तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आदिवासी जनजाती महासंघ बुसान शाखाद्वारा सहयोग रकम हस्तान्तरण

आदिवासी जनजाती महासंघ बुसान शाखा दक्षिण कोरियाद्वारा मुटु रोगबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गरेको छ । महासंघले आर्थिक संकलन गर्दैगरेको अबस्थामा रुपन्देहीका पुरन बहादुर गुरङका १ वर्षिय छोरी मरिन गुरुङको उपचारको क्रममा मृत्यु भएको थियो । आर्थिक अवस्था कम्जोर भएकोले संकलन भएको नेपाली १ लाख ५० हजार सहयोग रकम मृतकका बुबालाई हस्तान्तरण गरिएको हो । मुटुमा दुई वटा प्वाल देखिए पछि गंगालाल हृदय केन्द्रमा उपचार्थ रहेको छ । डाक्टरकोफुर्सदमा

कुलमान घिसिङकालाई पुनःनियुक्ति गर्न आदिवासी जनजातिको माग

गत हप्ता नेपाल विद्युत प्राधिकरणको प्रमुख बाट आफ्नो कार्यकाल पूरा गर्दै कुलमान घिसिङ बिदा भए । सबैको अनुमान थियो उज्यालो नेपालको महानायकको रुपमा स्थापित भैसकेको कुलमानलाई वर्तमान सरकारले निरन्तरता दिनेछ । तर सबैको अनुमान बिपरित सरकारले कुलमानको कार्यकाल थपिएन । त्यस पश्चात् चौतर्फी रुपमा सरकारको आलोचना मात्रै हैन स्वस्फूर्त सडकमा समेत आउन थालेको छ । यसै क्रममा आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ(नेफिन)ले पनि एक प्रेस विज्ञप्ति जारीफुर्सदमा

भोटे भन्दै सामाजिक संजालमा भएको पोस्ट बारे दूतावास र नेफिन कोरियाको ध्यानाकर्षण, कोरियनहरु कसरी भोटे भए ?

केही दिन देखि दक्षिण कोरियामा रहेका नेपालीहरु बीच सामाजिक संजालमा भैरहेको विवाद बारे नेपाली दुतावास सउल र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित सबैलाई ध्यानाकर्षण गराएको छ । केही समय अघि केही ब्यक्तिहरुले “भोटे” शब्द प्रयोग गर्दै कोरियनलाई होच्याउने खालको स्ट्याटस लेखेको थियो । यसरी भोटे शब्द प्रयोग नगर्न आदिवासी तथा जनजाती अभियानताहरुले अनुरोध गर्दा उल्टै तथानाम गाली गलौज गर्न थालेपछि विवाद जन बढ्न थालेकोफुर्सदमा

किराँत याक्थुङ चुम्लुङ् दक्षिण कोरियाले सेप्टेम्बर ७ बाट बिश्वब्यापी टिक-टक प्रतियोगिता गर्ने

दक्षिण कोरियामा ५० हजार नेपाली रुपिया बराबरको प्रथम पुरस्कार सहित बिश्वब्यापी टिक-टक प्रतियोगिता हुने भएको छ । किराँत याक्थुङ चुम्लुङ् दक्षिण कोरिया सिरिजङ्गा साँस्कृति बिभागले अर्को हप्ता अर्थात आगामी सेप्टेम्बर ७ तारिखबाट १ महिने टिक-टक प्रतियोगिता गर्न लागेको हो । “हामी हाम्रो पहिचान र अस्तित्वको लागी एक हौं” भन्दै “कला संस्कार र सांस्कृति हाम्रो पहिचान, यसको संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान “भन्ने मुल नाराका साथ गर्न लागेको यस प्रतियोगितामाफुर्सदमा

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरीयाद्वारा बिरामीलाई आर्थिक सहयोग

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले क्यान्सर रोगबाट पीडित विरामीलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। ताप्लेजुङ सिदिङ्ग्वा गाउपालिका वार्ड न ४ साब्लाखु मिश्रटारका डिल्ली प्रसाद तुम्बापोलाई उक्त रकम सहयोग गरिएको चुम्लुङ अध्यक्ष मिराक लिम्बूले जानकारी गराएका छन्। लामो समयदेखि त्रिवेणि गुफा माङहिमको रेखदेख गर्दै आएका पूजारी तथा मुन्धुम साबा तुम्बापोलाई भाद्र ५ शुक्रबारका दिन किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष भक्तबहादुर लिम्बूबाट सहयोग रकम हस्तान्तरण गरिएको चुम्लुङ महासचिव सागरफुर्सदमा

किरात राई यायोक्खा दक्षिण कोरियाको अनलाईन अन्तरक्रिया कार्यक्रम सम्पन्न

किरात राई यायोक्खा दक्षिण कोरिया र केन्द्रिय समिति नेपालका अध्यक्ष श्री दिवश राई बीच अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अगस्ट १६ तारिख आइतबार भएको अन्तरक्रिया कार्यक्रममा केन्द्रिय अध्यक्षद्वारा यायोक्खा स्थापना कालदेखिका गतिविधि र अहिलेसम्म हासिल गरेका उपलब्धिहरुबारे जानकारी गराइएको थियो। उहाँले संस्था वि.सं.२०४५ सालमा स्थापना भई वि.स. २०६४ सालबाट निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्दै आएको र हालसम्म करिब ३०० जना भन्दा बढी नेपाल सरकार अन्तर्गत निजामतीफुर्सदमा

नेफिन कोरियाको अगस्ट १६ मा हुने भनिएको कार्यक्रम स्थगित

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले आज अर्थात अगस्ट १६ मा गर्ने भनिएको सम्पुर्ण कार्यक्रम स्थकित भएको छ । कोरियामा अचानक केही दिन देखि पुनः वृद्धि भएको कोभिड-१९ महामारी र कोरियन सरकारले थप सतर्कताको लागि जारी गरेको सूचनालाई मध्यनजर गर्दै तत्काल महासंघ कार्यसमितिको बैठक बसि महासंघले अगस्ट १६ आइतबारको दिन तय गरिएको बिश्व आदिवासी दिवस तथा वार्षिकसाधारणसभा लगायत सम्पुर्ण कार्यक्रम स्थगित गरिएको एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो ।फुर्सदमा

आफनो पहिचानको बुलन्द गर्दै उठौं आदिवासी ।

तेज प्हच्यु तमु /कतार   यही राष्ट्रका भूमीपूत्र हौँ तर हामी उपेक्षित आदिवासी कर्तव्यबोध नगरी हुँदैन अधिकार अपेक्षित आदिवासी   हाम्रै पौरख र पसिनाले सिंचित यो धर्ती हाम्रै यो माटो हाम्रै आदिम कालखण्डमा पूर्खाले छिचोलेका यी मूलबाटो हाम्रै   इतिहास केलाउनु टड्कारो छ कहाँ किन चुक्यौं आदिवासी राष्ट्रिय समुदायमा नै विभेद छ कहिले किन झुक्यौं आदिवासी   मौलिक संस्कृति, मौलिक भाषा सबै हाम्रो पृथक पहिचान मौलिकताकै अतिक्रमण नहोस अब थालौंफुर्सदमा

कोरियाको बुसानमा भब्यताका साथ मनाए २६ औ विश्व आदिवासी दिवस, बुसान शाखाको अध्यक्षमा रण तामाङ

आदिवासी जनजाती महासंघ बुसान शाखाले आयोजना गरिएको २६ औ विश्व आदिवासी जनजाती दिवस तथा संस्थाको तेस्रो साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ । यसै सभाको बन्द सत्रबाट रिक्त रहेको अध्यक्ष पदमा वर्तमान कार्यवाहक अध्यक्ष रण तामाङलाई नै अध्यक्षको जिम्मेवारी समेत दिएको छ । ख्यङसाङनाम्दो किम्हे शहर स्थित लुम्बिनी रेष्टुरेण्टमा आइतबार( ९ अगष्ट) भएको उक्त कार्यक्रमको खुल्ला सत्र आदिवासी जनजाती महासंघ केन्द्र, दक्षिण कोरियाको अध्यक्ष युगेल तेण्डुप शेर्पाको प्रमुख अतिथ्यामा भएकोफुर्सदमा

चुम्लुङ कोरिया बुसानद्वारा वनभोज एवम भेटघाट कार्यक्रम सम्पन्न

किरात याक्थुङ चुम्लुङ बुसान दक्षिण कोरियाले गर्मी बिदाको अवसर पारेर वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। अगष्ट ०२ तारिख आईतबारका दिन गजेदो स्थित ओप्पो डाडामा कार्यक्रम आयोजना गरिएको थियो। गैर आवासीय नेपाली संघ कोरियाका अध्यक्ष यज्ञ राज सुवेदीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कोरियामा छरिएर रहेका याक्थुङ तथा गैर याक्थुङ समुदाय बिच मैत्रीपूण भेटघाट गरिएको थियो। यो वनभोज एवम भेटघाट कार्यक्रमले याक्थुङ एवम गैर याक्थुङबीच एक आपसमा आत्मियता जोड्नका लागिफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...