तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
तमू धीं कोरियाले डिसेम्वर ३१ तारिखमा तमू ल्होसार मनाउने
तमू धीं दक्षिण कोरियाले डिसेम्वर ३१ तारिखमा तमू ल्होसार मनाउने भएको छ । त्यसैले उक्त दिन कोरियामा रहेका अन्य संघसस्थाहरुले कार्यक्रम नजुदाउन अनुरोध गरेको छ । संस्थाको कार्यसमितीको निर्णय अनुसार कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८०” मनाउने भएको अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएका हुन् । उनले थपिन् ‘विशेष हामी तमुहरुको महान चाड ल्होसार यो वर्ष डिसेम्वर ३१ तारिख (पुस १५ गते)फुर्सदमा
घेदुङ कोरियाले गर्ने अन्तरक्रियाको दोश्रो शृङ्खलामा मानवशास्त्री डा. मुक्त सिं तामाङ
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले मानवशास्त्री डा. मुक्त सिं लामा (तमाङ) सँग अन्तर्कृया गर्ने भएको छ । घेदुङले सुरु गरेको ‘गोतोजि छोर्तोजि’ (बुझौँ र जागौँ) भन्ने अन्तरक्रिया कार्यक्रमको दोश्रो शृङ्खला यही अक्टोवार २८ तारिखमा हुनेछ । डा. तामाङसँग ‘तमाङहरुको आदिम थालो’ बिषयमा अन्तर्कृया गर्ने कार्यकम संयोजक केशवमान तामङले फोनिज कोरियालाई बताएका हुन् । डा. तामाङले कर्नेल युनिभर्सिटीबाट ‘हिमालयन इन्डिजेनिटीः हिस्ट्रीज, मेमोरी एन्ड आइडेन्टिटी एमंग तामाङ इन नेपाल’ (‘Himalayanफुर्सदमा
‘गाउँ आएको बाटो’ चलचित्रको कलाकारलाई नेफिन कोरियाको सम्मान
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरियाले चलचित्र ‘गाउँ आएको बाटो’का निर्देशक र कलाकारलाई सम्मान गरेको छ । आईतबार सोलमा भएको सम्मान कार्यक्रममा यहाँ रहेका जातीय संस्थाका प्रतिनिधि उपस्थित भएका थिए । दक्षिण कोरियाको बुसान फिल्म फेस्टिवल छनोट भएको चलचित्र प्रदर्शनको लागि निर्देशक नवीन सुब्बा, कलाकार पशुपति राई, निर्माता आमोद राई, चलचित्रका सम्पादन गरेका सन्दिप श्रेष्ठ, सहनिर्देशक मिन्शो लिम्बू कोरियामा छन् । महासंघले उनीहरूलाई सम्मान गरेको हो । ‘आदिवासी जीवनलाईफुर्सदमा
नेफिन कोरिया बुसान शाखाको अध्यक्षमा पुन: परि गुरुङ
नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको अधिवेशन सम्पन्न भएको छ । आइतबार किम्हेमा भएको चौथो अधिवेशनबाट पुन: परि गुरुङ अध्यक्षमा चयन भएकी हुन् । अध्यक्ष परि गुरुङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमा नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) दक्षिण कोरियाको केन्द्रिय अध्यक्ष विशन राई प्रमुख अतिथीको रुपमा सभागि भएका थिए । कार्यक्रममा विशेष अतिथिहरुमा NRN ख्याङसाङको अध्यक्ष सुबोध भन्डारी , NCC बुसान शाखाको अध्यक्ष सङ्गित अधिकारी तथा गैर आवासीयफुर्सदमा
नेफिन बुसानको अधिवेशन अक्टोबर ०८ मा हुने, तयारी पुरा
नेपाल आदिवासी जनजाती महासंघ(नेफिन)बुसान शाखाको अधिवेशन यही अक्टोबर ०८ तारिक आईतवार हुने भएको छ । बुसानको होगेरो स्थित एक सभाहलमा चौथो अधिवेशन हुने नेफिन बुसानले जनाएको हो । अधिवेशनबाट नयाँ कार्यसमितीको निर्वाचन हुने छ । यसको लागि सम्पूर्ण तयारी पुरा भाईसकेको शाखाकी अध्यक्ष पारी गुरुङले बताएकी छिन् । त्यसैले कोरियामा रहेका सम्पूर्णलाई उपस्थितिको लागि अध्यक्ष गुरुङ्ले अनुरोध गरेकी छिन् । “यस चौथो अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउनफुर्सदमा
छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन
छन्त्याल परिवार दक्षिण कोरियाको अाइतबार अनलाईन माध्ययमवाट गरिएको बैठकवाट तिलक घरब्जा छन्त्यालको नेतृत्त्वमा नयाँ कार्यसमितिको चयन भएको छ। कार्यक्रममा बोल्दै रतन छन्त्यालले विगत लामो समयदेखि स्थापना भएको छन्त्याल परिवारमा थप उल्लेख्य रुपमा छन्त्याल जातिको भाषा संस्कृतिको संरक्षणको लागि नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए । त्यसैगरी निवर्तमान अध्यक्ष अमर छन्त्यालले विविध कारणवश अधिवेशन रोकिएको र हाल नयाँ कार्यसमिति चयन गरी नेतृत्त्व हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदैफुर्सदमा
शेर्पा संघको पाँचौं अधिवेशन सम्पन्न अध्यक्षमा दोर्ची शेर्पा चयन
शेर्पा संघ दक्षिण कोरियाको पाँचौं अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनबाट दाेर्ची शेर्पा अध्यक्षमा चुनिएका छन् । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष प्रेम लक्की शेर्पा, उपाध्यक्ष ङवाङ साेनाम शेर्पा रहेका छन् । महासचिव दाेर्जे शेर्पा, सचिब फुर्तेम्बा शेर्पा, कोषाध्यक्ष पासाङ काजी शेर्पा छन् । कार्यसमितिको सदस्यहरुमा पासाङ शेर्पा, साङ्गे रिन्जीन शेर्पा, साेनाम शेर्पा रहेका छन् । अधिवेशनको खुल्ला सत्रमा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष बिशन राई, किरात याक्थुङफुर्सदमा
घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले शनिवारदेखि ‘गोतोजि छोर्तोजि’ (बुझौँ र जागौँ) अन्तरक्रिया शृङ्खला गर्ने भएको छ । अनलाइन जुम ‘भर्चुअल’ माध्यमबाट सेप्टेम्बर २३ देखि सुरु गर्न लागेको पहिलो शृङ्खलामा अनुसन्धानकर्ता तथा लेखक खोजराज गोले अतिथीको रुपमा रहेको छ । कार्यक्रमको पहिलो शृङ्खलामा अध्यता खोजराज गोलेसंग तामाङ समुदायको संस्कार सम्बन्धी अन्तर्कृया हुने जनाएको छ । संस्कार सम्बन्धी पनि विशेष गरी विवाह संस्कृति अन्तर्गतका कुटुम्बा, साईनो, चारदामको महत्त्व, ताम्बा र डम्फुरेको भूमिका,फुर्सदमा
शेर्पा संघ कोरियाको महाधिवेशन सेप्टेम्बर ३० मा हुने
शेर्पा संघ दक्षिण कोरियाको पाँचौ महाधिवेशन सेप्टेम्बर ३० तारिखमा हुने भएको छ । महाधिवेशन सउल जिहेङ स्थित नागार्जुन गुम्बामा हुनेछ । सिप्टेम्बर ३ मा सस्थाको सल्लाहकार तथा कार्यसमितिको अनलाईन बैठकद्वारा सो निर्णय भएको अध्यक्ष थुतुङ गेल्जी शेर्पाले बताएका हुन् । कोरियन पर्व छुसकको समय पारेर गर्न लाएको उक्त अधिवेशनबाट नयाँ कार्यसमितीको निर्वाचन हुनेछ । साथै संघको बिधान संशोधन पनि हुने अध्यक्ष शेर्पाले बताए । विधान संशोधन गर्न पाँच सदस्यीय विधान संशोधनफुर्सदमा
किम्हे कोरियामा सेप्टेम्बर २९ मा छुसक डान्स पार्टी २०२३ हुने
कोरियाको किम्हेमा सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन छुसक डान्स धमाका २०२३ हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN को साथमा नवोदित गायक हेमन्त गुरुङ, गायिकाफुर्सदमा