तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
फर्किदै छु जन्मघर

बाँकी रगत र आँशुहरु अबदेखी यिनै खोलाहरुमा बग्ने ईशारा गर्दै, बाँकी मुस्कान र सपनाहरु अबदेखी यिनै फूलपातहरुमा बाँंच्ने आशा गर्दै- यो पर्यटक जिन्दगी फर्की जाँदैछु ! बाँकी धुन र आलापहरु ठूलो पहाड, नदि, जंगल र समुन्द्रद्वारा बोलिरहने बाचा गर्दै, बाँकी श्वास र परेलाहरु यिनै छितिजको आँखामा पवनबाट झिम्क्याई रहने प्रण गर्दै यो घुमन्ते जिन्दगी फर्की जाँदैछु !! ~ नाँच्दाखेरी कतिचोटी साथीसंङ्गिको खुट्टा कुल्चिएर हिड्दाखेरी आफैलाई हुर्काउने हिमाललाई टेकेर फूल्दाखेरी गमलाफुर्सदमा
नरोजेका बाटाहरू

सबैको मनलाई यसरी बहलाउनु मेरो रहर नभएर बाध्यता हो भन्ने कुरा यी समाजका ठेकेदारहरूले किन बुझ्नै चाहँदैनन् ? कसलाई पो रहर लाग्ला र आˆनो अङ्ग प्रदर्शन गर्दै आफ्नो खिल्ली आफैले उडाउनलाई ? आफ्नो लिलाम आफैँले बढाबढ गर्नु मेरो रहर नभएर कर हो भनेर बुझिदिने कसले ? पापी पेटको असहृय ज्वालालाई यी समाजका ठेकेदारहरूले निभाइदिने जिम्मा लिइदिने भए हरेक दिन यसरी आˆनो आत्मालाई बेचेर हिँड्दै पेटको ज्वाला शान्त पार्नुपर्ने आवश्यकता नैफुर्सदमा
जय भोलि

पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही साँचेर मात्र मर्न चाहन्छ । आज थाकेको मानिस अनेक थरी सपना तुन्दै भोलिको निम्ति निदाउँछ, तर भोलिपल्ट ब्यूँझँदा उसको भोलि आज बनेको हुन्छ, फरि ऊ अर्को भोलिको निम्ति दगुर्छ । मानिस जतिजतिफुर्सदमा
नयाँ बर्ष

नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर छानामाथि वैशाख हिँडिरहेछ भारी अल्छी पाइला सारेर भित्ता-घडीको लङगूर हल्लिरहेछ उसको पदचापले ट्वाक……ट्वाक……..ट्वाक……..ट्वाक निस्तेज भई आकाश पल्टेको छ न्यास्रो अनुहार पारेर बेमौसमको बर्षात बेला-कुबेलाको वादलको गडयाङ-गुडुङ आकाशलाई पखाला लागेको छ विष्णुमतीको फोहर हैजे पानी पिएर ट्वाँ सहनाइको बेसुरा ध्वनिबाट निस्किरहेका छन् हैजाका असङ्ख्य अदृश्य कीटाणुहरु मध्यान्ह दिन चर्को घाम सारा रुखहरुले आफ्नो आङ कन्याइरहेका छन् फेरि एकचोटि नयाँफुर्सदमा
मैनसफूल

ए मैनसफूल ! परको देशमा एक भान्सामा थकित औंलाहरु साग केलाउदै केलाईरहेछन, तिम्रो याद । तिमीलाई बर्षोबर्ष देख्न नपाएर तिर्खाएका नयनहरु कहिले हो कुन्नी ? सागसँगै पखालिन्छन । यो कन्कृट शहरमा समयको खुबै अनिकाल छ अक्सर – चुलोलाई समय छैन । अघिल्लो साझ निस्तो भात र राम्यन पाक्यो, जिब्रोले बेस्सरी तिम्रो सम्झना गरायो, सम्झेरै पनि- सम्झिएको अनुभुति दिलाउन कहाँ पाइरहनु र यो सहरमा त चुपचाप चुपचाप सम्झिनुपर्छ ! चुपचाप चुपचापफुर्सदमा
“फूलकाे बिज्ञप्ती” भित्र आम जन जीबनमा घटित घटनाका बिज्ञप्तीहरू छन् : साहित्यकार मिलन कान्छा किराती

नेपाली साहित्यमा मिलनकान्छा किराती एक परिचित नाम हो ।खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा–दाम्ली, पिपलटार टोलमा जन्मिएर साहित्य, समाजसेवा र राजनितिमा लामो समयदेखि योगदान दिदै आएका किराँती हाल दक्षिण कोरियामा छन् । कोरियाको अति नै ब्यस्त समयको बाबजुद पनि साहित्यमा निरन्तर कलम चलाउदै आएको देखिन्छ । उनको भर्खरै चौथो कृतिको रुपमा “फूलको विज्ञप्ति” नामक पुस्तक ईण्डिगो इङ्कले बजारमा ल्याएको छ ।उनका यसअघि प्रकाशित भएका कृतिहरु शान्तिको खोजी २०६१ कविता सङ्ग्रह,फुर्सदमा
हल्लै हल्लाको देश

यो हल्लै हल्लाको देश हो कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु जहाँ संगीत प्रतियोगिताका जज हुन्छन् र जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन्, काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन् र जहाँ प्लाष्टर गरिएका हातहरुमा सुरक्षाको सङ्गीन थमाइन्छ, जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि डोकोका डोको, र खर्पनका खर्पन, ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ, स्टक एक्सचेन्जका शेयरजस्तै आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु जहाँ नेता हुन्छन् र जहाँ निधारभरि कर्कटपाताजस्तै चाउरी परिसकेकाहरु तन्नेरीहरुका अगुवाफुर्सदमा
स्पष्टीकरण

हो राधा ! एउटा सिंगो युगको हिँडाइपछि म यस्तो ठाउँमा आइपुगेर उभिएको छु, जहाँबाट अब एक पाइलो अघि बढ्ने जाँगर मभित्र छैन । अनायास मेरा खुट्टामा अनन्त थकाइ आएर थुप्रिएको छ र यहाँ म जडवत् उभिएको छु । बितेको त्यो युगभरि मलाई लाग्थ्यो— म एक्लै एउटा किरमिर गोरेटो छोड्दै हिँड्न लागेको छु र अनन्त–अनन्तसम्म त्यसरी नै हिँडिरहनेछु । तर, आज मेरो मन भन्छ— अब अघि बढ्ने कुरो बिर्सेर फेरि पछिफुर्सदमा
हिउँ

कालिञ्चोकको डाँडोमा सेताम्मे हिउँ झरे पछि तिमी त्यता फर्किएर भन्थेउ हिउँ कपास जस्तै हुन्छ । म सम्झन्थे फुपुले आसामबाट ल्याएकी आसामे पुरानो सिरकको मक्किएको खोल छेउ छेउबाट निस्किएको मैलिएको कपास म यसो छाम्थे हिउँ नरम हुने रहेछ । ….. तिमी सम्झदै भन्थेउ हिउँ फुर फुर झर्छ तातो हत्केलामा पर्ने बितिक्कै पग्लेर पानी बन्छ । ….. हिउँमा हिउँ मान्छेका पाइताला हुन्छन् छपक छपक बसेको ती कता जान्छन् कता घुम्छन् सबै देखिन्छन्फुर्सदमा
कोरियामा प्रणय विशेष गजल मुक्तक साँझ हुने

प्रणय दिवसको अवसर पारेर फेब्रुअरी २३ तारिखका दिन कोरियाको राजधानी सउलको दोङ्देमुनमा प्रणय विशेष गजल मुक्तक साँझ हुने भएको छ । प्रवासमा नेपाली साहित्यको उत्थान र प्रवद्र्धन साथै नेपाली दाजुभाइहरुवीचको भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यका साथ प्रणय विशेष गजल मुक्तक साँझ हुन लागिरहेको हो । उक्त कार्यक्रममा प्रणय विशेष गजल वाचनमा गजलकार एईडेन छन्त्याल रहनेछन् भने मुक्तक वाचनमा मुक्तककार शुशील अर्याल रहनेछन् । साथमा अन्य सर्जकहरुको पनि गजल मुक्तक वाचनफुर्सदमा