तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
मजदुरको न्युनतम ज्याला १० हजार वोन पुर्याउन नसकेकोमा राष्ट्रपति मूनले मागे आम माफी
दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले २०२० सम्ममा मजदुरको न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार वन (८.४८ अमेरिकी डलर) पुर्याउने प्रतिबद्धतालाई पूरा गर्न नसकेको भनी आइतबार सार्वजनिकरूपमा क्षमायाचना गरेका छन् । राष्ट्रपति मुनले नीति निर्माणसम्बन्धी आफ्ना सेना प्रमुख किम साङ–जोमार्फत सार्वजनिक गरेको सन्देशमा उक्त कुरा बताइएको हो । राष्ट्रपति मुनलाई उद्धृत गर्दै साङ-जोले भने, “राष्ट्रपतिका हैसियतमा मलाई निकै अफसोस लागेको छ, किनकि मैले दक्षिण कोरियाली जनतासँग वाचा गरे अनुसार मुलुकको न्यूनतम पारिश्रमिककोफुर्सदमा
डोनाल्ड ट्रम्पको ‘डीएमजे’ क्षेत्रमा आकस्मिक अवतरण, उत्तर कोरियाली नेता किमसँग मिलाए
२० सम्मेलनका लागि जापान पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आकस्मिक रुपमा उत्तर कोरिया र दक्षिण कोरियाको सीमा रहेको निशस्त्रिकरण गरिएको क्षेत्र ‘डीएमजे’ पुगेर उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गरेका छन्। जापान भ्रमणबाट सीधै दक्षिण कोरिया पुगेका ट्रम्पले किमसँग केही बेर वार्ता भएको बताइएको छ। शनिवार ट्रम्पले ट्वीट गर्दै ‘डीएमजे’ क्षेत्रमा घुम्ने बताउँदा उत्तर कोरियाली पक्षले ‘धेरै रोचक’ भनेर प्रतिक्रिया दिएको थियो। लगत्तै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनलेफुर्सदमा
कोरियाको विपक्षी नेताले “बिदेशी मजदुरको केहि योगदान छैन” भनेपछि प्रवासी मजदुरको बिरोध
दक्षिण कोरियाको कोन्जर्भेटिव लिबर्टी कोरिया पार्टी (LKP) को अध्यक्ष ह्वाङ ग्यो-हनले विदेशी कामदार प्रति पुरातन सोच र घृणा जगाउने खालको अभिव्यक्ति दिएको भन्दै प्रवासी मजदुर नेताहरुले चर्को आलोचना गरेका छन् । साथै उक्त भनाइ फिर्ता लिन दबाब दिएका छन् । समाचार एजेन्सी योन्हापका अनुसार नेता ह्वाङको उक्त भनाइ विरुद्ध प्रवासी मजदुर संगठनहरुले SMI-एसएमईको सउल स्थित मुख्यालय अगाडि प्रदर्शन समेत गरेका छन् । साथै विरोध प्रदर्शनमा प्रवासी मजदुर संगठन एमटियुको पनिफुर्सदमा
चिठ्ठामा जीतेको करिब २ बिलियन वन ८ महिनामा सकिएपछि चोरी
१.९ बिलियन वोन (१.६ मिलियन डलर) चिठ्ठा(लोटरी) विजेताले आठ महिनामै सबै पैसा सकाएको पाएको छ । जो अहिले चोरीको आरोपमा प्रहरी हिरासत छ । बुसान एन्जे पुलिस स्टेशनका अनुसार ३९ वर्षीया एक व्यक्ति विरुद्ध गत २ वर्षको अन्तरालमा बुसान र थेगुको १६ रेस्टुरेन्टबाट करिब ३६ मिलियन वन चोरी गरेको आरोपमा अनुसन्धान भैरहेको थियो । अनुसन्धानको क्रममा उक्त ब्यक्तिले चिठ्ठा विजेता एक ट्याक्सी चालक पनि संलग्न रहेको बताए । यसै आधारमाफुर्सदमा
कोरियाको स्वास्थ्य बिमामा नयाँ नियम, करिब ४ लाख प्रवासी प्रभावित हुने
६ महिना वा सो भन्दा बढी समय दक्षिण कोरियामा रहने सबै विदेशीहरूले अब देखि अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने भएको छ । लामो समयसम्म कोरिया बसेर मेडिकल सेवा लिने तर बिमा शुल्क नतिरी जाने क्रमलाई रोक्न सबैलाई बिमा योजनामा अनिवार्य गर्न लागिएको समाचार राज्य चिकित्सा बीमा योजना अधिकारीलाई उदृत गर्दै योनहपले लेखेको छ । राष्ट्रिय स्वास्थ्य बीमा सेवा(एनएचआईएस-NHIS)का अनुसार १६ जुलाई देखि उक्त नियम लागू हुनेछ । जस अनुसार कोरियामा बसोबासफुर्सदमा
दक्षिण कोरियाले उत्तर कोरिया लाई ३ लाख टन खाद्यान्न पठाउने
कोरियाली सरकारले उत्तर कोरियाका लागि चामल सहित करिब ३ लाख टन बराबरको खाद्यान्न पठाउने तयारी गरेको छ । यस्तो मानवीय सहायता गर्न लागेको कुरालाई अमेरिकी सरकारले पनि सहमति जनाएको सत्तारुढ डेमोक्रेटिक पार्टीले जनाएको छ । “आश छ कि जुनको अन्त्य सम्ममा करिब ३ लाख टन बराबरको खाद्यान्न उत्तर कोरियामा पुग्ने छ । संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) र खाद्य र कृषि संगठन (एफएओ) को सहयोगमा खाद्यान्न ढुवानी गरिनेफुर्सदमा
दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने
सउल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आगामी अगस्ट महिनामा संयुक्त सैन्य अभ्यास गर्ने भएको छ । कोरियाली सेनाको युद्धकाल परिचालन नियंत्रण (ओपीसीओएन) को हस्तान्तरण सहज होस् भन्नका लागि संयुक्त अभ्यास गर्न लागेको यहाँको संचार माध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाली चार-तारे जनरलको नेतृत्वमा रहने उक्त अभ्यास युद्धको समयमा सउलको प्रारम्भिक परिचालन क्षमता (आईओसी) परीक्षण गर्नकालागी डिजाइन गरिएको जनाएको छ । कोरिया टाइमसका अनुसार यदि संयुक्त अभ्यास सफलता पुर्वकफुर्सदमा
उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी, खाद्यान्नको संकट हुनसक्ने
उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ । समाचारमा जनाइएअनुसार यस खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ । यस देशको अवस्थाको बारेमा हामीले गम्भीर चासो लिएका छौँ– विश्व खाद्य कार्यक्रमका एकजना अधिकारीले जानकारी दिएका छन् । त्यहाँ खाद्यान्नको संकट हुनसक्ने उनीहरुले जनाएका छन्फुर्सदमा
उत्तर कोरियाको समुद्री जहाज अमेरिकी नियन्त्रणमा
अमेरिकाले उत्तर कोरियाको मालबाहक समुद्री जहाजलाई नियन्त्रणमा लिएको छ । अमेरिकाले यो जहाजले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेको आरोप समेत लगाएको छ । अमेरिकाको न्यायिक विभागका अनुसार सो जहाज कोइला लिएर हिंडिरहेको थियो । उत्तर कोरिया कोइलाको ठूलो निर्यातक राष्ट्रको रुपमा चिनिन्छ । यही जहाजलाई सन् २०१८मा पनि इण्डोनेसियामा नियन्त्रणमा लिइएको हो । अहिलेको पछिल्लो घटनाले दुई देशबीच थप तनाव हुने अवस्था सिर्जना भएको छ । गएको फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपतिफुर्सदमा
विश्व कोरियन भाषा बक्तृत्व प्रतियोगितामा कमल गौतम छनोट
सौल . कोरियामा प्रत्येक बर्ष हुने विश्व कोरियन भाषा बक्तृत्व प्रतियोगितामा नेपालबाट कमल गौतम छनोट भएका छन् । इपीएस प्रणाली मार्फत ४ बर्ष अगाडी कोरिया प्रबेश गरेका गौतम बक्तृत्व प्रतियोगिताका लागि छनोट चरण पार गर्दै सहभागी हुन लागेका हुन् । यहि मे-१४ तारिक मंगलबारका दिन सउल स्थित KHYUNG HEE UNIVERSITY को क्राउन हलमा हुन लागेको २२ औं विश्व कोरियन भाषा बक्तृत्व प्रतियोगितामा कमलले पहिलो पटक नेपालीको तर्फबाट सहभागी जनाउन लागेकाफुर्सदमा