तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
आँसु, हाँसो र प्रश्न

को हौं तिमी ? भन्नुस पत्रकार महोदय ! मेरो गर्भमा हुर्किदै गरेको एउटा भ्रुणको नामाकरण गर्ने जात तोकिदिने थर झुन्ड्याइ दिने अनि एउटी चेलीको नारित्व माथि अनेकन कुरुप बिल्लाहरू भिराइ दिने भन तिमी सत्य तत्थ्य समचार लेख्ने पत्रकार हौ कि!! एउटा ज्योतिषि अनि लामा खेन्पो को हौ तिमी ? फेरि भन मलाई नै चिन्ता छैन भने तिमीले यति धेरै चिन्ता लिनु नै किन ?? म यो जवाफ सोध्दैछु आज आफ्नैफुर्सदमा
पराजित पोमूका दुई प्रेमिल कविता

१) युप्पारूङ् संसार जीत्न हिडेको हूँ म आकस्मिक- बिच यात्रामा ठुलो पानी परेको थियो छाता बोक्न बिर्सिएको दिन हो तिमीले पहिलो भेट भएको थियो हाम्रो, आकाशमा विजुली चम्किनु, मेघ गडाङगुडुङ ठूलोसित गर्जनु रातोपीरो भएर लजाऊदै तिमीले मेरो शरिरबाट हात हटाऊनु ठिक, त्यसैबेला तिम्रा आँखाहरू निहुरीका थिए जमिन तिर छुपीछुपी निथुक्र भिजेको तिम्रो शरिर मैले हेर्नु एऊटा मिठो संयोग थियो, मौनताको बीचबाट चिया खाने प्रस्ताव गर्नु तिमीले स्विकारमा मैले टाऊको मात्रफुर्सदमा
सिमापारीको कर्कस आवाज

ख्याँउ ख्याँउ टर्रो कर्कस आवाज ! अशान्ति -अशान्ति कानलाई अशान्ति ! कुकुरहरु भुकिरहेको छन् सिमापारीबाट सिमापारी पालेको कुकुरको बफादारी देखेर अचम्म लाग्छ ! मालिकको नुनको सोझो जनावरले गर्नु कुकुर पालेर छिमेकीले बाघको शिकार गर्नु यसपाली रमिता उदेक लाग्दो बनेको छ। यो सब देखेर अचम्म लाग्छ ! एउटा मोहीको अहमताले ! मालिकको गुलाम बसेको ईतिहास भुलेको छ मालिककै राखन धारनमा स्वयम् मालिक सम्झ्यौ सर्ब शक्तिमान् दाबी गर्न छोडेको छैन आफुलाई मालिकलेफुर्सदमा
जेब्राक्रसिङमा उभिएको एउटा जिन्दगी

प्रिय !! यतिखेर, हामी छुट्टिएको दिनदेखी ति दोबाटोहरू, आजसम्म हाम्रो प्रेमको बियोगले रोइरहेछ एकोहोरो, अहाँ पटक्कै छुट्याएको थिइएन ती दोबाटोहरुले हाम्रो प्रेमलाई थियो त, ती निस्ठुरी समयले बरु हाम्रो प्रेमको मिलनमा पुजिहेछ्न यतिखेरसम्म ती दोबाटोहरू बसाइ सर्न मानिन कहिल्यै यो मनले जिवनमा ती दोबाटोहरुबाट जहाँबाट सुरु भएको थियो हाम्रो प्रेम म त्यही दोबाटोको छेवैमा एउटा अँध्यारो कोठाभित्र हाम्रो प्रेमसँगै अहिलेसम्म बन्धित छु हरेक दिनको सुरुवातसँगै हर समय सुरु हुन्छ हाम्रोफुर्सदमा
प्रिय मान्छे

प्रेमको यात्रामा थाकिन्न कहिल्यै प्रेमिल रफ्तारहरु कति महान छौ तिमी हगि !!! प्रेमको लागि बलिदानी दिन सक्ने मैले नि नबुझेको होइन तिम्रो प्रेमलाई दिनउस्तै थियो समय उस्तै थियो संगै भाग्य रेखा पनि अब सम्झिनु हुन्न ती दिनहरु ! उदाउनेछन् नयाँ प्रेमको एक झिल्को कोरिनेछन् भाग्यरेखाहरु हाम्रै औलाहरुले तिम्रो प्रेमको तपस्या देखेर म पटक पट्क हराएकि थिएँ मायाको संसारमा खुशिले सिमा नाघेको थियो यतिखेर बुझ्दैछु तिम्रो प्रेमको तरङ्गहरुमा जहाँ म वर्षौदेखिफुर्सदमा
प्रेमको तपस्या

यो निर्दयी समय बिग्रीएको दिनदशा नसुल्झिएको भाग्यरेखा नटुङ्गिएको कर्मरेखा यी सबै सबै झेलेर यो सबै रेखाहरुको सिमा भत्काउदै तिम्रो मायाको प्यास बोकेर अनेकौ समुन्द्रहरु छिचोल्दै भौतारिएको एउटा प्यासी मनलाई डोर्याएर तिम्रो प्रेमको पुजा गर्दै बांचिरहेको छु तिम्रै वरिपरि एउटा यायावर जिन्दगी । अब हुनेछैन कुनै भुल कोहि आउने छैनन भङ्ग गरिदिन मेरो प्रेमको तपस्या म सुनिरहनेछु तिमिले गाएका प्रेमिल भाकाहरु ध्यानमग्न हुनेछु तिम्रो मनको आवाजमा तिमि परिबन्धका सिमाहरु तोड्ने साहसफुर्सदमा
बुख्याँचा बादशाह

एकाएक दृष्टि घुमाउदै सत्य कुटिल मुस्कानमा मुश्किलले छोप्दै, केही थान प्रश्नका विरुद्ध दुई थान प्रश्न निगाह हुन्छ , ‘नक्शा चाहिएको कि भूमि ?’ ‘जीवन चाहिएको कि स्वतन्त्रता ?’ मानौं, जे जति यहाँ सबै छ उनै दाताको गोजीबाट बकस भएको छ मैले सोधेँ भने – महाराज , सास र शरीर मध्ये कुनचाहिँ टक्रयाँउ हजुरलाई?, माटो र मुटु मध्ये कुनथोक बक्सिउँ हजुरलाई?, जवाफ छ? होइन भने , प्रश्न होइन जवाफ नै चाहिन्छफुर्सदमा
जिन्दगीको जेब्रा क्रसिङ

यतिखेर पैदल सडकको किनारमा उभिएर वेगले दौडिरहेका छन यी नयनहरु निशाना बिहिन तिम्रो पाइलाहरुमा सोचिरहेको छु, कहाँबाट छुट्यो हाम्रो यात्रा छुटाउने त्यि दोबाटो त्यही होलान कि बसाइ सरिसक्यो होला? अनियन्त्रीत हुन खोज्दैछ उत्सुकताको लहर प्रश्नहरु आन्दोलन मच्चाइरहेकाछन मनको डबलीमा समय किन पटकपटक छल गर्दैछ म संग नियती किन परीक्षा लिइरहन्छ बेला बेला फेरि किन उभ्याइदियो सडकको दुई किनारमा अनुभूत मात्रै पनि गर्न नपाइने मृगतृष्णा झै बिलिन दृष्यहरुमा । आन्दोलित प्रश्नहरुलाइफुर्सदमा
सकुनि छिमेकी

मुखमा राम राम बगलीमा छुरा नियति बोकेर बसेको छिमेकी अप्ठ्यारोमा खुट्टा तान्छ पीडामा नून चूक छर्कन्छ उ नै नजिकको छिमेकी भन्नु परेको छ उसैको असल छिमेकी बन्नु परको छ सँधै छिमेकीको नाता राख्नु परेको छ उस्को नियत सबै सहिदियो भने उ खुशी हुने छ गुनगान गाउने छ तर म मेरो स्वाभिमान माथी टेक्नेलाई वीरताको गाथा बोकेको बहादुरी देखाउने छु संसारले फेरी भन्ने छ वीर गोर्खाली ! आत्मारक्षाको लागी म संगफुर्सदमा
क्याकटस फूल

हरियालीमा फुल्ने फूल हूँ म फरक यति मरुभूमिको बालुवामा सरेको छु डाली डाली सम्झनाहरुमा ऊनिएर सजाएकी छु मनको क्यानभाषमा , कहिलेकाहीँ हावाको एक झोकाले झस्काई दिन्छ सुषुप्त हुन्छु रोकिन्छ पादचाप … अपसोच! कतै ढलिगए मनको धरहरा एउटा सिंड्गो जीवनचक्र ढल्नेछ मसँग रहेका सम्झनाहरु छुट्नेछन् क्यानभाषमा सजिएका सुन्दर आकृती टुट्नेछ अनि म हुनेछु शून्य, उजाड रेगिस्तानमा हराई रहेको लामबद्ध पैतालाका छाप जस्तै. एऊटा धमिलो सम्झना भोकको लय,जीवनको शिली हाय! कति पट्यारलाग्दोफुर्सदमा