तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
फेन्थेकका नेपालीहरु सामुद्रिक पिकनिक जाने
सोल-फेन्तेक माइग्रेन्ट नेपाली समिती र फेन्तेक माइग्रेन्ट शेल्टर को सहकार्यमा बिगतका वर्ष हरूमा जस्तै यो वर्ष पनि सामुद्रिक पिकनिक भ्रमणमा जाने कार्यक्रम रहेको छ l कोरियाको फेन्थेकमा उल्लेख्य नेपालीहरुको सहभागितामा हरेक क्षेत्रमा सक्रिय रुपमा अगाडी बढिरहेको सो समितीको आज आइतबार बसेको भेलामा नेपाली समितिले गर्दै आएको बिभिन्न सामाजिक सहयोग कार्यहरुको समिक्षा गर्दै अझ निरन्तर अघि बढ्ने अठोट सहित छलफल गर्दै यस बर्षको गर्मि समयको भ्रमण यात्रा तय गरेकोफुर्सदमा
गर्मी बिदाको के छ योजना ?
ऐश्वर्य श्रेष्ठ,सोल-जुलाई अन्तिम अगष्टको पहिलो हप्ता कदक्षिण कोरियाको विभिन्न कम्पनीहरुमा गर्मी बिदा हुन्छ । कोही साथीहरुको जुलाईको अन्तिमबाट होला,कोहीको अगष्ट पहिलो हप्तामा । गर्मी बिदा मनाउन योजना र सोच बनाउदैं हुनुहुन्छ होला ।यो एउटा राम्रो अवसर पनि हो साथी भाइसंग भेटघाट गरेर रमाईलो गर्ने ।कोही पिकनिक जाने सोंचमा हुनुहुन्छ होला ।कोही एक ठांउमा भेला भएर जम्ने विचारमा हुनुहोला भने कोही विभिन्न संघसंस्थाको कार्यक्रममा सहभागी हुने विचारमा हुनुहोला ।कतिपय साथीकोफुर्सदमा
समर धमाकाका लागि कलाकार कोरिया आईपुगे
सोल – भुकम्प पिडित तथा आपत बिपतमा परेकाहरुको लागि कोरियामा सेल्टर निर्माणार्थ आयोजना गरिएको लोक दोहोरी समर धमाकाका कलाकारहरु कोरिया आईपुगेका छन् | लोक दोहोरी गायिका जुना श्रीष मगर र बसन्त थापालाई आयोजकले ईन्छन एयरपोर्ट पुगेर स्वागत गरेको थियो | कोरियाको राजधानी सोलको मिनी नेपालको रुपमा चिनिने दोङदेमुनमा आयोजना गरिने उक्त कार्यक्रममा स्थानिय कलाकारहरु मनु जुग्जली र डिगेस गुरुङ रेशम – फिलिली सांगीतिक समुहको साथमा कोरियन गायिका मोग्बीलेफुर्सदमा
कोरियामा दोलखाली जुट्ने
सोल- रोजगारी गर्न कोरिया आएका दोलखाबासीहरु जुट्ने भएका छन् | यसका लागि आउदो अगस्त २ तारिख आइतबार सो बृहत भेला गर्न लागिएको छ । कोरियाका विभिन्न क्षेत्रमा रहेका जिल्लाबासीहरुको परिचय तथा एकताबद्ध भई विभिन्न कार्यमा सहकार्य गर्नको लागि सो भेला गर्न लागेको भेला संयोजक रामसुन्दर बस्नेतले जानकारी दिए । स्थान:- लक्ष्मी रेष्टुरेन्ट दूङदेमुन स्टेसन गेट नो ३ बाट अगाडि समय विहान :-११ बजे
कोरियामा वोमन फर वोमनले भब्य रुपमा तिज मनाउने
फोनिज कोरिया संवाददाता सोल – गत् १९ तारिकमा बसेको वोमन फर वोमनको बैठकले कोरियामा पनि महिलाहरुको महान चाड हरितालिका तीज भब्य रुपमा मनाउने निर्णय गरेको छ | संस्थाकी अध्यक्ष मल्लिका थकालीले स्वदेश विदेश जहाँ भएपनि परम्परा देखि मनाउदै आएको तीजलाई बिगतको बर्षहरु झैँ यसपाली पनि दर खाई नाचगान गर्दै रमाईलो गरि मनाउन लागेको बताईन | उक्त अवसरमा कोरियामा रहनु हुने सम्पूर्ण दिदी बहिनी, दाजुभाइ, सबै संघ संस्थाका प्रतिनिधिहरु ,फुर्सदमा
दक्षिण कोरियाले नेपाललाई दियो असी करोड अनुदान
काठमाडौं – दक्षिण कोरियाले दिगो कृषि विकास तथा समुदायस्तरमा कृषि क्षमता अभिवृद्धि गरी ग्रामीण भेगका बासिन्दाको आय बढाउने समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न करिब रु ८० करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ। नवलपरासी जिल्लामा कार्यान्वयन गरिने उक्त परियोजनाअन्तर्गत जिल्लाका कुडिया, भुजाहवा, सनाही, तम्सरिया, गुठिपरासनी गाविस र सुनवल नगरपालिकामा कार्यक्रम सञ्चालन हुनेछन्। परियोजना स्थानीय विकास मन्त्रालय र कोरियाली सहयोग नियोग (कोइका)ले कार्यान्वयन गर्नेछन्। अनुदान सहयोगसम्बन्धी समझदारी पत्रमाफुर्सदमा
क्यान्सर पिडित पूर्व राष्ट्रिय खलाडीलाई आर्थिक सहयोग हस्तान्तरण
सोल – पेटको क्यान्सरबाट ग्रसित पूर्व राष्ट्रिय बक्सर खेलाडी इन्द्र राना मगरको उपचारार्थ नेपाल मगर संघ दक्षिण कोरियाले संकलन गरेको करिब साँढे छैसठ्ठी लाख कोरियन वन हस्तान्तरण गरिएको छ | केहि बर्ष अघि रोजगारीको शिलशिलामा कोरिया आउनु भएको इन्द्र राना मगरको पेटमा अचानक क्यान्सर भएको देखा परेपछि पहिलो अप्ररेसन गरिएको थियो | त्यसको लगत्तै पुन: अर्को अप्रेसन गर्नु पर्ने भएकोले आवश्यक रकम अभाब भएकोले कोरियामा रहनु हुने सम्पूर्ण महानुभाबफुर्सदमा
स्व.गुरुङको श्रदान्जली सभा सम्पन्न
जीबी लामा सोल-गत जुलाई १२ तारिकमा स्वास-प्रश्वास समस्या भै हृदयघातको कारण अस्पतालमा मृत्यु भएका कास्की लेखनाथका ३५ बर्षीय स्व. भबेस्वर गुरुङप्रति हार्दिक श्रदान्जली ब्यक्त गर्दै शोकसभा सम्पन्न भएको छ l कास्की परिवार र तमु धी द. कोरियाले संयुक्त रुपमा आयोजन गरेको उक्त शोक सभामा श्रदान्जली व्यक्त गर्दै श्रम सहचारी अनिल गुरुङले कोरियामा बढ्दै गएको मृत्युको घटनाले चिन्तित भएको र यस्ता घटना कम गर्नको लागि हामी आफै सतर्कता अपनाउनु पर्नेफुर्सदमा
उमेशद्वारा जिवन बचाइदिन अपिल
फोनिज कोरिया संवाददाता सोल – झापा जिल्लाको चन्द्रगढी ८ निवासी बुवा डम्ब र बहादुर राई र आमा चन्द्रकला राईकी जेठा छोराको रुपमा बि सं २०४८ जेष्ठ १२ गते उमेश राईको जन्म भएको थियो । तीन बर्ष अघी बि सं २०६९ साल फाल्गुनमा सवारी दुर्घटनामा परी गम्भीर घाईते भएका उमेश राईको शिर बाहेक पुरा शरीर नचल्ने (कुँजो) भएपछी यतिबेला प्रसब पीडामा छटपटाईरहेका छन । दुर्घट्ना पश्चात बिपी क्याम्प धरानमाफुर्सदमा
‘दोस्रो स्याङ्जा कप २०१५’को तयारी तिब्र हँुदै
नोमराज गुरुङ सोल कोरिया अगामी अगष्ट २ तारिख कोरियाको गर्मी बिदालाई लक्षित गर्दै आयोजना गर्न लागेको ‘स्याङ्जा कप २०१५’ पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र भईरहेको छ । प्रतियोगिताको मिति नजिकिँदै गर्दा आयोजक स्याङ्जा परिवार दक्षिण कोरियाले दोस्रो स्याङ्कपर्लाइ भव्य र सभ्य ढंगले सफल पार्न तयारी तिब्र पारेको हो । ‘सद्भाव र एकताको कामना, स्याङ्जा कपको आयोजना’ भन्ने मूल नाराका साथ आयोजना गरिने दोस्रो स्याङ्जा कप २०१५ को लागि अगामी जुलाईफुर्सदमा