तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
अर्को ग्रह

एक जमाना! हजुरबा, टोलभरीका नातिहरु पनाती र नातीनाहरु बटुलेर डुब्नलागेको घाममा आड लगाएर कथा सुनाई रहन्थे, ‘अर्को ग्रह’को। ‘अर्को ग्रह’, जहाँ मान्छेहरु छन्, हामी जस्तै। तर, उनिहरु एक देशमा जन्मन्छन् अनि मर्छन् अर्कै देशमा। एक देशमा बिहे गर्छन् अनि सुहागरात अर्कै देशमा। बिस्वलाई एउटै धागोमा बाँधेका छन् ईन्टरनेटको। सरीरलाई बिछ्याउनमा पल्टाई आफ्नै प्रतिलिपी बोकेर, निस्कन्छन् फेसबुक, ट्विटर, सगुनमा। अनि जिस्काउछन् प्रतिलिपीहरु, कमेन्टमा तन्नेर तन्नेरीहरुका च्याटमा मन दुहाउनेहरुका भिडियो च्याटमा नाँगाफुर्सदमा
इतर आवाज साहित्य समाज कोरियाले सलनालमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै

इतर आवाज साहित्य समाज,दक्षिण कोरियन नयाँ बर्ष सलनालमा विषेश साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाको राजधानी सउलमा हुने साहित्यिक कार्यक्रममा विश्वभरका आदिवासी सौन्दर्यमा आधारित पहिचानवादी कविहरूबाट संकलित संयुक्त कविता संग्रहको लोकार्पण गरिने भएको छ । सयुक्त संग्रहमा २०० भन्दा बढी कविका कविताहरु रहने छन् भने पुस्तकको तैयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी गराएको छ। विश्वभर छरिएर रहेका आदिवासी सौन्दर्य आधारीत, पहिचानमा कलम चलाई रहनुहुने कविहरूको एउटै पुस्तकभित्र कविताफुर्सदमा
म सपनासित यात्रा गर्छु (कविता)

भर्खरै, समय गोजीमा खाँदेर ओलिम्पस के चडिरहेको मात्र थिएँ पुरै आकाश समुद्रको बिचमा खस्यो । माझिहरु डुङ्गा चडेर घाम टिप्न दौडिरहेका थिए समुन्द्रको किनारमा नुहाई रहेका युवतिहरु पेन्टी र ब्रा बोकेर तारा टिप्न हतारमा थिए कुहिरो फुलको आकृती बोकेर मान्छेहरुको भिँडमा मिसिदै थियो। मजदुरहरु लुगा फुकाएर सडकमा जिन्दगी बिच्छ्याएर सुतिरहेका थिए। बच्चाहरु झ्याँउकिरिको गीतमा नाचिरहेका थिए। कविहरु ल्याम्पपोस्टको फेदमा उभेर कविताको लिलामी पत्रमा हस्ताक्षर गर्दै थिए। खस्यो…! खस्यो…..! आकास समुद्रकोफुर्सदमा
अन्तिम बिद्रोह

हो महोदय – मैले बिद्रोह गरेकै हो । बिद्रोह त त्यो बेला पनि गरेको हुं जुटको बोराभित्र आधा शरीर पोको पारेर पुर्णिमा रातको साची बस्दै गर्दा चुपचाप चुपचाप हेरिमात्रै रहने जुनले बिहानीपख असरल्ल आँसु मात्रै छोडेर मेरो जिन्दगीबाट गएको दिन । दुइछाक पेटभरी खाने र शरिर छोप्ने गरि एकसरो लाउने आशाको बीउ रोपेर मुखियाको टारिखेतमा रातदिन नभनी असारे गोरु झैं जोतिएकै हुं । हातमा कलम खेलाउने हजारौ रहरहरुलाइ बलि चढाएरफुर्सदमा
मोति जयन्तिको अवसरमा छन्द कविता वाचन

को हो लाख करोडको पति भनी चिन्दैन मुर्दाघर बिच्छ्याएर हजार नोट कहिल्यै बन्दैन कात्रो तर श्रद्धा, शान्ति र धर्मको गणित नै संसारको सार हो पैसाकै पछि दौडियो यदि भने के अर्थ भो ज्ञानको ? मोति जयन्तिको अवसर पारेर अनेसास कोरिया च्याप्टरले गत आइतबार सौलको दोङ्देमुनमा आयोजना गरेको छन्द कविता वाचन कार्यक्रममा कवि सरोज सर्वहाराले शाद्रुलबिक्रिडित छन्दमा आफ्नो सिर्जना सुनाइरहदा माहोल शान्त भयो । उनले, ‘के हुन्न हामी जुटे’ , ‘आगोफुर्सदमा
अनेसासको काव्य सुधाकाे श्रृखलामा छन्द कविता वाचन सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण काेरिया च्याप्टरद्वारा काव्य सुधाकाे श्रृखलामा छन्द कविता वाचन सम्पन्न भएको छ । दक्षिण काेरियाकाे राजधानी सउलकाे दाेङ्देमुन स्थित सुवेच्छा नेपाली रेष्टुरेण्टकाे हलमा भएकाे उक्त कार्यक्रममा करिब तीन दर्जन सर्जकहरूकाे उपस्थिति भएकाे थियाे । छन्द सरिता नाम दिइएकाे उक्त कार्यक्रममा चार जना छन्द कविहरू गाेपीकृष्ण लामिछाने, सराेज सर्वहारा, जनक सन्याल र प्रमाेद सारंगकाे विशेष वाचन रहेकाे थियाे भने कृष्ण रिजाल, कमल बाछिटे, अार एन ,फुर्सदमा
अक्षरले जोडेको साइनो

बार्ह वर्ष अघि कोरियाली कवि किम ह्योङह्यो अन्नपूर्ण ट्रेकिङका लागि नेपाल आइपुगेका थिए । हिमाली कन्दरा, समाज र संस्कृतिको प्रत्यक्ष अनभूति बटुलेपछि उनले कोरियाली भाषामै निबन्धकृति ‘अन्नपूर्ण यात्रा’ निकाले । यही कृतिबाट आएको रोयल्टीबाट किमले तीन नेपाली लेखकलाई कोरिया बोलाए ।टोलीमा थिए कवि मञ्जुल, दिनेश अधिकारी र प्राध्यापक पद्म देवकोटा । अधिकारी र देवकोटा छिट्टै फर्के, मञ्जुल केही समय बसे । कोरियाली साहित्यकार र चित्रकारहरूको घरघर डुले, अनुभव आदानप्रदान गरे । त्यही बेला दर्जनौं कविता पनिफुर्सदमा
गर्मी

यति चर्को घामले तँलाई पोल्दैन ? पोल्थ्यो जब म बाको काँधमा चढेर मामा घर जाँदै हुन्थेँ र बा मलाई गर्मी भयो कि भनेर स्याउला हम्काउँथे पोल्थ्यो म कतै डुल्न निस्किएर आउँदा आमा, घैटोमा राखेको चिसो पानीमा पोहोर पोहारै बनाको चुक र लाउरे दाइले बजारबाट ल्याइदेको चिनी घोलेर सर्वत बनाउँथिन हो मलाई गर्मी लाग्थ्यो । घाम टाउकै माथिबाट जान्छ म वास्तै नगरि काम गरिरहन्छु बग्नै पर्ने होला पसिना बगिरहन्छ आँखामा पसेरफुर्सदमा
बुद्धको मूर्ती फोड्नेलाई, फाँसी होस् नत्र (गजल)

खुल्ला सिमा नराख, दुश्मनहरु पस्न सक्छ झुटो नागरिकता लिई, नेपाली भै बस्न सक्छ। कलियूग हो साथी, कस्को विश्वास गर्नु यहाँ धनको लागि छोरा, बालाई छूरी धस्न सक्छ। तिमीसँग जे जति छ, त्यसमै चित्त बुझाउनु टिप्न खोज्दा भूइँको, गोजिको नै खस्न सक्छ। असमान कोशी सम्झौता, खारेज गरिएन भने हरेक वर्ष यो देश, डुबानमा फस्न सक्छ। बुद्धको मूर्ती फोड्नेलाई, फाँसी होस् नत्र! लुम्बिनी र स्वयम्भू, यसैगरी डस्न सक्छ।
मौन समुन्द्र

एउटा भरिलो मान्छे समुन्द्रको अघिल्तिर उभिसकेपछि रित्तो बन्दै जान्छ बिस्तारै बिस्तारै घोप्ट्याउ अाँखाका दुई अाम्खोरा पानी भन्नेछैन समुन्द्रले मिसिन नअाईज म सङग अो, नुनिलो अाँशु पखाल मनभित्र उठेका बिबिरै बिबिरा घाउ छि! फोहोरी तँ, पनि भन्नैछैन समुन्द्रले फुकाल कपडा, बनिदेउ नाङगो र गर बलात्कार समुन्द्रलाई चिच्याउने छैन समुन्द्र बचाउ बचाउ,,,,, र डराउनेछैन ऊ कि भोलि म गर्भवति हुनेछु ज्वारभाटा र छालहरुसङग छल्लाङ मार्दै भैसकेपछि स्खलन सुस्ताउँदै ईन्द्रेणी छाँतामुनि शिथिल निदाउँछफुर्सदमा