तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा श्रम नियम संसोधनको तयारी : हप्तामा ६९ घन्टासम्म काम गर्न पाइने
कोरियाली सरकारले हप्तामा ५२ घण्टा भन्दा बढि कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियम अनुसार कम्पनीले चाहे बढि समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा शुरू गरिएको हप्तामा ५२ घन्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै रोजगारदाताहरुको विरोधका कारण ठूला कम्पनीहरुमा लागु भए पनि सन् २०२१ देखि मात्रै सबै कम्पनीहरुमा लागु भएको थियो । नयाँ नियम अनुसार कम्पनीहरूले साप्ताहिकफुर्सदमा
फोनिज कोरियाको तेस्रो अधिवेशन मार्च ११ मा हुने
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज), दक्षिण कोरियाको तेस्रो अधिवेशन मार्च ११ शनिवार हुने भएको छ । जुम मार्फत हुने अधिवेशनमा संघीय परिषद र विभिन्न देशमा रहेको फोनिजका प्रतिनिधिले भाग लिनेछन् । कोरियामा फोनिजले आफ्नै अनलाइन फोनिज कोरिया संचालन गरि रहेको छ भने पत्रकारितासँगै आदिवासी जनजातिका मागहरुलाई समेत समेटेर विभिन्न काम गरिरहेको छ । ‘तीन तीन बर्षमा हुन पर्ने अधिवेशन विभिन्न कारणले हुन सकेको थिएन । कोरियामा नयाँ नयाँ साथीहरु पनिफुर्सदमा
मगर संघको अधिवेशन स्थगित
नेपाल मगर संघ दक्षिण कोरियाको आइतबार हुन लागेको अधिवेशन विशेष कारणले केही समयको लागि स्थगित भएको संघले जनाएको छ । सउलमा हुन लागेको ११ औं अधिवेशन केही समय पछि नै गरिने पनि आयोजकले जनाएको छ । आयोजकले आइतबार गर्ने भनिएको अधिवेशन विशेष परिस्थीतीले स्थगित भएको र यसबाट पर्न गएको असुविधाको लागि क्षमा चाहान्छौं । संघले जारि गरेको सुचनामा भनिएको छ । साथै अधिवेशनको लागि पुन अर्को मिति र समय तयफुर्सदमा
बाआमा !
मेरा बा आफै बिन्दास थिए । छन् । गाउँघरका गफ बुन्छन् । गाउँलेलाई सुनाउँछन् । मस्तराम । मान्छेको गफमा गफिन्छन् । बाँकी एक थान खुँखार कम्युनिष्ट हुन् । उनलाई माओ, लेलिन, माक्स वा चे जस्ता नेता कुन चराको नाम हो थाहा छैन । तै पनि जब्बर कम्युनिष्ट हुन् । उनी गाउँकै कमरेडका गफ सुन्छन् र गफ लाउँछन् । अरु जे मिले पनि नमिले पनि हामी झन्डै सर्बहारा भन्न सकिदो होफुर्सदमा
‘महान’ कोरियाली चोर
कोरियाली सर्वोच्च अदालतले ८५ वर्षीय कुख्यात चोर चो से–ह्योङलाई साँढे एक वर्षको जेल सजायलाई सदर गरेको छ । उनले आफ्नो जीवनकालमा विभिन्न धनि ब्यक्तिहरुको घरमा चोरी गर्ने गर्थे । गत बर्ष जेलबाट रिहा भएको एक महिना पछि फेरि चोरी गरेको आरोपमा पक्राउ परेका थिए । उनले जनवरी २०२२ मा योङ्गिनमा रहेको एक जना धनिको घरबाट २७.५ मिलियन वन (अमेरिकी डलर २१,०२०) को बहुमूल्य वस्तुहरू चोरेको आरोपमा पक्राउ गरिएको थियो। सुरुमाफुर्सदमा
कोरियामा राजदूताबासको आठ हप्ते अनलाईन प्रशिक्षण कार्यक्रम शुरु
दक्षिण कोरियामा नेपाली राजदूताबासले श्रम सम्बन्धी विभिन्न विषयलाई समेटेर आठ हप्ते अनलाईन प्रशिक्षण कार्यक्रम गत आइतबार फेब्रवरी १९ बाट शुरु गरेको छ । श्रमिक सुरक्षा तथा सचेतना नामक कार्यक्रम हरेक आइतबार साँझ स्थानिय समय अनुसार ७ देखि ८.३० बजेसम्म अनलाईन माध्यम जुममार्फत संचालन गरिएको छ । कार्यक्रम अप्रिल ९ तारिसम्म संचालन हुनेछ । हरेक हप्ता फरक विषयमा सम्बन्धीत विषयका विज्ञद्धारा प्रक्षिण दिइनेछ । पहिलो हप्ता अनलाईन श्रम स्वीकृति र फेमिसफुर्सदमा
आदीवासी जनजाति महासंघ, जेजुकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न
नेपाल आदीवासी जनजाति महासंघ, जेजु दो शाखा दक्षिण कोरियाको प्रथम बार्षिक साधारण सभा शनिवार सम्पन्न भएकाे छ । सगिफो-सी रेजिना फेन्सनमा भएकाे कार्यक्रममा जेजुमा रहेका विभिन्न संस्थाका प्रतिनिधिकाे उपस्थिती रहेकाे थियाे । गजिन हाङस्रोङको अध्यक्षयतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद NRNA जेजू शाखा अध्यक्ष- सुमन हाङस्रोङ, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ जेजू शाखा संरक्षक तथा कि या चु उपाध्यक्ष अर्जुन तुम्वापो रहेकाफुर्सदमा
सगुन
विहे पक्का भो । आफ्नो विहेको कुरा आफैले फिक्स गरियो । औपचारिक रुपमा विहेको दिन फिक्स गर्न ठूली दिदीको भिनाजु म गयौ । हुनेवाला श्रीमतीको तर्फबाट औपचारिकता पुरा गर्नका लागि बाजे, काका र बा थिए । बाजेले कुरा निकाले । अनि ‘तामाङको विहेको कुरा गर्न आउँदा सगुन ल्याउन पर्दैन ?’ तामाङको जे कुरामा पनि सगुन चल्छ । झन अर्काको छोरी माग्न जाँदा हात खाली जाने कुरै भएन । ल्या अघिकोफुर्सदमा
मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर
नेपाल मगर संघ कोरिया थेगु क्षेत्रीय शाखाको तेस्रो अधिबेशनबाट खडक घर्तीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ । आइतबार भएको अधिवेशनबाट नयाँ कार्यसमिति चुनिएको हो । ‘प्रवासी भूमिमा मगर समुदायको एकता, भेषभूषा, भाषा,धर्म,कला र संस्कृतिको संरक्षण संवद्र्धन संगै आपातकालीन परिस्थितिमा हाम्रो आवश्यकता र सहभागिता’ भन्ने मूल नाराको साथ भएको अधिवेशनमा नेपाल मगर संघ केन्द्रका अध्यक्ष टेक पुनले नयाँ कार्यसमितिलाई वधाई दिनुका साथै निवर्तमान कार्यसमितिका अध्यक्ष चिरन थापामगर सहित सबैलाई धन्यबाद दिएकाफुर्सदमा
सउल गुम्बाले ल्होसार ल्हाब्सोल योङ्गीनमा मनायो
सउल नेपाल गुम्बा दक्षिण कोरियाले २१५० औं ह्योइ (खरायो) ल्होसार पर्यटकीय क्षेत्र योङ्गीनमा मनाएको छ । आइतबार योङ्गीनको वाउजङ्सा गुम्बाको नेपाली बुद्धको मुर्ति भएको स्थानमा ल्हाब्सोल ल्होसार मनाएको हो । आठ फिट अग्लो मुर्ति नेपालबाट ल्याएर नेपालीहरुले २०७५ जेष्ठमा २५६२औं बुद्ध जयन्तीको अवसरमा प्रतिस्थापना गरेको थियो । ल्हाब्सोल कार्यक्रम लामा गुरुहरुले पूजापाठबाट सुरु भएको थियो । पूजापाठपछिको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाल दुतबास सउलको उपनियोग प्रमुख रामसिं थापा रहेका थिएफुर्सदमा