तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाली संघिय समाज दक्षिण कोरिया गिम्पो क्षेत्रीय कमिटीको गठन अध्यक्षमा हर्क राज फागो
नेपाली संघीय समाज दक्षिण कोरियाको गिम्पो क्षेत्रीय कमिटि गठन भएको छ । शनिबार भएको भेलाले हर्कराज फागोलाई अध्यक्षमा चयन गरेका छन् । जातीय मुक्तिका लागि संघियता, वर्गिय मुक्तिका लागि समाजवाद भन्ने नाराका साथ आयोजित प्रथम अधिवेशन सफल रुपमा सम्पन्न गराएकोमा केन्द्रिय अध्यक्ष महेन्द्र राई लगायत कमिटीका संस्थापक अध्यक्ष नुबेन्द्र थाम्सुहाङ लिम्बूले नव कार्य समितीलाई बधाई र शुभकामना दिएका छन । नेफेसो क्षेत्रीय कमिटीको नव निर्वा्चित कार्य समितीमा उपाध्यक्ष बिष्णु श्रेष्ठ,फुर्सदमा
शेर्पा संघ दक्षिण कोरियाले ‘ग्याल्बो लोसार साँझ’ फेब्रुअरी ४ मा मनाउने
शेर्पा संघ दक्षिण कोरियाद्वारा अगामी फेब्रुअरी ४ मा ‘ग्याल्बो लोसार साँझ’ मनाउने भएकाे छ । बेलुकी ७ बजेबाट सुरू हुने कार्यक्रम बिहान ६ बजे सम्म हुने चल्ने अायाेजकले बताएकाे छ । भाषा लिपि,मौलिक चाडबाड हाम्रो पहिचान, ऐतिहासिक सांस्कृति र परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय मौलिक पर्व सखम फाग ल्हो २१४६ औं ग्याल्बो लोसार साँझ सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । संघकाफुर्सदमा
लिम्बुवान प्रदेश प्रवास सम्पर्क समिति दक्षिण काेरियाकाे जनवरी ६ मा प्रथम अधिवेशन हुने
जातीय मुक्तिका लागि संघियता, वर्गिय मुक्तिका लागि समाजवाद भन्ने नाराका साथ आगामी जनवरी ६ तारिख राजधानी सउलकाे नेपाल हाउसमा लिम्बुवान प्रदेश प्रवास शाखा दक्षिण काेरियाकाे प्रथम अधिवेशन हुने भएको छ । नेपाली संघीय समाज दक्षिण कोरियाको केन्द्रिय महाअधिवेशन आगामी फरवरी आयोजना हुने भएकोले यस पार्टी अन्तर्गत रहेका सबै जातीय, क्षेत्रीय संगठनहरुको अधिवेशन सम्पन्न गर्न केन्द्रिय पार्टीको निर्देशन अनुशार लिम्बुवान प्रदेश प्रवास सम्पर्क समिति कोरियाको प्रथम अधिवेशन आयोजन गर्न लागेको संयोजकफुर्सदमा
आदिबासी जनजाति महासंघले जातिय चाडहरुको सार्बजनिक बिदा कटौतिको बिरोध गर्दै राजदूताबासमा ज्ञापन पत्र बुझायो
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले बिभिन्न समुदायले मान्दै आएको चाडहरुको सार्बजनिक बिदा कटौती गरेको बिरोध गर्दै राजदुताबासमा ज्ञापनपत्र बुझाएको छ । आइतबार बुझाएको ज्ञापनपत्रमा पुनः जातिय चाडहरुमा सार्बजनिक बिदा दिन माग गरिएको छ । महासंघका पदाधिकारी र सबै जातीय नेताहरु सहित सउलमा रहेको नेपाली दूतावासमा पुगी सामुहिक रुपमा दक्षिण कोरियाको लागि नेपालका राजदुत अर्जुनजंग बहादुर सिंहलाई सो ज्ञापनपत्र बुझाएको हो । गत बर्षसम्म सार्बजनिक बिदा दिइने भए पनि योफुर्सदमा
दक्षिण कोरियामा ह्योल्मो समाजको सोनाम ल्होसार फेव्रुअरी ५ मा
आगामी २०१९ फेव्रुअरी ५ मा ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाले २१४६ औं स खम फाग ल्हो (अर्थात पृथ्वी वर्ग बदेल वर्ष) ल्होसार मनाउने भएको छ । आफ्नो कला, संस्कार, संस्कृतिलाई जर्गेणा गर्दै नयाँ पुस्तालाई कार्यक्रममा संलग्न गराइ नयाँ वर्षको शुभकामना आदन प्रदान गर्ने भएको हो । ‘कोरियामा संख्यात्मक हिसाबले थोरै रहे पनि आफ्नो कला संस्कृति भेष भुषालाई अंगाली राखेका छौ । त्यसैले सोनाम ल्होसारको हाम्रो महान चाड हो ।’ ह्योल्मोफुर्सदमा
तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसानले फेब्रुअरी ३ मा सोनाम ल्होछार मनाउने
आउदै गरेको कोरियन चाड सलनालमा अर्थात् फेबु्रअरी ३ तारिख आइताबारका दिन किम्हे शहरमा तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसान, दक्षिण कोरिया र DSME तामाङ समाज मिलेर सोनाम ल्होछार २८५५ फेब्रुअरी ३ मा मनाउने भएको छ । कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसान दक्षिण कोरियाका अध्यक्ष विश्वास ब्लोनको संयोजकत्वमा सोनाम ल्होछार मूल अयोजक समिति गठन गरिएको छ । मूल आयोजक समितिसंगै विभिन्न पाँचवटा उपसमिति पनि गठन गरिएका छन् ।फुर्सदमा
तमु धीं दक्षिण कोरिया थेगु शाखाले डिसेम्बर ३० मनाउने तमु ल्होछारको तयारी तीव्र
तमु धीं दक्षिण कोरिया थेगु शाखाले यहि आउँदो डिसेम्बर ३० मा तमु ल्होसार मनाउने भएको छ । खी (ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो(ल्हो (मृग वर्ग) लाई स्वागत गरि (स्यों कैं) दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिने भएको हो । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराएफुर्सदमा
ख्यङ्साङ्नाम्दो किम्हेमा तमू ल्होछार २०७५ भव्य रुपले सम्पन्न
आइतबार तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो शाखाद्वारा ख्यङ्साङ्नाम्दो किम्हेमा तमु(गुरुङ) हरुको नयाँ वर्ष फो ल्होसारर ल्होछार २०७५ विभिन्न साँस्कृतिक कार्यक्रम र स्योंकैं (दिवा भोज) आयोजना गरि मनाएको छ । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै ल्होसार मनाएको हो । कार्यक्रममाफुर्सदमा
चासोक तङ्नामकाे फोटो फिचर
लिम्बू समुदायको मुख्य चाड चासोक तङ्नाम नेपाल लगाएत विश्व भरि मनाइदै छ । दक्षिण कोरियामा रहेका लिम्बु समुदायले सउलमा आइतबार चासोक तङनामलाई भब्य रुपमा मनाए ।
गत हप्ता निधन भएका धनसिं तामाङको श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न
नेपाल तामाङ संघ दक्षिण कोरिया र चितवन सम्पर्क समितिले गत बुधबार निधन भएका धनसिं तामाङ (बोम्जन) को श्रद्धान्जली सभा गरेको छ । गत बुधबार तामाङको हृदयघातका कारण मृत्यू भएको थियो । श्रद्धान्जली सभामा नार्गाजुन गुम्बाका लामा प्रमुख उर्गेन लामाले बौद्ध पराम्परा अनुसार पुजापाठ गरेका थिए । कार्यक्रममा मृतक तामाङको श्रीमती र छोरीज्वाइ उपस्थित थिए । ‘विदेशमा अप्ठ्यारो पर्दा यसरी सबै एकै ठाउमा जम्मा भएर सहयोग सान्त्वना दिन सक्नु राम्रो पक्षफुर्सदमा