तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
एनआरएन कोरियाको महासचिव पदमा उमेशको उमेरद्वारी
सोल-गैह्र आवासीय नेपाली संघ (एनआरएन) को संसार भरि महत्वकांक्षी बढिरहेको बेला अहिले विश्वभर अधिबेशनको चहल पहल चलिरहेको बेला, दक्षिण कोरियाको NRNA अधिबेशन को लागि पनि उम्वेद्वारी दिनेको लर्को चलिरहेकोछl NRNA नेतृत्व को लागि बिशुद्द राजनीतिक, निस्वार्थ भावना र सक्षम व्यक्तिहरुको खाचोछl यसको लागि अनुभव र कार्य क्षेमताको हिसाबले स्वतन्त्र, निस्पक्ष र पारदर्शी हिसाबले एउटा सक्षम व्यक्ति चुनिनु पर्छ l तर यहाँ विभिन्न राजनीतिक दलका गुटबन्दी, संघ संस्था, र क्षेत्रगतरुपमा आ-आफ्नोफुर्सदमा
एनआरएन कोरियाको महासचिबमा लक्ष्मण दाहालको उमेदवारी
आदरणीय कोरीयाबासी नेपाली दाजुभाइ तथा दिदीवहीनीहरु, अग्रजहरु, विभिन्न संघसस्थाका प्रतिनीधीहरु,पत्रकार मित्रहरु वुद्धीजीविवर्गहरुमा नमस्कार तथा हार्दीक अभिवादन गर्दछु। यही सेप्टेम्बर १२-१३ मा सम्पन्न हुन गैरहेको एनआरएन कोरियाको पांचौ राष्ट्रिय महाधिवेशनमा मैले महासचिब पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको यहांहरु सबैमा अवगत गराउन चाहन्छु। मैले यस अघि कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति- बुसान शाखाको सचीव, एनआरएन कोरिया क्षेत्रीय शाखा बुल्ख्याङ (बुसान+उल्सान+खिम्हे) क्षेत्रिय सदस्य तथा बुसान क्षेत्रीय संयोजक हुदै एनआरएन कोरियाको (२०१३-१५)केन्द्रीय सचीवफुर्सदमा
एनआरएन कोरियाको अध्यक्षमा रबिन उठ्दै
सोल-एनआरएन कोरियाका आसन्न पाँचौ राष्ट्रिय अधिबेशनमा रबिन तामाङ अध्यक्ष पदमा उठने भएका छन् l उनि वर्तमान कार्य समितिका उपाध्यक्ष हुन् | अध्यक्ष पदका दावेदार तामाङले केहि भावी योजनाहरु अघि सारेका छन् | कोरियामा बढ्दै गएको आत्महत्या र औधोगिक दुर्घटना, नेपालबाट बिबाह भिषामा कोरिया आएका नेपाली चेलीबेटीहरुको समस्याहरुलाई सम्बोधन गर्ने उनको योजना छ | कोरियामा रहेका नेपालीहरुले आर्जन गरेको सीप, पुजी र क्षमतालाई नेपालको बिकाश निर्माणमा लगाउन सरकारसंग हातेमालोफुर्सदमा
एनआरएन कोरियाको उपाध्यक्ष अमृत राई पनि उठ्ने
सोल-सबैभन्दा धेरै दाबि गरिएको एनआरएन कोरियाको उपाध्यक्ष पदमा अमृत राई पनि उठ्ने भएका छन् | आउदो सेप्टेम्बर १२ /१३ मा हुन लागेको पाँचौं अधिबेशनमा उपाध्यक्ष पदमा उमेरद्वारी दिने राईले बताएका हुन् | खोटाङ जन्मिएर सन् १९९१ देखि कोरिया बस्दै आएका राईसंग बिभिन्न संघसंस्थामा बसेर काम गरेको अनुभव छ | उनले कोरियाको संघ सस्थामा राजनीतिक दल र ब्यापारिक समुहको प्रभाव न्यून बनाउन आफुले एनआरएनको उपाध्यक्षमा उमेरद्वारी दिन लागेको बताएकाफुर्सदमा
ब्यापारिक र व्यक्तिगत लाभको लागी एनआरएनमा नलागौ-राजदूत लामा
सोल- दक्षिण कोरियाको लागि नेपाली राजदुत कमानसिङ लामाले ब्यापारिक र ब्यतिगत फाइदाको लागि मात्रै हो भने एनआरएनमा नलाग्न आग्रह गरेका छन् l गत आइतबार नेपाल पत्रकार महासंघ कोरियाले नेपाल हाउसमा आयोजना गरेको ‘एनआरएन कोरिया र भावी नेतृत्व’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदुत लामाले सो कुरा बताएका हुन् l कार्यक्रममा बोल्दै राजदुत लामाले एनआरएनलाई नेपाल सरकारले मान्यता दिएको संस्था भएकोले आय व्यय र नाफा नोक्सान विवरण पनि उल्लेख हुनुपर्नेफुर्सदमा
एनआरएन कोरियाको अध्यक्ष फोनिजबाटै छान्न सकिने
सोल- एनआरएन कोरियाको भावी अध्यक्ष फोनिजबाटै छान्न सकिने भएको छ | सेप्टेम्बर १२ र १३ दुई दिन हुन लागेको पाँचौ अधिबेशन नजिकिंदै गर्दा जनमानसमा भावी अध्यक्ष बारे उत्सुकता बढेपछि फोनिज कोरिया डटकमले अनलाइन मत सर्भेक्षण गर्न फोनिज पोलको स्तम्भ तयार गरेको हो | www.fonijkorea.com मा गएर मत सर्भेक्षणमा भाग लिन सकिन्छ | पोलमा अध्यक्ष पदका प्रत्यासीहरुको नामावली रहेको छ | ती मध्ये आफुलाई इच्छा लागेको उमेरद्वारलाई क्लिक गरेरफुर्सदमा
एनआरएन कोरियाको पांचौ अधिवेशन बारे छोटो विवेचना
झक थापा मगर “नेपालीको लागि नेपाली” भन्ने मूल नाराको साथमा नेपालको विकास र प्रवर्द्धनमा टेवा पु-याउने, रहर बाध्यता र सम्भावनाको खोजीमा सार्क मुलुक भन्दा बाहिर विभिन्न मुलुकमा वसोबास गरिरहेका गैर आवासीय नेपालीहरुको हितको पक्षपोषण गर्न र संगठित रुपमा अगाडी बढ्न, विदेशमा आर्जन गरेको सीप र अर्थलाई नीजि क्षेत्रमा सामूहिक लगानी गरि राष्ट्र निर्माणमा सहयोग पु-याउने उद्देश्यले सन् २००३ मा लण्डनमा सम्पन्न गैर आवासीय नेपालीहरुको एक भेलाले व्यापक छलफल गरि ल्याईएकोफुर्सदमा
एनआरएन कोरियाको उपाध्यक्षमा बिपिन गुरुङको उमेदवारी
सोल – एनआरएन कोरियाको आउदो सेप्टेम्बर १२ र १३ मा हुन गईरहेको पाँचौ आसन्न अधिवेशनलाई लिएर चुनावी माहोल बढिरहेको बेला बिगत लामो समय देखि समाज सेवामा सक्रिय व्यवसायी बिपिन कुमार गुरुङले पनि उपाध्यक्ष पदमा उमेदवारी घोषणा गरेका छन् | बाग्लुङ दुदिलाभाटीमा स्थाई घर भएका गुरुङ १५ बर्ष अघि व्यवसाय भिसामा कोरिया आएका हुन् | गुरुङकै सक्रियतामा बाग्लुङ सम्पर्क समिति स्थापना गरिएको थियो | स्थापनाकाल देखि नै बाग्लुङ सम्पर्क समितिको संरक्षकफुर्सदमा
एनआरएन कोरियाको उपाध्यक्षमा नवराज भिड्ने
सोल-एनआरएन कोरियाको पाचौं महाधिवेशनको लागि नवराज तामाङको उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । बिगत ३ बर्षदेखि यहाको सामाजिक काममा तल्लीन रहेको तामाङ एनआरएन कोरियाको चौथो महाधिवेशनबाट केन्द्रिय सदस्य भइ हालसम्म सक्रिय रूपमा लागि परिरहेको छन। उनी नेपाल तामाङ संघ कोरियाको भुपु सहसचिब एवं मकवानपुर कोरिया मन्चको हालको उपाध्यक्ष समेत हुन । यो अवधीमा अनिश खालिङ राई बचाउ अभियान , सुनकोशी बाडिपिडितलाई आर्थिक सहयोग संकलन अभियान, बिनासकारी महाभुकम्प पिडितहरुलाईफुर्सदमा
एनआरएन कोरियाको सचिबमा सगेन्द्र घले उठ्ने
सोल-आउदो सेप्टेम्बर १२ र १३ मा हुने एनआरएन कोरियाको अधिबेशनको रौनक बढिरहेको बेला सचिब पदको दाबी सगेन्द्र घलेले गरेका छन् | बिगत सातबर्षदेखि कोरिया बस्दै आएका घले भोजपुर परिवारको सहयोगी हुन् | कोरियामा रहेका नेपालीहरुको दुखसुख र अप्ठ्याराहरुमा साथ दिंदै मैत्रीपूर्ण समाज निर्माण गर्न लागि आफुले सचिब पदमा उमेरद्वारी दिन लागेको बताएका छन् | सचिब पदमा आफुलाई सहयोग गर्न कोरियामा रहेका ब्यापारी, बुद्दिजिबी, बिध्यार्थी, पत्रकार र सम्पूर्ण नेपालीफुर्सदमा