तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाल मगर संघ थेगुले माघे संक्रान्तिमा सांस्कृतिक कार्यक्रम गर्ने
मगर जातीको मौलिक पर्व माघे संक्रान्तिको अवसरमा मगर सघ थेगु शाखाको मुख्य आयोजनामा जनवरीको १४ तारिखमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमलाई नेपाल मगर संघ दक्षिण कोरिया, किम्हे बुसान शाखा, खजेदो शाखाले समेत सहयोग गर्नेछ । कार्यक्रमका लागि नेपालबाट कलकार आउनुका साथै कोरियामै रहेका कलाकारको साथमा संस्कृतिक कार्यक्रम गर्ने मगर संघ थेगुका अध्यक्ष अध्यक्ष शालिकराम पुलामी मगरले बताए । कार्यक्रमलाई सब्य र भब्य रुपमा सफल पार्नको लागि नेपाल मगरफुर्सदमा
पोखरामा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले चांडै नै उद्योग व्यवसाय संचालन गर्ने
स्वदेश तथा विदेशमा विभिन्न क्षेत्रमा क्रियाशील नेपालीहरुको सामुहिक लगानीमा स्थापना भएकोे मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले हंसिर १६ गते पोखरामा “उद्योग तथा व्यापार व्यवसाय सम्बन्धि सामाजिक सचेतनाका लागि श्रव्य दृश्य प्रस्तुती र कम्पनीको योजनाको बारेमा अन्त्ररक्रिया कार्यक्रम गर्यो । कार्यक्रममा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक सचेतनाका लागि श्रब्यदृश्य प्रस्तुति गरेको थियो । कम्पनीले पोखरामा बिस्तार गर्न लागेको योजनाहरुको बारेमा बिस्तृत जानकारी दिइएको थियो । कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुँदै नेपालफुर्सदमा
जनजाति महासंघ, दक्षिण कोरियाको अनुरोध
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले आदिवासी जनजति समुदायको विभिन्न मौलिक चाड पर्वलाई कोरियामा पनि भब्यरुपमा मनाउदै आएका छन् । यसैक्रममा आगामी आइतबार डिसेम्बर १० तारिख सउलमा किराँती समुदायको मौलिक उधौली पर्व चासोक तङनामको उपलक्ष्यमा कार्यक्रम गर्न लागिएको जानकारी गराउदै सबैमा हार्दिक निमन्त्रणाको अनुरोध गरेको छ । सउल सिटी हल नजिकै गर्न लागिएको ऐले तङ्बे ५०७७ को चासोक तङ्नाम कार्यक्रममा विभिन्न जातिय भेषभुषा सहित परम्परागत झाँकी र सांस्कृतीक नृत्य पनिफुर्सदमा
नेपाल आदिबासी जनजाति महासंघ कोरियाको पांचौ महाधिबेशन सम्पन्न,अध्यक्षमा चाम्लिङ।
पहिचान र अधिकार सहितको संघियता आदिबासी जनजातिको अडान ! अपुरो र अधुरो संबिधान संसोधनको लागि हाम्रो साझा अभियान!! भन्ने मुल नारा सहित नेपाल आदिबासी जनजाति महासंघ कोरियाको पांचौ महाधिबेसन सम्पन्न भएकोछ। महाधिबेशनले पवन चाम्लीङ्ग राईको अध्यक्षतामा नयां कार्य समितिको गठन सर्बसम्मत रुपमा गरेकोछ। नेपाल आदिबासी जनजाति महासंघ कोरियाको निबर्तमान अध्यक्ष चित्र मोक्तानको अध्यक्षतामा महासचिब केशर दर्लामी मगरले कार्यक्रम संचालन गरेका थिए भने निबर्तमान बरिष्ठ उपाध्यक्ष पवन चाम्लिङ्गले मन्तब्यले स्वागत गरेकाफुर्सदमा
महासंघको नेतृत्वमा पवन चाम्लिङ
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको पाँचौ अधिवेशनमा पवन चाम्लिङ राई अध्यक्ष पदमा निर्वाचित भएका छन् । कोरियामा रहेका विभिन्न जातिय संघसंस्थाका छाता संगठनका रुपमा रहेको नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको यही आइतबार , नोभेम्बर २६ तारिखमा सम्पन्न अधिवेशनले राईको नेत्तृत्वमा नयाँ कार्यसमितिको चयन गरेको हो । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष समेत रहेका चाम्लिङ अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन् । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मल्लिका थकाली, उपाध्यक्षमा गजेन्द्रफुर्सदमा
किरात याक्थुङ चुम्लुङ कोरिया बुसान शाखाको अध्यक्षमा किरण सुन्दर कन्दङ्वा चयन
किरात याक्थुङ चुम्लुङ कोरिया बुसान शाखाको अध्यक्षमा किरण सुन्दर कन्दङ्वा चयन भएका छ्न्। २०१४ मा नै शाखा विस्तार गरिएपनी सो समिती निष्कृय भइ भिघटन भएको थियो। नोभेम्बर १९ तारिख आइतबारको दिन पुनः क्षेत्रीय भेला एवम याक्थुङ भेटघाट कार्यक्रम आयोजना गरि नयाँ समिती गठन गरिएको छ। उक्त सभाले किरण सुन्दर कन्दङवाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ। अन्य पदाधिकारीहरुमा खगेन्द्र पालुङ्वा वरिष्ठ उपाध्यक्षमा चयन भएका छ्न् भने घनेन्द्र नेम्बाङ, निस्माफुर्सदमा
शेर्पा संघ कोरियाले सलनालमा ल्होसार मनाउने
सोल, दक्षिण कोरियामा लामो समय देखि विभिन्न सामाजिक र परोपकारी कार्य गर्दै नेपाली समुदाय माझा आफ्नो पहिचान स्थापित गर्न सफल शेर्पा संघ कोरियाले यसपाली पनि ग्याल्बो ल्होसार मनाउने भएका छन् । गत आइतबार फेनतेकमा सम्पन्न बैठकले आगामी कोरियन पर्व सलनालको अवसरमा फेब्रवरी १६ तारिख ग्याल्बो ल्होसार मनाउने निर्णय गरेको हो । प्रवास मै रहेर आफ्नो भाषा, धर्म, सांस्कृतिकको संरक्षण तथा प्रवर्दन गर्न सांस्कृतिक पर्व ल्होसार मनाउन लागेको संघको अध्यक्ष सेरफुर्सदमा
तमु धीं दक्षिण काेरियाकाे अाठाैं अधिवेशनका लागि स्थान (हल) परिबर्तन
तमु धीं दक्षिण काेरियाकाे अाठाैं अधिवेशनकाे स्थान हल परिबर्तन गरिएकाेछ। २०१७ नाेभेम्वर १९ तारिख अाइतबारका दिन नेपाल हाउसमा हुने भनिएकाे अधिबेशनकाे हल परिबर्तन गरि याक्सु स्थित सउल छङ्साे न्यन सूर्याेनग्वानकाे हलमा हुने कुरा तमु धिका सचिब हिमान्सु गुरूङले बताएका छन्। १९९९ मा स्थापित भएकाे तमु धीं दक्षिण काेरिया अाज सम्म काेरियामा विभिन्न जातिय तथा क्षेत्रिय सघं सस्थासगं हातेमालाे गर्दै अाएकाे सस्था हाे । स्थापना काल देखी नै तमु धींले विदेशफुर्सदमा
तमु धीं दक्षिण काेरियाकाे अाठाै अधिवेशन २०१७ नाेभेम्बर १९ तारिख हुने
तमु धीं दक्षिण काेरियाकाे अाठाैं अधिवेशन २०१७ नाेभेम्वर १९ तारिख अाइतबारका दिन हुने भएकाेछ। २०१७ अक्टोबर २२ तारीख तमु धीका अध्यक्ष प्रदीप गुरुङकाे अध्यक्षतामा दोङ्देमुन स्थित अन्नपूर्ण सान रेस्टुरेन्टमा बसेकाे बैठकले संस्थाकाे उक्त अधिबेसन नेपाल हाउसमा गर्ने निर्णय गरेकाे हाे। १९९९ मा स्थापित भएकाे तमु धीं दक्षिण काेरिया अाज सम्म काेरियामा विभिन्न जातिय तथा क्षेत्रिय सघं सस्थासगं हातेमालाे गर्दै अाएकाे सस्था हाे । स्थापना काल देखी नै तमु धींले विदेशफुर्सदमा
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना सम्मानित
अमेरिका नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना अमेरिकामा सम्मानित भएको छ । न्यूयोर्क सिटी कम्प्ट्रोलर स्कट स्ट्रिङगरले जनजाति महासंघले, अमेरिकामा रहेका आदिवासी जनजातिको जातिय भेषभुषा, संस्कृतिको संरक्षणका साथै, पहिचान र अधिकारको क्षेत्रमा अतुलनिय काम गरेको भन्दै सम्मान गरेकाे हो । दिपावलीको अवसरमा न्यूयोर्कको क्वीन्सको एल्महस्र्ट अडिटरियम हलमा आयोजित एक कार्यक्रमका बीच कम्प्ट्रोलर स्ट्रिङगरले फिप्नाका अध्यक्ष लुइसाङ वाइवालाई सम्मानपत्र प्रदान गरेकाे हो । फिप्नाले, नेपाल आदिवासी जनजातिको संस्कृति संरक्षण र संवद्र्दनमाफुर्सदमा