तपाईं अहिले सूचना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
विगतका सम्झौता उल्टाए मुलुकमा द्धन्द – उपेन्द्र
प्रेम देवान विराटनगर- संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएको सहमती सम्झौतालाई उल्टाएर संविधान जारी गरेमा मुलुकमा अर्को राजनितिक द्धन्द हुन सक्ने बताएका छन् । सयुक्त मधेशी मोर्चाले विराटनगरमा आज गरेको विरोधसभालाइ सम्वोधन गर्दै अध्यक्ष यादवले, १६ वुदें सहमती केवल सत्ताप्राप्तिका लागी भएकाले त्यसलाइ टेकेर आएको मस्यौदा स्वीकार्य नहुने बताए । कार्यक्रममा वोल्दै सद्भावनापार्टीका अध्यक्ष राजेन्द्र महत्तोले अन्तरिम संविधानको भावना विपरित संविधानको मस्यौदा आएको आरोप लगाए । अध्यक्षफुर्सदमा
दूताबासले तीन बिषयमा छलफल गर्ने
सोल-सोलस्थित नेपाली दूताबासले कोरियामा रहेको नेपाली समुदायसंग तीन बिषयमा छलफल गर्ने भएको छ | दूताबासले सेप्टेम्बर / अक्टोबरमा आयोजना गर्न लागेको ‘भूकम्पपछि नेपालमा लगानीको अवसरहरु’ बिषायक सेमिनार, भूकम्प पीडित नेपाली जनता र सरकारलाई सहयोग गर्ने कोरियन / नेपाली संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गर्ने बिषय र आउदो दशैंमा आयोजना हुने राजदूत रनिङ शिल्ड प्रतियोगिताको ब्यबस्थापन बारे छलफल गर्न लागेको हो | भोलि २६ तारिख आइतबार दिउसो ४फुर्सदमा
आउदो २६ तारिख नेसासको साधारण सभा हुने
फोनिज कोरिया संवाददाता सोल – कोरिया रहेका सम्पूर्ण साहित्यकारहरुलाई गोलबन्द गरि नेपाली कला , साहित्यलाई प्रबासवाट भए पनि योगदान दिने उदेश्य साथ स्थापना गरिएको नेपाली साहित्य समाज दक्षिण कोरियाले यहि आउदो २६ तारिख आईतबार साधारण सभा गर्ने जनाएको छ | कोरियामा हुने बिदाको अवसर पारेर प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले समय -समय बिबिध कार्यक्रम गर्दै आएको संस्थाले अझ मजबुत पार्दै लैजानको निम्ति नया कार्यसमिति चुन्न लागेको जनाएको छ | फुर्सदमा
ब्रेनट्युमर भएका जीवनले गरे सहयोगको अपिल
फोनिज कोरिया संवाददाता सोल- रोजगार गर्न कोरिया आएका गोरखा गोरखा फुजेलका जिबन दुवाडीले आफ्नो जीवन रक्षाको लागि कोरियाका विभिन्न संघ–संस्था, नेपाली दाजुभाइ र नेपाल सरकारसँग सहयोगको अपिल गरेका छन् । ईपीएसमार्फत यहाँ आएका दुवाडीलाई बे्रन ट्युमर भएको छ । चार महनिाअघि मात्र कोरिया पुगेका हुन् । इन्छनस्थित एक फलाम कम्पनीमा कार्यरत दुवाडीको गाछन युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ | दुवाडीको उपचारको लागि ८० लाख वन खर्च हुने अस्पताललेफुर्सदमा
मर्सका कारण कोरियामा रहेका नेपाली असुरक्षित
ऐश्वर्य श्रेष्ठ सोल –मे २० तारिखमा दक्षिण कोरियामा भित्रिएको श्वासप्रश्वाससंबन्धी भाइरस मर्सको कारण कोरियाली जनजीवन आतंकित बन्दैंछ ।छोटो समयमा नैं यो भाइरसको कारण कोरियामा १५ जनाको मृत्यु भइसकेको छ भने २ सय बढीमा मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम नामक भाइरसबाट संक्रमित भएका छन् । यसैंबीच मर्सको कारण दक्षिण कोरियामा कार्यरत नेपाली कामदारहरु पनि असुरिक्षत बन्दैं गएका छन् ।दक्षिण कोरियास्थित रातदुतावासले एक विज्ञप्ति जारी गरी नेपाली समुदायलाई सर्तक रहन आव्हान गरेतापनिफुर्सदमा
सबिन अझै भेटिएनन्
मीनप्रकाश उप्रेती सोल-कोरियामा बेपत्ताभएका एक नेपाली दुई साता बितिसक्दा पनि फेला पर्न सकेका छैनन् । गत मे ३१ तारिख रातिदेखि एक्कासी बेपत्ता भएका तेह्रथुम ओयाक्जुङका सबिन मादेम्बा लिम्बु हाल सम्म फेला पर्न नसकेका हुन् । लिम्बु रोजगार अनुमति प्रणालीबाट एक वर्षअघि कोरिया आएका थिए । कम्पनी परिवर्तन गरी एक महिनाअघि मात्र ख्यङगीदो आन्सङसीको खोसाङ क्षेत्रको हान्ग्यल बंगुर फर्ममा उनी कार्यरत थिए । उक्त साँझसँगै खाना खाई सुत्न गएकाफुर्सदमा
फ्री भिसा र टिकटले ३७ अर्बको हुण्डी कारोबार रोकिने
फोनिज कोरिया संवाददाता काठमाडौं-खाडीका ६ मुलुक र मलेसियाका रोजगारदाताले नै नेपाली कामदारको हवाई टिकट भिसा शुल्क बेहोर्नुपर्ने निर्णय कार्यान्वयन भएपछि अर्बौ रुपैयाँको हुण्डी कारोबार पनि रोकिने भएको छ । कमिसनका लागि भन्दै म्यानपावर एजेन्सीमार्फत विदेश पठाइने हुण्डी निःशुल्क भिसा र टिकटको ब्यवस्थासँगै बन्द हुने भएको हो । श्रम तथा रोजगार मन्त्रीस्तरीय निर्णयबाट म्यानपावर एजेन्सीले सेवा शुल्कबापत बढीमा १० हजार रुपैयाँ लिन पाउने ब्यवस्था गरिएको छ । फुर्सदमा
बैदेशिक रोजगारीमा जानेलाई अनलाइन भिडियो जांच
फोनिज कोरिया संवाददाता काठमाडौं- वैदेशिक रोजगारीमा अभिमुखीकरण तालिमबिनै कामदार पठाउनेक्रम बढेपछि सरकारले सम्बन्धित संस्थाले तालिम दिइरहेकै बेला अनलाइन भिडियो जाँच गर्ने भएको छ। तालिममा सहभागी नभएकालाई वा तोकिएको अवधि र पाठ्यक्रमअनुसार तालिम नदिने प्रवृत्ति बढेपछि तालिम दिनुअघि दर्ता गराउने र तालिम दिँदा अनलाइन भिडियो परीक्षण गर्ने व्यवस्था गर्न लागिएको हो। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले श्रम तथा रोजगार मन्त्रालयलाई केही दिनअघि अनलाइन भिडियो जाँच गर्न निर्देशन दिएकोफुर्सदमा
कोरियामा सम्पर्कबिहिन रहेका सविनको खोजी गरिदिन परिवारको आग्रह
फोनिज कोरिया संवाददाता सोल– वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका तेह्रथुमको ओयाक्जुङ गाविसका सविन मादेम्बा गएको दुई हप्तादेखि परवारको सम्पर्कमा नहरेकाले खोजी गरिदिन परिवारले आग्रह गरेको छ । नेपाली राजदूतावास र त्यहाँको प्रहरीले खोजी गरिरहे पनि सविनको अवस्था पत्ता लाग्न सकेको छैन । कोरियाको ख्यङगिदो आन्सङ सि खोसाङम्यनमा रहेको हान्ग्यल थ्वेजी नोङजाङ कम्पनीमा कार्यरत सविन इपिएस प्रणालीमार्फत दश महिना अघि कोरिया आएका थिए । सविनको खोजीका लागि राष्ट्रियफुर्सदमा
कोरियामा नेपाली सतर्क रहन सरकारको आग्रह
फोनिज कोरिया संवाददाता काठमाडौं-कोरियामा मर्स रोगको प्रकोप फैलिएकाले त्यहाँ जानु पूर्व र त्यहाँ बसिरहेका नेपालीलाई सतर्कर्ता अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले मध्य पूर्व र दक्षिण कोरियामा मर्सको संक्रमण फैलिरहेकाले त्यहाँ जानुअघि डाक्टरको सल्लाह लिन आग्रह गरेको हो । ज्वरो आए, खोकी लागे र निमोनियाको लक्षण देखिए तत्काल स्वास्थ्य जाँच गराउन त्यहाँ रहेका नेपालीलाई मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले नउमालेको दूध, काँचो मासु नखान रफुर्सदमा