तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
सोनसिकको १८ औ साधरणसभा सम्पन्न, सभापतिमा दिर्घराज जोशी
नेपाली विद्यार्थि समाज दक्षिण कोरिया (सोनसिक) को १८ औ वार्षिक साधरणसभा आइतबार सम्पन्न भएको छ । कोरोनाका कारण अनलाईन मार्फत सम्पन्न सभाले दिर्घराज जोशीको नेतृत्वमा नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ । जोशी हाल यन्से विश्वविद्यालयमा रसायन विषयमा विद्यावारिधी गरिरहेका छन् । आइतबार राती नै जुम मार्फत निर्वाचन समितीका संयोजक डा. रोशन शर्मा पौडयालद्धारा १८ औ कार्यसमितीका नव निर्वाचित पदाधीकारीहरुलाई सपथ ग्रहन कार्यक्रम सम्पन्न गरिएको छ । नवनिर्वाचित कार्यसमितीका चारफुर्सदमा
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश योञ्जन
दक्षिण कोरियामा सक्रिय क्षेत्रीय संस्था काभ्रे सम्पर्क समितिको छैटौं अधिवेशन सम्पन्न भएको छ । साथै अधिवेशनले नि:वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश योञ्जनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ । नयाँ समितिमा वरिष्ठ उपाध्यक्ष मनोज तुम्सिङ मगर, उपाध्यक्षहरुमा सुमन चौलागाइ, सुश्म थापा र नबराज तिमल्सिना रहेका छन् । त्यस्तै सचिबमा सुदर्शन तिमल्सिना र सहसचिबमा हिमाल स्याङ्तान रहेको छ भने कोषअध्यक्षमा सबिता तिमल्सिना र सह-कोषाध्यक्षमा आशिष् घिसिङ रहेका छन् ।फुर्सदमा
एनआरएन कोरियाका क्षेत्रिय अध्यक्ष मदन भुजेलको आकस्मीक निधन
एनआरएन दक्षिण कोरियाका छुइ०छइ० क्षेत्रीय समितीका अध्यक्ष मदन भुजेलको हृदयघातका कारण आइतबार आकस्किम निधन भएको छ । शनिबार थेजनको उल्जी अस्पतालमा भर्ना गरिएको भुजेलको आइतबार दिउसो १२बजेर १४ मा निधन भएको चिकित्सकले जनाएको छ । शनिबार बेलुका काम सकेपछि नजिकैको ग्राउनमा फुटबल खेलेर आराम गरेको बेला अचानक बेहोस भएका मृतक भुजेललाई तत्काल अस्पाल गलिएको थेजन नजिकै माझान स्थित फलाम कम्पनीमा संगै कार्यरत आशिस गुरुइ०ले बताए । अस्पतालमा भर्ना गर्नसाथ सघन कक्षामाफुर्सदमा
कोरियामा एनआरएनका पूर्व अध्यक्ष केपी सिटौलालाई परेको पत्नि शोकले नेपाली समाज दुखी
विश्वलाई कोरोनाले आक्रान्त बनाएको बेला दक्षिण कोरियामा रहेका नेपाली समुदायमा भने फाट्ट फुट्ट संक्रमित सुनिएपनि खासै शोकाकुलको अवस्था आएको थिएन । तर सोमबार अपराहन्नदेखि फेसबुकमा भुसको आगो झै फैलिएको एक श्रद्धाञ्जलीको सूचनाले कोरियासंग सम्बन्धीत नेपाली समुदायलाई दुखी बनायो । त्यो सूचना थियो कोरियाका नेपाली समुदायका अग्रज एनआरएन कोरियाका पूर्व अध्यक्ष, सफल व्यवसायी, समाजसेवी केपी सिटौलाको धर्मपत्नि रिता बस्नेतको कोरोनाका कारण निधन भएको खबरसंगै श्रद्धाञ्जली अर्पण । भारतको सिक्किममा आफ्नो विरामीफुर्सदमा
११ देशमा राजदूत नियुक्तिको सिफारिस, करिव ३ वर्ष पछि दक्षिण काेरियाले पाउने भए राजदूत
परराष्ट्र मन्त्रालयले दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । यस संगै तीन वर्षदेखि राजदुत विहिन दक्षिण काेरियाले पनि राजदुत पाउने भएकाे हाे । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएको छ । शुक्रबार मात्रै पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिँदै प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालयमाफुर्सदमा
कोरीयामा नेकपा एमाले माधव पक्षका संगठन पनि विस्तार
सत्ताधारी दल नेकपा एमालेका नेतृत्वमा देखिएको विवादको टक्कर अन्तराष्र्टीय क्षेत्रमा पनि पर्न थालेको छ । नेकपा एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालले आ आफनो पक्षलाई संगठित गर्नेक्रममा दक्षिण कोरियामा पनि दुवै पक्षबाट नेतृत्व चयन गर्दै संगठन विस्तार गरेको छ । यसैक्रममा गत शनिबार भर्चुअल जुम मार्फत कोरियामा माधव कुमार पक्षकाहरुको पनि कार्यसमिति गठन भएको घोषणा गरीएको छ । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षकाफुर्सदमा
कोरियामा सुर्खेत निवासी एक युवाको अचानक मृत्यु
सुर्खेत चौकुने गाउपालिका वडा नं ४ निवासी गगन रावलको मंगलबार सुतेकै अवस्थामा अचानक मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्ष बखत थापाले जानकारी दिए । मृतक रावल ख्यांगीदो प्रान्तको यशु स्थित एक सिसा कम्पनीमा कार्यरत थिए । ठूलो आवाज आएपछि अचानक विउझिएका संगै सुतेका साथीले रावललाई बेहोस अवस्थामा देखेपछि अस्पताल पुराउदा मृत घोषणा गरिएको थियो । इपिएस मार्फत कोरिया आएका मृतक रावल ४ वर्ष १० महिना कार्यकाल सकेर आगामी अप्रिलफुर्सदमा
सुर्खेत समाज दक्षिण कोरियाको सेल्टर सञ्चालनमा समस्यामा परेका नेपालीहरु लाभाविन्त हुने
बोम्जन गुरुङ, सउल कोरिया ३१ मार्च २०२१ सुर्खेत घर भई विभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएका सन् २०१३ मा स्थापित सुर्खेतीहरुको क्षेत्रीय संस्था सुर्खेत समाज दक्षिण कोरियाले कर्णाली प्रदेशको एक मात्र रेष्टुरेन्ट माइती घरसँगै आवास गृह (सेल्टर) सञ्चालनमा ल्याएको छ । संस्थाका सल्लाहकार संयोजक आशाराम ढुङ्गाना, सल्लाहकार तुलस कुमार गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन सहित रिवन काटेर विधिवत् रुपमा उक्त आवास गृह (सेल्टर) को समुद्घाटन गरेकाफुर्सदमा
बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा विदुर शर्मा
दक्षिण कोरियामा रहेका बाग्लुइ०गेहरुको संस्था बाग्लुङ समाज दक्षिण कोरियाको आइतबार सम्पन्न नवौं अधिवेशनले विदुर शर्मालाई अध्यक्षमा चयन गरेको छ । कोरोना प्रकोपका बाबजुद सउलमा भेला भई सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा भुमिराज भुसाल र उपाध्यक्षमा सुदिप श्रेष्ठ, सोम ढकाल र मनोज थापालाई चयन गरेको छ । त्यसैगरी राजु नेपाली सचिव, दुर्गा गुरुङ कोषाध्यक्ष र रेशम शर्मालाई सहकोषाध्यक्षमा चयन गरेको छ । त्यसैगरी नवनिर्वाचित कार्यसमितिको सदस्यहरुमा , अमृत वाग्ले, विशाल थापा ,फुर्सदमा
ओएनएफ कोरियाको क्षेत्रिय संगठन थेजन कमिटीमा नयाँ नेतृत्व
दक्षिण कोरीयामा प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) को क्षेत्रीय कमिटी थेजनको रिक्त रहेको पदमा नयाँ नेतृत्व चयन गरिएको छ । गत आइतबार सम्पन्न दोस्रो अधिवेशनले थेजन कमिटीको अध्यक्षमा जीवन पौडेल र सचिवमा भरत कुवँर चयन गरेको हो । पूर्व अध्यक्ष सचिन कार्की कोरियाको बसाई अवधि सकेर नेपाल फर्किएपछि पद रिक्त रहेको थियो । त्यसैगरी सदस्यहरुमा १७ जना थप गरिएको छ । जसमा आशिष गुरूङ , जनरदन पनित्त , गंगारामफुर्सदमा