तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाली अनुभव – आवाज एउटै सुनाई फरक
कोरिया आई पुगेको दुईहप्ता भएको थियो । छुट्टिको दिनको साँझपख दाइहरूसँगै घुम्न निस्किएँ । हामी बसेको कोठा नजिकै सडक पार गरिसके पछि एउटा खोल्ची आइपुग्दो रहेछ । खोल्ची हानाम् सिटीको वीचमा पर्दो रहेछ । हामी सबै साईकल लिएर त्यहि खोल्ची हुँदै निस्क्यौँ । खोल्चीमा कञ्चन पानी कलकल बगिरहेको थियो । माछाहरू पानी भित्र कत्ला फिजाउदै उडिरहेको देखिन्थ्यो । खोल्चीको दुबै किनारामा मान्छे हिँड्ने सानो बाटो थियो भने एक साईडमा साईकल मात्रफुर्सदमा
क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
नेपाल हिमालयको काखमा अवस्थित सुन्दर देश हो । यो देश मनोरम दृष्य र जीवन्त संस्कृतिको लागि सुप्रसिद्ध छ । यति हुँदाहुँदै पनि नेपालीहरुमा लुकेको धेरै समस्या र बेथाहरु छन् । यस मध्ये एउटा जटिल र गम्भिर समस्या हो “क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्य” । एक अध्ययनले क्यान्सर बिरामीहरूमा आत्महत्याबाट मृत्यु हुने दर सामान्य जनसंख्याको तुलनामा ८५ प्रतिशतले बढी रहेको देखाएको छ । यसै कुरालाई मध्यनजर गर्दै विगत लामो समयदखी क्यान्सर रोगीहरूकोफुर्सदमा
जेजुमा दुई दिन
बाला राई कोरियाको मानव संसाधन विकास सेवा HRD कोरियाले भाषा अनुवादक तथा परामर्शदाताहरुको लागि आयोजना गरेको ‘EPS समर्थक रोजगार योग्यता सुदृढीकरण कार्यशाला २०२३’ यो पटक कोरियाको मुख्य पर्यटकिय स्थल जेजु टापूमा सम्पन्न भयो । म पनि HRD कोरिया ख्यङनाम शाखामा भाषा अनुवादक तथा परामर्शदाताको रुपमा काम गर्दै आएकोले उक्त प्रशिक्षणमा सहभागीता जनाउने अवसर मिलेको थियो । म २०१३ मा परिवारसहित जेजु टाँपू घुम्न गएको थिएँ। त्यो बेला जेजु टाँपूको भौगोलिकफुर्सदमा
सुन्छन महोत्सव हेरेर फर्किदा
ग्लोवल लोकल लिडर, अर्थात् ख्यङसाङनाम्दो प्रान्तको बहुसाँस्कृतिक परिवारभित्रका प्रगतिशिल महिलाहरुको समूह । विभिन्न मुलुकको कलासंस्कृतिलाई आदानप्रदान गर्दै स्थानीय तहमा जनचेतना जगाउदै सामाजिक क्षेत्रमा हातेमालो गर्दै अघि बढ्ने लक्ष्यसहित ख्यङसाङनाम्दो बहुसाँस्कृतिक परिवार केन्द्रको मातहतमा रहेर गतवर्षदेखि सुरु भएको उक्त समूह ‘ग्लोबल लोकल लिडर २०२३’ मा भने मैंले पनि सहभागिता जनाएको छु । यहि समूहको दोस्रो कार्यक्रम अन्तर्गत गत शनिबार झल्लानाम्दोको सुन्छन शहरमा रहेको ऐतिहासिक तथा अत्यन्तै रमणीय स्थलमा चलिरहेको ‘सुन्छनमान अन्तर्राष्ट्रियफुर्सदमा
आमा
हाम्रो घर देखि दस मिनेट ओरालो झरे पछि हाम्री ठूली दिदीको मितिनीको घर छ । हाम्रा घर देखि ओरालो झेरे खत्रीका घरहरु छन् । दिदीको मितिनी पनि खत्री नै हुन । आमा बेला बेलामा गफिन मितिनी आमाकोमा जान्थिन् । कहिले कही अलि कति धान बोकेर आउँथिन् । कहिले कही एउटा गुन्द्री बोकेर आउँथिन् । मितबा घरमा थिएनन् । तिनी ईन्डियामा थिए भन्थे । कहिले कही आएको याद छ । तिनीफुर्सदमा
बाआमा !
मेरा बा आफै बिन्दास थिए । छन् । गाउँघरका गफ बुन्छन् । गाउँलेलाई सुनाउँछन् । मस्तराम । मान्छेको गफमा गफिन्छन् । बाँकी एक थान खुँखार कम्युनिष्ट हुन् । उनलाई माओ, लेलिन, माक्स वा चे जस्ता नेता कुन चराको नाम हो थाहा छैन । तै पनि जब्बर कम्युनिष्ट हुन् । उनी गाउँकै कमरेडका गफ सुन्छन् र गफ लाउँछन् । अरु जे मिले पनि नमिले पनि हामी झन्डै सर्बहारा भन्न सकिदो होफुर्सदमा
आफुलाई न्याय गर्न सिकौ
आत्महत्या कि मृत्युदण्ड ? सायद मैले एक्कासी अनौठो विषयलाई उठाएको हुनसक्छु। अथवा यो शब्दको बारेमा सोच्नु अथवा लेख्नु अपरिपक्क पनि हुन सक्छु। तर मेरो दिमागमा हिजो देखि येही चलि रहेको छ कि, कसैले आफैलाई कसरि मार्न सक्छ? तेसैले यस बारेको केहि लेख्दै छु। सबै भन्दा पहिले मृत्युको बारेमा सुरु गरौ है त मेरो धारणा र भोगाइहरु। मैले मृत्युका बारेमा सोच्न बाध्य भएको मेरो मुमा(हजुरआमा)को निधन पछाडी हो। जब मैले उहाँको निधन भएकोफुर्सदमा
सगुन
विहे पक्का भो । आफ्नो विहेको कुरा आफैले फिक्स गरियो । औपचारिक रुपमा विहेको दिन फिक्स गर्न ठूली दिदीको भिनाजु म गयौ । हुनेवाला श्रीमतीको तर्फबाट औपचारिकता पुरा गर्नका लागि बाजे, काका र बा थिए । बाजेले कुरा निकाले । अनि ‘तामाङको विहेको कुरा गर्न आउँदा सगुन ल्याउन पर्दैन ?’ तामाङको जे कुरामा पनि सगुन चल्छ । झन अर्काको छोरी माग्न जाँदा हात खाली जाने कुरै भएन । ल्या अघिकोफुर्सदमा
अनेरास्ववियु : हिजो आज र भोलि
लेखक खगेन्द्र सङ्ग्रौलाले कुनैबेला भन्थे – फलानो नेताको अनुहार टिभीमा देख्दा एमालेको ५ भोट घट्छ – यस्तालाई पार्टीको फ्रन्ट मोर्चामा नराख्दा राम्रो । उसको सुझाव थियो यो; भलै उसको कुरा अलि बढी नैं बायस्ड थियो । तर एमाले अखिल भने यति बदनाम चैं भएको छैन भन्ने लाग्छ । नाम सम्झिँदै मन उज्यालो हुने केही पात्रहरु अझै पनि छन् अखिलमा । खराबहरु पनि धेरै नभएका होइनन् ! अखिलमा अचेल प्रश्नहरुको डङ्गुरफुर्सदमा
कोरियाको चौबिस घन्टा
चौध घन्टे ‘खेसोक’ कामबाट फर्कियो । नुवाइधुवाइ गर्दा आधा घन्टा भन्दा बढि लाग्छ । भोक र थकानको के कुरा ? बिहानै पकाएको ‘तातोबासी’ भात कुकरमा ठसक्क परेर बसेको छ । फेसबुक तिर ‘प्लास्टिकको चामाल’ भनेर देखाए जस्तै । तरकारी फ्रिजमा छ डिप फ्रिजमा । तरकारी के भन्नु हप्ता दिनको लागि आइतबारै गालेको दाल हो । सानो सानो प्लास्टिकको बट्टामा हालेको छु । हामीले खाने दाल जतापायो त्यतैको पसलमा पाइदैन ।फुर्सदमा