तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
२५ डिसेम्बर
कबिता बुढि रुख, युगौँदेखी उभिएर त्यो आगानमा, आफ्नै अगाडिको बूढो भबनको, कुचिएको मुहार हेरेर, बसन्तहरु काटिरहि, काट्न त कटिन् कयौँ बसन्तहरु, कहिले सानी बच्ची भएर काटिन्, कहिले किशोरी भएर काटिन्, कहिले तरुनी भएर काटिन्, काटिन् कयौँ रुपहरु, कयौँ बसन्तहरुमा कयौँरुप, तर, हिजो मात्र, त्यो बजारको चर्च ढले पछि, बजारका मान्छेहरु, चढेर उकालाहरु, सजाईन् ती बुढी रुख र बूढो भबनलाई, बुढी रुखको, चाउरीएका ती बोक्राहरु फालिए, सुकेका कपालहरु काटिए, झिमिकझिमिक झिम्किनेफुर्सदमा
कोरियाको चिसोमा एउटा न्यानो साँझ
घडीमा साँझको छ बजेर तीन मिनेट ४१ सेकेन्ड जाँदा मैलै बुफ्याङ सहरको जमिनमुनिबाट गुड्ने ट्रेन स्टेसनमा आफूलाई पुर्याएँ। र, हतारहतार ट्रेन कुर्ने पहेँलो लाइनमा उभ्याएँ। बुफ्याङ दक्षिण कोरियाको व्यस्त सहर इन्छनलाई एउटा ठूलै बजार भन्दा हुन्छ। अहिलेलाई यत्ति बुझौँ। र, यो पनि बुझौँ कि मलाई यहाँबाट ट्रेन चढेर सउलनजिकै रहेको अर्को चर्चित सहर दोङ्देमुन पुग्नुछ। दोङ्देमुनमा तपाईं जुन कुनैबेला हिँड्नुस्, तपाईंको ६ जनासँग कुम जुध्दा तीन जना नेपाली पर्छन्। त्यतिफुर्सदमा
सम्झना बन्छ

गजल यादहरु गरेर सम्झना बन्छ यहाँ कोइ मरेर सम्झना बन्छ फक्रीनु फुल्नु झर्नुमा दोष कस्को फुलहरु झरेर सम्झना बन्छ भुली नसक्नु हुन्छ केही क्षण कठै खोलाहरु तरेर सम्झना बन्छ एकै ठाउँ रहन्न चल्छ घडीको सुइहरु ठाउँहरु सरेर सम्झना बन्छ दिन रहन्न त रात कसरी रहन्छ यहाँ रातहरु परेर सम्झना बन्छ फूल फूल्नुको त्यति याद नहोला कतै बास्नाहरु छरेर सम्झना बन्छ सुरमा गएर मिठास गित अनि धुनको स्वरहरु खरेर सम्झना बन्छफुर्सदमा
बगिराछ आँखाबाट, हुँदै पानी पानी
गजल बेच्न मिल्ने भए बेच्थेँ, मनको पिर कहानी। सधै रुन पाउने को छ, म झैँ भाग्यमानी? ईन्द्रेणी झैं झरीसङ्ग, सधै रुझ्नु पर्ने के ल्याएछु घामपानीको, मैले जिन्दगानी। गुलाफको तरेलीमा, थमाएथेँ जिबन टिपिन् गुलाफ सजाई राखिन्, सुकाई जानीजानी। माया भन्नु फूल रैछ, र त टिपि सुकाई फुलबिनाको के काम भो र, मनको फुलदानी। नयन भरी सजाएको, मेरो जिन्दगी त्यो बगिराछ आँखाबाट, हुँदै पानी पानी।
रेस्टुरेन्ट गफ

कथा/ सधैँ कुनै न कुनै अड्चन् । कोरियामा मानिसको जीवन व्यस्तताको पर्याय बनिसक्यो । यूजिनले गाली पनि गर्थिन् ‘धेरै काम नगर । तीन, चार वर्ष त हो कोरिया बस्ने तिमी । कहिलेकाहीँ कोरियाको सौन्दर्यपान पनि गर ।’ हुन पनि हो । कहिले फुर्सद नहुने । सायद यो देश यति छोटो समयमा विकसित हुनुमा यिनै बेफुर्सदिलो मानिसहरुको देन हुनसक्छ । यूजिनले कचकच गर्नुको अर्को कारण पनि थियो । तिनको नेपाली रेस्टुरेण्टफुर्सदमा
कोरियामा बृहत कविता वाचनको तयारी
फोनिज कोरिया सम्वाददाता सौल, अनेसास कोरियाले नयाँ वर्षको उपलक्ष्यमा बृहत कविता वाचन कार्यक्रम गर्ने भएको छ । ‘काव्य-सुधा’ मा अनेसास कोरियाले उत्कृष्ट कविहरुको कविता वाचन गरिने कार्यक्रमको तयारी गरेको छ । पहिलो सेसनमा उत्कृष्ट कविहरुको कविता वाचन र दोस्रो सेसनमा उपस्थित कविहरुको रचना वाचन राखिने अनेसास कोरियाले जनाएको छ । सो अवसरमा चर्चित कविहरु बोनम प्रताप, प्रमोद सारंग, जीवन खत्री र सरोज सर्वहाराले आफ्ना उत्कृष्ट कविताहरु वाचन गर्नुहुनेछ । कविताबाटफुर्सदमा
नबुझ्दै सकिएको कथा

लघुकथा सडकको छेउको एउटा पेटिमा सानो टोकोरी लिएर एउटि नारी भिख माग्दै थिइन । बोलिमा मलिम स्वर हातखुट्टा हल्का लुलो जस्तै देखिने कुनै नारी थिइन उनी ।सडकको चिल्ला गाडी कारहरुको हुँइकाई! कोहि दयालुको नजरमा परे एक दुई रुपैयाँ दान पाउथिन उन्ले सन्सार पनि बिचित्र कोहि दुखी कोहि सुखी कोइ कस्ता कोइ कस्ता आज म सधैं झैँ क्याम्पस गएर फर्किदै थिए फेरि त्यो असहय नारिलाई देखे । मलाइ सधै कौतुहलता बढिरह्यो त्योफुर्सदमा
कोरियामा क. हतियार
कथा लगभग पाँच महिना पुगेछ। आमाको पाउमा निहुरेर आशिष माग्दा “सधैब हाँसिखुसी रहनु, सहरको रम्झम देखेर जन्मगाँउ र आमालाई नबिर्सनु” आशिष् लिएर बताससङगै उडेका जहाज सङ्गै नया ठाँउमा आईपुगेको। नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ परिबेश। जसरी आमाको गर्भबाट जन्मेको बालक नयाँ सँसारमा सिँगौरी खेल्दै हुर्कन्छ। त्यसै गरी सिँगौरी खेल्दा खेल्दै बिताएछु पाँच महिना। भौतिक, आर्थिक र प्राबिधिक बिकासले धेरै अघि बढिसकेको ठाउँ। त्यै ठाँउको प्रबेशबाट नै बन्द कोठा भित्र भित्ताफुर्सदमा
एक रात

कथा: त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल….. बिस्तारै जहाजले चलमलाउन थाले। साँझको ७:३० बजिसकेको थियो। जहाजको चारैतिरबाट कहिले अङ्ग्रेजी त कहिले कोरियन भाषामा जहाज उड्न लागेको जानकारी दिदैथियो। नेपालको माटो छोड्नु अघि सबैलाई पुन: एक पटक सम्झिएँ। आमाको आसुँमा पीडा थप्न चाहिन र दिदीलाई फोन गरेँ- “दिदी अब जाहाज उड्न लाग्य्यो। आमाको आँखामा सधै खुसी बनेर बस्नु। निदाएका सपनाहरुलाई सधै सङ्गीतले बिउझाई रहनु। आमाको काखलाई कहिलै खाली हुन नदिनु……… मनका कुराहरु ओठले फोनकैफुर्सदमा
मानव बस्तीहरूमा
कविता : अचेल त मानव बस्तीहरूमा अचम्म अचम्म हुन थालेछन्। कलियुगको कमाल होला सायद यहाँ ठगहरु नै ठगिन थालेछन्। चोरहरूको नै चोरी हुन थालेछन्। लुटेराहरू नै लुटीने बस्तीहरू पो बन्न थालेछन् अचेल। त्यसैले होला, विभिन्न मिडियाको ढोल बजाउँदै,सामाजिक सञ्जालहरुको टोल गुन्जाउँदै,ठगले नै अर्को ठग देखाउँदै, चोरले नै अर्को चोर बताउँदै,फलानोले मलाई ठग्यो भन्दैछन् ठूला ठगहरू। मेरो चोरी भयो भन्दैछन् चतुर चोरहरू। हो, जो चोर उसैले ठूलो स्वर गर्दैछन् बस्तीहरूमा अचेल।फुर्सदमा