Advertisement
SKIP THIS

तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

पूर्वी नेपाल समाजले १० औँ वार्षिकोत्सव सँगै वृहत वनभोजको आयोजना गर्दै

कोरियाको गर्मी विदामा कहाँ जाने भनेर अन्यौलमा पर्नु भएको छ भने अब चिन्ता नगर्नुहोस्। किनभने पूर्वी नेपाल समाजले अगस्ट २ र ३ तारिख (शनिवार/ आइतवार )वृहत वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। संस्थाको १० औँ वार्षिकोत्सवको अवसर पारेर वनभोज कार्यक्रमको आयोजना गरिएको अध्यक्ष केदार निरौलाले जानकारी गराएका छन्। सौलबाट नजिक रहेको 가평군 대성리 मा अवस्थित अति शुन्दर वनभोज स्थल खोलाको किनारमा रमणीय दृश्यावलोकन गर्दै विभिन्न मिष्ठान्न भोजन र पेय पदार्थकोफुर्सदमा

दक्षिण कोरियाको २१औं राष्ट्रपतिमा ली जे-म्यङ

सियोल, ४ जुन २०२५ – दक्षिण कोरियाको राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टी अफ कोरियाका नेता ली जे-म्यङ निर्वाचित भएका छन्। पूर्वराष्ट्रपति यून सुक-योलको महाभियोग र पदमुक्ति पछिको समय अगावैको निर्वाचनमा लीले ४९.४२% मत प्राप्त गरी पिपल्स पावरपार्टीका किम मून-सूलाई (४१.१५%) पराजित गरे । राष्ट्रिय निर्वाचन आयोगका अनुसार, ६२.१% मतदाताले मतदान गरे, जुन सन् २०२२ को निर्वाचनभन्दा उच्च हो । सन् २०२४ डिसेम्बर ३ मा यून सुक-योलले असफल मार्शल ल घोषणा गरेपछिफुर्सदमा

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेटघाट कार्यक्रम सम्पन्न

प्रवासी नेपाली मञ्चको आयोजनामा भौतिक योजना तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। जुन १ तारिख दोङ्देमुन स्थित सेमाउल हलमा मन्त्री दाहालले नेपाली समुदायसँघ भेटघाट गरेका थिए। नेपाल सरकारको तर्फबाट इन्टेलिजेन्स ट्रान्स्पोर्टेसन सिस्टम (ITS) फोरमको सभामा प्रतिनिधित्व गर्न मन्त्री कोरिया आएका थिए। उक्त सभामा विश्वमा यातायात क्षेत्रमा भएको विकास परिवतन बारे गहन छलफल भएको उनले बताएका थिए। १२ देशको मन्त्री एवं राज्यमन्त्री संमिलित उक्त सभामाफुर्सदमा

कोरियाको सुवनमा भव्यताका साथ ‘साकेला’ मनाइयो

किरात राई यायोक्खा दक्षिण कोरियाले आइतवार सुवनमा साकेला मनाएको छ। कोरियाको ऐतिहासिक स्थल ह्वासमूनको पार्कमा कार्यक्रम आयोजना गरिएको थियो। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुजारी लोचन राईले आफ्नो परम्परा अनुसार पूजा अनुष्ठान गरेर साकेला नाच सुरु गरेका थिए। कार्यक्रममा किरात याक्थुङ चुम्लुङले केलाङ समेत प्रस्तुत गरेको थियो। साकेला मनाउनको निम्ति कोरियाकोविभिन्न स्थानबाट नेपाली समुदाय उल्लेख्य रुपमा उपस्थित भएका थिए। साकेला नाचको साथमा राई समुदायकोफुर्सदमा

पूर्वी नेपाल समाजद्वारा छुसकको कार्यक्रम बाँडफाँड , ३ संस्थालाई अनुमति

पूर्वी नेपाल समाज दक्षिण कोरियाले छुसकका लागि कार्यक्रम बाँडफाँड गरेको छ। मे १८ तारिख आइतवार पूर्वी नेपालको सभाहलमा कार्यक्रम बाँडफाँड गरिएको थियो। यसपालीको छुसकमा सांगीतिक कार्यक्रमको लागि पाँचथर सेवा समाजलाई नै अनुमति दिइएको छ भने डान्सपार्टीका लागि दुइ संस्था ग्लोबल तेह्रथुम सेवा समाज र उदयपुर सेवा समाजलाई अनुमति दिइएको छ। गतवर्ष प्राविधिक कारणले रोकिएको नेपथ्य लाइभ कन्सर्टका लागि पाँचथर सेवा समाजलाई पुन: एक पटक मौका दिइएको कार्यक्रम बाँडफाँड संयोजक अ्मृतफुर्सदमा

कोरियाबाट गणेश तामाङ योञ्जनको “कोरियन लाहुरे” सार्वजनिक

नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले “कोरियन लाहुरे ONLINE DHAIRANCHHU” बजारमा ल्याएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मेलिना राई र गायक आस्मान लोप्चनले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन् । विशेष गरी युवा पुस्ताले सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा आफूलाई मन परेका मान्छेसँग आपसी चिनजान स्थापित गर्दै आकर्षक तस्वीर साटासाट सहित सम्बन्ध पनि सामाजिक सञ्जालफुर्सदमा

किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै

किरात राई यायोक्खा दक्षिण कोरियाले कोरिया भर ‘साकेला’ मनाउने भएको छ। यायोक्खाले मे १८ तारिख जेजुदोमा साकेला मनाउने तय भएको अध्यक्ष पुरन याम्फुले जानकारी गराएका छन्। यसैगरी मे २५ तारिख केन्द्रले सुवनमा मनाउने भएको छ भने जुन १ तारिख बुसानमा मनाइने भएको छ। साकेलाको समापन जुन ८तारिख गजेदो र इक्सान दुइ स्थानमा मनाइने आयोजकले जनाएको छ। किरात राई जातिले उधौली र उभौली साकेला गरेर वर्षमा २ पटक यो चाड मनाउनेफुर्सदमा

गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै

किरात राई यायोक्खा दक्षिण कोरियाले गायक तथा मुन्दुम विद जितेन राईको उपस्थितिमा ‘साकेला’ मनाउने भएको छ। यो वर्ष पनि यायोक्खाले ५ स्थानमा साकेला मनाउने भएको हो। यायोक्खाले मे १८ तारिख जेजुदोमा साकेला मनाउने तय भएको अध्यक्ष पुरन याम्फुले जानकारी गराएका छन्। यसैगरी मे २५ तारिख केन्द्रले सुवनमा मनाउने भएको छ भने जुन १ तारिख बुसानमा मनाइने भएको छ। साकेलाको समापन जुन ८तारिख गजेदो र इक्सान दुइ स्थानमा मनाइने आयोजकले जनाएकोफुर्सदमा

प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा

प्रगतिशील नेपाली समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न भएको छ। मे ४ तारिख आइतवार आन्सान स्थित थेबुदोमा सम्पन्न अधिवेशनले प्रेम बर्देवालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। यसैगरी सचिवमा अशोक विश्वकर्मालाई जिम्मेवारी दिइएको छ। दोश्रो अधिवेशनले १५ सदस्यीय कार्यसमिति गठन गरेको छ। ३ सदस्य भने पछि मनोनित गरिने अध्यक्ष प्रेम बर्देवाले जानकारी गराएका छन्। प्रगतिशील नेपाली सामज “वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रवास ब्युरो अन्तर्गत सक्रिय रहँदै आएको छ।

नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै

दक्षिण कोरियामा २५६९ औँ वुद्ध जयन्ति मनाइने भएको छ। नेपाली सम्पर्क समिति, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल वौद्ध परिवार र प्रदेश स्तरिय संस्थाहरुको संयुक्त आयोजनामा विशेष समारोह हुन लागेको हो। मे ११ आइतवार कोरियाको योङिन सहरमा कार्यक्रम आयोजना हुने जनाइएको छ। दिनको १२ बजेदेखि सुरु हुने कार्यक्रममा नेपाल वौद्ध परिवारको प्रमुख लामा गुरुबाट पूजा हुने कार्यतालिका रहेको छ। वौद्ध स्तुती सँगै वुद्धको प्रतिमामा माल्यार्पण गरिने कार्यक्रम पनि रहेको छ। यसैगरीफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...