तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दुई कोरिया र राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच सहमति
उतर काेरिया, दक्षिण काेरिया र अमेरिकी नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच दुर्इ काेरियाकाे सिमा क्षेत्रको केही भागलाई निशस्त्र गर्न सहमति भएको छ। कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने प्रयासमा स्वरूप याे सहमति भएको हो। ‘त्यहाँ रहेका तीनै पक्षले सीमा क्षेत्रमा रहेका विष्फोटक पदार्थ र सुरक्षा चौकीलाई संयुक्त सुरक्षा क्षेत्रबाट यही अक्टोबर २५ सम्म हटाउन भएका त्रिपक्षीय वार्तापछि सबै सहमत भएका छन्,’ दक्षिण कोरियाली रक्षा मन्त्रालयले जारी एक वक्तव्यमा जनाइएको छ। सहमतिमाफुर्सदमा
कोरियाका पूर्व राष्ट्रपति लि म्युङ वाकलाई १५ वर्ष जेल
दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलि म्युङ वाकलाई भ्रष्टचार गरेको अभियोगमा १५ वर्षको जेल सजाय तोकिएको छ । सउल केन्द्रिय जिल्ला अदालतले शुक्रबार फैसला सुनाउदै उनलाई १ करोड १५ लाख डलर जरिवाना तोकिएको हो । पूर्व राष्ट्रपति ७६ वर्षिय लिलाई भ्रष्टचारको आरोपमा गत मार्च २२ तारिख पक्राउ गरी अप्रिल ९ तारिख दोषी ठहराइएको थियो । उनीमाथि सामसुङ कम्पनीका अध्यक्ष लि कुन हीलाई अरबौ रकम लिएर माफी दिएको आरोपमा कारवाही प्रकृया अघि बढाइएकोफुर्सदमा
कोरियामा विदेशीहरूका लागि स्वास्थ्य बीमा कडा हुनेगरी संशोधन गरिदै
दक्षिण कोरियाली अधिकारिका अनुसार विदेशीहरुका लागी स्वास्थ्य बीमा सम्बन्धि कानुन संशोधन गरिने भएको छ । केही विदेशीहरुले अनावश्यक फाइदा लिइरहेको भन्दै विरोध हुन थालेपछि राष्ट्रिय स्वास्थ बीमा सम्बन्धि कानुन संशोधनका लागी कानुन विभागले दबाब दिएको कोरियाली समाचार एजेन्सी योन्हपले जनाएको छ । वर्तमान कानून अन्तर्गत दक्षिण कोरियालीहरू र दक्षिण कोरियामा बस्ने विदेशीहरूले पनि यसको फाइदा उठाइरहेको छ । राष्ट्रिय स्वास्थ्य बीमा प्रणाली अन्तर्गत सन् २०१७ को अन्त्य सम्ममा देशीविदेशी गरिफुर्सदमा
छाङवनमा सुरु हुदै आप्रवासी महोत्सव, आइतबार नेपाली परम्परागत विवाहसँगै अविनाश घिसिङको प्रस्तुति
कोरियामा रहेका आप्रवासीहरुको लागि कोरियाको सरकारी निकायद्धारा हरेक वर्ष आयोजना गरिने माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिभल(माम्फ)भोली शुक्रबारदेखि सुरु हुँदै छ । ख्यङसाङनाम्दो, छाङवन शहरको योङजी पार्कमा यहि अक्टोबर ५ तारिख शुक्रबारदेखी ७ तारिख आइतबारसम्म चल्ने माम्फका लागि यसपटक नेपालबाट गायक अविनाश घिसिङ कोरिया आइसकेका छन् । गायक घिसिङसँगै विभिन्न स्थानीय कलाकारहरुले नेपाली गीत गाउने भएका छन् भने महोत्सवमा नेपाली परिकार तथा विभिन्न भेषभूषा र कला संस्कृति चिनाउने सामग्रहरुको स्टल पनि राखिनेफुर्सदमा
राष्ट्रपति मुन स्वदेश फिर्ता, किमले चाँडै सउल भ्रमण गर्ने
सउल । उत्तर कोरियाको ३ दिने भ्रमण गरेर दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन बिहीवार स्वदेश फर्केका छन् । कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने, अमेरिकासँग भएको र हाल अवरुद्ध अवस्थामा रहेको वार्तालाई पुनः सञ्चालन गर्ने लगायत विषयमा शिखर वार्ताका लागि राष्ट्रपति मुन प्योङयाङ पुगेका हुन् । शिखर वार्ताको क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले आणविक निःशस्त्रीकरणका लागि क्षेप्यास्त्र परीक्षण केन्द्र बन्द गर्ने, दुवै नेताबीच उत्तर र दक्षिण कोरियाले आपसी सहयोगका क्षेत्रहरूलाईफुर्सदमा
प्योङयाङ पुगेका राष्ट्रपति मुनलाई किमको भब्य स्वागत(फोटो फिचर)
सउल । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन औपचारिक भ्रमणका लागि मंगलबार प्योङयाङ पुगेका छन् । कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने, अमेरिकासँग भएको र हाल अवरुद्ध अवस्थामा रहेको वार्तालाई पुनः सञ्चालन गर्ने मुख्य उदेश्यका साथ राष्ट्रपति मुन प्योङयाङ पुगेको यहाँका संचार माध्यमले जनएको छ । प्योङयाङ अन्तराष्ट्रिय विमानस्थलमा मुनको स्वागतका लागि किम र पत्नी रि सोल्जुका साथै हजारौँ उत्तर कोरियाली वासिन्दा पनि फूलसहित उपस्थित भएका थिए । उनीहरुले ठूलो स्वरमा एकिकृतफुर्सदमा
दक्षिण कोरियामा फेरि देखियो मर्स भाइरस : सबैलाई सचेत रहन आग्रह
करिब ३ बर्ष पछि दक्षिण कोरियामा फेरी मर्सको बिरामी भेटिएको छ । गत शुक्रबार कुवेतबाट फर्किएका एक कोरियन नागरिकमा मिडिल इस्ट रेस्पिरेटरी सिम्ड्रम (MERS) भेटिएको रोग नियन्त्रण तथा रोकथाम केन्द्र कोरिया(KCDC)लाई उदृत गर्दै कोरियाली संचार माध्यमहरुले जनाएका छन् । नाम उल्लेख नगरिएको ६१ बर्षिय कोरियन नागरिक आफ्नो ब्यापरिक भ्रमणका लागि कुवेत गएको गएका थिए । उनलाई ज्वरो आउने, खोकी लाग्ने तथा टाउको दुख्ने जस्ता समस्या देखापरेपछि भ्रमणलाई छोटाएर दुबई हुदैफुर्सदमा
सउलका सार्वजनिक सौचालयमा गुप्त क्यामराको आतंक, क्यामरा खोज्दै सरकारी अधिकारी
पछिल्लो समय दक्षिण कोरियामा सार्वजनिक सौचालय तथा कपडा फेर्ने स्थानमा गुप्त क्यामराहरु लुकाएर राख्ने र त्यसबाट अश्लील भिडियो बनाउने घटना गम्भीर समस्याको रुपमा देखा परेको छ । गत बर्ष मात्र यसरी गुप्त क्यामराबाट खिचेका भिडियोहरुबारे ६ हजार भन्दा बढीको मुद्दा परेको यहाँको समाचार एजेन्सी योनहपले जनाएको छ । विशेष गरि राजधानी सउलका सार्वजनिक सौचालयमा लुकाएर राखेको क्यामराले खिचेका यस्ता भिडियो सम्बन्धित ब्यक्तिले थाहै नपाई विभिन्न अश्लील साइटहरुमा राख्ने गरेको पाइएकोफुर्सदमा
दक्षिण कोरियाको विद्यालयमा कफी निषेध
विद्यार्थीहरुको स्वस्थ्य जीवनशैलीको विकास गर्न भन्दै दक्षिण कोरियाले आफ्नो सबै विद्यालयहरुमा कफी तथा कफी जन्य पेय पदार्थको बिक्री वितरणमा रोक लगाउने भएको छ । कोरियन सरकारको यो अभियानलाई सफल बनाउन विद्यालयका सबै शिक्षकहरुले समेत विद्यालय समयमा कफी पिउन नपाइने कोरियाली संचार माध्यमले जनाएको छ । यहि सेप्टेम्बर १४ बाट लागू हुन लागेको यो नियम अनुसार कुनैपनी प्राथमिक तथा माद्यामिक विद्यालयहरुमा कफिको बिक्री गर्न पाइने छैन । खाद्य तथा औषधि सुरक्षाफुर्सदमा
तामाङ संघ दक्षिण कोरियाले गायक बाबु मोक्तानलाई विदाई गर्यो
दक्षिण कोरियामा तीन बर्ष देखि कार्यरत गायक बाबु मोक्तानलाई नेपाल तामाङ संघ दक्षिण कोरिया र नेपाल जनजाति महासंघ दक्षिण कोरियाले विदाई गरेको छ । उनी मंगलबार नेपाल फर्कदै छन् । विदाई कार्यक्रममा नेपाल तामाङ संघ दक्षिण कोरियाका महासचिव गोकुल थोकरले दक्षिण कोरिया लाख दुःख र लाख पैसा, अनुभव र कमाइ स्वदेशमै लगानी गरेर सफल हुन शुभकामना दिए । ‘हामी विदेशमा मात्र होइन नेपालमा पनि केही गर्ने दिन आएको छ ।फुर्सदमा