तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
यही आइतबार थेजनमा साहित्यकार प्रगति राईको एकल कविता वाचन साथै एसवि आइ रेमिटको सेवा उपलब्ध हुने

नेपाल कोरिया कल्चर सेन्टरको आयोजनामा यही आइतबार दक्षिण कोरियाको थेजन शहरमा कवि तथा लेखक प्रगति राई एकल कविता वाचनमा प्रस्तुत हुने भएका छन् । उनी आफ्ना केही चर्चित र नयाँ कवितासाथ प्रत्यक्ष प्रस्तुत हुने भएका हुन् । लेखक राई आफ्नो पछिल्लो कृती बिर्सिएको मृत्यु नामक उपन्यास लिएर कोरिया आएका हुन् । जीवनका विभिन्न आयम सहित बैदेशिक पलायनले निम्ताएको दुःख र आतकंलाई प्रस्तुत गरिएको यस उपन्यासलाई धेरैले रुचाएका छन् । प्रदेशीफुर्सदमा
आनन्द आफै भित्र छ- ( गजल )

आनन्द आफै भित्र छ भौतारिन्छ खोज्दै बाहिर। यो नि मेरै त्यो नि आफ्नै पाए जती रोज्दै बाहिर ।। भाको चिजमा सन्तुस्ट छैन उ गुनासो बाड्दै छ। अस्थिर मन छट्पटीमै नभाको सोच्दै बाहिर।। मनै बसमा नभए पछी दोस देख्छ अरुमा । गल्ती छ उसैको हिड्छ अरुलाई घोच्दै बाहिर ।। नराम्रो चिज फाल्ने सहासै छैन लोभको कुम्लो। बिकारले भर्दै मन खट्छ अझै कोच्दै बाहिर ।। आनन्दको रस्सस्वाद तीमी भित्रै छ चाखी हेर।फुर्सदमा
मरेको मन

जानै मन थिएन । साथीभाइ र घर परिवारको किचकिच खप्नै नसकेर उठ्ने बितिक्कै नयाँ बानेश्वरबाट पुरानो बानेश्वर हुँदै पशुपति तिर लागि । विहान विहानै मान्छेहरु मर्निङ वाकमा दौडिएका छन् । गृहणीहरु कोही तरकारी किन्न दौडिएका छन् कोही किनेर फर्किएका छन् । बानेश्वर चोकको तरकारी पसलमा मान्छेका भिड छन् । सवारी साधनको चाप पनि उस्तै छ तर काफियालाई ती मान्छेका हल्लाले छोएन । मोटर गाडीका हर्नले पनि छोएन । श्रवणफुर्सदमा
कोरियाको किम्हेमा प्रगति राईको एकल कविता वाचन सम्पन्न

कोरिया-दक्षिण कोरियाको किम्हे शहरस्थित कवि, आख्यानकार प्रगति राईको एकल कविता वाचन सम्पन्न भएको छ । कार्यक्रम लिटल इन्डिया रेष्टुरेन्टको सभा हलमा इतर आवाज साहित्य समाजले आयोजना गरेको हो । आदिवासी सौन्दर्य, पहिचानको आवाज भन्ने नाराकासाथ कोरियामा इतर आवाज साहित्य समाज स्थापना भएको केही बर्षयता विविध साहित्यिक कार्यक्रमहरु गर्दै आइरहेको छ। कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधी,पत्रकार,साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व इतर आवज साहित्य समाजका शीर्ष बिन्दु पराजित पोमु, प्रमुखफुर्सदमा
इन्द्रेणी गीत

कविता, बर्षौंदेखि तिम्रो इतिहासले– विस्मृतिको बुइँगलमा मिल्काइ दिएको पेङदोर्जेको उही प्राग ऐतिहासिक डम्फू बजाउँदै गाएकै हुँ मैले, नयाँयुगको फापरे व्हाई यसको मतलब यो हैन कि– मैले मादलको ताल बिगारें मादललाई त लाउँदै मायाको खरी पागलप्रेमीले झैं भिर्दै आएकै हुँ– दिलको कम्मरमा गाउँदै आएकै हुँ– तिम्रै एकोहोरो समला र चुट्की हो मित्र, बर्षौंदेखि तिम्रो इतिहासले बिस्मृतिको बरण्डामा बाँधी राखेको आखे म्हेम्हेको उही पुरानो टुङना बजाउँदै गाएकै हुँ मैले नयाँयुगको म्हेन्दोमाया यसकोफुर्सदमा
अन्तिम बिद्रोह

समिर बमजन हो महोदय मैले बिद्रोह गरेकै हो । बिद्रोह त त्यो बेला पनि गरेको हुँ जुटको बोराभित्र आधा शरीर पोको पारेर पुर्णिमा रातको साँची बस्दै गर्दा चुपचाप चुपचाप हेरिमात्रै रहने जुनले बिहानीपख असरल्ल आँसु मात्रै छोडेर मेरो जिन्दगीबाट गएको दिन । दुई छाक पेटभरी खाने र शरिर छोप्ने गरि एकसरो लाउने आशाको बीउ रोपेर मुखियाको टारिखेतमा रातदिन नभनी असारे गोरु झैं जोतिएकै हुँ । हातमा कलम खेलाउने हजारौ रहरहरुलाइफुर्सदमा
कोरियामा “बिर्सिएको मृत्यु” को बिमर्श हुने

आगामी जुन ३ तारेख कोरियाको राजधानी सौलमा महिला अधिकारकर्मी एवं लेखिका प्रगति राईको पछिल्लो किर्ती “बिर्सिएको मृत्युु ” माथी विमर्श हुने भएको छ। सौलको तोङ्देमुनस्थित लुम्बिनी रेस्टुरेन्टमा आयोजना हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाली साहित्य समाज, दक्षिण कोरियाका अध्यक्ष यल्जी विवशले जानकारी दिनुभएको छ। नेपाली साहित्य समाज (नेसास) तथा आप्रवासी मिडिया( MW TV)ले संयुक्त रुपमा आयोजना गर्न गैइरहेको यस कार्यक्रममा मुलतः बिर्सिएको मृत्यू माथी बहस हुनेछ भनेफुर्सदमा
#परदेशी छोरालाई आमाको मार्मिक पत्र#

मेरो बाबु!मेरो प्राण!! म तिम्री आमा…✍️ जीवनको सबैभन्दा ठुलो प्रसव पीडा सहेर आफ्नो जीवनलाई खुकुरीको धारमा राखि जीवन मरणको दोशाधबाट नयाँ जिवनको अनुभूति गरेको दिन तिमीलाई यस धर्तिमा पाइला टेकाउन सफल भए। ती प्रसबको सारा पिडा भुलेर एउटी भाग्यमानी नारीको रूपमा आफुलाई उभ्याएको थिए। जिवनमा म यति धेरै खुशी तब थिए जब तिमी मेरो काखमा रोहिरहेका थियौ। अहिले त तिमी रोएको त के अनुहार मलिन बनाउँदा पनि मन चसक्क दुख्छ।फुर्सदमा
मजदुर

ढुङ्गा जस्तै मन भएको साहु मान्छेलाई होइन मेसिनलाई माया गर्ने हाकिम र पनि ऊ आफ्नो संसारमा मस्त छ । आउँदै सुक्दै गरेको पसिनाका डोबहरु मेसिन सफा गर्दा गर्दा मैलिएका लुगाहरु निरन्तर बितिरहने समयको चिन्ह देखाइ रहन्छ चाउरिएको निधार र फुल्दै गरेको कपाल । न उसले संसार जित्ने ठूला किताबका ‘थ्योरी’हरु पढ्यो न संसारमा भएका भिन्न भिन्न बादहरु न उसले कहिल्यै पढ्यो रंगीन शब्दमा लेखिएका मजदुरका उपन्यासहरु न यी सबै नगरेकोमाफुर्सदमा
मदन गनथन

संजय काउछा अस्त्तित्व छैन मेरो यहाँ मुना, तिम्रो यो “मदन” को आधुनिक यो भोट मा स्वाभिमान छैन , अभिमान छैन र छैन कुनै अस्त्तित्ब । एउटा आउँछ, फुटबल बनाउँछ अर्को आउँछ , भलिबल बनाउँछ एउटा आउँछ , टेनिस बनाउँछ अर्को आउँछ , बैेसबल बनाउँछ , म, लाचार, बनिदिन्छु , तिनीहरु जे जे बनाउँछन् किनकी, तिम्रो यो “मदन” को आधुनिक यो भोट मा स्वाभिमान छैन , अभिमान छैन र छैनफुर्सदमा