तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा एक नेपाली चेलीको दुःखद निधन, घटना श्रृंखलाबद्ध बन्दै ।
बोम्जन गुरुङ २९ मे २०२०, कोरिया । दक्षिण कोरियाको छुङ्जु शहरस्थित “पोखरेली” नामक इण्डियन नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी नेपाली चेली सबिना नौभाग्य भण्डारीको अकल्पनीय निधन भएको छ । हिजो राती करिब ११ बजेतिर खाना खाईसकेर बाथरुम छिरेकी उनी धेरै बेर ननिस्केपछि बाथरुम खोलेर हेर्दा भित्र अचेत भई ढलेको अवस्थामा भेटिएको र तत्काल एम्बुलेन्स मार्फत अस्पताल लैजादै गरिएपनि उक्त बाथरुम भित्रै मृत्यु भईसकेको जनाईएको छ । ३० वर्षीया उनी कास्कीफुर्सदमा
कोरियामा भिसा सकेर अलपत्र परेका नेपालीले दिए दूतावासमा धर्ना
कोरियामा भिसा अवधि सकिएर नेपाल फर्कन नपाएका नेपालीहरुले नेपाल आउन पाउनपर्ने माग राख्दै त्यहाँस्थित दूतावासमा धर्ना दिएका छन् । आइतबार दूतावास पुगेर उनीहरुले कार्यवाहक राजदूत रामसिंह थापा र श्रम सहचारी डिल्ली राम बास्तोलालाई ध्यनाकर्षण गराएको हो । अलपत्र परेकामध्येका सुवास ढकालको नेतृत्वमा गएको टोलीले आफूहरुको भिसा सकिएको भन्दै तत्काल नेपाल जान पाउँ भनि आफ्ना माग राखेका थिए । उनीहरुले आइतबार दूतावससमक्ष आफूहरु नेपाल जानपर्ने भन्दै एक घन्टा धर्ना समेत दिएका छन्फुर्सदमा
सुतेकै अवस्थामा मृत्यु भएका थापाको कोरियामै अन्त्येष्टि ।
ईपीएस प्रणाली मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत ३३ वर्षीय खड्क बहादुर थापाको पार्थिव शरीरलाई विधुतीय विधिबाट दाहसंस्कार गरिएको छ । स्याङ्जा जिल्लाको किचनास माथिल्लो चेप्टे घर भई विगत ७ वर्षदेखि कोरियामा कार्यरत थापा गत १२ सुतेकै अवस्थामा मृत भेटिएका थिए । उनको पार्थिव शरीरलाई २४ तारिक आइतबार कोरियाको इन्छन फेमिली पार्कको 화장 शव दाह गृहमा अन्त्येष्टि गरिएको स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष युवराजफुर्सदमा
कोरियामा एक नेपालीको सुतेकै अवस्थामा निधन
ईपीएस प्रणाली मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत ३३ वर्षीय खड्का बहादुर थापाको निधन भएको छ । स्याङ्जा जिल्लाको किचनास माथिल्लो चेप्टे घर भई विगत ७ वर्षदेखि कार्यरत थापा कम्पनीको नाईट ड्यूटी सकेर १२ तारिक बिहान ९ बजेतिर सुतेका थिए । कोठामा एक्लै सुत्ने गरेका उनी साँझको ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीहरुले हेर्न जाँदा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेकाफुर्सदमा
ताप्लेजुङ सम्पर्क समिति कोरियाद्वारा आगलागी पीडितलाई राहत वितरण
ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले ताप्लेजुङका अग्नी पीडितलाई आर्थिक सहयोग गरेको छ। जिल्ला प्रशासन कार्यालय र नगरपालिकाकाे रहोवरमा २७ घरधूरी साथै जिल्ला फुटबल संघलाई ६ लाख ९२ हजार १ सय ६१ रुपैयाँ राहात वितरण गरिएको थियो। नगरप्रमूख छत्रपति प्याकुरेल र नगर उप-प्रमूख बम बहादुर भट्टराईद्धारा राहात रकम वितरण गरिएको थियो । पुर्ण क्षति भएको ७ घर परिवारलाई जनही रु.३६,६६६।– रुपैयाँका दरले वितरण गरिएको थियो। बाँकी २४ परिवार मध्ये टीका गुरुङ,मंगलफुर्सदमा
सउल नेपाल गुम्बाले मे ३१ मा बुद्ध जयन्ती मनाउने
सउल । सउल नेपाल गुम्बाले २५६४ औं बुध्द जयन्ती यही मे ३१ मा मनाउने भएको छ । कोरोना भाइरसको कारण कोरियामा मनाउने यसपालिको बुद्ध जयन्ती सम्बन्धि सम्पुर्ण कार्यक्रम १ महिना पछाडी सारिएको छ । त्यसैले सउल नेपाल गुम्बाले पनि १ महिना पछि गर्न लागिएको गुम्बाका ब्यबस्थापन समिति अध्यक्ष दुध बहादुर लामाले जानकारी दिएको हो । कोरियन पात्रो अनुसा कोरियानहरूले मान्ने रेली एप्रिल २४ तारिख नै थियो । ‘गुम्वाहरूमा ३० तारिखमाफुर्सदमा
कोरियाका लागि चार्टर्ड फ्लाईट मे १२ तारिक गरिने पक्कापक्की
दक्षिण कोरिया । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना (COVID-19) भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारद्वारा घोषणा गरिएको बन्दाबन्दी (Lock Down) सँगै नियमित अन्तराष्ट्रिय उडानमाथि लगाईएको प्रतिबन्धका कारण समयमा नै दक्षिण कोरिया जानबाट रोकिएका नेपाली नागरिकहरुको नियमित भिषा नविकरण गर्नुपर्ने लगायतका समस्याहरुलाई मध्यनजर यही मे १२ तारिक कोरियाका लागि चार्टर्ड फ्लाइट गरी विमान उडान भर्ने पक्कापक्की भएको छ । कोरियामा रहेर काम गर्न पाउने भिषा अवधिको समय समाप्ति अगावैफुर्सदमा
एनआरएन ख्यासाङ क्षेत्रीय समिति पुनर्गठन
एनआरएनए ख्यङसाङ क्षेत्रिय समिति दक्षिण कोरिया ले कार्यसमिति लाई पुर्णता दिएको छ । आइतबार क्षेत्रिय कार्यलय किम्हेमा भएको भेलाले कार्यसमितिलाई पुर्णता दिएको हो । भेलामा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदि,उपाध्यक्ष संजीव कुमार राई, ख्यङ्सान एनआरएनएका निवर्तमान अध्यक्ष उमेश मेवाहाङ राई लगायतको उपस्थिति रहेको थियो । भेलाले सन्जिब राईको अध्यक्षतामा तीन सदस्य निर्वाचन समिती गठन गरेको छ । कार्यक्रमबाट सर्वसम्मत रूपमा भेषराज दाहाल अध्यक्षमा चयन भएका छन् । बिगत तीनफुर्सदमा
दक्षिण कोरियामा कोरोनाले रोक्न सकेन राष्ट्रिय सभाको निर्वाचन, सन् २००० यताकै बढीले गरे मतदान
अहिले बिश्व नै कोरोना भाइरस(कोबिड-१९)को आतंकले थिलथिलो भएको छ । चिनको वुहानबाट सुरु भएको कोबिड-१९ ले विश्वकै महाशक्ति राष्ट्र मानिने अमेरिकालाई आछु आछु पारिरहेको छ । त्यस्तै अमेरिकन लगायत युरोपेली राष्ट्रहरुले सोच्दै नसोचेको मानवीय क्षति बेहोरेको छ । साथै अहिले दक्षिण एसियायी राष्ट्रहरुमा पनि फैलिने क्रम छ । केहि समय अगाडि सम्म दक्षिण कोरियामा पनि तीब्र गतिमा कोरोना संक्रमण फैलिएको थियो । तर अहिले करिब करिब नियन्त्रण उन्मुख छ ।फुर्सदमा
ओखलढुंगा सेवा समाज कोरियाद्वारा बिरामी श्यमिका राईलाई आर्थिक सहयोग
मानेभञ्ज्याङ् गाउपालिका-६ हिलेपानी,ओखलढुंगाकि श्यमिका राईलाई ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ। निज विरामीकै डेरामा मार्च २३ सोमबारका दिन संकलित रकम ४,९३,६०० रुपैयाँ हस्तान्तरण गरिएको थियो। SLE नामक विविध जटिल रोगहरुबाट ग्रसित उनी कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठिनाइ भोगिरहेकि हुनाले उक्त रकम सहयोग गरिएको समाजका अध्यक्ष श्रीराम तमुले जानकारी गराएका छन्। ओसेस सल्लाहकार श्री पचु राम राईको संयोजकत्वमा कार्यसमिति सदस्य रमेश राईलाई सहयोग सङकलक तोकि “श्यमिका राईफुर्सदमा