Advertisement
SKIP THIS

तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन

छन्त्याल परिवार दक्षिण कोरियाको  अाइतबार अनलाईन माध्ययमवाट गरिएको बैठकवाट तिलक घरब्जा छन्त्यालको नेतृत्त्वमा नयाँ कार्यसमितिको चयन भएको छ। कार्यक्रममा बोल्दै रतन छन्त्यालले विगत लामो समयदेखि स्थापना भएको छन्त्याल परिवारमा थप उल्लेख्य रुपमा छन्त्याल जातिको भाषा संस्कृतिको संरक्षणको लागि नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए । त्यसैगरी निवर्तमान अध्यक्ष अमर छन्त्यालले विविध कारणवश अधिवेशन रोकिएको र हाल नयाँ कार्यसमिति चयन गरी नेतृत्त्व हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदैफुर्सदमा

शेर्पा संघको पाँचौं अधिवेशन सम्पन्न अध्यक्षमा दोर्ची शेर्पा  चयन

शेर्पा संघ दक्षिण कोरियाको पाँचौं अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनबाट दाेर्ची शेर्पा अध्यक्षमा चुनिएका छन् । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष प्रेम लक्की शेर्पा, उपाध्यक्ष ङवाङ साेनाम शेर्पा रहेका छन् । महासचिव दाेर्जे शेर्पा, सचिब फुर्तेम्बा शेर्पा, कोषाध्यक्ष पासाङ काजी शेर्पा छन् । कार्यसमितिको सदस्यहरुमा पासाङ शेर्पा, साङ्गे रिन्जीन शेर्पा, साेनाम शेर्पा रहेका छन् । अधिवेशनको खुल्ला सत्रमा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष बिशन राई, किरात याक्थुङफुर्सदमा

घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले शनिवारदेखि ‘गोतोजि छोर्तोजि’ (बुझौँ र जागौँ) अन्तरक्रिया शृङ्खला गर्ने भएको छ । अनलाइन जुम ‘भर्चुअल’ माध्यमबाट सेप्टेम्बर २३ देखि सुरु गर्न लागेको पहिलो शृङ्खलामा अनुसन्धानकर्ता तथा लेखक खोजराज गोले अतिथीको रुपमा रहेको छ । कार्यक्रमको पहिलो शृङ्खलामा अध्यता खोजराज गोलेसंग  तामाङ समुदायको संस्कार सम्बन्धी अन्तर्कृया हुने जनाएको छ । संस्कार सम्बन्धी पनि विशेष गरी विवाह संस्कृति अन्तर्गतका कुटुम्बा, साईनो, चारदामको महत्त्व, ताम्बा र डम्फुरेको भूमिका,फुर्सदमा

शेर्पा संघ कोरियाको महाधिवेशन सेप्टेम्बर ३० मा हुने

शेर्पा संघ दक्षिण कोरियाको पाँचौ महाधिवेशन सेप्टेम्बर ३० तारिखमा हुने भएको छ । महाधिवेशन सउल जिहेङ स्थित नागार्जुन गुम्बामा हुनेछ । सिप्टेम्बर ३ मा सस्थाको सल्लाहकार तथा कार्यसमितिको अनलाईन बैठकद्वारा सो निर्णय भएको अध्यक्ष थुतुङ गेल्जी शेर्पाले बताएका हुन् । कोरियन पर्व छुसकको समय पारेर गर्न लाएको उक्त अधिवेशनबाट नयाँ कार्यसमितीको निर्वाचन हुनेछ । साथै संघको बिधान संशोधन पनि हुने अध्यक्ष शेर्पाले बताए । विधान संशोधन गर्न पाँच सदस्यीय विधान संशोधनफुर्सदमा

किम्हे कोरियामा सेप्टेम्बर २९ मा छुसक डान्स पार्टी २०२३ हुने

कोरियाको किम्हेमा सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन छुसक डान्स धमाका २०२३ हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN को साथमा नवोदित गायक हेमन्त गुरुङ, गायिकाफुर्सदमा

नेपाल मगर संघ कोरियाको जेजु शाखा स्थापना, अध्यक्षमा दिल बहादुर मगर

नेपाल मगर संघ गणतन्त्र कोरिया जेजु शाखाको स्थापना भएको छ । २६ अगष्ट शनिबार जेजुमा भएको प्रथम अधिवेशनबाट दिल बहादुर मगरको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।   नेपाल मगर संघ गणतन्त्र कोरिया केन्द्रकोअध्यक्ष तुल घर्तीमगरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मगर संघ थेगु शाखाका अध्यक्ष खडक घर्ति मगर र किम्हे बुसान शाखाका अध्यक्ष दिल तारामि मगर विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए । साथै जेजुमा रहेका संघसंस्थाका प्रतिनिधिहरुकोफुर्सदमा

नेफिन कोरियाले मनायो आदिवासी दिवस, हेर्नुस् फोटोमा

नेपाल आदिवासी जनजाती महासंघ(नेफिन) दक्षिण कोरियाले २९औँ विश्व आदिवासी दिवस मनाएको छ । आईतवार राजधानी सौलको एमटियुको सभाहलमा जातीय पहिचान झल्कने सांस्कृतिक तथा सांगितिक प्रस्तुति सहित दिवस मनाएको हो । नेफिन कोरियाका अध्यक्ष बिशन राईकोे सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राजदुतावास सौलका द्वितीय सचिव सुर्य बहादुर थापा रहेका थिए । बिशिस्ट अतिथीहरुमा आदिवासी जनजाती अन्तरास्ट्रिय महांसंघ उपाध्यक्ष लोचन राई, ल्च्ल्ब् दक्षिण कोरियाको अध्यक्ष बुद्धी गुरुङ र नेफिनफुर्सदमा

तमू धीं दक्षिण कोरिया दशौँ कार्यसमितिको पहिलो बृहत बैठक सम्पन्न

सबनम गुरुङ,१४ अगष्ट, २०२३, दक्षिण कोरिया गत आईतबार कोरियावासी तमूहरुको साझा संस्था तमू धीं दक्षिण कोरियाको दशौं कार्यसमितिको पहिलो बृहत् बैठक सम्पन्न भएको छ । तमू धीं दक्षिण कोरियाका अध्यक्ष रुपा गुरुङको सभापतित्व, संस्थाका संरक्षक परिषद संयोजक भिम गुरुङको प्रमुख अतिथित्यतामा सम्पन्न भएको आजको बैठककमा दशौँ कार्यसमितिको मनोनयनमा गरेको संरक्षक परिषद, सल्लाहकार समितिका सदस्यहरु, विभिन्न विभागीय संयोजक, उपसंयोजकहरु सम्पूर्णलाई अतिथिका रुपमा आसन ग्रहणसँगै कार्यसमितिको तर्फबाट स्वागत तथा सम्मान कार्यक्रम गरिएकोफुर्सदमा

नेफिन जेजुको अध्यक्षमा पुनः गजिन हाङस्रोङ, २९ औँ विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया जेजु शाखाको अध्यक्षमा पुनः गजिन हाङस्रोङ लिम्बु निर्वाचित भएका छन् । आइतवार (अगस्ट १३ तारिख) जेजु प्रान्तको 제주특별자치도 명신 1길11 (KCTU) हलमा भएको दोश्रो अधिवेशनबाट २३ सदस्यीय नयाँ कार्यसमितिको निवार्चन गरिएको हो । जेजु शाखाले २९ औँ विश्व आदिवासी दिवस पनि सोही दिन भव्य रूपमा सम्पन्न गरेको छ । दोस्रो अधिवेशन वाट नवनिर्वाचित कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा दिल बहादुर मगर तथा उपाध्यक्षहरूमा सरिता राई, रेजिनाफुर्सदमा

२९ औँ विश्व आदिवासी दिवस कोरियाको जेजु प्रन्तमा मनाईँदै

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया जेजु प्रान्तको आयोजनामा २९ औँ विश्व आदिवासी दिवस मनाइने भएको छ। जेजु प्रान्तको 제주특별자치도 명신 1길11 (KCTU) हलमा अगस्ट १३ तारिख आइतवार दिउँसो १२ बजेदेखि कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रमको सह आयोजकमा किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा, नेपाल तामाङ घेदुङ जेजुदो शाखा र तमुधी जेजुदो शाखा रहेका छन्। कार्यक्रमक आकर्षणको रुपमा विभिन्न जातीय मौलिक परिकार, विभिन्न जातीय भेषभूषा सहित मौलिक सांस्कृतिक झाँकीफुर्सदमा

ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...