तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दक्षिण कोरियाको बुसानमा चासोक तङनाम मनाईयो
डिसेम्बर १९ का दिन दक्षिण कोरियाको बुसानमा भव्यताका साथ किरात याक्थुङ लिम्बुहरू को चासोक तङनाम मनाइएको छ । लुम्बिनी सभा हलमा सांस्कृतिक रूपमा चासोक पूजा सहित याक्थुङ लिम्बुहरूको पर्व मनाईएको थियो। आफ्नो मौलिक संस्कृति र परम्परालाई कायम राख्न चासोक तङनाम मनाइएको आयोजक किरात याक्थुङ चुम्लुङ बुसान शाखाका अध्यक्ष दिपा वरुमहाङले जानकारी गराए। आदिवासी जनजाती महासंघ बुसानका अध्यक्ष परी गुरुङको प्रमूख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ, तमु धिफुर्सदमा
कोरियाको खजे दोमा चासोक तङ्नाम मनाईयो
दक्षिण कोरियाको खजे दो मा याक्थुङ सयङको आयोजनामा याक्थुङ लिम्बुहरूको महान चाड चासोक तङनाम डिसेम्बर १८ तारीख शनिबार साँझ मनाईएको छ । कोरियाको प्रतिष्ठिट पानीजहाज कम्पनी dsme मा कार्यरत लिम्बुहरूको संस्था याक्थुङ सयङको आयोजनामा चासोक तङनाम मनाइएको हो । सो स्थानमा प्रत्येक वर्ष लिम्बुहरूको महान पर्व चासोक तङनाम मनाईंदै आइएको छ। पुर्खाहरूको रीतिथिति बचाउन र मौलिकता कायम राख्न प्रवासमा पनि चासोक तङनाम मनाइएको आयोजक संस्थाका सचिव सविन लिङ्खिमले बताए ।फुर्सदमा
तमू धीं थेगु शाखा कोरियाको दोश्रो अधिवेशनबाट अध्यक्षमा गणेश गुरुङ
तमू धीं थेगु शाखा दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार संस्थाका अध्यक्ष हर्क गुरुङको सभापतित्व र तमू धीं दक्षिण कोरिया केन्द्रीय अध्यक्ष लेसन गुरुङको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो । तमू धीं थेगु शाखाको दोश्रो अधिवेशनमा संस्थाका उपाध्यक्ष विनोद गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका सचिव बिल गुरुङले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मणि गुरुङले आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । सोफुर्सदमा
किरात याक्थुङ चुम्लुङ बुसान कोरियाले चासोक तङनाम मनाउने
किरात याक्थुङ चुम्लुङ बुसान शाखाले लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम ५०८१ (उधौली पर्व २०७८) मनाउने भएको छ। चासोक कार्यक्रम डिसेम्बर १९ तारिख आइतबारका दिन लुम्बिनी सभा हलमा हुने आयोजकले जानकारी गराएका छन्। सदा झै यो वर्षपनी याक्थुङ मौलिक संस्कार, संस्कृती, धर्म ,भेष भुषाको प्रवर्द्धन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष दिपा वरुमहाङले अवगत गराएकी छिन्। उक्त कार्यक्रममा सम्पूर्ण नेपालीहरुमा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।
कोरियाको किम्हे बुसानमा आउँदो जनवरी २ तारिख तमू ल्होसार मनाईदै
तमू धीं ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाको आयोजनामा तमू (गुरुङ) समुदायको नयाँ वर्ष तथा महान् राष्ट्रिय पर्व तमू ल्होसार मनाउने भएको छ । आउँदो २०२२ जनवरी २ तारिख आइतबारको दिनमा किम्हे स्थित लुम्बिनी रेष्टुरेण्टुको हलमा शुभकामना आदानप्रदान, दिवा भोज (स्यों कैं) र विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेर उक्त ल्होसार मनाउने भएको हो । तमू जातीको परम्परा र मान्यता अनुसार हरेक वर्ष वर्ग (ल्हो) फेरिने र सोही वर्ग चक्र अनुसार नयाँ वर्षकोफुर्सदमा
तमू धीं दक्षिण कोरिया जेजुदो शाखाको प्रथम अधिवेशनबाट निरु गुरुङ नेतृत्वको कार्यसमिति चयन
बोम्जन गुरुङ २८ नोभेम्बर २०२१, सउल कोरिया । तमू धीं दक्षिण कोरिया जेजुदो शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनका संयोजक मान गुरुङको सभापतित्व र सोही संस्थाको केन्द्रीय अध्यक्ष लेसन गुरुङको प्रमुख आतिथ्यतामा सो अधिवेधन सम्पन्न भएको हो । संस्थाको सक्रिय व्यक्तित्व निरु गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा कार्यक्रमका प्रमुख अतिथि तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङले आफ्नो भाषा, धर्म, संस्कृति र संरक्षणका निम्तिफुर्सदमा
तमू धीं थेगु शाखा द. कोरियाको दोश्रो अधिवेशन यहि डिसेम्बर १२ तारिक हुने
बोम्जन गुरुङ ०५ डिसेम्बर २०२१, सउल कोरिया “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” भन्ने तमू (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै आएको संस्थागत मूल नारालाई अनुशरण गर्दै सन् २०१८ मा स्थापित तमू धीं थेगु शाखा दक्षिण कोरियाको दोश्रो अधिवेशन यही डिसेम्बर १२ तारिक थेगुस्थित बालाजी रेष्टुरेण्टुमा हुनेफुर्सदमा
स्याङ्जा भिरकोट आठथर तमु समाज द. कोरियाको चौथो अधिवेशन सम्पन्न, विजय गुरुङको नेतृत्वमा कार्यसमिति चयन
बोम्जन गुरुङ ०५ डिसेम्बर २०२१, सउल कोरिया स्याङ्जा भिरकोट आठथर तमु समाज दक्षिण कोरियाको चौथो अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । शनिवार समाजका अध्यक्ष देवेन्द्र गुरुङको सभापतित्व र समाजका संरक्षक एवं संस्थापक अध्यक्ष नर कुमार गुरुङको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो । समाजका वरिष्ठ उपाध्यक्ष सनमाया गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका कोषाध्यक्ष मनोज गुरुङले संस्थाको प्रगति प्रतिवेदन र आर्थिक आयव्यय विवरण र सचिवफुर्सदमा
स्याङ्जा भिरकोट आठथर तमु समाज द. कोरियाको चौथो अधिवेशन डिसेम्बर ४ मा हुने
बोम्जन गुरुङ ३० नोभेम्बर २०२१, कोरिया “आत्मीय सद्भाव, अनुशासन र गतिशीलता, मानवीय सहयोग गर्नु हाम्रो अभिभारा” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१५ मा स्थापित दक्षिण कोरियामा रहेको जातीय संस्था स्याङ्जा भिरकोट आठथर तमु समाजको अधिवेशन यही डिसेम्बर ४ तारिक सउलस्थित दोङ्देमुनमा हुने भएको छ । तेश्रो कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको समाजका अध्यक्ष देवेन्द्रफुर्सदमा
दोस्रो तामाङ सेलो संगीत महोत्सव-२०७८ मंसिर २४ र २५ मा हुने
नेपाल तामाङ कलाकार संघ नेपालले “दोस्रो तामाङ सेलो संगीत महोत्सव-२०७८” आगामी मंसिर २४ र २५ मा हुने तामाङ घेदुङको सभा हलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत बताएको छ । “हाम्रो संस्कार संस्कृतिको संरक्षण सम्बर्द्धन र प्रबर्द्धन गरौं, दोस्रो तामाङ सेलो संगीत महोत्सव-२०७८ हामी सबै मिलि सफल पारौं ।” नाराका साथ हुने महोत्सवको मूल आकर्षणमा ताम्बा संस्कृति रहने नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले जानकारी दिनुभयो । साथै तम्बाहरुद्वारा डम्फुको महत्त्वलाईफुर्सदमा