तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
ईपीएसबाट फर्केकालाई ५% ब्याजमा ऋण
फोनिज कोरिया संवाददाता काठमाडौ – रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यअवधि पुरा गरेर फर्केका नेपाली कामदारले ५ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण पाउने भएका छन् । कोरियाबाट फर्केका कामदारलाई उद्यमशीलता तालिम तथा सहुलियत ऋण प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७२ को प्रारम्भिक मस्यौदामा उद्यम ब्यवसाय गर्न चाहने नेपाली कामदारले निःशुल्क उद्यम तालिमका साथै पाँच प्रतिशत ब्याजदरमै २० लाख रुपैयाँसम्म कर्जा पाउने ब्यवस्था गरिएको हो । पाँच प्रतिशतभन्दा बढी ब्याजमा भने कामदारले सरकारबाटै अनुदानफुर्सदमा
ईपीएस पाठ्यक्रम अर्को बर्षदेखि परिमार्जन हुने
फोनिज कोरिया संवाददाता काठमाडौं-कोरिया सरकारले ईपीएस भाषा परीक्षाको पाठ्यक्रममा परिमार्जन गरेको छ। परिमार्जित पाठ्यक्रम आगामी वर्षदेखिमात्र लागू हुनेछ। नयाँ पाठ्यक्रम अनुसारको प्रश्न यसपटक परीक्षा दिनेका लागि कार्यान्वयनमा नआउने इपीएस कोरिया शाखाले जानकारी दिएको छ। ‘पुरानो र नयाँ पाठ्यक्रमको साझा भागबाट मात्र यसपटक प्रश्न सोधिने जानकारी आएको छ,’ एचआरडी कोरियाको नेपाल शाखाका प्रबन्धक रामचन्द्र गिरीले भने। साझा भाग भनेको पुरानो पाठ्यक्रममा रहेका विषयवस्तु नै भन्ने बुझिने उनले बताए। इपीएस कोरिया शाखाकाफुर्सदमा
ईपीएस भाषा परीक्षा असोज २ र ३ मा परीक्षाफल कार्तिकमा आउने
देवेन्द्र सम्बाहाम्फे सोल– रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत छैटौं कोरियाली भाषा परीक्षा असोज पहिलो हप्ता हुने निश्चित भएको छ । सोमबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा वसेको निर्देशक समितिको वैठकले निर्णय गरे अनुसार असोज २ र ३ गते गते परीक्षा संचालन हुने भएको हो । वैशाख १२ गतेको महाविनाशकारी भुकम्प र त्यसपछिको शक्तिशाली पराकम्पनहरुका कारण पूर्व निर्धारण गरिएको जेष्ठ ३० र ३१ गते छैठौं कोरियन भाषा परीक्षा संचालनफुर्सदमा
ईपीएस परीक्षा असोज पहिलो साता
देवेन्द्र सम्बाहाम्फे सोल, रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत छैटौं कोरियाली भाषा परीक्षा असोज पहिलो हप्तामा मात्र हुने भएको छ । एचआरडी कोरियाका प्रतिनीधी र नेपाली अधिकारीहरुले आइतबार वर्षा यामपछि मात्र परीक्षा संचालन गर्ने निर्णय गरे अनुसार असोज पहिलो हप्तामा हुने भएको हो । आइतबार भएको द्धीपक्षीय बैठकले गरेको निर्णय निर्देशक समितिमा पेश गरेपछि परीक्षा मिति निर्धारण हुनेछ । समितिको बैठक छिट्टै बस्ने ईपीएस शाखा नेपालका निर्देशक डिल्लीराम बास्तोलाले बताए ।फुर्सदमा
भूकम्पका कारण ईपीएस परीक्षा सर्ने
फोनिज कोरिया संवाददाता काठमान्डौ-भूकम्पका कारण दक्षिण कोरियामा काम गर्न जान अनिवार्यरुपमा दिनुपर्ने ईपीएस भाषा परीक्षा सर्ने भएको छ । पूर्वनिर्धारित तालिकाभन्दा दुई सातादेखि एक महिनासम्म परीक्षा मिति सार्न लागिएको अन्नपूर्ण पोस्टमा खबर छ । परीक्षा सञ्चालन हुने मिति भने अझै निर्धारण गर्न बाँकी छ । यसअघि आगामी जेठ ३० र ३१ ग्ते भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो । ईपीएस कोरिया शाखा प्रमुख डिल्ली बास्तोलाले भूकम्पका कारण परीक्षा सार्नुपर्नेफुर्सदमा
ईपीएसको श्रम नबिकरण अझै टुंगो छैन
लीलु डुम्रे सोल-नेपाल र कोरिया बीच भएको श्रम सम्झौताको अवधि सकिएको नौ महिना बितिसक्दा पनि दुइ देश बीच श्रम नवीकरण कहिले हुने बारे अझै टुंगो लागेको छैन । कामदार आपूतिर्तो जारी प्रकियामा व्यवधान खडा नहुने हुदा दुइ तर्फ बाट नै ढिलाई हुदै आएको छ । गत जुन २९ देखि श्रम नविकरण सकिएको छ । श्रम नवीकरणको अवधि सकिएपनि दुइ बर्ष सम्म प्रक्रियालाई कुनै असर नगर्ने भएकोले बिगतको सम्झौताले हाल कामफुर्सदमा