तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
बाकस
कविता बाकस भरी धन कमाउने झिनो आशामा जूनजस्तै रहरहरु बोकेर लाहुर हिडेको म बेरोजगार युवा पुगेछु हजारौं माइल दुर र छलाङ मार्दै छन् मेरा सपनाहरूले बञ्जर भूमिमा मानव भएरपनी धूर्त स्यालझै अनुहार परेका मुर्कट्टाहरुकाे राज्यमा पाइदैन कुनै दया, माया, करुणाका खानीहरु यहाँ यस्तो लाग्छ मानव मेसिन जस्तै छन् मेसिन मानव जस्तै छन् तर पनी अह कत्ती थाकेका छैनन् मेरा मस्तिष्क र सिर्जनशील औंलाहरु भत्काउनु छ मलाई गरिबीको पर्खाल चुक्ता गर्नुफुर्सदमा
फेसबुके नशा
कविता : फेसबुकमा त सबै हिरो जिउने जीवन जिरो राम्रा कुरा जान्दैनन् गर्छन् मेरो तेरो साँचो कुरा भन्नै हुन्न हुन्छन् रातो पिरो चर्पी सम्म चलाउने नेट कोई फेसबुके किरो !! हुन्छन् कोही कमेन्टस् अनि लाईकका भोका पाल्छन् मनमा पिरै पिरका पोका फेसबुकमा नै हुन थाले झूठो प्रेम र धोका !! पोख्छन् कोही मनका पिडा बनाई कविता र कथा कस्को व्यथा कस्लाई के था फेसबुके नशा यो जतातता थोरै गर्छन् राम्राफुर्सदमा
अहो!! कति निश्चल मित्रता!
कविता रविको लाली किरण सगैं डोको,नाम्लो र हंसिया बोकेर टुप्लुक्क आइपुगिन् चमेली मेरो घर्को आँगनिमा! भर्खर निन्द्रा देबिको काखबाट फुत्किएको म लोलाएका आँखा मिच्दै गर्दा हकार्दै भन्छिन् उनी ओइ अल्छी!! आझै सम्म मुख धोएको पनि छैनस्? आज घाँस काट्न जान्नस्? घाम चर्किसक्यो,छिटो हिड्,फेरि घामले पोल्छ खाजा मैले ल्याको छु,यहि बाँडेर खाम्ला, अहो!!कति आत्मिय मित्रता ! हतार हतार डोको,नाम्लो हंसिया बोकेर पछि लागेँ म,सोधेँ , ऐ आज कतातिर जाने ? उस्कोफुर्सदमा
ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र !
कविता तिमी कर्णालि जाऊ रुकुम ; रोल्पा जाऊ म खाडी छोडौँला तिमी चिल्लो गाडी छोड , ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र ! तिम्ले नै गर्दा म लखेटिएँ, म जस्ता हजार लखेटिए, म देश फर्कन्छु ; तिमी गाऊँ फर्क , ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र ! गाऊँ गाऊँमा घाऊ अझै चह्र्याएको छ तिमी मलम बोक, म पानी बोक्छु, परिबर्तन गर्नु छ , तिमी बेल्चा बोकफुर्सदमा
स्नो गर्ल

कथा उनले एउटा छोटो भिरालो जङ्गल कटेपछि प्रयोगशालाको भवन आईपुग्छ भन्थिन्, टुटेफुटेको अङ्ग्रेजीमा । पुरै वाक्य त तिनलाई अङ्ग्रेजीमा बोल्नै आउँदैन थियो । “फरेष्ट क्रस, ल्याब दियर” यसरी नै झुर अङ्ग्रेजीमा हाम्रो सम्वाद हुन्थ्यो । तिनले भने जस्तै साच्चै एउटा कक्रिएको जङ्गल देखेको थिए । तर यस्तोलाई के जङ्गल भन्नु र । चारकोसे सालको झाडी माझ हुर्केको, लुकिछिपी खेलेको, गोठालो गएको, म जस्तो लाई तिनले भनेको भिरालो जङ्गल फगत सुकेकोफुर्सदमा
एकपटक पुग्नैपर्ने ठाँउ जेजु

नियात्रा परदेश आफैंमा पिडाको पोखरी हो । जतिनै सुख खोज्न भने पनि परदेशमा सुख भन्दा दुखनै धेरै हुन्छ । दिनरात कामले थिचिरहने परदेशमा खुसी र आराम खोज्न महिनौं कुर्नुपर्छ । कतिपल त यस्ता पनी हुन्छन् एकै कोठाको साथी भेटेर संगै खानपिन गर्न पनि चाडबाड नै आउनुपर्छ । यसै बर्षको सेक्टेम्बर १४ देखी १६ तारिक कोरियामा भेटघाटको चाड छुसक परेको थियो । छुसकको अवसरमा ५ दिनसम्म कम्पनि बिदा हुने भएकाले छुट्टीकोफुर्सदमा
माहुरी जिन्दगी

नेपाली राजदूतावास, दक्षिण कोरियाले गत आइतबार आयोजना गरेको कविता प्रतियोगितामा कवि जीवन खत्रीको प्रथम भएको कविता माहुरी जिन्दगी घारको चाका रित्तो देखेको दिन आफ्नै मुटुको रङ निचोरेर मुछेको हुँ, आँशुमा अक्षता र निधारमा लगाएर आफ्नै माटोको टिका उडेको हुँ, फूलबारी खोज्दै। सोचेथेँ, बगाउनेछु, रगतझैँ पसिनाको नदी जमाउनेछु, थोपा थोपा फूलको रस र भर्नेछु, घरको घारभरि महको उज्यालोले जब ओर्लिएँ यहाँ, मलाई ल्याउने हावाको बिमानबाट तब देखेँ, नुनिलो आँशुनै आँशुको सागरफुर्सदमा
“मेरो देश, मेरी आमा”
कविता : माफ गर मेरो देश, मेरी आमा म भुले नराम्रो त्यो नशामा तिमी बाँच्यौ मेरै आशामा म बाँचे कुसंस्कारकै संसारमा !! धेरै दिए दुख, धेरै रोयौ तिमी अन्याय अत्याचार अति सह्यौ तिमी साक्षी छ इतिहास अमर रह्यौ तिमी बीर गोर्खाली जन्माउँदै बाँच्यौ सधैं तिमी !! हिमाल पहाड तराई मिली बन्यौ तिमी कहिल्यै नडराई अटल रह्यौ तिमी दुख जति सबै लुकाई बाँच्यौ सधैं तिमी अग्ला सारा हिमाल देखाई हाँस्यौ सधैंफुर्सदमा
बेमौसमी फुल

कथा साउने झरी, टिनले छाएको घरको छानोबाट दर्किएको पानीको आवाज प्रस्टै सुनिन्छ । घरमुनि बग्ने राति खोला आफ्नै पाराले सुसाउदै एकनासले बगिरहेको छ । घरको दलिनमा बास बसेका गौंथलीका बथान घरिघरि मसिनो स्वरले चु चु आवाज निकाल्दै घरि यता घरि उता र्फुरर उड्दै गुँडमा बस्दै गरिरहेका छन् । निताको बाल्यकाल यस्तै वातावरणमा बित्थ्यो । पानी परेको मौसम बाल्यकालमा अत्यन्तै रमणीय लाग्थ्यो अनि मुसुलधारे बर्षासंगै निता र उनका साथीहरु रुझी रुझीफुर्सदमा
गजल

डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै ।। भेट नभै यो ढुक्ढुकी रोकिन्छ कि कतै ।।। भन्नत भन्थेउ तिमी साचो माया गर्छु सधै ।। सङ्का लाग्छ चट्टानमा म ठोकिन्छु कि कतै ।।। प्रकिर्तिमा धनी गरिब सानो ठूलो भन्छेउ ।। तराजुमा सच्चा माया जोखिन्छ कि कतै ।।। सबै भन्छन सन्सार मा अमुल्य छ सच्चा माया ।। यहि मायाको मुल्य पनि तोकिन्छकि कतै ।।।