तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
चर्चित गायक राज सिग्देलको उपस्थितिमा गजल मुशायरा हुँदै

सौल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरले आगामी फेब्रुअरी १६ का दिन गजल मुशायरा आयोजना गर्ने भएको छ । चर्चित गजल गायक राज सिग्देलको विषेश आतिथ्यतामा उत्कृष्ट गजलकारहरू मुशायरामा प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ । अनेसास कोरिया च्याप्टरले श्रृङखलाबद्ध रुपमा संचालन गर्दै आएको ‘काव्य-सुधा’को पाँचौं श्रृङखलाको रूपमा गजल मुशायराको आयोजना हुन लागेको च्याप्टरका अध्यक्ष प्रमाेद सारंगले बताउनुभयाे । चर्चित गजल गायक राज सिग्देलले अनेसास कोरिया परिवारद्वारा तयार गरिएकोफुर्सदमा
मृत्युदण्डको कानून, टाँसी दे सरकार!

गजल / उत्तम खजुम मृत्युदण्डको कानून, टाँसी दे सरकार! अनि बलात्कारीलाई, फाँसी दे सरकार! देश र जनातालाई, जिउन गाह्रो पार्ने भ्रष्टाचारीलाई सिधै, मासि दे सरकार! राष्ट्रभक्ती सन्तती, हर साल जन्मदैँन राम्रो काम गर्नेलाई, साथी दे सरकार! आयु नै नपुगी किन? बारबार मर्छस् तँ अब पूरा पाँच वर्ष, बाँची दे सरकार!
गजल : परदेशीले सारा बिदेश अघाउनु पर्छ अब

गजल परदेशीले सारा बिदेश अघाउनु पर्छ अब। देश बनाउनमा मिली सघाउनु पर्छ अब।। अर्काको मुलमा अमानबिय दुख भोग्छौ कति। आफ्नै बारिमा पसिना बगाउनु पर्छ अब ।। गरीबिले लखटिएका युवा हामी फर्की घर । पालो गरीबिलाई टाढा भगाउनु पर्छ अब।। गरे के हुदैन आफ्नै देशमा हुन्छ सबै उठौ। सुस्ताएका जागरहरु जगाउनु पर्छ अब।। PR पर्मानेन्ट रिणा हो लिन्छौ? देशले धिकार्ला। छोड शुन्दर मातृभुमी सजाउनु पर्छ अब ।। बिदेशमा छुट्ने पसिना आफ्नैफुर्सदमा
गजल : किनकिन आज मलाई मर्न मन लाग्यो,

गजल किनकिन आज मलाई मर्न मन लाग्यो धर्ती बाट अन्तै बसाई सर्न मन लाग्यो। सुवास बिहिन फुल भै बगैचामा फुल्नु भन्दा त्यसै त्यसै ओइलिएर झर्न मन लाग्यो। सान्सारिक माया मोह बाचा बन्धन छोडि परलोकको क्षितिज पारी तर्न मन लाग्यो। बाच्ने अाशा रहरहरु छैन अब कतै पनि मृत्यु सग नै सम्झौता गर्न मन लाग्यो। कसलाई दोष दिने लेखा जोखा छैन आफ्नो प्राण आफैले हार्न मन लाग्यो। तर जिन्दगी हो गुमेपछी फिर्ताफुर्सदमा
मेरो श्रमजिवी किसान

कविता / श्रमदिप चौलागाई मेरो श्रमजिवी किसान बिश्व पुजीबादसग प्रतिस्पर्धा गर्न एक ढाकर सुन्तला बेचेर एक बोतल फ्यान्टा किन्दै छ । मेरो अठार बर्षे जवान साथी एक मानो तातो खरानीको खातिर अंगालो भरी दाउरा बोकेर आगोको खोजीमा बिदेश धाउदै छ । मेरो घर मुनीको कोशी सिङ्गो पाहाडलाई सुख्खा छोडेर तराईको छाती तोडेर दुःखी मनले दक्षिण झर्दै छ । म स्वास्थ्य जाँचमा फेल भएको गाँउ परिवारकै तिरस्कृत बबुरो टाकुराको शिरमा बसेरफुर्सदमा
मुक्तक

बबी गुरुङ निश्चल हरियाली वनस्पतीमा यो स्वास फेर्न पाउँ नेपाल आमा हाँसी रहेको सदा हेर्न पाउँ देशभक्त हुँ जहाँ रहे पनि देशप्रती माया छ अवस्था आए देशको लागि यो शिर सेर्न पाउँ ।। पाईने छैन एक दिन बसेर खाना पनि रहने छैन खेतमा अन्नका दाना पनि जनता हो अब उठ्नु पर्छ जुट्नु पर्छ नत्र हराउनेछ नेपालको निशाना पनि ।। (जेरुसेलेम, इजराइल)
मुक्तक

श्री थापा सधै सुनिरहुँ लाग्छन तिम्रा बातहरु छोटा छोटा लाग्छन् मधुमासका रातहरु । एक अर्काको पुरक भई बाँच्नु पर्छ प्रिय कहिल्यै नआओस मन दुखाउने घातहरु । यो देह जलाई खरानी हुन मन पर्यो आत्मा बनी त्यो देह छुन मन पर्यो मुटु जलेको कस्ले पो बुज्छ र हजुर तिमी हास्दा यता म रुन मन पर्यो । ( हाल दक्षिण कोरिया )
बिकाउ नै भए बैशका फूल, दैबले किन यौबन बनायो

गजल/ मान्छे बनायो त बनायो, दैबले किन मन …..बनायो बिकाउ नै भए बैशका फूल, दैबले किन यौबन बनायो खै कहाँ छ माया, बस् आउछन् ……खेल्छन जान्छन बाँच्नु नै छ एक्लै भने, दैबले किन ……मीलन बनायो बियोगमा रोएर प्रेमको कथा, सकिन्छ …..भने अधुरै त्यो सरगमको धुनमा, दैबले किन …छमछम बनायो नदेख्नेले अरुको आँखामा, आँशुको …..खोला अबीरल आफ्नै सुन्दरता हेर्ने, दैबले किन दर्पण ……….बनायो पैसाकै आडमा मै हु भनेपनी, यै पैसाले …रुबायोफुर्सदमा
ऐठन

कथा/ ‘हातमा पि आर बिदेशमा ब्यापार भएको राजकुमारलाई छोडेर म तिमीसग के देखेर बिहे गरौ ? र मेरा परिवारले के देखेर तिमीलाई स्विकार गरुन् त !’ सिमाको मुखबाट निस्किएको यो शब्द मेरो मनमा एटम बम जसरी बिष्फोट भयो । जसरी दोस्रो बिश्वयुद्धको अन्तिममा हिरोसिमा र नागासाकीमा अमेरिकाले बिष्फोट गराएको थियो । म नि–शब्द भए । आखाहरु धमिला भए । पुसको ठण्डीले चिसिएको नगरकोटको सिरेटो पनि लु जस्तै हप हप तातोफुर्सदमा
लोट्टोमा साटिएको भाग्य

बजारमा आलिशान घर खुशी आफन्त र परिवार ऊ हरेक पटक बजार पुग्दा यस्तै सपना बोकेर लोट्टो किन्छ पाँच पाँच हजार कोरियन वनको । लोट्टो पर्नलाई छ जोडी अंक मिल्नु पर्ने हो ऊ अनेकौ सफलताका कथा सुन्छ करौडो वनको लोट्टो पर्यो रे नेपालीलाई पनि पर्यो रे उसले हरेक पटक बजार जाँदा उस्तै कथा सुन्छ अनि कल्पिन्छ आफैलाई परेको मख्ख पर्दै किन्छ नयाँ अंकको नयाँ स्लिप नेपालमा हुँदा पैसा लुकाउने चोर खल्तिमाफुर्सदमा