तपाईं अहिले अन्तर्राट्रिय सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
अमेरिकी माथिल्लो सदनमा रिपब्लीकन र तल्लो सदनमा डेमोक्र्याटको बहुमत, ट्रम्पलाई अप्ठ्यारो पर्ने संकेत
अमेरिकाको माथिल्लो सदन मानिने सिनेटमा सत्तारुढ दल रिपब्लीकन पार्टीले बहुमत ल्याउने भएको छ भने तल्लो सदनमा विपक्षी दल डेमोक्र्याटको बहुमत हुने देखिएको छ । मुख्य भूमिका रहेको तल्लो सदनमा विपक्षी दलकोे बहुमत हुनेभएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अफट्यारो पर्ने भएको छ । राष्ट्रपतिका प्रस्तावलाई अंकुश लगाउने क्षमतासहित डेमोक्र्याटिक पार्टी गत आठ वर्षपछि पहिलो पटक तल्लो सदनमा उपस्थीत हुनलागेको हो । ट्रम्प शासनको जनमत सङग्रहका रूपमा हेरिएको यो मध्यावधी निर्वाचनले ट्रम्पको लोकप्रियताफुर्सदमा
अमेरिकी विदेशमन्त्री र उत्तर कोरियाली उच्च सैनिक अधिकारीबीच भेटवार्ता हुदै
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनका एकजना उच्चस्तरीय सैनिक अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उनले आगामी बिहीबार ती अधिकारीसँग भेटवार्ता गर्न लागेका हुन् । गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि विकसित यी दुई देशबीचको यो भेटलाई महत्वका साथ हेरिएको छ । उक्त सम्मेलनपछि यी दुई देशबीचकोफुर्सदमा
चाँडै उत्तर काेरियाली नेता किम दक्षिण काेरिया अाउँदै
दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले उत्तर कोरियाली नेता कीम जोङ अनले चाँडै सउलको भ्रमण गर्ने बताएका छन् । गत सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर बैठकका क्रममा उत्तर कोरियाली नेता किमले चाँडै दक्षिण कोरियाको भ्रमण गर्ने सहमति भएको थियो । तर भ्रमणको समयका बारेमा निर्णय भएको थिएन । दक्षिण कोरियाली राष्ट्रपति मूनले यसै वर्ष किमले दक्षिण कोरिया भ्रमण गर्ने बताएका थिए । सांसदहरुको प्रश्नको बिहीबार जवाफ दिँदै मूनले शान्तिकाफुर्सदमा
एशियाली महाशक्ती चीन र जापान शत्रुता त्याग्दै
अमेरिकासँगको बढ्दो विवादले चीन र जापानबीच असम्भव मित्रतालाई जन्म दिएको छ । टोकियो र बेइजिङमा क्षेत्रीय मुद्दालाई लिएर लामो समयदेखि सैन्य टकराव रहँदै आएको छ । तर हाल ७ वर्षपछि पहिलोपटक जापानी प्रमुख बेइजिङ भ्रमणका क्रममा रहँदा दुई देशबीचको सम्बन्धले ऐतिहासिक मोड लिएको हो । यसरी हाल दुवै पक्ष आर्थिक सहकारिता बढाउन र क्षेत्रीय स्थिरता कायम गर्न तत्पर देखिएका छन् भने उत्तर कोरियाको विषयमा समेत साथ काम गर्न सहमत भएकाफुर्सदमा
डाटा बेचेको काण्डमा फेसबुकमाथि ८ करोड जरिवाना
फेसबुक प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ । बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुक माथि यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरेको हो । आयुक्त कार्यालयलाई अधिकतम ५ लाख पाउण्ड सम्ममात्र जरिवाना गर्न पाउने प्रावधान छ । यो वर्षको सुरुवातदेखि नै चर्चामा रहेको क्याम्ब्रिज एनालिटिका डाटा काण्डको सन्दर्भमा फेसबुकमाथिफुर्सदमा
विश्व हल्लार्इ रहेकाे मीटु #Metoo अभियान सुरू गर्ने बुर्के
अहिले संसारभरी एउटा अभियान चर्चित छ, मिटू #Metoo। यौन दुर्व्यवहार गर्नेविरुद्ध बालिका र महिलाहरुले यो अभियानमार्फत् संसारभरी नै कुरा खोलिरहेका छन् । त्यसका कारण सयौंको संख्यामा मानिसहरुको जागिर समेत गइसकेको छ । अहिले यो अभियान संसारभरी घरघरको चासोको विषय भइरहेको छ । काेरियाका ठूला नेता, शिक्षक र अभिनेताहरू याे अभियानबाट अाफ्नाे पद र इज्जत दुबै गुमाएका छन् । खुला समाज भएको पश्चिमी दुनियाँ मात्र होइन, कम्युनिष्ट देशका रुपमा चिनिने चीनफुर्सदमा
जापानका प्रधानमन्त्री आबे चीन भ्रमणमा
जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित बिहीबार चीनको बेइजिङ आइपुगेका छन् । दुबै मुलुक पछिल्लो समय अमेरिकी व्यापारिक तनाबबाट गुज्रिरहेका छन् । जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलो पटक हुन लागेको हो । दुबै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुनसकेका थिएन । सन् २०१२ मा जापानले केही द्वीपलाईफुर्सदमा
चीनले बनायाे विश्वकै लामाे पुल
चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सबैभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन् । अब सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ । चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ । समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ । एक वाक्यांशमा उद्घाटन सम्बोधन गरेका राष्ट्रपति चिनफिङले भने, मैले हङकङ, जुहाई र मकाउ पुल औपरिक रुपमाफुर्सदमा
५ सय नेपाली कलाकारसँग अमेरिकाको ‘ग्रिनकार्ड’
नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५ सय नाघेको छ । उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार सङ्घ’ का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५०२ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास अनुमतिपत्र लिइसकेका छन् । सङ्घले यसबारे सङ्कलित विवरणसहितको पुस्तक प्रकाशनको तयारी पनिफुर्सदमा
सिंगापुरमा ट्रम्प र किम जंगउनवीच शिखर वार्ता जारी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जंग उनवीच आज जुन १२ तारिख मंगलबार सिंगापरमा ऐतिहासिक शिखर वार्ता जारी रहेको छ । सेन्टोसा टापु स्थित क्याफेला होटलमा स्थानिय समय अनुसार विहान ९ बजे दुई नेता भेटेका थिए । विश्व शान्तिको लागि महत्वपुर्ण रुपमा हेरिएको यो वार्ता ७० वर्षपछि पहिलो पटक भएको हो । विगत लामो समय कडा टकराववीच कटुतामा रहेका परमाणु शक्तिशाली दुवै देशवीचको यो पहिलो शिखरफुर्सदमा