तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
मोनिका घले बनिन् मिस नेपाल नर्थ अमेरिका २०१८ कि विजेता
न्युयोर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरुको छनौट गरिएको थियो । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि प्रथम बिजेता सुजाता लामा तथा द्वितीय बिजेता सिर्जना राई घोषित भएका छन । अगस्त ६ तारिख देखि तालिम सुरू भै अगस्त ११ तारिख शनिवार अन्तिम दिन विजेता तथा अन्यको घोषणाफुर्सदमा
तामाङ सोसाइटी अफ अमेरिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा
लुइसाङ्ग तामाङ जुलाई ८, २०१८ का दिन न्युयोर्कमा सम्पन्न वाङ अर्थात अभिषेक ग्रहण कार्यक्रममा बौद्ध गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोचेको नेतृत्वमा रामेछापमा निर्माणधीन बौध स्तुपाको लागि तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष श्रीमती सानुमाया तामाङले सोसाइटीकोतर्फबाट ५ लाख रुपैया चन्दा सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । बौद्ध धर्म अनुसार अत्यन्तै पबित्र मानिने बौद्ध स्तुपा नेपालको रामेछाप जिल्लामा निर्माण हुदैंछ ।तामाङ सोसाइटी अफ अमेरिकाले आइतबारको दिन न्युयोर्कमा आयोजना गरेको वाङ कार्यक्रममाफुर्सदमा
गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले दिए १५ लाख
काठमाडौं,गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले १५ लाख रुपैया प्रदान गरेका छन् । भोजपुर दिल्पा नागीँ जन्म भइ हाल ललितपुर मानभवन बस्ने गीतकार सङ्घ नेपालका आजीवन सदस्य कवि तथा गीतकार अमर बान्तुले उक्त रकम शुक्रबार हस्तान्तरण गरेका हुन । अमर बान्तु (अमर सिहं राई) ले गीतकार सङ्घ नेपालको कार्यालय, विजुलीवजार काठमाडौंमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष चूडामणि देवकोटालाई उक्त रकमको चेक हस्तारन्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिफुर्सदमा
अमेरिकाको टेक्सास, डल्लासमा तामाङ पहिचान सहित पहिलो पटक ल्होछार सम्पन्न
ङिमा पाख्रिन / डल्लास्, टेक्सास् तामाङ सोसाईटी अफ उत्तर अमेरिका, टेक्सासले डल्लासमा २८५४औ खि-ल्हो ल्होछार पर्वलाई एक भव्य कार्यक्रमको आयोजना गरी मनायो । पहिलो पटक आयोजित ल्होछार कार्यक्रममा तामाङ समुदायसँगै ल्होछार पर्व मनाउँन अन्य समुदायका मानिसहरु पनि उपस्थित रहे । ल्होछार कार्यक्रममा प्रस्तुत बिभिन्न साँस्कृतिक कार्यक्रम हेरेर भिड भित्र रमाईरहेका एक जोडी मेक्सिकन अमेरिकनसँग बुझ्दा उनीहरुसँगै काम गर्ने तामाङ साथीका कारण आएको बताए । पहिलो पटक देखिएको सेलो नाचको चालहरुफुर्सदमा
उत्तर अमेरिकामा तामाङ सम्मेलन हुँदै, अध्यक्षमा लक्यान लामाको उमेद्वारी
मच्छे गुरुङ / न्युयोर्क उत्तर अमेरिका तामाङ सम्मेलन २०१८ आउने शनिबार र आइतबार जनवरी १३ र १४ मा न्यूयोर्कमा हुँदै छ । पहिलो पटक हुन लागेको सम्मेलनमा अध्यक्ष पदका लागि लक्यान लामाले उमेद्वारीको घोषणा गरेका छन् । लामाले, थकाली किचनमा एक कार्यक्रम गरी उमेद्वारी घोषणा गरेका हुन् । लामाले उमेद्वारीको घोषणा गर्दै ७ बुँदे प्रतिवद्धता र ४ बुँदे गुरुयोजना सहित घोषणपत्र पनि सार्वजनिक गरेका छन । उनले, तामाङ कल्चर एण्डफुर्सदमा
नयाँ बर्षमा नलिना
अमेरिका, गायिका नलिना चित्रकार नयाँ बर्ष २०१८ मनाउँन परिवारसँग घुमघाममा ब्यस्त छिन् । ‘२०१७ भरी अत्यन्तै ब्यस्त भएकीले परिवारसँग घुम्ने समय मिलाउँन सकेकी थिईनँ’ उनले फेसबुक च्याटमा भनिन्, ‘छोरालाई गरेको प्रमीस पुरा गर्दैछु’ । फेम्ली भ्याकेशनबाट फर्कने बित्तिकै उनी तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिर्नियाको आयोजनामा हुने ल्होछार कार्यक्रममा पर्फर्मेन्सको लागि पुग्ने बताईन् । तामाङ समुदायको अधिक जमघट हुने भएकोले सेलो शैलीका गीतहरु बढी प्रस्तुत गर्ने सोच रहेको उनले बताईन् ।फुर्सदमा
तमु ल्होछार २०७४ विभिन्न साँस्कृतिक कार्यक्रमसाथ सम्पन्न
मच्छे गुरुङ न्यूयोर्क, गुरुङ तमुहरुको महान पर्व तमु ल्होछार २०७४ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा सम्पन्न भएको छ । गुरुङ, तमु सोसाइटी अमेरिकाको आयोजनामा बार्षिक रुपमा मनाउँदै आएको ल्होछार गएको डिसेम्बर ३० तारिख ज्याक्सन हाइटस्थित बेलेजिनो हलमा विभिन्न मौलिक साँस्कृतिक कार्यक्रमसाथ मनाएको हो । वर्गको आधारमा उमेर गणना गर्ने तमु जातिले, यस बर्ष चरा वर्ग अर्थात च्हा ल्हो वर्गको विदाइ र कुकुर बर्ग अर्थात खिल्हो वर्गको स्वागत गर्दै मनाएका हुन्फुर्सदमा
हङकङमा लाफा इन्भेष्टमेन्टको भेटघाट तथा अन्तरक्रिया सम्पन्न
हङकङ, “एकता नै बल हो, इमान्दारिता नै धर्म हो” भन्ने मूल नारा लिएर स्थापित कम्पनी लाफा इन्भेष्टमेन्ट लिमिटेडले हङकङ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सामूहिक लगानीमार्फत् आर्थिक समृद्धि प्राप्तिको अभियान सुरु गरेको कम्पनीले आइतबार हङकङको जोर्डनस्थित किरात याक्थुङ चुम्लुङको भवनमा कार्यक्रम सम्पन्न गरेको हो । नेपाल, हङकङ, दक्षिण कोरिया, जापान, बेलायत, कतार, मलेसिया, संयुक्त राज्य अमेरिका, इजरायल, इटाली, बरमुडा, कुवेत, बेल्जियम, संयुक्त अरब इमिरेट्सलगायतका देशमा रहेका मगरहरूकोफुर्सदमा
“दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन,निरोगी बनाउन सक्ने ” – कोरियन गुरु ह्वे जङ
काठमाडौं, टेकुस्थित प्रज्ञा ध्यान केन्द्रले आफ्नो दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रेरणादायी धर्म देशना कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । काठमाडौं महानगरका मेयर बिध्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको सो कार्यक्रममा मेयर शाक्यले मानब सेवा नै सबभन्दा ठुलो धर्म रहेको बताए । त्यस्तै मेयर शाक्यले मरिसकेपछि सम्मान गर्ने परम्परा त्यागेर जिउंदैमा असहाय ,गरिब ,दुखीहरुहरुको सेवा गर्नुपर्ने पुन दोर्हाए । कार्यक्रममा दक्षिण कोरियाबाट नेपाल आएका बज्रयान सम्प्रदाय जिन्गाक बौद्ध संघकाफुर्सदमा
नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाद्धारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न
नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका फिओनाले तिहारको अवसरमा देउसी भैलो कार्यकम आयोजना गरयो । न्यू योर्कको ज्याक्सन हाइटमा भएको कार्यक्रमको उदघाटन, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका उपाध्यक्ष विनोद पोमोले दिप प्रज्वलन गरेर गर्नुभएको थियो । पोमाले महिला महासंघ स्थापना कालदेखि नै महासंघलाई सहयोग गर्दै आउनुभएको छ । महासंघका उपाध्यक्ष इन्दिरा चोङवाङले उपस्थित सबैलाई औपचारिक स्वागत गर्दै फिओनाको उद्देश्यको बारेमा जानकारी दिनुभयो । विभिन्न क्षेत्रमा रहेर पनि आदिवासी महिलाहरुको लागिफुर्सदमा