तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
इपिएस कामदार नेपाल फर्किएनन्
सन्तोष पोखरेल पोखरा- रोजगार अनुमति प्रणाली (इपिएस) कोटामा दक्षिण कोरिया पुगेका नेपाली अवधि सकिँदा पनि लुकीछिपी त्यहीँ बसिरहेको पाइएको छ। गत जुलाईमै कार्यावधि पूरा भइसकेका कामदार अझै स्वदेश नफर्केका हुन्। वैशाख १२ को विनाशकारी भूकम्पपछि कोरियामा रहेका नेपाली कामदारले गैरकानुनी बसाइ लम्ब्याएको वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले जनाएको छ। शाखा निर्देशक डिल्लीराम बाँस्तोलाले जुलाईयता फर्कनुपर्ने करिब १३ सय कामदार भूकम्पले घरबास क्षति भएको खबरपछि उतै रोकिएको जानकारी दिए।फुर्सदमा
अब देखि (सिविटी) परीक्षामा कार्यक्षेत्रसँग सम्बन्धित प्रश्न पनि सोधिने
सोल – विशेष कोरियन भाषा (सिविटी) परीक्षामा अबदेखि कार्यक्षेत्रसँग सम्बन्धित प्रश्न पनि सोधिने भएको छ । यसअघिका परीक्षामा भाषिक क्षमताको मात्रै मूल्याङ्कन गरिँदै आएकोमा यसपटक देखि कार्यक्षेत्रसँग सम्बन्धित प्रश्न पनि सोधिने एचआरडी कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ । सुनाई परीक्षा भने यथावत रहनेछ । कार्यक्षेत्रसँग सम्बन्धित क्षमता भएका कामदार छनौट गर्दा कार्यस्थलमा घुलमिल गर्न सजिलो हुने र रोजगारदातालाई पनि फाइदा पुग्ने सेन्टरका निर्देशक ली दोङ सिर्कले बताउनुभयो । फुर्सदमा
११ औँ सिबिटी खुल्यो (सूचना सहित )
सोल-ईपीएस अन्तर्गत कोरिया आएर एक कार्यकाल पुरा गरेका नेपाली कामदारका फेरि कोरिया आउनका लागि सञ्चालन गरिने ११ औँ सिबिटीको आवेदन फारम खुलेको छ । आवेदन फारम आगामी कात्तिक १५ गतेदेखि १७ गतेसम्म वितरण गरिनेछ । फारम बिहान आठ बजेदेखि बेलुका साढे पाँच बजेसम्म वितरण गरिनेछ । उक्त भाषाको परीक्षा भने मंसिर १६ गतेलाई तय गरिएको छ । परीक्षाको तालिका कात्तिक ३० गते प्रकासन गरिने ईपीएस कोरिया शाखाले जनाएकोफुर्सदमा
छैटौं ईपीएस परीक्षामा ८ हजार ४ सय उतीर्ण
सोल -छैटौं इपीएसको नतिजा बिहीबार सार्वजनिक भएको छ । इपीएस कोरिया शाखा निर्देशक डिल्लीराम बास्तोलाका अनुसार परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण हुन् | सहभागीमध्ये १९ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बस्तोलले फोनमा बताए । ती मध्ये उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ २ हजार ६ सय ७३ जना उत्तीर्ण भएका छन् । उतीर्ण हुनेमा ७ हजार ७फुर्सदमा
छैटौं ईपीएस परीक्षाको नतिजा प्रकाशित ( हेर्ने तरिका सहित )
सोल – गत असोज २ र ३ गते सम्पन्न छैटौं इपीएएस परीक्षाको परीक्षाफल प्रकाशित भएको छ | काठमाडौं र पोखरामा भएको परीक्षामा ४३ हजार ४ सय ६ जनाले परीक्षा दिएका थिए | नतिजा हेर्नको लागि www.epstopik.hrdkorea.or.kr माथिको लिंक नखुलेमा गुगलमा गएर www.epstopic.hrdkorea.or.kr टाईप गर्नु होला | लिंक खुले पछि भाषामा ईङलिस् छान्नु होला | त्यस पछि test results मा क्लिक गरेर passer.s मा क्लिक गर्नुफुर्सदमा
दशौँ सीबिटीमा २ सय ७७ उतीर्ण ( परीक्षाफलसहित )
सोल- एचआरडी कोरियाले दशौँ सिबिटी (कम्प्युटरमा आधारित परीक्षा ) को परीक्षाफल प्रकाशित गरेको छ | शुक्रबार प्रकाशन गरिएको परीक्षाफलमा २ सय ७७ उतीर्ण भएका छन् | गत अगस्ट २२ देखि २९ तारिकसम्म संचालन भएको थियो | नतीजा अनुसार सबैभन्दा धेरै औद्योगीक उत्पादन क्षेत्रमा २ सय ५३ उतीर्ण भएका छन् भने कृषि तथा पशुपालनमा १८ मत्स्यपालन ४ सेवा क्षेत्रमा २ जना उतिर्ण भएका छन् | परीक्षा उतीर्णफुर्सदमा
ईपीएस परिक्षा हालसम्म २ लाख ५ हजारले दिए
सोल-दक्षिण कोरियाको साना तथा मझौला उद्योगहरुमा अदक्ष कामदार पठाउन नेपालमा रोजगार अनुुमति प्रणाली (ईपीएस) को परीक्षा हालसम्म छ पटक संचालन भएको छ । ईपीएसको ६ वटा सस्करणमा कुल २ लाख ५ हजार २ सय ९८ जनाले परीक्षा दिएका छन् । प्रत्येक परीक्षामा नेपाली युवाहरुले उत्साहजनक रुपमा आवेदन दिए पनि उतीर्ण संख्या ज्यादै न्यून रहेको छ । हालसम्मको तथ्यांक अनुुसार उतीर्ण सख्या २०.३५ प्रतिशत अर्थात ४१ हजार ७ सयफुर्सदमा
कोरियामा नेपाली कामदारले गर्नै नहुने कुराहरु
घटना नम्बर एक:- सिन्धुलीका सिद्धार्थ (नाम परिवर्तन) कोरिया आएको भर्खरै डेढ बर्ष पूरा भएको थियो । कम्पनीमा राम्रो स्थान बनाउन सफल सिद्धार्थ, नेपालमा पनि एक जेहेन्दार बिद्यार्थी थिए । कमर्शमा स्नातक गरेको व्यक्तिको काम प्रति कम्पनीका मालिक लगायत अन्य कामदारहरु पनि कायल थिए, कम्पनीमा सिद्धार्थको दबदबा नै थियो । ओभरटाईम समेत गर्दा महिनामा अठार लाख वन त कतै नजाने । एक दिन सोही कम्पनीमा एक कोरियाली युवती (उमेर थाहा भएन,फुर्सदमा
छैटौं ईपीएस परीक्षा ४३ हजार ४ सयले दिए
सोल- असोज २ र ३ गते सम्पन्न छैटौं इपीएएस परीक्षा ४३ हजार बढीले दिएका छन् | काठमाडौं र पोखरामा भएको परीक्षामा ४३ हजार ४ सय ६ जनाले परीक्षा दिएका हुन् | यसपालिका लागि ५१ हजार १ सय ३७ जनाले आवेदन भरेका थिए | उत्पादनमुलक क्षेत्रमा ४ हजार ९ सय र कृषि तथा पशुपालन तर्द २ हजार २ सय उतिर्ण गराइने यो परिक्षामा कोटा भन्दा ६ गुणा बढी परीक्षार्थी सामेलफुर्सदमा
इपिएस कोरिया भाषाका १७ नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं– रोजगार अनुमति प्रणाली(इपिएस)अन्तर्गत शनिबार भएको कोरिया भाषा परीक्षामा अरुका नाममा परीक्षा दिन आएका १७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। काठमाडौं उपत्यकाका १५ परीक्षा केन्द्र मध्ये लिटिलएन्जल्स स्कुल हात्तीवनबाट ५ जना, लिटिलएन्जल्स कलेज हात्तीवनबाट २ जना, एनकेसिंह मेमोरियल स्कुल मीनभवनबाट १ जना, भिएस निकेतन कलेजबाट २ जना, एलआरआई कलेज कलंकीबाट ३ जना ल्वारोटरी स्कुलबाट २ जना र ह्वाइट हाउस इन्टिच्युट खुमलटारबाट २ जना पक्राउ परेको इपिएस कोरिया शाखाकाफुर्सदमा