तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
देउरालीको ढुड़्गा पनि देवता बन्छ

कविता/ फुल मालाले ढकप्पै छोपिए पछी, खादा र धागाहरुले टमक्कै बेरिए पछी, अबिर केसरीले लपक्कै पोतिए पछी, देउरालीको ढुड़्गा पनि देवता बन्छ। त्यही ढुड़्गालाई जोगाउन बडेमानको मन्दिर बन्छ , पर्खाल बन्छ, ताला बन्छ। तर मन्दिरकै सामु घरबार बिहीन नाड़्गा छन् भक्तहरु। आस्था नै त हो मनको, मन्दिरमै खुट्टा पुगे पछी, बाटोमै देउता भेटे पछी, हिड्नेहरुले पाती चढाउछन्, भाकल गर्दै भेटी चढाउछन् , यसरी नै चलिरहेछ बर्सौ देखी भाकल गर्नेहरुको,फुर्सदमा
अनेसास दक्षिण कोरियाको नयाँ कार्यसमिति

अनेसास दक्षिण कोरिया च्याप्टरको नयाँ कार्यसमिति निर्वाचत भएको छ । च्याप्टरको गत शनिबार सम्पन्न अधिवेशनबाट कवि प्रमोद सारङ्ग अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डि आर न्यौपाने उपाध्यक्षमा गंगा बस्नेत र बलदेव भट्टराई, महासचिवमा सरोज सर्वहारा, सचिवमा जनक सन्याल र कोषाध्यक्षमा नारायण भुसाल सर्वसम्मतिले चयन भएका छन् । समितिका सदस्यहरूमा विनोद परिवर्तित, रामचन्द्र शर्मा, विदुर शर्मा, गोपिकृष्ण लामिछाने, रेशम अधिकारी, समीर यात्री, लोकराज न्यौपाने, राज विवस सुवेदी,फुर्सदमा
म विद्रोही कमलु सदा

मेरो प्यारो तिलाठी, कोइलाडी मेरो स्वर्ग मुसहर वस्ती त्यहाँ, विभेदको बाढी उहिल्यै आएको हो र, सबै खेत बगायो जमीन छैन । अभावको आँधी उहिल्यै आएको हो र, महल उडायो घर छैन । फुदन सदाको साहसले सिञ्चिएकोे एउटा झुपडी दुःखका दस दुलोभित्र मुसा लुकामारी खेल्थे त्यसरी, मुसाले पनि हेप्थे मान्छेले त हेप्थे–हेप्थे ! बत्तासले पनि हेप्थे घामले पनि हेप्थे वादलले पनि हेप्थे वर्षातले पनि हेप्थे । शोषकको साम्राज्य थियो त्यसैले, झुपडीभित्रफुर्सदमा
“सुकिलो पैताला अनि `म पीडित´ “

कविता आधा भूभाग डुबिसकेको छ मेरो देश तिमीहरु भने मस्त निन्द्रामै सपनाभित्र डुबिरहेका छौं सरकार ?? ???????????????? आज रोइ रहेको छ देश रोइ रहेको छ त्यो, आमाको काख खोसिएको अबोध बालक छट्पट्याइ रहेको छ रित्तिएर नाङगोझार भएर लेदो भेलमाथी तैरिरहेको लाखौं जनता अनि, आँसु बगाई रहेकाछ्न ती निर्दोष आवाजहिन प्राणीहरु आफ्नो ज्यान बचाउन चप्पलमाथी तैरीरहेकाछन् ती चल्लीहरु ए बिउँझ न सरकार ! तिम्लाइ त्यो कुर्सी सम्म पुर्याउने जनता आज दलदलभित्र हराइफुर्सदमा
पोमुको काव्यत्मक जग–लेप्मुहाङको डुङ्गा

विश्वप्रख्यात कवि विलियम वर्डस्वर्थले त्यसै भनेका रहेनछन्, ‘अनुभूतिका स्वःस्फूर्त अभिव्यक्ति नै कविता हो ।’ त्यसैले, कविताबारे हठात् बोल्नु ठट्टा जस्तै लाग्छ । त्यस्तो ठट्टा सृजना र सर्जक दुवैलाई अप्रिय हुनजान्छ । यदि कवितामाथि बोल्ने रहर भए प्रथमतः यसको सामीप्यता र गहिराईमा पुग्ने कोशिस गर्नु पर्छ । अनुभूतिको अवगत भएपछि मात्रै बोल्नु न्यायोचित हुन सक्छ । तर, कविता लेख्ने र बुझ्ने दुवै क्षमता नभएको प्राणी स्वयं म आफै हुँ । लेप्मुहाङकोफुर्सदमा
कोरियामा किरातीलाई साहित्य सम्मान

नेपाल पोएट्री ग्रुप तथा इतर आवाज साहित्य समाज दक्षिण कोरियाले कवि, लेखक एवं नयाँशक्ति पार्टीका युवानेता मिलनकान्छा किरातीलाई साहित्य सम्मान–पत्र प्रदान गरेको छ । किरातीको दुई कविता सङ्ग्रह, एक कथा सङ्ग्रह मातृभाषा( वाम्बुले राई) र नेपाली भाषामा प्रकाशित भईसकेका छन् । उनले राष्ट्रिय दैनिक छापा, अनलाईन डिजिटल पत्रिकाहरुमा कविता, आख्यन तथा समसामयिक, विचारोत्तेजक राजनितिक, सामाजिक एवं विविध विषयमा सशक्त कलम चलाउदै आएका छन । प्रवासमा रहेर नेपाली साहित्य र समाजसेवामाफुर्सदमा
बैशालु हेउन्दे र इतर साहित्यका छालहरु

रसियन-सोभियत कवि एभगेनी भन्छन :- “Poetry is like a bird, it ignores all frontiers.” उनका यी उद्गार अरुलाई कस्तो लाग्छ कुन्नि ? तर बुढाले मलाई नै ‘मेन्सन’ गरेर भन्या हुन जस्तो लाग्छ । नेपाली साहित्यमा खरोदरो उठिरहेको पहिचान साहित्यलाई प्रवासबाट मियो थामिरहेका साथीहरु सम्मिलित इतर साहित्य समाज कोरियालाई काँधमा बोकिरहेका दाजु पराजित पोमुको नीम्तो पाएपछि एक हप्ता अघि नै मन कम्पनिको साँघुरो घेराबन्दी तोडन आतुर थियो । उसो त हिजोफुर्सदमा
भत्किएको गाउँ

कविता/ भत्किएको गाउँको दुःख टाल्ने ढलेका सपना र, लडेका आशा उचाल्ने तिमी समाजसेवी हुन सत्तैनौ साइला ! किन कि, समाजसेवी त रु.पाँचहजार अङ्कित प्रमाण–पत्रमा पो भेटेको छु ! त्यसै समाजसेवी भनेँ त्यसपछि, निःशब्द छु । तर, पहाडको वैशाखी बनेर तिमी उभिईरहेको बेला बतासले बच्चाहरुलाई झ्याउरे गाईरहेका थिए ! आहाल ढिकमा पिपलको पातले मेरो शब्द–शब्दमा हिर्काईरहेका थिए ! तसर्थ, मलाई सुन्न सकेनौ ! ठीकै भो साइला ! लज्जित हुनबाट बचेँ !फुर्सदमा
सेरोगेसी कविता र बिसे नगर्चीसँग–त्यो रात !

मध्यान्हदेखि सिमसिमे झरी रोकिएको छैन । बर्षातले कोरिया सोल भिजाईरहेछ । भित्तेघडीले आठ बजेको देखाउँछ । सोल, दोङ्देमुनको एक साँघुरो नेपाली रेष्टुराँ ! भित्तामा साहित्य साँझ लेखिएको व्यानर अघि नै झुण्ड्याईएको छ । दिनभरिको कामको थकान अनुहारभरि बोकेका अल्लारे यूवाहरु बाक्लिदै जान्छन् । केही जोडीहरु कुनामा गफिरहेका छन । केही मानिसहरु जलपान, नास्ता गरेर बाहिरिदैछन् । यत्तिकैमा बिसे नगर्चीको बयान दिने कवि, प्राज्ञ श्रवण मुकारुङ भित्रन्छन् । उनका साथमा देखाफुर्सदमा
कवि श्रवण मुकारुङ र रत्नमणि नेपाललाई कोरियामा सम्मान

सौल, दक्षिण कोरिया दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको गतिबिधी गर्ने पाँच संस्थाले कवि श्रवण मुकारुङ र कथाकार रत्नमणि नेपाललाई संयुक्त रुपमा एक साहित्यिक कार्यक्रम गरी अभिनन्दन तथा सम्मान गरेका छन्। अन्तराष्ट्रिय नेपाली साहित्य समाज, कोरिया च्याप्टर, नेपाली साहित्य समाज कोरिया, अनलाईन वेभ टिभी, इतर आवाज र नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले संयुक्त रुपमा कविद्वयलाई अभिनन्दन तथा सम्मान गरको हो। दोङ्देमुन स्थित पूजा रेष्टुरेन्टमा शनिबार साँझ गरीएको उक्त कार्यक्रममा कोरियनफुर्सदमा