तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
गजल

फेरी पनि तीज आयो, मेरी चेली कहा होलिन चारै तिर खुशी छायो, मेरी चेली कहा होलिन पराईघर रुदैछिन की, दोको बोक्दै भिरपाखा दाया आखा फर्फरायो, मेरी चेली कहा होलिन बाचा थियो पोहोर साल, यो तीजमा संगै रम्ने चाहाना सबै बिलायो, मेरी चेली कहा होलिन रुदैछिन की एकान्तमा, परदेशी दाजु सम्झी सम्झनाले मुटू खायो, मेरी चेली कहा होलिन नगेन्द्र थापा मगर राड़्गखानी छ, बाग्लुड़्ग हाल, दक्षिण कोरिया
दिदी

मैया दिदी । घरकी जेठी छोरी । ज्यान परेकी । खाइलाग्दी । ज्यान मात्र होइन पढाई पनि खुब राम्राथ्यो । अक्षर पढाउने मास्टरका भन्दा पनि राम्रा । कक्षाका पाठ सबै जान्ने । विद्यार्थीका बीचमा दिदी जहिले पनि फस्ट । जान्ने भएरै दिदीलाई स्कुलले बर्षको पैसा दिन्थ्यो पाँच सय । छात्राबृत्ति । छोरी हुनु त मैया जस्ती । कुरा हुन्थ्यो गाउँमा । मलाई चाही घरमा पनि स्कुलमा पनि दिदीले खुब मायाफुर्सदमा
तीज सबैले मनाउ ! संगै रमाउ !

कविता यो वर्ष नि तीज आयो चेलीबेटी रमाउ माइत गई खुसीमन ले सबै भेटि मनाउ माइतिघर खानु रम्नु हसाउनु आमालाई कर्मले जहा-जहा पुराएनी दु:ख मेटि मनाउ गाउनु नाच्नु पहिरिइ नया बस्त्र तीजमा चौपारी मा पिङ खेली केटाकेटी मनाउभित्रियो गाउ चाड पर्व धनी गरिब सबको यही हो हाम्रो सम्झेर खुसीको खेती मनाउ खानु दर राख्ननु सस्कार,गाउका सबै बसि मादलु र बरिलै भाकैमा सारंगी रेटि मनाउ रजवारा :- १ प्यूठान फुर्सदमा
ह्याप्पी फादर डे

पहाडजस्तो अचुक छाती कोमल मनले भरिभराउ हिमालजस्तो अटल शिर पवित्र ममताले सिंचित जिम्मेवारी काधमा बोकी शुखका बहार खोज्न , समर्पण भए सर्बांग चाहना परिवारकै खुशी रोज्न, अप्राप्य छन तिम्रा ममतामयी ठेली .. रोएका क्रन्दनभरि हाशो छर्न आतुर भोका नागा आंगभरि दाना भर्न आतुर अन्धकारको पर्दा हटाई शिक्षाको दियो बाल्न आदर्शको परिधिभित्र रही असल कदम चाल्न तिम्रा ति मार्गप्रशस्तताको लाखलाख सराहना छ दोडीयो ,ठोकियो कति अरुकै अमनचैन निम्ति रुन्थेउहोला तिमिपनि एक्लैफुर्सदमा
अमूल्य यो जिन्दगी

कविता छ हामीमा ज्ञानको पानी कति आधा भरिएको त्यो गाग्रो जति त्यसैले कराउछौ अहो ! उफ्री उफ्री जान्ने जनाउन भयो हर्कट अनेक अति खैं कहिले बन्ला हाम्रो यो बिग्रेको मति !! देख्यौं सधैं यहाँ एक अर्कालाई कपटी किनकी हामीमा मनमा थियो जो छट्पटी भुल्यौ हामी यसरी हिलो देखी भई खटपटी फुले त्यै हिलोमै टेकी कमल फूल बनि कति उठे यै धर्तीमै टेकी बने महामानव कति !! न गर्यौ तिमीले अलिकतिफुर्सदमा
कोरियामा खुला गजल बाचन गरिने

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा बढ्दो नेपाली संख्या संगै साहित्य कर्मी र प्रेमीहरु पनि बढ्दो छ । त्यसैले सहित्यीक कोरियामा साहित्यीक गविविधी पनि बढ्न थालेका छन् । यसैक्रममा भोली आइतबार सउलमा खुला गजल बाचन कार्यक्रम हुन लागेको छ । नेपाली सहयोगी हातहरु (Nepali Helpful Hands, NHH ) ले आयोजना गर्न लागेको यस कार्यक्रममा गजल सर्जकहरुलाई आ आफ्नो सिर्जनसहित उपस्थित भई गजल सुनाइदिन आग्रह समेत गरेका छन् । त्यस्तै गजल प्रेमीहरुलाईफुर्सदमा
ऊ किन फर्केन ?

कथा सायद, बुढ्यौलीपन लागेर होला । बिहान निद्राले छिटै छाड्न थालेको छ आजभोली । सदा झैं चारबजे उठेर मर्निङ वाकको लागि निस्किएँ । अरु दिन घर नजिकैको पार्कमा एक घण्टा शारिरीक व्यायाम गरेर फर्किन्थें । तर, आज मलाई पार्क जान मन लागेन । मेरो पाइला अनायसै घरबाट एक घण्टाको पैदल दूरीमा रहेको समुद्रीतटतिर लम्कियो । म हरेक गर्मीमा कोरियामा रहेका समुद्रहरु चहार्ने गर्छु । त्यसो त म बसेको ठाउँ नै एउटाफुर्सदमा
अघोषित यात्री (कविता)

साघुरो बस्तीबाट पखेटा फिजाई निर्बाध आकाश समिप ठोकिने अनोठो अभिलाषा पालेर दिनानुदिन तुफानिलो रफ्तारमा समयसँग दोड़ीएको जिन्दगि, परिस्थितिको चक्रब्युहसंग जबरजस्ती फुत्किएर , स्वतन्त्र पंक्षी बन्ने ध्याउन्नमा हजार सम्झोतासंग मोन सहमति जनाउदै खै कुन तारा छुन रु भागिरहेछ एक अघोषित यात्री । आर्तनाद चित्कार संग बिझकियेर अभिशप्त रातको छटपटीभरि सयो निद्राहरु समर्पण भए कैयो सपनाको तुन्द्रहरु अधुरै रहे तैपनि हरेक मिर्मिरे बिहानीसंग एउटा नबोदित आशाको भिख माग्दै,, अनबरत दोड़ीरहेछ आफ्नै चालफुर्सदमा
‘एउटा ठुटे कवि’ कविता

घडीका काटाहरु थन्किएर मध्यरातमा झ्याउकिरीको गुञ्जन गुन्जिएका बेतालमा सामुन्द्रिक छालका सितलहर हावाहरु शरीरका कुना-कुनामा स्पर्श गर्छन एक नया नबेली दुलही झैँ अनि, औशिको रातमा सन्नाटा अध्यारो झिपिक-झिपिक टुकी बल्दै निभ्छ एउटा( दुइटा जुनकिरीहरु र, दिन भरिको थकानले लथ्रकै गलेको बस्ति चिर निन्द्रामा मुर्छिन्दै , बेहोसीको शिरक ओढेर तर प्रत्येक झुपडीलाई ब्युझौने प्रयत्नमा ढोका ढक्ढकाउदै छ घडीका सुइहरु चलाउदैछ संगीतलाई सुर-तालमा भर्दैछ एउटा ठुटे कवि देब्रे हातमा चेपिएको चुरोटको ठुट्टाफुर्सदमा
‘यन्त्रमानव’

कोरिया डायरी (कथा) , टिङ टिङ टिङ ….. सधैं झैं आजपनि घन्टी लाग्यो । हुनत आजको घन्टीको आवाज पनि हिजो अस्ति जस्तै हो तर मलाईभने आज अलिक अनौठो लाग्दैछ । उदास र खुुसी भरिएको यौटा बोझिलो दोमनले म सामुन्नेमा अघी भर्खरसम्म आफैंले काम गरेको मेसिनतिर हेर्छु । एकाएक बढ अनौठो देखिन्छ मेसिन । आँखा घुमाएर भित्तातिरको घडिमा हेर्छु । उ आफ्नै बाटोमा कुदिरहेको छ । घडिको कुदाईसङ्गै म तन्द्राबाट बिंउझेझैफुर्सदमा