तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने

कोरियाको दक्षिणी भेग किम्हे सहरमा कोरियन नयाँ वर्ष सलनाल २०२५ को अवसरमा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने भएको छ । महावीर पुन आविष्कार केन्द्र सहयोगार्थ उद्धेश्यका साथ आउँदो जनवरी २८ तारिक (सलनालको पहिलो दिन) नेपाल मगर संघ किम्हे/बुसान शाखाको आयोजनामा किम्हे स्थित (김해시활천로 294 은석홀 은석문화 복지센터) सुविधा सम्पन्न हलमा सो कार्यक्रम गर्ने भएको हो । नेपाली गीतसंगीत अन्तर्गत विभिन्न विधाका चर्चित नेपाली राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिफुर्सदमा
बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने

“प्रवासी भूमिमा बाग्लुडेहरुको एकता, सामाजिक कार्यमा सबैको सहभागीता आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको गौरवमय संस्था बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन यही आउँदो डिसेम्बर ८ मा सुवनको (경기 수원시 팔달구 매산로 6-2 पाँचौ तल्ला) कामना हलमा हुने भएको छ । दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध बागलुङ्गे तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको बागलुङ समाजको दशौंफुर्सदमा
शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने

स्याङ्जा परिवार दक्षिण कोरियाको आयोजनामा आउँदो डिसेम्बर २९ मा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ख्यांगीदो ह्वासङ ओसानको (경기 화성시 발안로 1191-8 민턴랩 배드민턴 아카데미) मैदानमा उक्त प्रतियोगिता हुने भएको हो । विगतमा थुप्रै अन्य सामाजिक, साँस्कृतिक र खेलकूद कार्यक्रमको आयोजना गरिएको भएपनि यसपटक स्याङ्जा परिवारले पहिलो पटक “प्रथम डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता” आयोजना गरेको र उक्त प्रतियोगिताबाट भएको मुनाफाबाट अक्षय कोष स्थापना गरी गृहजिल्ला स्याङ्जाको सामुदायिक विद्यालयबाट प्रत्येक वर्षफुर्सदमा
कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक

नेपाली आधुनिक गीत विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै सन्तोष गुरुङले “तिम्रो मेरो सम्बन्ध” बजारमा ल्याएका छन् । विशेष गरी नेपाली आधुनिक गीतसंगीतको क्षेत्रमा चर्चित हस्ती दि भोईस अफ नेपाल सिजन ५ र आउने सिजन ६ को कोच उदय सोताङ र उहाँको “टीम बुलेट” को प्रतिभावान् मिठो स्वरका धनी ममता हिन्माङ्गले यस गीतमा आफ्नो सुमधुर स्वर भरेकी छिन् । “जिन्दगी जिउने क्रममा कति सम्बन्धहरु गाँसिन्छन र कति छुटिन्छन पनिफुर्सदमा
दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने

दक्षिण कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८१” मनाउने भएको छ । तमू धीं दक्षिण कोरियाले सउल क्षेत्रमा आउँदो जनवरी ५ तारिक मनाउने मिति तय गर्दै विगतका वर्षहरुमा जस्तै आफ्नो मौलिक पहिचान, भाषा – भेषभूषा, संस्कार – सँस्कृति तथा परम्परालाई संरक्षण, सम्बर्द्धन र जगेर्ना गर्ने उद्धेश्यले तमू ल्होसार मनाउने भएको हो । संस्थाको प्रारम्भिक चरणको बैठकले तमूहरुको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग)फुर्सदमा
स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. ४ मा पर्ने एलादी गाउँमा “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” हुने भएको छ । “संयमित गतिशील र मानवप्रेमी युवाहरु लिई साथमा, सँस्कृति जगेर्ना र गाउँ विकासको नेतृत्व अब हाम्रो काँधमा” भन्ने मेलाको मूल नारा लिएर संगम युवा क्लबको आयोजना तथा स्थानीय आमा समूह र बाबा समूहको विशेष सक्रियतामा यही मंसिर ९ गतेदेखि १५ गतेसम्म ७ दिने सो मेला हुने भएको हो । ग्रामीणफुर्सदमा
काभ्रे सम्पर्क समितिको वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम हुने

काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आगामी सेप्टेम्बर १४ र १५ मा बार्षिक साधारणसभा सहित बनभोज कार्यक्रम गर्ने भएको छ । संस्थाको अगस्ट महिनाको पहिलो आइतबार बसेको केन्द्रिय समितिको नियमित बैठकबाट साधारणसभा सहितको बनभोज कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष सुमन चौलागाईंले फोनिज कोरियालाई बताएका हुन् । सौल नजिकै रहेको 북한산 पहाडको फेदिमा रहेको रमाइलो वातावरणमा कार्यक्रम गर्न लागिएको जनाएको छ । ‘विशेष गरी संस्थाको साधारण सभा गर्ने र रमाइलो भेट्घाटफुर्सदमा
तमू धीं कोरियाले अगस्ट ४ मा रजतजयन्ती मनाउदै

तमू धीं दक्षिण कोरियाले आगामि अगस्ट ४ तारिखका दिन रजतजयन्ती मनाउने भएको छ । संस्था स्थापनाको २५ औं बर्षको अवसरमा सौल जुङ्गु (서울 중구 장충단로 247)मा भव्य कार्यक्रमको आयोजना गर्दै रजतजयन्ती उत्सव मनाउन लागेको संस्थाको अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएका हुन् । “प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु” अथवा शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउछ र संस्कृति हराए मानव जाती नैफुर्सदमा
नेपाल एयरलाइन्स काठमाण्डौं–सौल सुचारु भए मात्र कोरिया भ्रमणको सार्थकता ठान्छु: गगन थापा

अमिर याेन्जन । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले नेपाल वायुसेवा निगमको जहाजले सौल–काठमाण्डौं, काठमाण्डौं–सौल उडान भयो भने मात्रै आफ्नो दक्षिण कोरिया भ्रमण सार्थक हुने बताएको छ । जुलाई २८ आइतबार सौलमा यहाँको नेपालीहरूसँग नेपाली जन सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै महामन्त्री थापाले नेपाल एयरलाइन्स काठमाण्डौं–सौल उडान, कोरियाबाट फर्केका नेपालीहरू देशमै रोजगारी गरी बस्न सक्ने वातावरण बनाउन पहल गर्ने बताएका हुन् । महामन्त्री थापाले भने,फुर्सदमा
लुम्बिनी प्रदेश समाजको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा हिमाल खनाल

सौल दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभा हलमा लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट हिमाल खनाल(अर्घाखाँची)को अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । केही समय अगाडि हिमाल खनालकै संयोजकमा लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको तदर्थ समिती गठन गरिएको थियो । सोही समितिले आईतवार ऐतिहासिक प्रथम अधिवेशको आयोजना गरेको हो । निर्वाचित सामितिको बरिष्ठ उपाध्यक्षमा मदन गौतम (रुपन्देहि), उपाध्यक्षहरु किरण बंजाडेफुर्सदमा