तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
असार २१ गतेदेखि ७ मुलुकमा निःशुल्क (सरकारको सूचना सहित)
फोनिज कोरिया संवाददाता काठमाडौं- खाडीका ६ देश र मलेसिया गरि ७ मुलुकमा असार २१ गतेदेखि फ्रि भिसा र फ्रि टिकटको व्यवस्था लागू हुने भएको छ । व्यवसायीको दबाबका बाबजुद श्रम तथा रोजगार मन्त्रालयले यस्तो व्यवस्था लागू गर्न लागेको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार २१ गतेदेखि बहराइन, कतार, साउदी अरब, यूएई, ओमान, कुवेत र मलेसियामा निःशुल्क भिषा र टिकट अनिवार्य गरिएको छ। यसबारे बोर्डले निकालेका सूचना हेर्नुहोस् । फुर्सदमा
अमेरिकामा टिपीएस खुल्यो, आवेदन डिसेम्बर २१ सम्म
फोनिज कोरिया संवाददाता न्युयोर्क-अमेरिकी सरकारले कागजविहीन रहेका नेपालीहरुलाई ‘टेम्पोररी प्रोटेक्टेड स्ट्याटस(टिपिएस)’ प्रदान गर्ने भएको छ । अमेरिकी सरकारले आप्रवासीहरुलाई अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था दिने सुविधाअनुसार कागजविहीन नेपालीलाई यो सुविधा प्रदान गरेको हो । यो सुविधा पाउन नेपालीले आवेदन भर्नुपर्नेछ । अमेरिकी संघीय सुचना प्रवाह गर्ने ‘फेडेरल रजिस्टर’ले दिएको जानकारीअनुसार ‘होमल्यान्ड सेक्युरेटी विभाग’ले यो सुविधा पाउन जुन २४ देखि डिसेम्बर २५ सम्म आवेदन दिन सकिने छ । यसले अमेरिकामाफुर्सदमा
फ्री भिसा फ्री टिकट असार २१ देखि
फोनिज कोरिया संवाददाता काठमाडौ- श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र खाडी मुलुकको लागि ‘फ्री भिसा र टिकट’ को निर्णय असार २१ देखि लागू गर्ने भएको छ । मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले सोही दिनदेखि फ्री भिसा र टिकट उल्लेख भएका मागपत्रलाई मात्र पूर्वस्वीकृत दिनेछ । सोही स्वीकृतिका आधारमा म्यानपावर व्यवसायीले कामदार भर्ना गरी विभागबाट अन्तिम स्वीकृत लिएर नि:शुल्क रूपमा पठाउनु पर्नेछ । कानुन मन्त्रालयले राजपत्रमा सूचना निकाल्न नपर्ने भनेपछि श्रम मन्त्रालयलेफुर्सदमा
अमेरिका जाने लोभमा २६ लाख डुब्यो
शम्भु कट्टेल काठमाडौं: जीवनभर कमाएको रकम खर्चिएर अमेरिका हिँडेका व्यक्तिको प्रवेशाज्ञा (भिसा) बीच बाटोमा नक्कली ठहरियो भने कसको होस नउड्ला र? यस्तै भयो बागलुङका गोपालप्रसाद सापकोटालाई। घरपरिवारसँग अमेरिका जान बिदा भएर हिँडेका सापकोटा हङकङ विमानस्थलबाटै फर्कनुपर्यो। हङकङ अध्यागमनले सापकोटाको राहदानीमा लागेको अमेरिकाको भिसा नक्कली भएको भन्दै उनलाई फर्काइदिएको हो। त्यहाँ फर्काइएपछि उनी अध्यागमन विभागको हिरासतमा छन्। अमेरिका जान २६ लाख रुपैयाँ खर्चिएर लिएको भिसा नक्कली ठहरिएपछि उनीफुर्सदमा
जापानमा अस्थायी कामदारलाई स्थायी बनाउने विधेयक पारित
फोनिज कोरिया संवाददाता काठमाडौं-जापानमा अस्थायी कामदारलाई स्थायी गर्नुपर्ने विधेयक त्यहाँको तल्लो सदन डायटले पारित गरेको छ । डायटले निश्चित अवधिभित्र अस्थायी कामदारलाई स्थायी गर्नुपर्ने भन्दै सो बिधेयक पारित गरेको हो | यसअघि यो विधेयक दुई पटक पारित हुन सकेका थिएन । डायटले अस्थाई कामदारलाई पूर्णकालीन रोजगारीमा प्रोत्सहान गर्ने उद्देश्यले तयार भएको यो बिधयकले कानुनी मान्यता पाउनका लागि अब माथिल्लो सदनमा जाने छ । जापानको विपक्षी लोकतान्त्रिक पार्टी भनेफुर्सदमा
अमेरिकामा हत्या गरिएकी समिराको हत्यारा पक्राउ
फोनिज कोरिया संवाददाता अमेरिका – टेक्सासको कोलोनी भन्ने ठाउँमा आफ्नै स्टोरमा गोली हानी हत्या गरिएकी नेपाली चेली समिरा शिवाकोटीको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । कोलोनी शहरको प्रहरीले आज एक पत्रकार सम्मेलन गरी शिवाकोटीको हत्यारा पक्राउ परेको जानकारी दिएको छ । हत्यारा १९ वर्षको अश्वेत वर्णको डियोन किङ्ग्सटन जुनियर नामको किशोर रहेको प्रहरीले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ । प्रहरीले फोटोसहित समिरालाई गोली हानी हत्या गर्ने हत्याराकोफुर्सदमा
ट्रिपल डिग्री होल्डर नेपाली बेलायतमा रोधीघर चलाउदै
फडिन्द्र भट्टराई लन्डन – गोरखाका गणेश गुरुङले बेलायत आउनु पूर्व नै नेपालबाटै एमबिए र कानुनमा एल एलबी सिध्याएका हुन्। सन् २००६ को बेलायत आगमनपछि लिड्स युनिभर्सिटीबाट एमएससीसमेत गरिसकेका उनी बेलायतमा बिगत पाँच वर्षदेखी नेपाली रोधीघर रेस्टुरेण्ट सञ्चालन गर्दै आएका छन्। गुरुङले नेपालीहरुको बाक्लो वस्ती रहेको लन्डन नजिकैको शहर अल्डर्शटमा आफ्ना साथीहरूको सहयोगमा निरमाया रोधीघर सफल सञ्चालनमा ल्याएका छन्। स्टेजको लाईट बल्नासाथ भाद्गाउँले कालो टोपी र स्टकोटमा सजिएका एक अधबैसे कलाकारले ‘नमस्तेफुर्सदमा
अब मलेसियाले नेपाली नभई बंगलादेशी कामदार ल्याउने
फोनिजकोरिया संवाददाता मलेसिया – नेपाल सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार ल्याउने भएको छ । यसअघि मलेसिया सककारले बंगलादेशबाट कामदार लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार मलेसिया पुगेका थिए । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार मलेसियालगायतका ७ वटा खाडी मुलुकमा नेपाली कामदार पठाउँदा निशुल्क भिसा र टिकट दिनुपर्ने माग गरेपछि मलेसियाको सरकारले कामदार खोज्ने मुलुकको सूचीबाट नेपाललाईफुर्सदमा
कतारमा नेपाली कामदारको परिवारलाई ५४ लाख क्षतिपूर्ति दिन आदेश
फोनिज कोरिया संवाददाता काठमाडौं – कतारको एक अदालतले एक नेपाली कामदारको मृत्युमा कम्पनीलाई दोषि ठहर गर्दै पीडित परिवारलाई क्षतिपूर्ति तिर्न आदेश दिएको छ । ति नेपाली कामदार कार्यरत सो निर्माण कम्पनीले सुरक्षाको उपाय अवलम्वन नगरेको भन्दै दोषि ठहर गरिएको दोेहा न्यूजले खवर छापेको छ । ति नेपालीकोे पर्र्ल कतारमा निर्माणाधिन एक टावरको सातौं तल्लाबाट खसेर गतबर्ष ज्यान गएको थियो । रेडको अल माना नामको कम्पनीका लागि ति नेपाली कार्यरतफुर्सदमा
निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको निर्णयबाट सरकार पछि नहट्ने
किरण भट्टराई काठमाडौँ – श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले खाडीका छ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञामा मात्रै पठाउने निर्णयबाट मन्त्रालय पछि नहट्ने स्पष्ट पारेका छन्। राज्यमन्त्री गुरुङले प्रधानमन्त्रीले निःशुल्कको निर्णय फिर्ता लिन आफूलाई निर्देशन दिएको भनि आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी दिए। उनले भने,“ केही वैदेशिक रोजगार व्यवसायी प्रधानमन्त्री कहाँ गएर निःशुल्क टिकट र भिसाको विरोध गरेछन्, त्यसबारे बुझ्न मलाईफुर्सदमा