तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
इपिएस कामदारको पैसा जलबिधुतमा लगानी हुने
नवराज ढकाल काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको कमाइ जलविद्युत् कम्पनीमा लगानी गर्ने भएको छ। सुरूमा दक्षिण कोरियामा गएका कामदारको लगानीमा जलविद्युत् परियोजना सञ्चालन गर्ने र विस्तारै अन्य मुलुकमा काम गर्नेलाई समेत लगानी प्रोत्साहित गर्न लागिएको हो। रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने सरकारी योजना छ। श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको ईपीएस कोरिया शाखाको अगुवाइमा हाइड्रोपावर परियोजना सञ्चालन हुँदैछ। ईपीएसले हाल कोरियामा काम गरिरहेका र त्यहाँबाट फर्किसकेकालाई समेत सहभागी गराएरफुर्सदमा
ईपीएस पास गर्ने ९५ प्रतिशत कोरिया जाने
काठमाडौं-आउँदो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेका ९५ प्रतिशत भन्दा बढी रोजगारीका लागि दक्षिण कोरिया जान पाउने भएका छन् । इपिएस कोरिया शाखाले आउँदो वर्षदेखि भाषा परीक्षा पास गरेका तर रोजगारीका लागि कोरिया जान नपाएकाको संख्या ५ प्रतिशतमा झार्ने तयारी भइरहेको जनाएको छ । रोजगारीका लागि कोरियामा कोटा बढाउन लगातार लबिङ गरिरहेको र कोरिया सरकार पनि सकारात्मक देखिएकाले आउँदो वर्षदेखि भाषा परीक्षा पास भएका ९५ प्रतिशत भन्दा बढी कोरियाफुर्सदमा
इपिएस परीक्षाकाे अनलाईन आवेदन लिन ४५ लाखको सफ्टवेयर प्रस्ताव
काठमाडौं– रोजगार अनुमति प्रणाली(इपिएस) कोरिया शाखाले परीक्षाका लागि आवश्यक आवेदन अनलाईन मार्फत लिनका लागि आवश्यक सफ्टवेयर निर्माणका लागि करिब रु. ४५ लाखको प्रस्तावसहित श्रम मन्त्रालयसँग स्वीकृति मागेको छ। शाखाले ३ इन्जिनियर समुहले गरेको लागत अनुमानअनुसारको लागत प्रस्तावसहितको स्वीकृति माग गरिएको लामाे समय बितिसकेकाे भए पनि हालसम्म स्वीकृति नअाएकाे शाखाका निर्देशक डिल्लिराम बास्तोलाले बताए। ‘सफ्टवेयरलगायत सम्पूर्ण नयाँ संरचना तयार गर्न करिब ३ करोड रुपैयाँ लागि यसअघिको अनुमान थियो,’फुर्सदमा
कोरियाले माघ तेस्रो हप्ताबाट नयाँ कामदार लैजाने
काठमाडौं-रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम सकिएको छ । इपिएस कोरिया शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार भाषा परीक्षामा उत्तीर्ण भई स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदन सकारात्मक भएका उम्मेदवारको प्राथमिक सूची कोरिया पठाउने कार्य आज सकिएको हो । सूचीमा रहेका आवेदकमध्ये मानव संसाधन विभाग कोरियाले जाँचबुझ गरी दुई हप्ताभित्र स्वीकृत भएकाको विवरण नेपाललाईफुर्सदमा
ईपिएस कामदारले चोटपटक क्षतिपूर्ति बीमाबारेमा जान्नैपर्ने कुराहरु
कोरियामा नेपाली कामदारहरुको संख्या हाल करीब ३० हजार रहेको छ । कामदारहरुको संख्यामा वृद्धि संगै कोरियामा औद्यौगिक दुर्घटनामा परी अंग भंग हुने वा मृत्यु हुनेको संख्या पनि बढ्दो छ । गत सन् २०१५ मा मात्र तीन जना नेपाली कामदारहरुले औद्यौगिक दुर्घटनामा परी ज्यान गुमाएका छन् ल। कोरियामा खासगरि कल कारखानामा काम गर्दा हातमा चोटपटक लागेर हातका औंला तथा हात नै गुमाउनु पर्ने समस्याबाट थुप्रै नेपाली कामदारहरु समेत पिडित रहेका छन्फुर्सदमा
समुद्रभित्र भविष्य खोज्दै नेपाली युवा
दक्षिण कोरिया-समुद्रै समुद्रले घेरिएको दक्षिण कोरिया । निलो सागरहरुको बिचमा टुसुक्क उठेका ससाना हरिया टाँपूहरु प्रसस्तै देख्न सकिन्छ । यिनै टाँपू मध्ये कोरियाको दक्षिणी भेगमा रहेको घ्यङसाङनाम्दोस्थित थोङयोङ शहरको नजिक पर्ने एउटा सुन्दर टाँपू हो योकजीदो । शहरबाट ३२ किलोमिटर टाढा पर्ने यो टाँपू १४.५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । शान्त वातावरण,हेर्दै आनन्द लाग्ने यो टाँपूमा एक घण्टाको पानीजहाज चढेर घुम्न अनि माछा मार्न जानेहरु प्रसस्तै भेटिन्छन् । तरफुर्सदमा
कोरिया जानेको रोस्टर तयार हुँदै
काठमाडौं-दक्षिण कोरिया जाने कामदारको रोस्टर बनाउने काम सुरु भएको छ। रोस्टर कामदार छनोट प्रक्रियाको अन्तिम चरण हो। यो प्रक्रिया पार गरेपछि कोरिया जाने बाटो खुला हुनेछ । रोजगारदाताले रोस्टर हेरेर कामदार छनोट गर्नेछन्। सरकारले सन् २०१६ मा काम गर्न जानेको रोस्टर त*यार पारेर कोरियालाई पठाउन थालेको हो। मासिक आधारभूत तलब नै एक लाख नौ हजार कमाउन सक्ने भएकाले नेपाली युवाका लागि कोरिया रोजगारीको आकर्षक मुलुक हो।हालसम्मफुर्सदमा
कोरियाले २०१६ मा ५८ हजार प्रवासी कामदार भित्र्याउने
सोल-दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत अर्को बर्षका लागि ५८ हजार प्रवासी कामदार भित्रयाउने भएको छ । यहांको ज्याला निर्धारण समितिले गत शुक्रबार सन् २०१६ का लागि बढिमा ५८ हजार अदक्ष कामदारको कोटा प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई प्रधानमन्त्रीको कार्यलयले मंगलबार स्वीकृत गरेपछि सो प्रस्ताव पारित हुनेछ । ५८ हजार कोटामध्ये २ हजार जगेडा राखिने र बांकि ५६ हजार चौमासिक रुपमा वितरण गरिने छ । कोरियाले सानाफुर्सदमा
कोरियामा ईपिएस कामदार औद्यौगिक दुर्घटनाबाट बच्ने १० तरिकाहरु
ईपिएस कामदारको रुपमा सानुकाजी (नाम परिवर्तन) नेपालबाट आएको भर्खर चार महिना मात्र भएको थियो । कम्पनी राम्रै थियो । तलब भत्ता र ओभरटाईम पनि सन्तोषजनक नै थियो । साधारण परिवारबाट कोरिया आएका सानुकाजी आफनो कामकाजबाट प्रशन्न् नै थिए । तर दुर्भाग्य, एक दिन औद्यौगिक दुर्घटनामा परे । संधै आफैले संचालन गर्ने प्रेश आफनै दहिने हातमाथि बजारिन पुग्यो । अस्पतालको लामो बसाई पछि फर्कदा सानुकाजीले दाहिने हातको पञ्जा गुमाउनु पर्यो । फुर्सदमा
ईपिएस मजदुरलाई जलविद्युतमा लगानीको अवसर जुटाउने उदेश्यका साथ् बैदेशिक रोजगार बिभागले माग्यो सुझाव
सोल – रोजगारीको सिलसिलामा दक्षिण कोरियामा कार्यरत र कोरियाबाट फर्केका नेपालीहरुलाई जलविद्युत परियोजना निर्माणमा लगानीको अवसर जुट्ने भएको छ । इपीएस कोरिया शाखाको समन्वयमा उनीहरुको प्रत्यक्ष लगानीमा जलविद्युत परियोजना निर्माणको अवधारणा अघि बढाइए पछि लगानीको अवसर जुटने छ । पहिलो चरणअन्तर्गत कोरिया शाखाले कोरिया रिटर्नीको प्रत्यक्ष लगानीमा विद्युत उत्पादन परियाजनाको सम्भाव्यताका लागि सरोकारवालासँग सुझाव मागेको छ । जलविद्युत उत्पादनको सम्भावना हुँदाहुँदै मागनुसारकोफुर्सदमा