तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
अमेरिका जाने डिभी चिठ्ठा खुल्यो
सोल – अमेरिकाको स्थायी नागरिक भएर जाने सबभन्दा सहज प्रक्रिया अमेरिकी डिभी चिठ्ठा २०१७ को बिहीबारदेखि खुला भएको छ । डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन दर्ता अवधि बिहीबारदेखि नोभेम्बर ३ तारिखसम्म सम्म रहने अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी सरकारले आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दै खुला भएको विज्ञप्तीमा उल्लेख छ । आवेदन नि:शुल्क रुपमा गर्न सक्ने र त्यसको लागी वेबसाइटमा गए हुने समेत उल्लेख गरेकोफुर्सदमा
राष्ट्रपतिद्वारा नेपालको संविधान जारी
काठमाडौं – संविधान जारी हुने दिन देशका विभिन्न भागमा उल्लास मनाइएको थियो भने केहीमा विरोध कार्यक्रम भएका थिए | राष्ट्रपति रामवरण यादवले एउटा ऐतिहासिक समारोहबीच आइतबार नेपालको संविधानमा हस्ताक्षर गर्दै त्यसको कार्यन्वयन प्रारम्भ भएको घोषणा गरेका छन्। संविधानसभाको अत्यधिक बहुमतबाट पारित नयाँ संविधानले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता जस्ता विषय संस्थागत गरेको छ। संविधानसभामा सम्बोधन गर्दै राष्ट्रपति रामवरण यादव र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गले राष्ट्रिय एकता र नयाँ संविधानको संरक्षणमाफुर्सदमा
एमआरपी अनिवार्य हुन लाग्दा अप्ठेरोमा कामदार
काठमाडौं: वैदेशिक रोजगारीमा गएका सबै नेपाली कामदारसँग मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नभएकाले आगामी नोभेम्बर २४ पछि उनीहरू समस्यामा पर्ने भएका छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार आगामी नोभेम्बर २४ पछि कुनै पनि देशका नागरिकले एक ठाउँबाट अर्कोमा यात्रा गर्दा अनिवार्य एमआरपी प्रयोग गर्नुपर्नेछ। नेपालबाट वैदेशिक रोजगारीमा गएका दुईतिहाइभन्दा बढी कामदारले हस्तलिखित राहदानी बोकेका छन्। नोभेम्बर २४ पछि एमआरपी देखाउन नसक्नेले आवतजावत गर्न पाउनेछैनन्। विदेशमा रहेका कामदार घर फर्किनफुर्सदमा
एक वर्षमा आठ सय बालबालिका बेपत्ता
काठमाडौं-गएको एक वर्षमा झण्डै आठ सय बालबालिका बेपत्ता भएका छन् । तर, ती बालबालिका कहाँ गए त्यसको पत्तो छैन् । हराएकामध्ये दुई सय ८७ जनालाई मात्रै परिवारमा पुनर्मिलन गराइएको जानकारी खोजतलास केन्द्रले दिएको छ । पुनःनिर्माण र नयाँ संविधानः बालअधिकारको संरक्षणको हाम्रो अभियान भन्ने राष्ट्रिय नाराका साथ मंगलबार देशव्यापी बालदिवस मनाइरहँदा यस्तो तथ्यांक सार्वजनिक भएको हो | वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारणफुर्सदमा
नेपालमा पाँच सय अबैध बिदेशी शरणार्थी
काठमाडौं-सरकारले दुई देशका शरणार्थीलाई मात्र नेपालमा मान्यता दिएको छ । तर, अन्य नौ देशका नागरिक शरणार्थीको नाममा नेपालमा बस्दै आएका छन् । गृह मन्त्रालयका अनुसार विभिन्न नौ देशका चार सय ८७ जना शरणार्थी नेपालमा बस्दै आएका छन् । अन्य ३४ जनाले शरणार्थी बन्न शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)मा शरण खोजेका छन् । युएनएचसिआरले गृह मन्त्रालयमा दुई साताअघि दिएको विवरणअनुसार नेपालमा सबैभन्दा धेरै पाकिस्तानी शरणार्थी बस्दै आएका छन् । हालफुर्सदमा
साउदीमा नेपाली चेली ६ वर्षदेखि बन्धकमा
काठमाडौं-ठूलो र मिठामिठा सपना देखाएर छोरीलाई फकाइ फुलाइ विदेश लगे, अहिले न उता बन्धकजस्तो बस्न बाध्य भएकी छिन, ६ वर्षअघि साउदी हिँडेकी देवचुली नगरपालिका ७ नवलपरासीकी सन्तमाया नेपालीकी आमा पार्वतीले सबैलाई यही दुखेसो गर्ने गर्छिन । सन्तमाया अझै घर फर्कन पाएकी छैनन् । कमजोर आर्थिक अवस्था अनि जम्मम ३ कक्षा पढेकी उनलाई विदेश लैजाने चाँजोपाँचो प्रगतिनगरकी लिला पाण्डेले गरेकी हुन् । भारतको बाटो लगेर, भारतीय एजेन्टको सहयोगमा उनलाईफुर्सदमा
इजरायलको आवेदन दुई साताभित्र खुल्ने
काठमाडौं-वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (घरेलु कामदार) पठाउन दुई साताभित्र रोजगार आवेदन दिन खुला गर्ने तयारी गरेको छ । दुबै देशका सरकारमार्फत (जीटूजी) माध्यामबाट नेपाली कामदार पठाउने ब्यवस्था अनुरुप प्रारम्भिक रोष्टरका लागि आवेदन खुला गर्न लागिएको हो | विभागका प्रवक्ता बद्रीकुमार कार्कीले नेपाल र इजरायलबीच जीटूजीमार्फत कामदार पठाउने सम्झौताको पाइलट प्रोजेक्ट अनुरुप प्रारम्भिक रोष्टरको आवेदन खुला गर्न लागिएको बताए । विगतमा स्वीकृतप्राप्त तालिम प्रदायक संस्थाहरुबाट तीन महिना घरेलुफुर्सदमा
जापानमा बाढीले ९० हजार बिस्थापित (भिडियो सहित)
काठमाडौं-जापानको उत्तर-पूर्वी क्षेत्रमा व्यापक बाढी र पहिरोको कारण त्यस भेगका करिव ९० हजार मानिसहरु घर छोड्न वाध्य भएका छन् | जापानको किनुगावा नदीमा पानीको वाहब बढेपछि नदीले धार परिवर्तन गरि टोकियोको उत्तर राजधानी जोसो सहरको पर्खाल भत्काएको छ | जोसो सहर अहिले जलमग्न भएको छ | अहिले त्यस भेगका स्थानीयवासीलाई हेलिकोप्टरले उद्दार गरिरहेको छ | बाढी र पहिरोको कारण त्यस क्षेत्रमा एक जना हराइरहेको र १२ जनाफुर्सदमा
६ हजार लगानीले १२५ लाई रोजगारी
जगन्नाथ दुलाल काठमाडौं – १३ वर्षअघि व्यवसाय सुरु गर्दा सोचेका पनि थिएनन् उनीहरुले, ६ हजार रुपैयाँबाट सुरु भएको व्यवसायले १२५ महिलालाई रोजगारी दिन सकिएला भनेर । तर, निरन्तरको परिश्रम र मेहनतले आफैंले नसोचेको सफलता पाएका छन् शान्ति श्रेष्ठ र निर्जला श्रेष्ठले । काठमाडौंको नेवार परिवारमा जन्मे–हुर्केका उनीहरु अहिले आफ्नै प्रगति देखेर दंग छन् । भन्छन्, “नेपालमै अवसर छ, गरे जे पनि सम्भव छ भन्ने उदाहरण हामी बनेका छौं ।”फुर्सदमा
बाल मृत्युदर ५३ प्रतिशत घट्यो
काठमाडौं- २५ बर्षमा बाल मृत्युदर ५३ प्रतिशतले घटेको एक प्रतिबेदनले देखाएको छ । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र्संघको बालबालिकासम्बन्धी एजेन्सी युनिसेफको संयुक्त प्रतिवेदनले सन् १९९० यता विश्वभर बाल मृत्युदर उल्लेख्य घटेको देखाएको हो । प्रतिबेदन अनुसार २५ वर्ष अघि विश्वमा ५ वर्ष मुनीका १ करोड २७ लाख बालबालिकाको मृत्यु भएकोमा यो बर्ष सो संख्या ६० लाखमा झरेको छ । यद्यपी दातृ निकायहरुले मृत्युदर घटाउन अझै पनि ठूलो चुनौतीफुर्सदमा