा पारेको छ । छुङ्छङ्बुक्दो स्थित खेलमैदानमा गत आईतबार १८ तारिक सम्पन्न उक्त प्रतियोगिताको फाईनलमा हिमालयन फूटबल क्लब मुगुक “B” लाई पाखा लगाउँदै मुन्माक एफसी विजेता बनेको हो । सो प्रतियोगिताको फाईनलमा १ को विरुद्ध ३ गोलले विजयी बनेको मुन्माक फूटबल क्लबले नगद १३ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्यो भने उपविजेताफुर्सदमा
कोरियाको किम्हेमा गुरुङ चलचित्र ‘बारा-पोखरी’ जून २५ मा प्रदर्शन हुने

धेरै लामो समयपछि दक्षिण कोरियाको किम्हेमा गुरुङ भाषाको चलचित्र “बारा-पोखरी” प्रदर्शन हुने भएको छ । तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको आयोजनामा यही जून २५ तारिख बुसान किम्हे सहरको (김해시 분성로 33522-1,28) हलमा सो चलचित्र प्रदर्शन हुने भएको हो । पुरानो कथा वस्तुमा सिमित ट्रेन्डलाई तोडेर समसामयिक वर्तमान परिवेश भित्र रहेर चलचित्र तयार पारिएको निर्माण पक्षले बताउँदै नेपालका गाउँहरु दिन प्रतिदिन रित्तिदै गएका कारणहरु,त्यसले निम्त्याएका समस्याहरुले देखि लिएर आफ्नोफुर्सदमा
चलचित्र “नीरफूल” कोरियामा, सउल शो जून २५ मा हुने

बहुप्रतिक्षित नेपाली कथानक चलचित्र “नीरफूल” यही जून २५ तारिख अाइतबार हुने भएकाे छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा सउलकाे (서울 종로구 지봉로길 7-5 (종로구민 회관) हलमा चलचित्र प्रर्दशन हुनेछ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै दीर्घकालीन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ चलचित्र प्रदर्शनको तयारीमा जुटेको घेदुङका अध्यक्ष राजकुमार स्याङतनले जानकारी दिए । चलचित्र “नीरफूल” सउल शो को सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै उक्त चलचित्रफुर्सदमा
तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशन आउँदो जूलाई २ मा हुने

तमू (गुरुङ) समुदायको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक दशौं केन्द्रीय महाधिवेशन हुने भएको छ । संस्थाले आफ्नो दुई वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेको र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने प्रावधान अनुसार आउँदो जूलाई २ तारिक सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभा हलमा उक्त महाधिवेशन हुने भएको हो । उक्त आसन्न दशौं केन्द्रीय महाधिवेशनका लागि संस्थाका संरक्षक भिम गुरुङ (पर्वत) संयोजक रहने गरि खोम प्रसाद गुरुङ (कास्की),फुर्सदमा
चलचित्र “जारी” सुवन शो बाट साढे छयालीस लाख कोरियन वोन भन्दा बढी वचत

वन्जु मुन्माक मैत्री समाजद्धारा २०२३ मे २१ तारिक प्रदर्शन गरिएको ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” सुवन शोको आय व्यय सार्वजानिक गरिएको छ । समाजले ख्वाउन्दो क्षेत्रको वन्जु मुन्माक क्षेत्रबाट करिब दुई घण्टाको बाटो तय गर्दै सुवन सहर स्थित एक सुविधा सम्पन्न हलमा सो चलचित्र प्रदर्शन गरिएको हो । सन् २०२२ मा स्थापना भएको समाजले आफ्नो शुरुवाती संस्थागत कार्यक्रम अन्तर्गत चुनौती मोल्दै चलचित्र प्रदर्शनको निम्ति जुटेको समाजका अध्यक्ष विष्णु खत्रीलेफुर्सदमा
तमू धीं थेगु शाखाको तेश्रो अधिवेशनबाट मनी गुरुङ नेतृत्वको कार्यसमिति चयन

गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं थेगु शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । थेगु सहरको बालाजी रेष्टुरेन्टमा ११ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट मनी गुरुङ अध्यक्ष रहने गरी १३ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो । सो अधिवेशनबाट अध्यक्षमा मनी गुरुङ, वरिष्ठ उपाध्यक्ष लिला गुरुङ, उपाध्यक्ष समिक्षा गुरुङ, सचिव कृष्ण गुरुङ, सहसचिव मुकेश गुरुङ, कोषाध्यक्ष निमेष गुरुङ, सहकोषाध्यक्ष ज्योती गुरुङ चयन भएका छन् भने सदस्यहरुमाफुर्सदमा
वन्जु मुन्माक मैत्री समाज मार्फत् दुई बिरामीले पाए डेढ लाख रुपैयाँ भन्दा बढीको सहयोग

कोरियामा रहेका उपचारार्थ दुई बिरामीहरु पार्वती तामाङ र लाल बहादुर बोहरा (प्रतिक) ले राहत र सान्तवना स्वरुप आर्थिक सहयोग प्राप्त गरेका छन् । कोरियामा स्थापित नेपालीहरुको साझा संस्था वन्जु मुन्माक मैत्री समाजले आर्थिक सङ्कलन अभियान मार्फत् उठेको १६ लाख २४ हजार १ सय ५७ कोरियन वोन (डेढ लाख रुपैयाँ भन्दा बढी) दुई बिरामीलाई आधा आधा हुने गरी सहयोग प्रदान गरेको हो । समाजले आर्थिक सङ्कलनको लागि विज्ञप्ति जारी गर्दै सहयोगकोफुर्सदमा