तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाको थेगुमा मनाईने तमू ल्होसारमा दि भ्वाइस अफ नेपाल ४ की प्रतियोगी पवित्र गुरुङ आउने
कोरियाको दक्षिणी भेग थेगु सहरमा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार आउँदो जनवरी १ तारिक मनाउने भएको छ । तमू धीं दक्षिण कोरिया थेगु शाखाको आयोजनामा हिमालय टेलिभिजन प्रशारण भईरहेको दि भ्वाइस अफ नेपाल सिजन ४ नकआउट राउण्ड सम्मको यात्रा तय गरेकी कलाकार पवित्र गुरुङको साथमा थेगु स्थित Maeil Garden (대구 광역시 중구 계산동 2가 71 본지 매일 신문사 11 층) हलमा सो ल्होसार मनाउने भएकोफुर्सदमा
किरात राई यायोक्खा बुसानको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा हेमन्त खिम्बुले
किरात राई यायोक्खा बुसान शाखा दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । साथै अधिवेशनबाट हेमन्त खिम्बुले राईको अध्यक्षतामा २० सदस्यिय नयाँ कार्यसमिति गठन गरिएको छ। किरात राई यायोक्खा दक्षिण कोरियाको केन्द्रीय अध्यक्ष पदम राईको प्रमुख आथित्यमा आइतबार किम्हे बुसानमा उक्त अधिवेशनको भएको हो । किरात राई यायोक्खा बुसान शाखा सन् २०१५ मा स्थापना भएको हो । यो संस्थाले स्थापनाकाल देखि नै सक्रिय रूप मा बुसान किम्हे क्षेत्रमा आफ्नो उपस्थिति लाई दर्विलोफुर्सदमा
किरात याक्थुङ चुम्लुङको १२ औ महाधिवेशन भव्यताका साथ सम्पन्न, अध्यक्षमा दिर्जमान निर्वाचित
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १२ औ महाअधिवेशन कोरियाको राजधानी सिओलको तोङदेमुन स्थित नेपाली एण्ड थाई रेष्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको थियो । चुम्लुङको निवर्तमान अध्यक्ष अग्नी पन्थाक मिराकको सभापतित्वमा भएको सो महाधिवेशनमा कोरिया स्थित विभिन्न सामाजिक,जातिय क्षेत्रिय तथा राजनिती संस्थाका पदाधिकारी तथा प्रतिनिधीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । चुम्लुङको ११ औ कार्यसमितिको आर्थिक प्रतिवेदन कोषाध्यक्ष पबित्र थेवेले प्रस्तुत गर्नु भएको थियो । प्रगती प्रतिवेदन महासचिव सागर माङमु लिम्बुले प्रस्तुतफुर्सदमा
तामाङ घेदुङको स्थापना दिवस तथा बार्षिक साधारण सभा सम्पन्न
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आफ्नो स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार भएको कार्यक्रममा दक्षिण कोरियामा रहेका तामाङहरू सहभागी भएका थिए । तामाङ भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण गरौं भन्ने नाराका सहित भएको कार्यक्रमलाई घेदुङ संघीय परिषदको सदस्य तथा कोरिया इन्चार्ज सोम तामाङले सम्बोधन गरेका थिए । उनले सङ्घीय घेदुङले काठमाडौंमा ग्रेन् घिम बनाउन लागेकोले सहयोग गर्न आग्रह गरे । ‘यो सबै तामाङको आस्था रफुर्सदमा
आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ दक्षिण कोरियाले मनायो आदिवासी दिवस
आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ दक्षिण कोरियाले आइतबार ‘आदिवासी जनजाति आन्दोलनमा साहित्यको भूमिकाः हिजो आज र भोली’ नामक कार्यक्रमको आयोजना गरेर अन्तराष्ट्रिय आदिवासी दिवस मनाएको छ । कार्यक्रममा कवि लेखक भूपाल राई र लेखिका कुमारी लामाले आदिवासी साहित्यको विभिन्न पक्षमा आफ्नो विचार राखेका थिए । जुम मार्फत भएको कार्यक्रममा लेखक राईले साहित्यमा अहिले जनजातिका आक्रोसका विभिन्न पक्ष आएको बताएका छन् । ‘अहिले गरिरहेको साहित्य आक्रोशको सेरोफेरोमा छ । अबको समय हाम्रोफुर्सदमा
कोरियामा विश्व आदिबासी दिवस मनाइयो
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले विश्व आदिवासी दिवस आईतबार मनाएको छ । महासंघले कोरियामा रहेका विभिन्न जातका खाना र जातीय झाँकी सहित कार्यक्रम आयोजना गरेको हो । विश्वमा रहेका आदिवासीको ज्ञानलाई संरक्षण गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति अन्तराष्ट्रिय महासंघका उपाध्यक्ष लोचन राईले वताए । ‘विश्वमा हाम्रो पहिचान फरक छ । त्यसको संरक्षण हुनु पर्छ ।’ कार्यक्रममा नेपाल तामाङ घेदुङ, मगर संघ, तमु धीं, किराँत राई यायोख्खा,फुर्सदमा
किराँत याक्थुङ चुम्लुङको १२ औं महाधिवेशन सेप्टेम्बरको १० तारिखमा हुने
किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १२ औं महाधिवेशन सेप्टेम्बरको १० तारिख शनिबार हुने भएको छ । चुम्लुङले कोरियाको लामो विदा छुसकमा कोरियामा रहेका नेपालीहरुको लामो बिदा हुने भएकोले सबै सजिलै भेटघाट हुने भएकोले अधिवेशन गर्न लागेको जनाएको छ । हामी, हाम्रो पहिचान र अस्तित्वको लागि एक हौं । भन्ने मुख्य नारा रहेका महाधिवेशमा कोरिया रहेका सबै नेपालीलाई सहभागि हुन आयोजकले आग्रह गरेको छ । दोङदेमुनको नेपाली थाई रेष्टुरेन्टको सभाहलमा हुनेफुर्सदमा
विश्व आदिवासी दिवस अगष्ट १४ मा मनाइने
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले विश्व आदिवासी दिवस १४ अगस्ट आईतबार मनाउने भएको छ । महासंघले कोरियामा रहेका विभिन्न जातीय झाँकी सहित कार्यक्रम आयोजना गर्न लागेको हो । ‘यो कोरियामा रहेका सबै नेपालीको कार्यक्रम हो । यो हाम्रो पहिचान र भाषा धर्म र संस्कार बचाउने एउटा अभियान पनि हो ।’ महासंघका महासचिव प्रितम लिम्बूले भने । ‘कोरिनाका कारण अघिल्लो वर्ष विश्व आदिवासी दिवस हुन सकेको थिएन । यस पटकफुर्सदमा
चुम्लुङ बुसान शाखाको चौथो अधिवेशनबाट संजोग कन्दङ्वाको नेतृत्वमा नयाँ कार्यसमिती
जुन ५ तारिख आइतवार किरात याक्थुङ चुम्लुङ बुसान साखाको चौथो अधिबेशन सम्पन्न भएको छ्। अधिवेशनले संजोक कन्दङ्वाको नेतृत्वमा २१ सदस्यिय नयाँ समिति गठन गरेको छ्। उक्त अधिवेशनले बरिस्ठ उपाध्यक्षमा सबिन लिङ्खिम यसैगरी उपाध्यक्षहरु मा दिवश वनेम रोशन फियाक र प्रताप चन्द्र इदिङ्गो लाई चयन गरेको छ भने सचिवमा चन्द्र लिम्बू र सह- सचीव गोपाल लिम्बू चयन भएका छन्। कोषाध्यक्ष श्री चेम्जोङ र सह कोषाध्यक्षमा सानू कन्दङ्वाले जिम्मेवारी सम्हाल्ने भएका छन्।फुर्सदमा
किरात राई यायोक्खा कोरियाले भब्यताका साथ साकेला मनाउँदै
किरात राई यायोक्खा दक्षिण कोरियाले जुन ५ तारिख आइतबार साकेला पर्व आयोजना गर्ने भएको छ। विगतका वर्षहरुमा आयोजना गरिएकै स्थान सौल स्थित सुङ्गिन ग्रीन पार्कमा कार्यक्रम हुने आयोजकले जनाएको छ। ‘नौ लाख किराँती एउटै शान, पुर्खाको विरासत हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सम्पन्न हुन लागेको कार्यक्रममा शुभकामना आदानप्रदान साथै राई जातीको मौलिक साकेला सिली नाच, विविध साँस्कृतिक झाँकी एवम मौलिक परिकार र पेयपदार्थहरु रहने छ। प्रत्येक वर्ष आफ्नो पहिचानफुर्सदमा