तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा रहेका नेपालीले बुद्धजयन्ती मनाए
दक्षिण कोरियामा रहेका नेपालीहरुले राजधानीसँगै जोडिएको सहर आन्सान बुद्धजयन्ती मनाएका छन् । आइतबार भएको कार्यक्रममा सोल छेउछाउ रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । धेरै विदेशी बस्ने सहरको रुपमा चिनिएको आन्सानमा विहान १२ बजे देखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने नारा सहित सहर परिक्रमा गरिएको थियो । ‘यहाँका धेरै कोरियालीहरुलाई बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने थाहा छैन् । यस्तो कार्यक्रमहरुले नेपालमा हिमाल मात्रै होइन बुद्ध धर्मालम्बीको लागि एउटा धार्मिक गन्तब्यफुर्सदमा
आदिवासी जनजाति महासंघकाे विशेष अधिबेशन मे २८ मा हुने
दक्षिण काेरियाकाे जातीय समूदायकाे छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन मे २८ तारिख आइतबार हुने भएकाे छ । लामाे समय देखि अध्यक्ष लगाएत विभिन्न पदहरू खाली भएकाेले समय अगाबै विशेष अधिवेशन हुन लागेकाे हाे । ‘अहिलेको कार्यसमितिका अध्यक्ष ब्यक्तिगत कारण नेपाल गएको र फर्किन नसक्ने भएकाले हामीले समय अगाबै विशेष महाधिबेशन गर्न लागेका छौ । अन्य पदहरू पनि खाली छन् । कार्यसमितिमा नयाँ जाेश जाँगर सहितफुर्सदमा
दक्षिण कोरियामा गुरुङ चलचित्र ‘बारा-पोखरी’ प्रदर्शन हुँदै
धेरै लामो समयपछि दक्षिण कोरियामा गुरुङ भाषाको चलचित्र ‘बारा-पोखरी’ प्रदर्शन हुने भएको छ । चलचित्रलाई दक्षिण कोरियामा बसोबास गर्नुहुने तमूहरुको छाता संस्था तमु धींले आयोजना गर्ने भएको हो । सउल स्थित यही आउँदो मे महिना २१ तारिक केन्द्रले प्रदर्शन गर्ने भएको छ भने बुसान शाखा र थेगु शाखामा पनि प्रदर्शन मिति छिट्टै नै सार्वजानिक हुने भएको छ । पुरानो कथा वस्तुमा सिमित ट्रेन्डलाई तोडेर समसामयिक वर्तमान परिवेशभित्र रहेर चलचित्र तयारफुर्सदमा
कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने
राम बहादुर तामाङ, कोरिया स्थापनाकाल देखि कोरियामा नेपालीहरु बीच बुद्ध जयन्तीको अवसर पारेर फुटसल प्रतियोगिता गर्दै आएको तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०८० साल तथा बुद्ध जयन्तीको अवसरमा मे २८ तारिखमा चौथो बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको छ। 부처님은 네팔에서 태어났습니다. (Buddha Was Born In Nepal) भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश विश्व समक्ष पुगोस् भन्ने उद्धेश्य र विदेशी भुमिलाई कर्मथलोफुर्सदमा
जनजाति महासंघको तीन महिने संचार दक्षता तथा संगठन सुदृढिकरण तालिम सम्पन्न
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले तीन महिने संचार दक्षता तथा संगठन सुदृढिकरण तालिम सम्पन्न गरेको छ । कोरियामा रहेका आदिवासी जनजातिहरुको क्षमता अभिबृद्धि गर्न गत डिसेम्बर १८ बाट सुरु भएको कार्यक्रम अप्रिल ३ तारिख आइतबार सम्पन्न भएको हो । तीन महिना चलेको कार्यक्रममा कोरियामा रहेका विभिन्न संघ संस्थामा अबद्ध ५३ जना प्रतिनिधिको सहभागीता रहेका महासंघका कार्यवाहक अध्यक्ष विशन राईले जानकारी दिएका छन् । उनले महत्त्वपूर्ण समय उपलब्ध गराउनुहुने प्रशिक्षकफुर्सदमा
तामाङ घेदुङ जेजुको अधिवेशन सम्पन्न : अध्यक्षमा सुनिता ब्लोन
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनबाट अध्यक्षमा सुनिता ब्लोन चुनिएकी छिन् । कार्यसमितिको बरिष्ठ उपाध्यक्ष विमल तामाङ, उपाध्यक्षहरु लाल तामाङ, प्रतीज्ञा लामा रहेका छन् । त्यस्तै महासचिव. खगेन्द्र तामाङ, सचिव ऋचा तामाङ, सुरेश लामा कोषाध्यक्ष प्रतिक तामाङ, सहकोषाध्यक्ष विन्दर तामाङ चुनिएका छन् । त्यस्तै सदस्यहरुमा साबित तामाङ, युन्नी तामाङ, शान्ति तामाङ, गोविन्द तामाङ, विवेक तामाङ, निमा तामाङ, कविता तामाङ, सनफुर्सदमा
तामाङ घेदुङ जेजुदो शाखाको दोश्रो अधिवेशन अप्रिल १ मा हुने, तयारी पुरा
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाको दोश्रो अधिवेशन आगामी अप्रिल १ तारिख शनिबार हुने भएको छ । अधिवेशन कोरियाको जेजुस्थित केसीटियुको सभाहलमा बेलुकी साँढे सात बजे हुने जानकारी घेदुङ जेजुदो शाखाकी कार्यवाहक अध्यक्ष सुनिता ब्लोनले फोनिज कोरियालाई दिएका हुन् । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रको अधिवेशन पनि आगामी मे २१ मा हुँदै छ । शाखाको अधिवेशन केन्द्रको भन्दा अगाडी नै गर्नुपर्ने भएकोले यही मे १ मा गर्न लागेकोफुर्सदमा
तामाङ घेदुङ दक्षिण कोरियाको ११ औं अधिवेशन आगामी मे २१ मा हुने
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको एघारौँ अधिवेशन आगामी मे २१ मा हुने भएको छ । विधान अनुसार दसौँ कार्यसमितिको २ बर्षे कार्यकाल समाप्त हुन लागेको हुँदा अधिवेशन गर्न लागेको अध्यक्ष रवि लामाले फोनिज कोरियालाई जानकारी दिएका हुन् । “अधिवेशनको तयारिका लागि छिट्टै तयारी समिति निमार्ण गर्ने र स्थान पनि तोक्ने छौ ।” अध्यक्ष लामाले बताए । घेदुङ कोरियाले आफ्नो स्थापना समय देखि नै दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाहरुसँग हातेमालो रफुर्सदमा
घेदुङ कोरियाको ल्होछार समिक्षा कार्यक्रम सम्पन्न, १० लाख रुपैयाको दीर्घकालीन शैक्षिक कोष स्थापना गर्ने
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सोनाम ल्होछार कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । ‘दीर्घकालिन तामाङ शैक्षिक कोष’ स्थापना गर्ने उदेश्य सहित घेदुङले मञ्जुश्री सम्वद २८५९औं ह्योइ ल्हो (विरालो वर्ग) को अवसर पारेर गत जनवरी २१ मा ल्होछार साँझ मनाएको थियो । उक्त कार्यक्रमको समिक्षा आईतबार जूममार्फत भएको हो । कार्यक्रममा संघले गरेको ल्होछार साँझको आर्थिक विवरण सार्वजनिक गरेको थियो । प्रस्तुत आर्थिक विवरण अनुसान संघले झण्डै तीन कारोड वनफुर्सदमा
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको तेश्रो अधिवेशनबाट गितासिंह गुरुङ नेतृत्वको कार्यसमिति चयन
गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । किम्हे सहरमा १९ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट गितासिंह गुरुङ (बिक्रम) गुरुङ अध्यक्ष रहने गरि ३३ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो । संस्थाका शाखा अध्यक्ष कर्ण गुरुङको सभाध्यक्ष र तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका उपाध्यक्षफुर्सदमा