तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने

दक्षिण कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८१” मनाउने भएको छ । तमू धीं दक्षिण कोरियाले सउल क्षेत्रमा आउँदो जनवरी ५ तारिक मनाउने मिति तय गर्दै विगतका वर्षहरुमा जस्तै आफ्नो मौलिक पहिचान, भाषा – भेषभूषा, संस्कार – सँस्कृति तथा परम्परालाई संरक्षण, सम्बर्द्धन र जगेर्ना गर्ने उद्धेश्यले तमू ल्होसार मनाउने भएको हो । संस्थाको प्रारम्भिक चरणको बैठकले तमूहरुको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग)फुर्सदमा
स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. ४ मा पर्ने एलादी गाउँमा “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” हुने भएको छ । “संयमित गतिशील र मानवप्रेमी युवाहरु लिई साथमा, सँस्कृति जगेर्ना र गाउँ विकासको नेतृत्व अब हाम्रो काँधमा” भन्ने मेलाको मूल नारा लिएर संगम युवा क्लबको आयोजना तथा स्थानीय आमा समूह र बाबा समूहको विशेष सक्रियतामा यही मंसिर ९ गतेदेखि १५ गतेसम्म ७ दिने सो मेला हुने भएको हो । ग्रामीणफुर्सदमा
पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति

पूर्वी नेपाल समाजले सलनाल २०२५ को लागि कार्यक्रम बाँडफाँड गरेको छ। नोभेबर १० तारिख आफ्नै सभाहलमा बसेको बैठकले कार्यक्रम बाँडफाँड गरेको हो। जस अन्तर्गत सलनालमा ३ संस्थाले कार्यक्रम आयोजना गर्दैछ। सलनालको पहिलो दिन जनवरी २८ तारिख भोजपुर परिवारले डान्स पार्टी गर्ने अनुमति पाएको छ भने २९ तारिख खोटाङ सेवा समाजले सांगीतिक कार्यक्रम गर्ने तय भएको छ। यसैगरी सोहि दिन साँझ ओखलढुंगा सेवा समाजले पनि डान्सपार्टी आयोजना गर्ने अनुमति पाएको छ।फुर्सदमा
चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो

किरात याक्थुङ चुम्लुङ जेजुदो शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ। जेजुदोको केयुसिटि सभाहलमा अक्टोबर २६ मा सम्पन्न अधिवेसनले सुष्मा नाल्बोलाई अध्यक्षमा सर्वसम्म चयन गरेको छ। बुसान पछि जेजुदोले पनि चुम्लुङमा महिला नेतृ पाएको छ। नाल्बोको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिकाश खेवा चयन हुँदा उपाध्यक्षमा अशोक लावती र बिरु खापुङ चयन भएका छन्। यसैगरी सचिवको जिम्मेवारी शैलेन तुम्बापो र कोषाध्यक्षमा नारायण मादेनलाई जिम्मेवारि दिइएकोफुर्सदमा
“१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक

विराज भट्टद्वारा निदेशित सुपरहिट चलचित्र “१२ गाउँ” को सुवन शोको टिकट “सोल्ड आउट ” भएको छ। यो सँगै यस चलचित्रले सुवन शहरमा मनसराको टिकट विक्रिको रेकर्डलाई ब्रेक गरेको छ। चलचित्र मनसराको टिकट पनि प्रदर्शनको दिन सोल्ड आउट भएको थियो भने “१२ गाउँ” हिजो नै सम्पूर्ण टिकट विक्रि भएको आयोजक सल्यानी समाजले विज्ञप्ती जारी गरेको छ। कोरियाको नेपाली फिल्म नगरी सुवनमा अक्टोबर २७ तारिख अत्याधुनिक हल मेगाबक्समा एकसाथ ४ ओटा हलमाफुर्सदमा
नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने

पूर्वी नेपाल समाजले विभिन्न चाडपर्वहरुको शुभकामना आदानप्रदान एवम देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ। सदा झै यस वर्षपनि संस्थाले दशैँ तिहार नेपाल संवत र छठ पर्वको संयुक्त रुपमा उक्त कार्यक्रम गर्न लागेको हो। दोङ्देमून स्थित 종로중앙새마을금고, हलमा नोभेम्बर २ तारिख मनाउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। उक्त दिन शुभकामना आदानप्रदान साथसाथै विभिन्न मनोरञ्जनात्म कार्यक्रम र नेपाली मौलिक परिकारहरुको पनि स्टल रहने समाजका कार्यवाहक अध्यक्ष चित्र घलेलेफुर्सदमा
“खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र

चलचित्र “खुस्मा ” को सौल शो हाउसफूलका साथ प्रदर्शन भएको छ। नायक धिरज मगरको उपस्थितिमा चलचित्र प्रदर्शन गरिएको थियो। यूवा पुस्तामाझ निकै लोकप्रीय नायक मगरले दर्शक सँगै चलचित्र हेरेका थिए। नेपाल स्नुकर एसोसिएसन दक्षिण कोरियाद्वारा नेपालमा बाढि पीडित सहयोगार्थ चलचित्र प्रदर्शन गरिएको हो। धिरज मगर र उपासना सिंह ठकुरीको मूख्य भूमिका रहेको चलचित्रले नेपालमा दर्शकको राम्रो प्रतिकृया पाएको थियो। बक्स अफिसमा हिट भएको यस चलचित्रलाई अशोक थापा मगरले निर्देशन गरेकाफुर्सदमा
“१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै

सुपरहिट चलचित्र “१२ गाउँ” को कोरियाको पहिलो शो किम्हे बुसानमा हाउसफूलका साथ प्रदर्शन भएको छ। अनलाईन टिकट बिक्रि खुल्ला गरेकोले टिकट सोल्ट आउट भएर धेरै दर्शकहरु चलचित्र नहेरी फर्किएका छन्। यस चलचित्रलाई “महिला सेल्टर घर तथा नाना आङा धिम सहयोगार्थ ” नमस्ते नेपाल फ्याफुल्ला इन्टरटेनमेन्ट कोरियाले प्रदर्शन गरेको हो। आगामी साता अर्थात अक्टोबर २७ मा सुवन साथै गिम्पो शहरमा चलचित्र प्रदर्शन हुँदैछ। देश तथा विदेशमा सुपरहिट भैरहेको चलचित्र १२ गाउँमाफुर्सदमा
लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति

सहकारी ठगी प्रकरण अनुसन्धानको लागि रास्वपा पार्टी सभापति , पूर्व उपप्रधानमन्त्री एवम पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउ विरुद्धमा प्रवास नेपाली सम्पर्क विभाग कोरियाले प्रेस विज्ञप्ति जारी गरेको छ। जारी विज्ञप्तीमा “बर्तमान सरकारको निहित स्वार्थ पूरा गर्न भ्रष्ट र तस्करलाई संरक्षण गरि आफ्नो कालो कर्तुत लुकाउन र पार्टीका जघन्य अपराधी आसेपासे जोगाउन बनेको बर्तमान सरकारको भ्रष्ट र अनैतिक कृयाकलाप प्रति घोर भत्सर्ना गर्दछौँ। ” भनिएको छ। यसैगरी प्रतिसोध , सुनियोजित, षडयन्त्रपूर्णफुर्सदमा
चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे

“रुकुम मैकोट …” चर्चित गीत रहेको चलचित्र “खुस्मा ” अक्टोबर २० तारिख सौल स्थित दोङ्देमुनमा प्रदर्शन हुने भएको छ। चलचित्र प्रदर्शनको लागि कोरिया आएका धिरज मगर सँगै दर्शकले “खुस्मा” हेर्न पाउने भएका छन्। नेपाल स्नुकर एसोसिएसन दक्षिण कोरियाद्वारा नेपालमा बाढि पीडित सहयोगार्थ चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ। खाम मगर भाषामा “खुस्मा” को अर्थ “आमाको काख” भन्ने जनाउँछ। धिरज मगर र उपासना सिंह ठकुरीको मूख्य भूमिका रहेको चलचित्रले नेपालमाफुर्सदमा