तपाईं अहिले सूचना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
“प्रवासी भूमिमा बाग्लुडेहरुको एकता, सामाजिक कार्यमा सबैको सहभागीता आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको गौरवमय संस्था बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन यही आउँदो डिसेम्बर ८ मा सुवनको (경기 수원시 팔달구 매산로 6-2 पाँचौ तल्ला) कामना हलमा हुने भएको छ । दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध बागलुङ्गे तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको बागलुङ समाजको दशौंफुर्सदमा
शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
स्याङ्जा परिवार दक्षिण कोरियाको आयोजनामा आउँदो डिसेम्बर २९ मा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ख्यांगीदो ह्वासङ ओसानको (경기 화성시 발안로 1191-8 민턴랩 배드민턴 아카데미) मैदानमा उक्त प्रतियोगिता हुने भएको हो । विगतमा थुप्रै अन्य सामाजिक, साँस्कृतिक र खेलकूद कार्यक्रमको आयोजना गरिएको भएपनि यसपटक स्याङ्जा परिवारले पहिलो पटक “प्रथम डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता” आयोजना गरेको र उक्त प्रतियोगिताबाट भएको मुनाफाबाट अक्षय कोष स्थापना गरी गृहजिल्ला स्याङ्जाको सामुदायिक विद्यालयबाट प्रत्येक वर्षफुर्सदमा
कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
नेपाली आधुनिक गीत विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै सन्तोष गुरुङले “तिम्रो मेरो सम्बन्ध” बजारमा ल्याएका छन् । विशेष गरी नेपाली आधुनिक गीतसंगीतको क्षेत्रमा चर्चित हस्ती दि भोईस अफ नेपाल सिजन ५ र आउने सिजन ६ को कोच उदय सोताङ र उहाँको “टीम बुलेट” को प्रतिभावान् मिठो स्वरका धनी ममता हिन्माङ्गले यस गीतमा आफ्नो सुमधुर स्वर भरेकी छिन् । “जिन्दगी जिउने क्रममा कति सम्बन्धहरु गाँसिन्छन र कति छुटिन्छन पनिफुर्सदमा
मुनेश थापा मगरद्धारा आरुपाटा स्थित विद्यालयलाई “शैक्षिक सामाग्री” सहयोग
स्याङ्जाको वालिङ नगरपालिका वडा नंं. ५ स्थित एक एक आधारभूत सामुदायिक विद्यालयलाई सोही विद्यालयका पूर्व विद्यार्थी मुनेश थापा मगरले शैक्षिक सामाग्री सहयोग गरेका छन् । श्री कन्या आधारभूत विद्यालयमा अध्ययनरत करिब ३६ जना प्रत्येक विद्यार्थीहरुलाई विद्यालयमा आवश्यक पर्ने कापी, कलम लगायतका सामाग्री सहित १० मंसिरका दिन सोही विद्यालय प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी सहयोग हस्तान्तरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक सुमिता गुरुङले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य सँगै विद्यार्थीको हौसला रफुर्सदमा
दक्षिण कोरियामा “खुल्ला कोरियाव्यापी नेपाली कविता प्रतियोगिता” हुने
डायस्पोरामा रहेर नेपाली भाषा तथा साहित्यको प्रवर्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले खुल्ला कोरियाव्यापी नेपाली कविता प्रतियोगिता गर्ने भएको छ । कोरियाको ख्यङ्गीदो प्रान्तका ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिन क्षेत्रमा रहेका नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाजले कोरियन नयाँवर्ष सलनालको पूर्वसन्ध्यामा आउँदो जनवरी १९, २०२५ मा उक्त प्रतियोगिता गर्ने भएको हो । संस्थाका सल्लाहकार कवि आर एन अधिकारीको संयोजकत्वमा हुने उक्तफुर्सदमा
दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
दक्षिण कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८१” मनाउने भएको छ । तमू धीं दक्षिण कोरियाले सउल क्षेत्रमा आउँदो जनवरी ५ तारिक मनाउने मिति तय गर्दै विगतका वर्षहरुमा जस्तै आफ्नो मौलिक पहिचान, भाषा – भेषभूषा, संस्कार – सँस्कृति तथा परम्परालाई संरक्षण, सम्बर्द्धन र जगेर्ना गर्ने उद्धेश्यले तमू ल्होसार मनाउने भएको हो । संस्थाको प्रारम्भिक चरणको बैठकले तमूहरुको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग)फुर्सदमा
स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. ४ मा पर्ने एलादी गाउँमा “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” हुने भएको छ । “संयमित गतिशील र मानवप्रेमी युवाहरु लिई साथमा, सँस्कृति जगेर्ना र गाउँ विकासको नेतृत्व अब हाम्रो काँधमा” भन्ने मेलाको मूल नारा लिएर संगम युवा क्लबको आयोजना तथा स्थानीय आमा समूह र बाबा समूहको विशेष सक्रियतामा यही मंसिर ९ गतेदेखि १५ गतेसम्म ७ दिने सो मेला हुने भएको हो । ग्रामीणफुर्सदमा
पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
पूर्वी नेपाल समाजले सलनाल २०२५ को लागि कार्यक्रम बाँडफाँड गरेको छ। नोभेबर १० तारिख आफ्नै सभाहलमा बसेको बैठकले कार्यक्रम बाँडफाँड गरेको हो। जस अन्तर्गत सलनालमा ३ संस्थाले कार्यक्रम आयोजना गर्दैछ। सलनालको पहिलो दिन जनवरी २८ तारिख भोजपुर परिवारले डान्स पार्टी गर्ने अनुमति पाएको छ भने २९ तारिख खोटाङ सेवा समाजले सांगीतिक कार्यक्रम गर्ने तय भएको छ। यसैगरी सोहि दिन साँझ ओखलढुंगा सेवा समाजले पनि डान्सपार्टी आयोजना गर्ने अनुमति पाएको छ।फुर्सदमा
“१२ गाउँ” कोरियामा प्रदर्शन हुने, कुन शो कहाँ र कहिले हुँदैछ?
दशैँको अवसर पारेर फुलपातीको दिन रिलिज गरिएको चलचित्र १२ गाउँ कोरियामा पनि प्रदर्शन हुने भएको छ। कोरियामा दर्शकहरुको अत्याधिक माग भएर चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकहरुले जनाएका छन्। प्रदर्शन अगावै चर्चा कमाउन सफल यस चलचित्र प्रदर्शन पछि अझ धेरै प्रशंसा र दर्शकको माया बटुल्न सफल भएको पाइन्छ। कोरिया शो अन्तर्गत अक्टोबर २० तारिख नमस्ते नेपाल फ्याफुल्ला इन्टरटेनमेन्ट कोरियाले किम्हे शहरमा प्रदर्शन गर्दै छ भने कृएटिभ एम्बिसन नेपालले गिम्पो शहरमा २७फुर्सदमा
अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
दक्षिण कोरियाको आन्सान सहरमा वृहत महोत्सवको रुपमा दशैँ मनाइने भएको छ। सनातन साहित्य संगीत साधना समूह “पाँच स” , गैर आवासिय नेपाली संघ (एन आर एन ए ) र आन्सान सिटि दक्षिण कोरियाको प्रमूख आयोजना रहने उक्त महोत्सव अक्टोबर १३ तारिखका दिन मनाइने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। नेपालीहरुको महान पर्व दशैँलाई साँस्कृतिक रुपले मनाउँदै प्रवासमा पनि नेपाली सँस्कृतिको संवर्द्धन र प्रवर्द्धन गरि नेपालीको पहिचान झल्काउने उद्देश्य अनुरुप योफुर्सदमा