तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
डोल्मा शेर्पालाई ५८ लाख वन आर्थिक सहयोग,अझैं रकम अभाव
दोलखा जिल्ला खोपा चागु वडा न ९ का दावा ग्याल्बु शेर्पा को छोरी डोल्मा शेर्पा बिगत लामो समय देखि बोन म्यरो रोग ले ग्रस्त भई दक्षिण कोरिया को सुवन स्थित अजुदे हॉस्पिटल मा चरणबद्द रुपमा उपचार गराई रहेता पनि उपचारको क्रममा आर्थिक अभावभएपछि अस्पतालको सैयामा बाट नै बिरामी डोल्माले आर्थिक सहयोग गरी दिन हुन अपील गरेको हुन । दोलखा शेर्पा बी.सी. संपर्क मञ्च द.कोरियाको अध्यक्ष सेर साङबो शेर्पा कोफुर्सदमा
धरान कोरिया सहयोग समितिको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ईश्वर मास्के
सोल –धरान कोरिया सहयोग समितिको दोस्रो अधिवेशन भव्यरुपमा सम्पन्न भएको छ । आईतबार सोल स्थित एम टि यु हलमा सम्पन्न दोस्रो अधिवेशनले ईश्वर मास्केको अध्यक्षतामा जम्बो कार्यसमितिको गठन गरेको छ। धरान उपमहानगरपालिकाको २७ बडाबाट एक एक सदस्यीय रहने गरी ३४ जनाको कार्यसमिति निर्माण गरेको हो ।सो अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गणेश तामांग,उपाध्यक्षमा सुमन सुनुवार,महासचिवमा ऐश्वर्य श्रेष्ठ,कोषाध्यक्षमा लिला राई सहकोषाध्यक्षमा श्रद्धा लिम्बू सर्वसम्मत चयन भएका छन् । उक्त कार्यक्रममा निवर्तमानफुर्सदमा
कोरियामा विदेशीले नि: शुल्क कानूनी परामर्श पाउने
सोल – अब देखि बिदेशीहरुले घरेलू , सिभिल , आपराधिक र श्रम मुद्धामा नि;शुल्क कानुनी सेवा पाउने छन् | यो सुबिधा सोमबार देखि लागु हुनेछ | न्याय मंत्रालयले आईतबार जनाए अनुसार कोरियन सरकार र कोरियाली बार एसोसिएशन (KBA) द्वारा नियुक्त ५७ जना वकिलहरुले भाषाको कठिनाई र कानुनी परामर्शको लागि सहयोग गर्नेछन | यो कार्यवाट विदेशीलाई मद्धत मिल्ने अपेक्षा गरिएको छ | कानूनी परामर्श सेवा पहिलो चोटी २०१३ माफुर्सदमा
एन अार एन कारियाका नब निर्वाचित अध्यक्ष,उपाध्यक्ष र महासचिवलाई बधाई तथा स्वागत सम्पन्न
अनुराग सापकाेटा सोल – एन अार एन दक्षिण काेरियाका नव निर्वाचित कार्य समितिलाई युथ फर चेन्ज दक्षिण काेरियाले एक कार्यक्रमका बिच शनिवार स्वागत तथा बधाई गरेकाे छ । सोलको दाेङ्देमुन दर्शन नमस्ते रेष्टुरेष्टमा एन अार एन काेरियाका नब निर्वाचित अध्यक्ष राजु क्षेत्री,उपाध्यक्ष बिपिन गुरुङ र महासचिव दिपक पुनलाई परिवर्तन का लागि युवा युथ फर चेन्ज दक्षिण काेरियाले दाेसल्ला खादा अाेड्याएर सम्मान गरेकाे हाे सम्मान कार्यक्रममा बाेल्दै युथ फरफुर्सदमा
नेपाल मगराँत स्वायत्त संघर्ष समिति दक्षिण कोरिया, नेपाल मगर संघ दक्षिण कोरियाको समानान्तर कमिटि नभएको घोषणा
सोल – नेपालमा पहिचान र अधिकारको लागि विभिन्न खाले आन्दोलन र संघर्ष भै रहेकोछ। विगत लामो समयदेखि विभिन्न समुदाय वर्ग क्षेत्र जातजातिहरु आफ्नो अधिकार पहिचान र समानुपातिक समावेशिता नेपालको बन्दै गरेको संविधानमा समावेश होस् भन्ने चाहान्थ्ये। तर त्यसो हुन सकेन। फलस्वरुप आज पनि आदिवासी जनजातिहरु, थारु र मधेसी समुदायहरु आन्दोलनरत छन्। यसै आन्दोलनको आवरणमा भारतले एउटा स्वतन्त्र सार्वभौम देश नेपाल माथि खुल्लमखुल्ला हस्तक्षेप गर्नु जायज होइन। हामी यो हस्तक्षेपकोफुर्सदमा
एनआरएन कोरियाको पाचौं अधिबेशनका अध्यक्ष पदका प्रत्यासी रबिन तामाङ्द्वारा बधाई तथा शुभकामना ब्यक्त
सोल – एनआरएन कोरियाका निबर्तमान बरिष्ठ उपाध्यक्ष तथा पाचौं अधिबेशनको अध्यक्ष पदका प्रत्यासी रबिन तामाङ्ले दक्षिण गैर आवासीय नेपाली संघ एनआरएन कोरियाको पाँचौ अधिबेशन(२०१५ सेप्टेम्बर २९ तारिख) बाट नव निर्बाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको कामना ब्यक्त गरेका छन् | उनले एनआरएन कोरियाको अध्यक्ष पदमा बिजय हाशिल नगरे पनि निरन्तर आवाशीय मजदुरको हक हितमा लाग्दै समाज सेवाबाट कदापी पछाडी नहट्ने प्रतिज्ञा ब्यक्त गरेका छन् |फुर्सदमा
संस्थाको मान मर्यादामाथि खेलबाड नगर्न नागार्जुन गुम्बाको अपिल
पाँचैा नार्गाजुन कप बिबादस्पद, ६ खेलाडीलाई रेड कार्ड शिर्षक अन्तर्गत अक्टोबर १ मा प्रकाशीत समिर पौडेल द्वारा लेखिएको समाचार प्रति नागार्जुन गुम्बा फूटबल आयोजक समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वास्तविकता भन्दा बाहिर गएर एकपक्षीय ढंगले संस्थाको मान र मर्यादामा चोट पुग्ने गरी समाचार सम्प्रेषण गरेको भन्दै घोर आपत्ति जनाएको हो । गत सेप्टेम्बर २८ मा नार्गाजुन गुम्बाले आयोजना गरेको पाचौ नार्गाजुन फूटबल प्रतियोगिता २०१५ मा ३२फुर्सदमा
लम्जुङ परिवार दक्षिण कोरियाको ११ औं साधारण सभा सम्पन्न
मेघप्रसाद वाईवा सोल – लम्जुङ परिवार दक्षिण कोरियाको ११ औं साधारण सभा गत सेप्टेम्बर 28 तारीखका दिन परिवारको भवन याङ्जु स्थित सेम्नेमा भव्य रूपमा सम्पन्न भएको छ । कोरियामा छरिएर रहेका सम्पुर्ण लम्जुङ्वासी तथा लम्जुङ परिवारमा आबद्ध दाजुभाइ तथा दिदिबहिनीहरुलाई भेला गराई भएको उक्त सभाको सभापतित्व लम्जुङ परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष रुपप्रसाद गुरुङ र नेपाली सम्पर्क समिती (NCC) का उपाध्यक्ष जितबहादुर गुरुङको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्नफुर्सदमा
कोरियाद्धारा नयाँ संबिधानको स्वागत
सोल-दक्षिण कोरिया सरकारले नेपालमा गत असोज ३ गते जारी भएको नयां संबिधानको स्वागत गरेको छ । एक प्रेस बिज्ञप्ति जारी गर्दै उसले नेपालमा नयां संबिधान जारीको ऐतिहासिक अवसरले नेपालको राष्ट्रिय एकताको प्रबर्द्धन , राजनैतिक स्थिरताका साथै नेपाललाई आर्थिक सम्पन्नता तथा राष्ट्रिय विकासको बाटो अघि बढाउन सहयोग पुर्याउने आशा समेत प्रकट गरिएको छ । साथै नेपाल र कोरिया बीच सन् १९७४ मा कुटनैतिक सम्बन्ध स्थापना पश्चात विकसितफुर्सदमा
संघिय समाज द.कोरिया द्वारा पार्टी सम्बद्द “प्रवास सम्पर्क समिती” गठन
संघीय समाजबादी फोरम नेपालको प्रबास संगठन कोरिया स्थित नेपाली संघिय समाज द.कोरियाले पार्टी सम्बद्द “प्रदेश प्रवास सम्पर्क समिति” गठन गरेको छ । गत सेप्टेम्बर २८ दोंगदेमुनमा कोरियाको महान चाड चुसकको अबशर पारेर पार्टी भेटघाट कार्यक्रममा बिभिन्न “प्रदेश प्रवास सम्पर्क समिति” गठन गरेको हो । “प्रदेश प्रवास सम्पर्क समिति” अन्तर्गत तमुवान प्रदेश प्रवास सम्पर्क समिती इन्चार्ज धिरज गुरुङ, ताम्सालिङ प्रदेश प्रवास सम्पर्क समिती इन्चार्ज देबराज स्याङ्तान, किंरात प्रदेश प्रवास सम्पर्क समितीफुर्सदमा