तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
जनजाति महासंघको अधबेशन एक महिना पछि सर्यो
नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको यही अक्टोबर २९ तारिख आइतबारका हुने भनिएको अधिवेशन बिभिन्न कारणले झन्डै एक महिना पछि सरेको छ । अब उक्त कार्यक्रम नोभेम्बर २६ मा हुने महासंघले जनाएको छ । धेरै कार्यसमितिका सदस्यहरु घरबिदामा नेपाल रहेको अधिवेशनको लागि आवस्यक पुर्वाधार तयार हुन नसकेकोले अधिवेशन नै सार्नु परेको महासंघले जनाएको छ । यसबाट पर्न गएको असुबिधाका लागि महासंघले क्षमायाचना पनि गरेको छ । नोभेम्बर २६मा हुनेफुर्सदमा
कौडा नृत्य
नेपालको मगर समुदायमा प्रचलित यो नृत्य बिस्तारै हराउँदैछ । यसको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो । भिडियोमा भएको नाँच दक्षिण कोरियाको बुसानमा भएको संस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
मगर संघ दक्षिण कोरियाद्धारा सागर आलेलगाएतका कलाकारलाई सम्मान
मगर संघ दक्षिण कोरियाद्धारा सागर आलेलगाएतका कलाकारलाई सम्मानित गरेको छ । कार्यक्रममा गायिका देबी घर्ती, ज्योति मगर, सम्झना लामिछाने, दिनेश काफ्ले र बेलायतमा रहेका नेपालीमाझ भएको युके गट ट्यालेन्ट तथा युनिभर्सिटी डान्स कम्पिटेसन उपाधी बिजेता सबिता राणामगर र पबित्रा थापामगरलाई पनि नेपाल मगर संघ दक्षिण कोरियाले स्वागत तथा सम्मान गरेको हो । संघको तर्फबाट संरक्षक अप्त पुनमगर र अध्यक्ष खड्ग थापामगरले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमाफुर्सदमा
थारु कल्याणकारी दक्षिण कोरियाको अध्यक्षमा शिब चौधरी
गत शुक्रबार थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिबेशनबाट अध्यक्षमा शिव चौधरी चुनिएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा शिव शंकर महतो थारु, उपाध्यक्ष प्रेम कुमार चौधरी र सुरेश कुमार चौधरी छानिएका छन् । कार्यसमितिका अन्य पदाधिकारीमा सचिब नेत्र बहादुर चौधरी, सहसचिव विनोद चौधरी, कोषाध्यक्ष श्रृता माझी रहेका छन् । सदस्यहरुमा भुपेन्द्र थनेत थारु, विपिन चौधरी, राजु चौधरी, विनोद चौधरी, युवराज चौधरी, लिला महतोफुर्सदमा
शेर्पा संघ दक्षिण कोरिया द्वारा आयोजित साधारण सभा तथा शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न
शेर्पा संघ दक्षिण कोरियाद्वारा सौलस्थित नेपाल हाउसमा आयोजना गरिएको वार्षिक साधारण सभा तथा शुभ कामना आदान-प्रदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न संघ संस्थाको उपस्थितीमा वार्षिक रूपमा शेर्पा संघ द्वारा गरिएको विभिन्न सामाजिक गतिबिती र आय व्ययबारे समिक्षा गरिएको थियो । उक्त कार्यक्रमको सभापतित्व संघको अध्यक्ष सेर साङबो शेर्पाले गर्नु भएको थियो भने प्रमुख अथितीमा जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तन लगायत विशेष अथिति रफुर्सदमा
स्याङ्जा भिरकोट आर्थर तमु समाज कोरियाको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः नर कुमार गुरुङ सर्वसम्मत
स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरियाको प्रथम साधारणसभा अक्टोबर ४ तारिखमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । दोङ्देमुनमा रहेको समाजकै आवासगृह भिरकोट आर्थर धीँमा भएको साधारणसभाबाट नर कुमार गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गदै साधारणसभा सम्पन्न भएको हो । समाजको अध्यक्ष नर कुमार गुरुङ्को अध्यक्षतामा भएको उद्घाटन सत्रको प्रमुख अतिथ्यमा समाजकै सल्लहकार बिपना गुरुङ् र अतिथीहरुमा सल्लाहकारहरु अमन गुरुङ, सतिश गुरुङ रहनुभएको थियो । समाजका सदस्यहरुको बाक्लोफुर्सदमा
छुसकमा तामाङ संघ कोरियाले चियापान तथा वृहत् भेला गर्ने
फोनिज कोरिया संवाददाता सोल नेपाल तामाङ संघ दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरलाई मध्यनजर गर्दै अक्टोबर ०५ का दिन चियापान तथा बृहत् भेला गर्ने भएको छ । भेलामा संघको वर्तमान अवस्था र आगामी कार्ययोजनाहरुलाई समयसापेक्ष के कसरी प्रभावकारी रुपमा अघि बढाउन सकिन्छ भन्ने बारेमा वृहत् छलफल हुने जनाएको छ । प्रवासीभुमि कोरियामा आफ्नो स्थापना कालदेखि नै विशुद्ध सामाजिक क्षेत्रमा समर्पित रहि संघले यहाँ रहेका दर्जनौं संघसंस्थाहरु संग हातेमालो गर्दैफुर्सदमा
मगर संघ दक्षिण कोरियाको सम्मान तथा अन्तरक्रिया कार्यक्रम संम्पन्न
नेपाल मगर संघ दक्षिण कोरियाले गत २३ सेप्टेम्वर शनिबारका दिन सौल तुङ्देमुन स्थित नाङलो रेष्टुरेन्टको सभाहलमा एक स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रम संम्पन्न गरेको छ । नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष खड्ग थापा मगरको सभापतित्वमा सम्पन्न उत्त कार्यक्रम, HWPL WARP Summit शान्ति संम्मेलनमा भाग लिन नेपालदेखि आउनु भएका नेपाल मगर संघका केन्द्रिय अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता नविन रोका मगरको स्वागत सम्मान तथा अन्तरक्रियाफुर्सदमा
फोनिजका अध्यक्ष गुरुइ०ले पुरस्कारबाट प्राप्त रकम पीडितलाई प्रदान
काठमाण्डौ प्रेस काउन्सील समावेसी पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार डण्ड गुरुङले आफूले पुरस्कारबाट प्राप्त गरेको रकम अनाथालय र अग्नीपीडितलाई दिएका छन् । उनले पुरस्कारबाट पाएको रकम काठमाडौंको मनमैजुस्थित एकीकृत सिर्जनशील समाज नेपालले सञ्चालन गरेको अनाथालयलाई ५ हजार र सिन्धुली गोलञ्जोर गाउँपालिका(४ तीनकन्याका अग्नीपीडित सनमान थिङलाई पाँच हजार रुपैयाँ दिएका हुन् । प्रेस काउन्सील नेपालको ४८औं वार्षिकोत्सवको अवसरमा पत्रकार गुरुङले शुक्रबार पुरस्कारबापत १० हजार रुपैयाँ प्राप्त गरेका थिए । पत्रकार गुरुङले समाजसेवीफुर्सदमा
छुसकमा शेर्पा संघ कोरियाले सौलमा साधारण सभा गर्ने
फोनिज कोरिया संवाददाता सोल शेर्पा संघ दक्षिण कोरियाले कोरियनहरुको महान चाड छुसकमा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। राजधानी सौलस्थित बसेको बैठकमा अध्यक्ष सेर साङबो शेर्पाले सो कुराको जानकारी दिएका हुन्। वर्तमान कार्य समिति गठन भएको एक वर्षा पूरा भएको र संघ द्वारा गरिएको सामाजिक गतिबिती र आय व्ययबारे समिक्षा गरि भावी योजना तय गर्ने बताए। त्यसै गरी समाजिक गतिविधीलाई थप चुस्त दुरुस्त प्रभावकारी ढंगले अगाडी बढाउन विभिन्न बिभागहरूफुर्सदमा