तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाल गोरखा परिवारले जुलाई २२ र २३ तारिक दुईदिने बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित नेपाल गोरखा परिवारले आउँदो जुलाई २२ र २३ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । बृहत भेटघाट हुने अवसर जुटाउँदै मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित योङ्इन स्थित (용인 로드47 펜션) मा सो कार्यक्रम गरिने भएको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध गोरखाली दाजुभाई तथा दिदीबहिनीहरुविचको एकता र आत्मीयता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नवराजफुर्सदमा
२०२३ छुसकमा मनोरञ्जनको सांगीतिक फुल प्याकेज “आँधीखोला सांगीतिक सौगात-६”

स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर “आँधीखोला सांगीतिक सौगात-६” आयोजना गर्ने भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ आउँदो सेप्टेम्बर २९ तारिक (छुसकको दोश्रो दिन) मा सो कार्यक्रम गर्ने भएको हो । पछिल्लो पटक बसेको बृहत् बैठकले संस्थाका केन्द्रीय पूर्वाध्यक्ष तथा वर्तमान वरिष्ठ सल्लाहकार युवराज गुरुङ कार्यक्रम संयोजक रहने समिति गठन गरिएको छ । प्रारम्भिक चरणको बैठक सम्पन्नसँगै केही कलाकार आउनेफुर्सदमा
मुन्माक एफसीले रच्यो इतिहास, विजेता बन्दै पायो १३ लाख कोरियन वोन

कोरिया स्थित छुङ्छङ्बुक्दोमा लोटस फूटबल क्लबद्वारा आयोजित “6A साईड फूटसल प्रतियोगिता २०२३” को उपाधी मुन्माक फूटबल क्लबले आफ्नो पोल्टामा पारेको छ । छुङ्छङ्बुक्दो स्थित खेलमैदानमा गत आईतबार १८ तारिक सम्पन्न उक्त प्रतियोगिताको फाईनलमा हिमालयन फूटबल क्लब मुगुक “B” लाई पाखा लगाउँदै मुन्माक एफसी विजेता बनेको हो । सो प्रतियोगिताको फाईनलमा १ को विरुद्ध ३ गोलले विजयी बनेको मुन्माक फूटबल क्लबले नगद १३ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्यो भने उपविजेताफुर्सदमा
कोरियाको किम्हेमा गुरुङ चलचित्र ‘बारा-पोखरी’ जून २५ मा प्रदर्शन हुने

धेरै लामो समयपछि दक्षिण कोरियाको किम्हेमा गुरुङ भाषाको चलचित्र “बारा-पोखरी” प्रदर्शन हुने भएको छ । तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको आयोजनामा यही जून २५ तारिख बुसान किम्हे सहरको (김해시 분성로 33522-1,28) हलमा सो चलचित्र प्रदर्शन हुने भएको हो । पुरानो कथा वस्तुमा सिमित ट्रेन्डलाई तोडेर समसामयिक वर्तमान परिवेश भित्र रहेर चलचित्र तयार पारिएको निर्माण पक्षले बताउँदै नेपालका गाउँहरु दिन प्रतिदिन रित्तिदै गएका कारणहरु,त्यसले निम्त्याएका समस्याहरुले देखि लिएर आफ्नोफुर्सदमा
चलचित्र “नीरफूल” कोरियामा, सउल शो जून २५ मा हुने

बहुप्रतिक्षित नेपाली कथानक चलचित्र “नीरफूल” यही जून २५ तारिख अाइतबार हुने भएकाे छ । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा सउलकाे (서울 종로구 지봉로길 7-5 (종로구민 회관) हलमा चलचित्र प्रर्दशन हुनेछ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै दीर्घकालीन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ चलचित्र प्रदर्शनको तयारीमा जुटेको घेदुङका अध्यक्ष राजकुमार स्याङतनले जानकारी दिए । चलचित्र “नीरफूल” सउल शो को सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै उक्त चलचित्रफुर्सदमा
चलचित्र “जारी” सुवन शो बाट साढे छयालीस लाख कोरियन वोन भन्दा बढी वचत

वन्जु मुन्माक मैत्री समाजद्धारा २०२३ मे २१ तारिक प्रदर्शन गरिएको ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” सुवन शोको आय व्यय सार्वजानिक गरिएको छ । समाजले ख्वाउन्दो क्षेत्रको वन्जु मुन्माक क्षेत्रबाट करिब दुई घण्टाको बाटो तय गर्दै सुवन सहर स्थित एक सुविधा सम्पन्न हलमा सो चलचित्र प्रदर्शन गरिएको हो । सन् २०२२ मा स्थापना भएको समाजले आफ्नो शुरुवाती संस्थागत कार्यक्रम अन्तर्गत चुनौती मोल्दै चलचित्र प्रदर्शनको निम्ति जुटेको समाजका अध्यक्ष विष्णु खत्रीलेफुर्सदमा
२०२३ छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज

दक्षिण कोरिया स्थित मिर्याङ्ग नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर “छैठौं छेजुदो भ्रमण” कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बरको २८ देखि ३० तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो । स्थापनाकाल देखि सामाजिक र परोपकारी कार्यमा संलग्न समाजले कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र आपसी सम्बन्ध प्रगाढ गराउने उद्धेश्य रहेको स्पष्ट पार्दै वर्षेनी नियमित रुपमा आयोजना गर्दै आएको छेजुदो भ्रमण कार्यक्रम अन्तर्गत छैठौंफुर्सदमा
कोरियाको सुवन र मोक्पोमा जारी चलचित्र हाउसफूल,

मे २१ आइतवार कोरियाको २ शहरहरुमा जारी चलचित्रको भब्य प्रदर्शन सम्पन्न भएको छ। दर्शकको अत्याधिक चापका कारण सुवनमा २ शो गर्नु परेको थियो भने मोक्पो शो हाउसफूलका साथ सम्पन्न भएको छ। कतिपय दर्शक टिकट नपाएर फर्किएका थिए। नेपालमा छैठौँ हप्तामा चलिरहेको ब्लकबस्टर चलचित्र जारीलाई सुवनमा वन्जु मुन्माक मैत्री समाजले आयोजना गरेको थियो भने मोक्पो शो परदेशि इन्टरटेन्मेन्टले आयोजना गरेका थिए। लिम्बू संस्कारको जारी प्रथामा आधिरित चलचित्रले देश विदेशमा दर्शकको अथाहफुर्सदमा
कोरियाको बुसान किम्हे, जेजुदो र नोन्सानमा जारी चलचित्र हाउसफुल

मे १४ आइतवार कोरियाको ३ शहरहरुमा जारी चलचित्रको भब्य प्रदर्शन सम्पन्न भएको छ। दर्शकको अत्याधिक चापका कारण बुसान, नोन्सान र जेजुदोमा ३ ओटै शहरमा २ शो गर्नु परेको थियो। कतिपय दर्शक टिकट नपाएर फर्किएका थिए। ब्लकबस्टर चलचित्र जारीलाई बुसान किम्हेमा सेवारो इन्टरटेनमेन्टले आयोजना गरेको थियो भने जेजुदोमा किरात याक्थुङ चुम्लुङ जेजु शाखा र नोन्सानमा नोन्सान नेपाली समाजले आयोजना गरेका थिए। लिम्बू संस्कारको जारी प्रथामा आधिरित चलचित्रले देश विदेशमा दर्शकको अथाहफुर्सदमा
चुम्लुङ कोरियाले ३ महिने नि:शुल्क सिरिजङ्गा लिपी प्रशिक्षण सञ्चालन गर्ने

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले ३ महिने सिरिजङ्गा लिपि (याक्थुङ पान हु~सिङ) भाषा सम्बन्धि नि:शुल्क प्रशिक्षण गराउने भएको छ। चुम्लुङ कोरियाले आज एक सूचना जारी गर्दै उक्त कार्यक्रमको बारेमा जानकारी गराएको हो। यहिँ मे महिनाको २१ तारिखदेखि सञ्चालन हुने प्रशिक्षण कार्यक्रम अगस्ट २० तारिखसम्म हुनेछ। अल्पाईन विश्वविद्यालयका सिक्किमका प्रोफेसर कर्णहाङ ताम्लिङ्द्वारा प्रशिक्षण गराइने सूचनामा उल्लेख गरिएको छ। जुम अनलाईनबाट प्रशिक्षण लिन सकिने उक्त कक्षा कोरियाको स्थानिय समय अनुसार हरेक आइतवारफुर्सदमा