Advertisement
SKIP THIS

तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सम्झिरहेको छु परदेशमा प्यार आमाको

गजल/ अत्रस्त यात्रि समिप सम्झिरहेको छु परदेशमा प्यार आमाको त्यो हसिलो चेहरा बारमाबार आमाको गुन्द्रुको झोल र कोदोको ढिंडो याद आउँछ यि जिब्रो सम्झिन्छ टिमुरको अचार आमाको स्कुल कहिल्यै नपढे पनि आफ्नो सन्ततिको कुभलो नचिताउने पबित्र संस्कार आमाको सन्ततिको सुखमा मात्रै मुस्कुराउँछिन सधैँ आफ्ना सन्ताननै खुशीको संसार आमाको स्वर्गझैँ आमा आश्रममा लखेट्ने सन्तानले कसरी तिर्छन् त्यो असिमित भार आमाको जैमिनी नगरपालिका-8 छिस्ती बागलुङ हाल याङ्जु कोरिया

लुगा, पार्टी र भाषण

मिन्जाई राई कविता/ आखिर के दिन चाहन्छन् नेताहरु हामीलाई  ? – उपदेश – भाषण – सपना वा  भर्खरै वाक्य फुट्दै गरेको केटाकेटीहरुको आवाज, म निस्शब्द भए भगवान् ! पार लगाइदेऊ । “लाइफ इज नट अ ड्रेस रिहर्सल ” अर्थात्, “जीवन लुगा लगाउने पूर्वाभ्यास होइन ” ! वाह ! क्या बात छ त्यो महावाणी बोल्ने ओठ, लाग्छ ऊ – नेता होइन बुद्ध हो । लाग्छ ऊ – प्रचण्ड होइन मार्क्स होफुर्सदमा

गजलकार सुरेश वाग्लेको ‘तिमी साथ भएपछि’ सार्वजनिक

काठमाडौं: युवा गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको गजल संग्रह ‘तिमी साथ भएपछि’ बिहिबार काठमाडौंमा विमोचन गरिएको छ । संगीतकार राजु सिंह, संगीतकार शक्ति वल्लभ, संगीतकार लक्ष्मण शेष, अभिनेता सरोज खनाल, प्रा.डा.घनश्याम परिश्रमी, गायक उदय सोताङ, गीतकार करुण थापासहितका व्यक्तित्वले उक्त एल्बम सार्वजनिक गरेका हुन् । अमेरिकामा बसोबास गर्दै आएका युवा गजलकार सुरेश वाग्ले गीत–गजलको क्षेत्रमा पुरानो नाम हो । डेढ दशकअघि नै गजलप्रति रुची भएका साथीहरुलाई भेला पारेर आफ्नै नेतृत्वमाफुर्सदमा

गजलमार्फत नयाँ सरकारलाई विदेशवाट एक नेपाली युवाको ध्यानाकर्षण

गजल/ एईडेन छन्त्याल मेरो देशमा, बेरोजगारको आगो, बलेको छ सरकार । भित्रभित्रै कामै नलाग्ने गरी, जलेको छ सरकार ।। बाध्यता पनि कहाँ सम्मको यो, अठार कट्नै हुन्न झोला बोकी विदेश, चलेको छ सरकार ।। ठूला–ठूला सपना संगाली विदेशिएको ऊ, विरानो यो ठाँऊमा कहिल्यै नउठ्ने गरी, ढलेको छ सरकार ।। बेसाहारा छन गाँऊमा, बुढ्यौली बाआमा, सक्दैनन् गर्न केहि हातगोडा पुरै, गलेको छ सरकार ।। चर्का–चर्का भाषण गर्छौ, देशमा कृषी क्रान्तीको, खेतबारीमाफुर्सदमा

तिमी दुख्यौ रे

तिमी दुख्यौ रे, तिम्रो कथा सुनेको तिम्रो लामो लामो कथा उराठ लाग्दा र निराशाका कथा हिजो तिम्रो थियो त्यो ठाउ यो ठाउ आज अरुको भयो तिमीसंगै रुने मनहरु आज पराइ भयो किन होला तिमी उसैको थियौ तर तिमी पराइ भयौ मैले सुने तिम्रा कथा तिम्रा ब्यथा उराठ लाग्दा र निराशाका कथा तिमी हाँस्दा मुस्काउने तिमी रुदा छटपटिने तिम्रा आफन्त फगत कथा बन्यो तिम्रो आफ्नो पराइ भयो सुन्छौ ??? सुन सुन्नफुर्सदमा

जिन्दगीको एउटा विस्मात अर्थात क्वाल खातिर

मिलनकान्छा किराती चाल्र्स डिकेन्स गाउँदेखि तल नदीपारी हिलेपानी या जाक्मा गाउँतिर जन्मेका हुन् जस्तो लाग्थ्यो–उ बेला । निम्न माध्यमिक तह पढ्ने एउटा अल्लारे ठिटो । डेभिड कपरफिल्ड वाम्बुले राई मातृभाषामा पढ्न पाउँथ्यो । लिब्जु–भुम्जु पत्रिकाको प्रायःजसो अङ्कमा चाल्र्स डिकेन्सको डेभिड कपरफिल्ड क्रमशः पढिरहदा यो चाल्र्स डिकेन्स भन्ने मान्छे गाउँ पारीको हाम्रै नाता पर्ने रहेछ जस्तो लाग्थ्यो । शायद, बाल्यकालमा गाउँको स्कुलदेखि टाढासम्मको यात्रामा निस्कने अवसर नपाएर पनि होला, यस्तो महशुसफुर्सदमा

मन

गोकुल थोकर यो दुनियाँ हो साथी दुनियाँ तिखा काँडा भन्दा बढि तिखा बचनहरु छन बेलाबेलामा घोचिरहन्छन् घोचाईका घाउले पाक्छ यो मन समाल्न गाह्रो छ । मसँग भएको मनलाई थोरै कुराले पोल्छ धेरै सम्झनाले सताउँछ केही नभएको जस्तो देखिए पनि अनेक भैरहन्छ अनेक । छरपस्ट छरिएका चाङ छन् यादहरुका मिलाएर सम्माल्ने पनि फर्मुला छैन पुराना यादहरुलाई नयाँ नयाँले छोप्दै जान्छ । कहिले कहिले पुराना यादहरुले च्वास्स च्वास्स बिझाइन्छ दुखि रहन्छ यस्तोफुर्सदमा

एकल कन्सर्टमा बबिनाको धमाका

सौल, दक्षिण कोरियाको राजधानी सौलमा बबिना किरातीको धमाकेदार प्रस्तुतीले सयौं दर्सकहरुलाई घन्टौसम्म झुमाउँदै “बबिना किराँती एकल संगित साँझ” सम्पन्न भएको छ। दुबै मृगौलापिडित अर्कि गायिका जलजला परियारको सहयोगार्थ नेपाली साहित्य समाज दक्षिण कोरियाद्वारा आयोजित यस कार्यक्रममा गायिका बबिना किरातीले भर्खरै बजारमा आएको उनको सोलो गीती एल्बम “मर्निङ” बाट सात गीतका अतिरिक्त अन्य केहि गीतहरुसहित करिब चार घन्टा दर्शकहरुलाई आफूसितै झम्झम नचाएकी थिईन्। “माथिमाथी हिमाली भेगमा…”गीतले दर्शक यसरी झुमेकी आयोजकलाई दर्शकफुर्सदमा

सम्झना

कम्पनीको कामबाट लखतरन भएर निस्कने बेला निलो आकाशमा पिलिक्क पिलिक्क लाइट बाल्दै हवाइजाहज उडेको देख्छु म सम्झन्छु मेरो गाउँ जहाँ छ मेरो संसार । मैया छे माया बोकेर बसेकी आमा छे भञ्ज्याङ तिर आँखा लाउँदै बसेकी बा छन् बुढेकालको साहरा फर्केला कहिले भन्दै बसेका हो त्यही संसार सम्झन्छु एक दिन म पनि यस्तै विमान चढ्ने छु यो कम्पनी र कम्पनीका साहुहरु सबै तल हुने छन् भुईँमा म अकाशबाट फन्को मार्दैफुर्सदमा

नेपाली कविहरुले जमाए कोरियन कविहरुसँग कविता कन्सर्ट

धेजन, २१ जनवरी अंग्रेजी नयाँवर्षको उपलक्ष्यमा नेपाल कोरिया कल्चर सेन्टरद्वारा आयोजित कविता कन्सर्ट २०१८ भव्य रुपले सफल भएको छ । कोरिया र नेपालका चौबिस कविका कविताहरुलगायत अन्य कविहरुका कविता र गीत पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण हुनुपर्ने आवाज उठिरहेको बेला कोरियामा नेपाली तथा कोरियन कविहरूबीच महत्त्वपूर्ण कविता कन्सर्ट भएको हो । कोरियाको धेजन शहरस्थित सगरमाथा होटलको हलमा आयोजना गरिएको उक्त कविता कन्सर्टमा प्रमुख कोरियाली कवि रफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...